index
int64 73
6.39M
| Article
stringlengths 2
52.6k
| Source
stringclasses 99
values |
---|---|---|
407,356 |
नेपालमा गुठी प्राधिकरण सम्बन्धी विधेयकका कारण नेपाली संस्कृतिप्रेमि नागरिकहरु आन्दोलनमा उत्रिएका छन् । गुठीको अस्तित्व सिध्याउने गरी गरिएको यो आक्रमणको विरोधमा त अधिकांश नेपालीहरु देखिएका छन् । यद्यपि सडकको भीड भने अहिले संयमित रुपमा अघिबढिरहेको देखिन्छ । केही दिन अघि संस्कृतिप्रेमिहरुले काठमाडौंको माईतीघर मण्डलामा भएको शान्तिपूर्ण प्रदर्शनमा सरकारले हस्तक्षेप गरेपछि यो मुद्दा झनै चर्काे रुपमा अघि बढेको छ । कुनैपनि देशको अस्तित्व जोडिएको संस्कृतिमाथि प्रहार गर्दा आठौं शताब्दीका चिनियाँ शासक मारिएका थिए । तत्कालीन समुद्रगुप्तकालीन शक्तिशाली साम्राज्यमा समेत सांस्कृतिक मतभेदको सम्भावना देखेर बौद्ध धर्मालम्बीहरुलाई सेना प्रमुख, बैष्णवलाई धर्मगुरु र शैव सम्प्रदायका व्यक्तिलाई मुख्य सल्लाहकार जस्ता विभिन्न पद दिएर सांस्कृतिक सम्मानको बाटो अपनाईएको थियो । नेपाल एकीकरण पछि पृथ्वीनारायण शाहको एकीकरण प्रक्रियामा काठमाडौं नजोडिनपनि सक्थ्यो यदि यहाँको संस्कृतिमाथि प्रहार गरेका थिए भने । यसको अर्थ यो हो कि राजनीति भन्दा धेरै माथि हाम्रा संस्कृतिहरु रहेका हुन्छन् । यो ऐतिहासिक घटनाक्रमहरुले पुष्टि गरिसकेको छ । नेपाली संस्कृतिमाथि पटक पटक आक्रमणको प्रयास नभएको होईन । नेपालमा १६ औं शताब्दीदेखि नै धर्म संस्कृतिमाथि प्रहार गर्नेखालका विभिन्न गतिविधिहरु हुँदै आएका छन् । तर, कुनैपनि शासकले जनताले मान्दै आएको संस्कृतिमाथि प्रहार गर्ने काम गरेको पाईँदैन । जहानीय राणा शासनको समयमा समेत अन्य सबै खाले गतिविधिहरुमा प्रतिबन्ध लगाईँदा पनि धार्मिक गतिविधिमा कुनैपनि बन्देज लगाउने काम गरिएन । उनीहरुले बरु अँग्रेजहरुको प्रभावमा परेर केही पश्चिमा संस्कृति सिके । तर, त्यो संस्कृति जनतामा लाद्ने काम गरेनन् । त्यही कारणले १०४ वर्षसम्म पनि जनताहरुले उनीहरुविरुद्ध क्रुर आन्दोलन गरेनन् । अहिले जुन गुठीको प्रस्ताव गरिएको छ । यस विधेयमा केही राम्रा प्रावधानहरु रहेको भएपनि यसमा सरकारको नियत भने ठीक देखिँदैन । हिन्दू र बौद्धमार्गीहरुलाई जवर्जस्ती धर्मपरिवर्तन गराउने धर्मप्रचारकहरुमाथि मौन स्वीकृति दिने र ईशाई धर्मप्रचारको लागि सहयोग पुग्नेखालका गतिविधिहरुमा सहयोग पुग्ने काममा सक्रिय रहेको सरकारले ल्याएको यो व्यवस्थामा दुईवटा मूलभूत शंका रहेको छ । पहिलो शंका त गुठीलाई केन्द्रको मातहत ल्याउने र गुठीमा गुठीयारको हक समाप्त भएपछि केन्द्र सरकारले नचाहेको खण्डमा विस्तारै हाम्रा परम्पराहरुलाई दिईने सेवा सुविधा कम गर्दै जाने र केही वर्षमा यसलाई पूर्ण रुपमा बन्द गराउन सहयोग पुग्नेछ । सबै गुठीहरुको कार्यसञ्चालन प्राधिकरणले गर्ने र त्यो केन्द्रमा रहँदा प्राधिकरणका एक अधिकारीलाई हाम्रा प्राचीनकालदेखि चल्दै आएका परम्पराहरु बन्द गराउन चाहेको खण्डमा त्यो सम्भव हुने देखिएको छ । यस्तो गर्दा विदेशी संस्कृतिलाई लाद्न चाहिरहेका प्रचारकहरुलाई हाम्रो धर्म संस्कृति सिध्याउनको लागि केन्द्रबाट नै सम्भव हुने भयो । दोस्रो शंका गुठीको नाममा रहेका हजारौं विगाहा जग्गालाई केन्द्र मातहत ल्याउने र भूमाफियाको प्रभावमा परी भाडामा दिने बाहानामा आफ्नै नाममा नामसारी गराउन सहयोग पुग्नेछ । तेस्रो शंका कुनैपनि गुठी स्थापना गर्नको लागि सरकारसँग अनुमति लिनुपर्ने उल्लेख छ । यसले हिन्दू धर्मको विभिन्न संस्कार गर्न पनि सरकारले स्वीकृति नदिएको खण्डमा हाम्रो सदियौंदेखि चल्दै आएको धर्म संस्कृति पनि मान्न नपाउने अवस्था आउँछ । यस्तै यस्ता व्यवस्थाहरुका कारण पनि सरकारको यो विधेयक विरुद्ध ठूलो जनसमुदाय उत्रिएको छ । बिहीबार सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले गुठीलाई सामन्तवादी स्वरुप भन्ने अभिव्यक्ति दिए । यसबाट पनि प्रष्ट भएको छ कि सरकारले संस्कृतिलाई सामन्तवादी सोच मान्दछ र यसलाई समाप्त पार्नको लागि नै यो विधेयक संसदमा दर्ता गरिएको हो । जसरी माओवादी सशस्त्र युद्धको समयमा संस्कृत भाषालाई सामन्तवादी भन्दै आक्रमण गरिएको थियो । यसैगरी अहिले पनि सरकारले संस्कृतिलाई सामन्तवादी स्वरुप मानेर समाप्त पार्ने प्रयास गरेको बुझिएको छ । अहिले सरकारले जुन किसिमको आक्रमण गर्ने प्रयास गरेको छ । यो आक्रमण वि. सं. १४०६ मा नेपालमाथि भएको मुसलमानहरुको आक्रमण भन्दा पनि भयंकर डरलाग्दो आक्रमण हो । त्यतिबेलाको आक्रमण केवल देखादेखी मन्दिर माथि भएको थियो । तर, अहिलेको यो आक्रमण संस्कृतिमाथि भएको छ । देखादेखी भएको आक्रमण पुननिर्माण गर्न सकिन्छ । तर, थाहा नहुनेगरी संस्कृतिमाथि भएको प्रहार पुनर्निर्माण गर्नको लागि निकै ठूलो प्रयत्न र लामो समय लाग्दछ । यस्तै किसिमको आक्रमण अहिले सरकारले गरेकोले यो वि. सं. १४०६ मा भएको मुसलमान आक्रमण भन्दापनि भयंकर डरलाग्दा आक्रमण भएको मान्न सकिन्छ । सूर्यविक्रम ज्ञवालीको पुस्तक नेपाल उपत्यकाको मध्यकालीन इतिहासमा मुसलमानको आक्रमण सम्बन्धी विषय उल्लेख छ । सो पुस्तकमा मुसलमानहरुको भारतमा प्रवेश अष्टम शताब्दिको आरम्भमा भएको भए तापनि यसले भारतीय इतिहासमा उस्तो प्रभाव पार्न नसकेको उल्लेख छ । मुसलमानहरुद्वारा भएको सिन्धको विजय भारतीय इतिहासको केवल एउटा घटना मानिन्छ । महमूद गजनीले एघारौं शताब्दीको आरम्भमा गरेको आक्रमणद्वारा मुसलमान विजयको के परिणाम हुँदोरहेछ भन्नेबारे भारतलाई अनुभव हुन थाल्यो । १३ औं शताब्दीको आरम्भमा त भारतमा मुसलमानहरुको शासन नै स्थापित भयो । यसका अनेक परिणाम देखिन थाले । ती मध्ये एउटा परिणाम के भयो भने उत्तर भारतका फाँटबाट हजारौं हिन्दूहरू धर्म रक्षा गर्ने उद्देश्यले बसाईसरी वर्तमान नेपाल राज्यका विविध भागमा पसे तथा यसले गर्दा नेपालको इतिहासको स्रोतले आफ्नो गति परिवर्तन गयो । नेपालको खाल्डो पनि यसको प्रभावदेखि बञ्चित भएन । विहार तथा बंगालबाट नै यहाँ धेरै मान्छे जानु स्वाभाविक थियो । यी ठाउँमा प्रचलित विकृत तान्त्रिक मत पनि तिनीहरुले त्यहाँ लगेका थिए । सिमरौनगढका हरि सिंहदेव आफ्नी इष्टदेवता तुलजालाई लिएर चौधौं शताब्दीको आरम्भमा नेपाल पसेका थिए । मुसलमानहरुले हिमालयमा भएका काश्मीर, काँगडा , कुभाउँ आदि प्राचीन स्थानहरुमाथि आक्रमण गर्न बाँकी न राखेको भए तापनि नेपालको उनीहरुले उस्तो वास्ता राखेनन् । नेपालका उपत्यकाको राज्य एक ता भारतीय राज्यहरुका तुलनामा गरिब थियो । दोस्रो, यहाँ आउने बाटो पनि उति राम्रो थिएन । यही कारणले कुनै ठुलो मुसलमान विजेताले नेपाल माथि आक्रमण गरेन र नेपालको धार्मिक जीवन एक रीतिले पुरानै ढाँचाले तेह्रौं शताब्दीको अन्त्यसम्म चलिरह्यो । त्यतिबेला नेपालमा ठूलो आतङ्क सुष्टि गरेको कुरा उनको सो किताबमा उल्लेख छ। नेपालका दृष्टिले यो घटना अत्यन्त ठूलो भए तापनि भारतीय इतिहास लेख्ने क्रममा यस बारेमा उनताकका मुसलमान इतिहासकारहरुले यसलाई इतिहासमा उल्लेख गरेका छैनन् । यो आक्रमण उल्कापात जस्तो मात्र भएको हुनाले केही कालमा नेपालका मानिसको सम्झनाबाट पनि हरायो । उपत्यका बाहिर पहाडका मानिसलाई त आक्रमण भयो कि भएन भन्नेमा समेत सन्देह छ । गोपाल वंशावलीबाट उधृत उपर्युक्त अशुद्ध संस्कृत लेखमा लेखिएको विषयलाई योगी नरहरिनाथले नेपालीमा उद्दृत गर्दै लेखेका छन् । “तदतन्तर पूर्वको बाटो गरी सुलतान समसुद्दीनले आएर नेपाल श्रीपशुपतिलाई तीन खण्ड पारे । समस्त नेपाल तीनै शहर भस्मीभूत भयो । जनतामापनि हाहाकार मच्चियो । त्यहीकारण संवत् ४७० मार्गशीर्ष शुदी ९ का दिन भक्तपुरमा महाकष्ट भयो । यो आक्रमण हुँदा नेपालमा राजदेवको शासन थियो । सो बेलामा आक्रमणकारीहरुलाई रोक्नको लागि के कस्तो प्रतिकार गरे ? त्यो विषयमा कुनै पनि वंशावलीमा उल्लेख छैन। सो समयमा एक्कासी शत्रु आएर पशुपतिनाथको लिंग तीन टुक्रा पारेको तथा समस्त नेपालमा आगो लगाएको देख्दा प्रजामा हाहाकार मच्चियो। उपयुक्त अवतरणबाट सुलतान शमशुद्दीन नेपालमा स्वयम्भूका शिखरमा गई त्यहाँको मन्दिर पनि भत्काएको तथा आगो लगाएको कुरा उल्लेख छ । यो आक्रमण मंसिर शुक्ल दशमीको दिन बिहीबार भएको थियो ।
|
hamrakura.com
|
3,745,002 |
कर्णाली प्रदेशको दुर्गम हिमाली जिल्ला हुम्लामा सडक पूर्वाधारको बिस्तारसँगै प्रदुषण बढ्न थालेको छ । सडक पूर्वाधारको विकास र बिस्तार भएसँगै कर्णाली नदी प्रदुषित हुन थालेको हो भने स्थानीय उत्पादन घट्दा परनिर्भरता पनि बढ्न थालेको हो । कर्णाली करिडोरको सडक बिस्तारसँगै हुम्लाको सर्केगाड गाउँपालिकाको मुख्य बजार सर्केगाडमा साविकको साँया गाविस र गोठी गाविसमा मानिसहरुका साथै बाहिरी जिल्लाबाट बसाइँ सरेर सडक छेउछाउमा बस्न आउने क्रम पनि बढ्न थालेको छ । साँयाका ४ वटा गाँउका मानिसहरुको दैनिक उपोभोग गर्ने सामानहरुको मुख्य बजार भएका कारण पनि सर्केगाडमा बजार बिस्तारको क्रम बढेको हो । बजार बिस्तारको क्रम बढ्न थालेसँगै कर्णाली नदी पनि दुषित हुन थालेको छ । बजारबाट निस्किने फोहोर तथा ढल कर्णाली नदी किनारमा फाल्ने र नदी छेउछाउ खुला शौच गर्ने क्रम बढेका कारण कर्णाली नदी दुषित बन्दै गएको भन्दै स्थानीयहरुले दुखेसो पोखेका छन् । कर्णाली करिडोर निर्माण हुनुअघि यहाँका मानिसहरु कर्णालीकै पानी पिउने गर्दथे । तर, करिडोर निर्माणसँगै बस्ती विकासको क्रम बढ्दा नदी दुषित हुन थालेपछि कर्णालीको पानी नुहाउन, लुगा धुन तथा भाडा माझ्न मात्रै प्रयोग गर्न थालिएको स्थानियवासी बताउँछन् । स्थानीय रेलकला शाहीले न्युज एजेन्सी नेपालसँगको कुराकानीमा शौचालयको ढल, खानेपानीको ढल निकासी गर्ने क्रम कर्णाली नदीमा बढेसँगै नदी प्रदुषित हुन पुगेको बताउनु भयो । उहाँले कर्णालीमा फोहोर बढ्दा पानी पिउन योग्य नरहेको बताउनु भयो । त्यस्तै अर्का स्थानीय भीमबहादुर सिंहले कर्णाली नदीको छेउछाउमा बस्तीहरु बढेसँगै फोहोर बढेकाले पानी पिउन योग्य नरहेको बताउनु भयो । मृत पशुचौपायाहरु पनि नदीमा नै फाल्ने गर्दा नदी अत्याधिक दुषित भएको बताउनु भयो । कर्णाली करिडोरको सडक बिस्तारसँगै विकासको धमिलो बाछिटा हुम्लाको पर्यावरणमा देखिन थालेको विषयमा भने स्थानीय सरकार अनविज्ञ देखिएको छ । सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्की (मुक्ति) कर्णाली नदीमा बजारको फोहोर फाल्ने गरेको विषयमा आफू जानकार नरहेको भन्दै अब बजार अनुगमन गरेर नियन्त्रण गर्न अभियान सञ्चालन गर्ने बताउनुहुन्छ । उहाँले ढल निकासी नदीमा गर्नु नराम्रो भएको भन्दै आफैँले उपभोग गर्ने पानीमा ढल मिसाउनु सरासर गलत भएको बताउनु भयो । करिडोर अन्तर्गत यातायात सुचारु भएका हुम्ला जिल्लामा मात्रै नभई बाजुराका विभिन्न स्थानमा भएका बजारबाट निस्किने फोहोर पनि कर्णाली नदी किनारमा फाल्ने गरिएको छ । बाजुराका पर्यटन व्यवसायी जनेश भण्डारीले कर्णाली नदी संरक्षण गर्न अभियान सञ्चालन गर्नुपर्ने बताउँदै नदीको पानी कैलाश जलको रुपमा उद्योग स्थापना गर्नुपर्नेमा जोड दिनुभयो । नदीको संरक्षण नगर्ने हो भने भविष्यमा पहाडी क्षेत्रका बासिन्दाहरुले पानी पिउन नपाउने स्थिति सिर्जना हुने बताउनु भयो । उहाँले कर्णालीको पानी पानी उद्योगको रुपमा विकास गरी विदेशमा निर्यात गर्न सक्नुपर्ने बताउनु भयो । उहाँले भविष्यमा मानव सभ्यता जोगाउने भुमिका कर्णालीले खेल्ने पनि बताउनु भयो । यता, कर्णाली करिडोरमा यातायात सुचारु भएसँगै हुम्ला जिल्लाको आन्तरिक उत्पादन पनि लोप हुन थालेको छ । यहाँका स्थानियहरु आन्तरिक उत्पादलाई प्रयोग गर्ने भन्दा पनि नेपालगञ्ज, रुपडिया लगायत तराईका जिल्लाबाट आयात गरी उपभोग गर्न थालेका कारण पनि आन्तरिक उत्पादन लोप हुन थालेको हो । स्थानीय प्याराजंग शाहीले यातायात सुचारु हुँदा स्थानीयहरु काम गरेर खाने भन्दा पनि किनेर खानेमा निर्भर हुने गरेको बताउनु भयो । हुम्लाको उत्पादनले बाहिरका बजारलाई बिस्थापन गर्नुपर्नेमा बाहिरका सामग्रीहरुले स्थानीय बजार बिस्थापन गरेको बताउनु भयो । बाहिरको सामग्रीलाई रोक्नको लागि भण्डारण केन्द्रको आवश्यक्ता रहेको बताउनु भयो । त्यस्तै आन्तरिक पर्यटक दीपक आचार्यले विकाससँगै विकृति पनि भित्रिरहेको महशुस गरेको बताउनु भयो । उहाँले विकासले स्थानीय उत्पादनहरु लोप हुँदै गएको बताउनु भयो । उहाँकाअनुसार हुम्लामा पछिल्लो समय बढ्दो शहरीकरण, स्थानीय उत्पादनमा ह्रास र परनिर्भरता बढ्दै गएको छ । कुल क्षेत्रफल मध्ये ४ हजार २ सय ६७ हेक्टर खेतीयोग्य जमिन रहेको हुम्ला जिल्लामा कोदो, फापर, चिनो, कागुनो, नाफल, चुली, मकै, सिमी, उवा, जौ, मासी धान, आलु, खामु, स्याउ लगायत अन्नबाली र फलफूल उत्पादन हुँदै आएपनि सडक बिस्तारका कारण परनिर्भरता बढेको छ । यसरी खाद्य आयत निरन्तर बढ्दै गए हुम्ला जिल्ला लगायत आसपासका क्षेत्रमा खाद्य सुरक्षाको अवस्था चिन्ताजनक देखिने प्रायः निश्चित छ । यसका लागि राज्यका सम्बन्धित निकायले बैलैमा ध्यान दिन जरुरी देखिन्छ ।
|
emountaintv.com
|
3,341,831 |
दशैँ र पिङ एकअर्कामा पर्यावाची जस्तै बनेका छन् । दशैँमा टीकाको दिन भुइँ छोड्नुपर्ने (पिङ चढ्नुपर्ने) परम्परागत मान्यताका कारण पनि गाउँघरमा पिङ संस्कृतिको महत्व छ । पछिल्लो समय गाउँघरबाट लिङ्गे पिङ हराउँदै जान थालेपछि यसको संरक्षणका लागि यहाँको एक वडाले पिङ बनाउन सहयोग गरेको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–३ ले आफ्नो वडामा पिङ बनाउन प्रोत्साहन गर्दै प्रतिपिङ रु पाँच हजार दिने निर्णय गरेको छ । ‘दशैँ तिहारमा पिङ राख्नु खेल्नु परम्परा नै हो तर, पछिल्लो समयमा प्राविधिको विकाससँगै यस्ता मौलिकता हराउँदै छन्’, वडाध्यक्ष शिवकान्त तिवारीले भने, ‘फूलपातीको अघिल्लो दिनसम्म गाउँमा कहीँ कतै पिङ हाल्ने सुरसार नदेखेपछि वडाले पिङ बनाउन रु पाँच हजार आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।’ गैँडाकोट वडा नम्बर ३ मा रहेका प्रत्येक टोल सुधार संस्थामा एक÷एक वटा पिङ निर्माण गर्न पनि उनले अनुरोध गरे । ‘पिङ रोको प्रमाणसहित वडा कार्यालयमा पुगेपछि कार्यालयले टोल सुधारलाई पाँच हजार रुपैयाँ सहयोग गर्नेछ’, उनले भने, ‘यो हाम्रो परम्परादेखि चलेको संस्कृति संरक्षणका लागि वडा कार्यालयले सानो प्रयास गरेको हो ।’ दशैँको पर्यायवाचीजस्तै बनेको पिङ गाउँघरबाट हराउन नदिनका लागि सबै समुदाय लाग्नुपर्ने तिवारीको भनाइ छ । ‘हाम्रो वडामा मात्रै नभएर धेरै ठाउँमा दशैँको सातौँ दिन फूलपातीसम्म पनि पिङ राख्ने सुरसार देखिएन’, वडाध्यक्ष तिवारीले भने, ‘पहिले दशैँ आउनु एक साताअघि पिङका लिङ्गा खोज्ने, बाँस काट्ने, बाबियो काटी डोरी बाट्ने चटारो हुने गथ्र्यो ।’ गाउँघरका चोक, चौर, चौतारामा दशैँँ लाग्नुअघिनै पिङ राख्ने चहलपलसँगै सबै भेट्ने थलो बन्ने गरेको भन्दै वडाध्यक्ष तिवारीले टीकाको एक दिन भए पनि पिङमा खुट्टा राख्नुपर्ने बूढापाकाको भनाइ रहेको बताए । पछिल्ला आठ, दश वर्षमा समुदायबाट लिङ्गे पिङसँगै दशैँको रमाइलो पनि हराएकोजस्तै भइरहेको उनको भनाइ छ । गाउँघरमा पिङ निर्माण गरिने बाँसको लिङ्गो पाउन गाह्रो हुन थालेपछि पिङ निर्माणमा समुदायले बेवास्ता गरेको हुनसक्ने मध्यविन्दु–३ का भानुभक्त पौडेलले बताए । बह्मदीप युवा क्लबका निवर्तमान अध्यक्षसमेत रहेका पौडेलले विगतका वर्षहरुमा आफ्नो गाउँम पिङ निर्माण गर्ने गरिएको भए पनि यस वर्ष गाउँमा पनि पिङ निर्माण नभएको बताए । ‘पहिला पहिला गाउँमा युवा जनशक्ति टन्नै हुने गर्दथे’, उनले भने, ‘अहिले वैदेशिक रोजगार र विभिन्न कारणले युवा विदेश पलायन हुँदा गाउँमा युवा देख्न मुस्किल भएको छ ।’ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद नेपालीमा उखानै छ- हात्ती आयो, हात्ती आयो फुस्सा । यो उखान नेपाली राजनीतिमा रवि लामिछानेसँग नेपालमा बडो विचित्रको राजनीति चल्छ । कोही पनि प्रतिपक्षको बेन्चमा बस्न तयार छैनन् । अनेक काठमाडौं । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा पवन श्रेष्ठलाई सात दिनभित्र कार्यालयमा हाजिर काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका बहुचर्चित फरार अभियुक्त बेचन झा पक्राउ परेपछि नयाँ समीकरण काठमाडौं । तस्करलाई सघाएको आरोपमा मोरङको सशस्त्र प्रहरी प्रमुख एसपी विश्व खड्कामाथि आन्तरिक छानबिन सुरु काठमाडौं । सशस्त्र प्रहरी बल २७ नं. गण रुपन्देहीमा कार्यरत रहेका एसपी आनन्द थापा मगरले काठमाडौं ।
|
drishtinews.com
|
5,239,895 |
सामाजिक सञ्जालमा उनको लागि सहयोग गर्न आह्वान गर्दै सीईओ शाहले अपिल गरेका हुन्। तीन वर्षअघि अर्थात् ०७५ असोज ८ मा परियारमाथि एसिड आक्रमण भएको थियो। एसिडसँगै उनको चक्कु प्रहार गरी हत्या प्रयास नै भएको थियो। छ पटकसम्म उनीमाथि चक्कु प्रहार भए पनि उपचारपछि उनी बाँच्न सफल भएकी थिइन्। अहिले घाउ सञ्चो हुँदै गएपछि परियार आफ्नो परिवारसँग बसिरहेकी छिन्। उनी छोरा र छोरीलाई श्रीमानसँगै मिलेर हुर्काइरहेकी छिन्। एसिड र चक्कु प्रहारपछि उपचारका लागि उनले ऋण लिएकी थिइन्। सोही कारण उनले एक सहकारीलाई तिर्नुपर्ने ऋणको भार अझै ८ लाख रहेको सीईओ शाहको भनाइ छ। केही रकम तिरेर अझै बाँकी रहेको आठ लाख ऋण सार्वजनिक सहयोगमार्फत तिर्ने पहलस्वरुप अग्रसरता देखाएको सीईओ शाहको भनाइ छ। उनको ऋण सार्वजनिक सहयोगमार्फत तिरिदिँदा अहिले उनले कमाइरहेको पैसा बचत हुने भएकाले वसन्तीलाई नयाँ जीवनका लागि सहयोगका लागि सीईओ शाहले सामाजिक सञ्जाल फेसबुकमै अपिल गरेका छन्। यसका लागि नबिल बैंकमा खाता खोलिएको छ। इच्छुक सहयोगदाताले निम्न नाम र ठेगानामा रकम सहयोग गर्न सक्छन् ।
|
nepalkhabar.com
|
568,188 |
नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्ला शाखा रक्तसंचार सेवा केन्द्र बुटवलले विश्व रक्तदाता दिवसको अवसरमा रक्तदाता सम्मान कार्यक्रम गरेर मनाएको छ। १४ जुनलाई विश्वभर नै रक्तदाता दिवसका रुपमा मनाईँदै आएको छ। बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेले कार्यक्रमको उद्घाटन गर्दै रक्तदान अभियान चलाएर बुटवलको परिचय बनेको बताए। रक्तदानबारे जनचेतनाको अझै पनि कमी देखिएको भन्दै यसतर्फ ध्यान दिनुपर्ने उनले बताए। कार्यक्रममा ५० पटकभन्दा बढी रक्तदान गर्ने सात जना दातालाई स्वर्ण र प्रशंसापत्रबाट सम्मान गरिएको थियो। यसैगरी २५ पटकभन्दा बढी रक्तदान गर्ने २९ जना दाताहरुलाई रजत र प्रशंसापत्र तथा ४० जनालाई प्रशंसा पत्रबाट पुरस्कृत गरिएको थियो ।
|
lokpath.com
|
2,618,555 |
कमलपोखरी स्थित इस्लिङटन कलेजका अन्तिम वर्षका विद्यार्थीले सुचना प्रविधि सम्बन्धी प्रदर्शनी गरेका छन् । सुचना प्रविधि विषयमा पहिचान कमाउन सफल सो कलेजले सुचना प्रविधिमा स्नातक अन्तिम वर्ष सकेका विद्यार्थीले प्रदर्शनी गरेका हुन् । गत वर्ष प्रस्तुत गरीएका ३ सय परियोजनाबाट छनौट गरिएको उत्कृष्ठ ३४ परियोजनाको प्रस्तुती गरिएको थियो । अन्तिम वर्षको परियोजना सोकेसमा रोजगार प्रदायक विभिन्न बंैक, वित्तिय संस्था र विभिन्न कम्पनीका एचआर, सुचना प्रविधि प्रमुखहरुको उपस्थिति रहेको थियो । सोकेस प्रदर्शनीमा एनआइसी एसिया, प्राइम, माछापुच्छ्रे बैंक, फ्युज मेशिन्स, कन्भर्स–३, दृष्टी टेक, इन्फोडेभलपर, कान्तिपुर, नयाँपत्रिका गृहलगायत विभिन्न विभागका प्रमुखले परियोजना अवलोकन गरेका थिए । विद्यार्थीले सफ्टवेयर, हार्डवेयर, नेटवर्किङ, साइवर सेक्युरिटी, एनिमेशन, आर्टिफिसियल इन्टलिजेन्स लगायत एक दर्जन विषयको परियोजना तयार गरेका थिए । ‘नेपाललाई सुहाउँदो उत्कृष्ठ परियोजनाको सोकेस तयारी गरी प्रदर्शन गरेको जानकारी गराउँदै कलेजका प्रमुख कार्यकारी निर्देशक सुलभ बुढोथोकीले इस्लिङटनमा सुचना प्रविधि विषय लिएर अध्ययन गरेका विद्यार्थीको पौखरलाई सार्वजनीक गर्न प्रदर्शनी आयोजना गरेको बताए । प्रदर्शनीमा मेडिकल ड्रोन, स्मार्ट डस्टविन, सवारी साधनको नम्बरप्लेट रिडर, पानीको स्वच्छता मापन गर्ने लगायतका परियोजना तयार थिए । बुधबार कलेज परिसरमा आयोजित प्रदर्शनीमा करिब ३ हजार विद्यार्थीले अवलोकन गरेको कलेजले जनाएको छ । सो कलेजमा सुचना प्रविधि विषयको तीन वर्षे कोर्ष अन्तर्गत कम्प्युटिङ, नेटवर्किङ एण्ड आइटी सेक्युरिटी र मल्टी मिडिया टेक्नोलोजी विषयको कोर्ष संचालन भैरहेको छ । इस्लिङटनमा अध्ययन गर्ने विद्यार्थी मध्य ९८ दशमलब ६ प्रतिशतले रोजगार हासिल गरिरहेको कलेजको दाबी छ । सन् १९९६ मा इन्फोमेटिक्स त्यसपछि सन् २०१० मा इस्लिङटन कलेजको नामबाट स्थापित कलेजले बेलायत स्थित लण्डन मेट्रोपोलिटन विश्वविद्यालयबाट संबन्धन लिएर विभिन्न विषयमा अध्यापन गराईरहेको छ ।
|
ratopati.com
|
4,265,222 |
प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीले चुनाव हारेपछि पनि किन राजीनामा नदिएका होलान्? जमानामा चुनाव हार्दा नेकपा एमालेका माधवकमुर नेपाल, नेपाली कांग्रेसका शुशील कोइराला जस्ता नेताले राजीनामा दिने नजिर त राखेका थिए। कमसे कम राजीनामा दिएको भए चुनाव हारेको नैतिक जिम्मेवारी लिएको जस्तो देखिन्थ्यो र राम्रो सञ्देश पनि जान्थ्यो। यस्तोखाले बहस प्रायः राजनीतिक गफगाफ चल्ने अखडामा प्रसस्त सुन्न पाइन्छ। अहिले नेपाली राजनीतिमा देउवाको राजीनामाबारे विभिन्न टीका-टिप्पणी नभइराखेका होइनन्। नैतिक जिम्मेवारी लिँदै पार्टी सभापतिबाट र राजनीतिक निकास दिन प्रधानमन्त्रीबाट राजिनामा दिनुपर्ने भन्ने आवाज उठिरहेका छन्। यस विषयमा धेरै किसिमका विश्लेषण भइसकेका छन्। अझ एक साताअघि डा गोविन्द केसीको अनसन र गिरफ्तारीले प्रधानन्यायाधीशको पनि राजीनामाको माग भइरहेको छ। अनि केही दिनअघि सरकारमा सामेल माओवादी केन्द्रका बिनाविभागीय मन्त्रीहरुले सामूहिक राजीनामा दिए। समाचारमा आएको कारण अनुसार देउवाले नछाडेपछि वाध्य भएर राजीनामा दिएको रे। कसैको राजीनामा मागिनु नेपालमा नौलो कुरा रहेन अब। तर, राजीनामालाई नै एउटा प्रक्रिया वा कुनै प्रक्रियाको भागका रुपमा सहज तरिकाले लिन भन्ने बहस गर्नुपर्ने जरुरी देखिन्छ। राजनीतिक इतिहास पल्टाएर हेर्ने हो भने, विभिन्न कालखण्डमा विभिन्न नेताले राजीनामा दिएको र नदिएको उदाहरण छन्। 'राजीनामा'को विशेष अर्थ हुन्छ। विशेष यो मानेमा कि, राजीनामा दिनु भनेको साधारण घटना होइन, यो विशेष अवस्था र परिस्थितिमा दिइने कुरा हो। राजी र नामाबाट बनेको यो शब्दको शाब्दिक अर्थ भने 'राजी' अर्थात् मन्जुरी, मानेको वा सहमत हो। त्यस्तै, 'नामा' भनेको खुसी साथ छोड्ने कामलाई बुझिन्छ। राजीनामा कहिले दबाबमा दिइन्छ भने कहिले स्वेच्छाले दिइन्छ। विश्व इतिहासमा हेर्ने हो भने पनि नैतिकताका आधारमा राजीनामा दिनेहरु पनि छन् र संकीर्ण संस्कार हावी भएको ठाउँमा राजीनामा नदिएका उदाहरण पनि प्रसस्तै छन्। अमेरिकाको इतिहासमा राष्ट्रपति रिचर्ड निक्सनलाई महाअभियोग लगाउने भएपछि उनले राजीनामा दिएका थिए। त्यस्तै, विल क्लिन्टनलाई पनि अभियोग दायर गरिएको थियो मोनिका लेविन्स्कीसँग भएको सम्बन्धमा शक्तिको दुरुपयोग र पतन भएको भनेर। उनको मुद्दा हाउसबाट पास हुन नसकेर सिनेटमा पुगेको थियो। त्यहाँ पनि भोट हुँदा क्लिन्टनको पक्षमा मत धेरै खस्यो- अनि उनी राष्ट्रपतिका रुपमा रहिरहे। क्लिन्टनले आफ्नो नैतिक पतनपछि नैतिकताको आधारमा राजीनामा दिनुपर्थ्यो भन्नेहरुको संख्या धेरै छ। जब उनले आफ्नो सम्बन्ध एक प्रकारले स्वीकारिसकेका थिए, उनी कुर्सीमा बस्नु हुन्न थियो भन्ने आवाज उठेको थियो। तर, त्यसबेला विल क्लिन्टनले राजीनामा नदिँदा धेरैजना चकित परेका थिए। पछिल्लो समय बेलायतमा प्रधानमन्त्री थेरेसा मेको मन्त्रीमण्डलबाट केही प्रभावशाली मन्त्रीले बिदा पाए भने केहीले राजीनामा दिए। उपप्रधानमन्त्री डामियन ग्रिन सन् २००८ को अश्लील भिडियोको काण्डले गर्दा बर्खास्त भए। गत वर्ष मन्त्री जिम ओ निलले प्रधानमन्त्री मेको कामसँग सन्तुष्ट नभएर पदबाट राजीनामा दिएका थिए। झट्ट हेर्दा एउटा बर्खास्त अनि अर्को राजीनामा तर यसमा प्रस्तुत गर्न खोजिएको भाव भनेको बेलायतको उत्कृष्ट राजनीतिक संस्कार हो। पद कति गौंण हुनेरहेछ जब तपाईंलाई पद्दति चित्त बुझ्दैन, जुन कुरा जिम ओ निलले पुष्टि गरे। साथै, झन्डै दशक अगाडिको एउटा गल्तीले डामियन ग्रिनले उप-प्रधानमन्त्री जस्तो गरिमामय पद गुमाउनुपर्योक। अझ थेरेसा मे र ग्रिन निकै मिल्ने साथी हुन् र उनी मेका विश्वास पात्र पनि थिए। हुन त बेलायत जस्तो देश जहाँ प्रजातन्त्र परिपक्क छ, त्यहाँ यस्तो कार्य नौलो होइन। एकदमै चर्चित ब्रेक्जिट (बेलायतको युरोपियन संघबाट बाहिरिने निर्णय) भयो, डेभिड क्यामरुनले राजीनामा दिए, किनभने उनी ब्रेक्जिटको विपक्षमा उभिएका थिए। धेरैले उनको राजीनामा आवश्यक नरहेको र उनकै दलको अधिकांश सांसदले नि राजीनामा नदिन आग्रह गर्दा उनले पद परित्याग गरिछाडे। उनको राजीनामाले उनको राजनीतिक कद अझै उच्च भएको विश्लेषकहरु बताउँछन्। अब कुरा गरौँ नेपालको; पञ्चायतमा राजाले आफूखुसी नियुक्ति र बर्खास्त गर्ने चलन थियो। तर, हामीसँग कीर्तिनिधि विष्टजस्ता प्रधानमन्त्री पनि थिए जसले सिंहदरबार आगलागी हुँदा आफूले केही गर्न नसकेको भनेर राजीनामा पत्र राजालाई थमाए। राजाले तिमीले गर्दा भएको होइन भन्दा पनि उनले राजीनामा फिर्ता लिएनन्। २०५२ साललाई फर्केर हेर्ने हो भने, जब मनमोहन अधिकारी प्रधानमन्त्री थिए उनी विरुद्द संसदमा अविश्वासको प्रस्ताव लगियो। मनमोहन त्यसबेला अस्पतालमा थिए र सन्चो भएपछि अविश्वासको प्रस्ताव दर्ता गर्न भनिएको थियो। तर, कांग्रेसले मानेन अनि मनमोहनले अस्पतालबाटै संसदलाई सम्बोधन गरेर अस्पतालबाटै संसदलाई फेस गरेका थिए। यस्तोखाले बहिरगमन सुखद् थिएन, जहाँ उनले संसदमा उपस्थित पनि हुन सकेनन् न राम्ररी राजीनामा नै दिन पाए। त्यस्तै, पहिलो संविधानसभाको चुनावपछि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले पनि राजीनामा दिन ढिलाइ गरे भन्ने आरोप लागेको थियो। एउटा अन्तर्वार्तामा कोइराला कड़किएका थिए, 'ठाउँ देखाउनुस् राजीनामा दिन्छु' भनेर। २०६६ मा प्रचण्डको राजीनामा पनि भिन्न र अप्रत्यासित थियो। आफूले बर्खास्त गर्न खोजेका प्रधानसेनापति रुकमाङ्गत कटवाललाई राष्ट्रपतिले नहट्न आदेश दिएपछि सरकारमा बस्न नैतिक आधार नभएको भन्दै प्रचण्डले राजीनामा दिएका थिए। त्यस राजीनामाले देशको राजनीतिमा ठूलै उलटफेर पनि भयो। पछिल्लो समयमा भद्र सहमति हावी छ, नेपाली राजनीतिमा। जब केपी शर्मा ओली पहिलोपल्ट प्रधानमन्त्री भए, उनले र प्रचण्डले आलोपालो सरकारको नेतृत्तव गर्ने भद्र सहमति गरेका थिए भनिन्छ। तर, ओलीले सत्ता नछाडेको र भद्र सहमति तोडेको भन्दै प्रचण्ड नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग मिल्न गए। फेरि अर्को भद्र सहमतिका आधारमा प्रचण्डले दोस्रो पटक सरकारको नेतृत्व लिने मौका पाए। धेरैको अनुमान थियो, प्रचण्डले देउवालाई सरकार छोड्दैनन्। तर, प्रचण्डले सहमति पालाना गरेर राजीनामा दिए। प्रचण्ड अनि केही राजनीतिक विश्लेषकहरु त्यस कदमलाई राजनीतिक इमान्दारिताको संज्ञा दिन्छन्। कहिले काहीँ यसखाले प्रस्तुति भए पनि देशले समृद्धिमा फड्को नमार्दा यी कुरा पनि ओझेलमा पर्ने रहेछन्। यो नैतिक मूल्य-मान्यता भन्ने कुरा पनि संस्कारले ल्याउने भएकाले होला विशेष गरी कम विकसित मुलुकमा खासै प्रदर्शन भएको पाइन्न। देशको संवैधानिक अंगको प्रमुखलाई महाअभियोग लगाउँदा होस्, संस्थानको प्रमुखले गरेको नीतिगत भ्रष्ट्राचार देखिँदा होस् वा सरकारमा बसिराख्न पार्टी फुटाउँदा होस्; हामीले 'ए यसले नैतिकताका आधारमा राजीनामा दियो' भनेको कमै सुन्ने-पढ्ने गरेका छौं। आखिर देशको राजनीतिक संस्कार मापन गर्ने आधार भनेको यस्तै साना तर महत्वपूर्ण कार्यहरुले न हो। हामीले बुझ्नुपर्छ राजीनामाको विशेष महत्व हुन्छ। यो धेरै जस्तो अवस्थामा निकास दिने कार्यका रुपमा लिइन्छ। कहिले काहीँ निकालिनुपूर्व स्वेच्छाले आफू निस्किएर बाटो खोलिदिने सहज तरिका पनि हो। पश्चिमा देशहरु, जहाँ लोकतन्त्र परिपक्व भएको छ त्यहाँ राजीनामाको कदमले विशेष महत्व राख्छ। तर, हाम्रो जस्तो संकीर्ण राजनीतिक संस्कार भएको देशमा भने खासै महत्व नदिएकाले राजीनामाले विशेष स्थान पाएको देखिँदैन। कसैले राजीनामा दिनुलाई सम्मानजनक कदमका रुपमा हेर्छन् भने कसैले कायरताको संज्ञा दिन्छन्। कायर तिनले ठान्छन्, जसले शक्ति, पद र कुर्सीलाई सर्वप्रिय र सबै कुरा ठान्छन्। वैध कदम त्यो समूहले मान्छ जसले पद, शक्तिलाई गौंण अनि कर्म, छवि र नैतिकतालाई प्राथमिकतामा राख्छ। राजीनामा नै सबैथोक हो भन्न खोजिएको होइन, तर एक कदम पछि हट्ने संस्कार, नैतिक मूल्य-मान्यतालाई प्राथमिकता र संक्रमण अन्त्य गर्न वा नवीन सुरुवातका लागि राजीनामाले वातावरण सहज बनाउने कुरा भने पक्का हो। कुनै देश वा समाजमा नैतिकताको मापन गर्ने धेरै सूचकमध्ये राजीनामा दिने संस्कार पनि एक हो। त्यसैले अगाडिको बाटो सहज होस् भन्नाका खातिर पनि राजीनामालाई एक कदम पछि हट्ने संस्कारका रुपमा रचनात्मक हिसाबले बुझाउन जरुरी देखिन्छ। नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला ।
|
nepallive.com
|
2,111,276 |
भारतले प्रचण्डलाई प्रधानमन्त्री बन्न दिँदैनन् त्यो स्पष्टै छ। बाबुरामप्रतिको धारणामा परिवर्तन आएको छ कि छैन थाहा भएको छैन। बरु प्रधानसेनापति भने सोमबार एक दिनका लागि भारत जाने भएका छन्, भन्नलाई निजी भ्रमण भनिएको छ। यता, कङ्ग्रेसीहरुले समेत आफ्नै नेता जस्तो गर्ने केपी ओली उपचार सकाएर आइतबारै काठमाडौँ आइसकेका छन् ।
|
mysansar.com
|
5,681,761 |
उहाँलाई अस्पतालमा उपचार गराउनुुअघि टिकट लिनुपर्छ र टिकटको लागि टोकन लिनु पर्छ भन्ने पनि थाहा भएन । पहिलो दिन कुन ठाउँमा के-के गर्नु पर्छ भनेर बुझ्दैमा दिन बित्यो । दोस्रो दिन बिहान ९ बजे नै टोकन लिन लाइन बस्नु भयो । उहाँले ७ सय ४२ नम्बरको टोकन पाउनु भयो । तर उहाँभन्दा पछि टोकन लिनेले पहिल्यै डाक्टर भेटिसक्दासमेत उहाँ अलमलमै पर्नुभयो । ‘बल्लबल्ल डाक्टरलाई देखाएपछि रगत जाँच गराउने ठाउँ खोज्दैमा दिउँसोको २ बज्यो । त्यो पनि आठ पटक सोधेपछि मात्र । अस्पतालमा चिनेको मान्छे हुने हो भने सजिलै पालो आउँदो रहेछ । बिरामी भएर उपचार गर्न आउँदा पनि सुख भएन’ उहाँले गुनासो गर्नुभयो । झापाका सुमन अधिकारी आमालाई पत्थरीको उपचार गराउन वीर अस्पताल पुग्नुभएको छ । उहाँलाई त टोकन लिन नै २ घण्टा लाग्यो । स्वास्थ्य बीमा गराएकाले छुट पाउने आशामा बीमाको लाइन बस्दा अर्को एक घण्टा बित्यो । फेरि जाँच गराउने लाइनमा पालो कुर्दा दिउँसोको एक बज्यो । एक बजेदेखि २ बजेसम्म खाजा खाने समय हुँदो रहेछ । त्यो पनि थाहा भएन । डाक्टरले जाँचेपछि दिसा पिसाब परीक्षण गराउन भने । उपचार गराउन कहाँ जाने कसलाई सोध्ने केही थाहा भएन । बिरामी आमालाई एउटा कुनामा राखेर ठाउँ ठाउँ सोध्दै हिँड्नु भयो । एक जनाले त्यहाँ लाइन बस्नु भनेर देखाइदिए । अब त पालो आयो भन्ने बेलामा तपाईँ किन यहाँ आउनु भएको, उ त्यो ठाउँ जानु भनेर अन्तै पठाए । ‘उता आमालाई सकस भैसक्यो । बिरामी मान्छेको हेरचाह गर्नु पर्नेबेलामा एक्लै छाडेर हिँड्नु परेको छ । यहाँ त बिरामी कुर्न आएको मान्छे पनि बिरामी हुने रहेछ । तीन बजिसक्दा पनि जाँच गराउने पालो आएको छैन । रिपोर्ट आउँदा पनि उस्तै झमेला हुन्छ भन्ने सुनेको छु । खै हेरौँ कति दिन लाग्छ ?’ सुमनले अँध्यारो मुख लगाउनुभयो । सिन्धुपाल्चोक सुनकोशीका वसन्त भण्डारी पनि श्रीमतीसँगै स्वास्थ्य परीक्षण गराउन वीर अस्पतालमा हुनुहुन्छ । उपचार गरेपछि आएको बिल हेर्दा दुई जना बिरामीको एउटै बिल आयो । हिसाब पनि मिलेको छैन । हतार नगरि काम गर्नु, किन एउटै बिल बनाउनु भयो भन्दा कर्मचारी उल्टै रिसाए । एउटा छाप लाएर आउँछु भनेर निस्केका कर्मचारी उतै बेपत्ता भए । निर्देशकलाई भन्छु भनेर कोठाकोठा चाहार्नु भयो तर कोठा नै पत्ता लागेन । ‘सानो विषयमा भएको विवादका कारण साँझ परिसक्योे । एकातिर रिपोर्ट लिने लाइन बस्दा अर्को ठाउँको काम छुट्यो । उपचार हुने समय पनि सकियो अब अर्कोेदिन आउनु पर्छ । ‘नागरिकले तिरेको कर उठाएर बनेको अस्पतालमा आज नागरिकले नै सहज सेवा पाएका छैनौँ । बिरामीसँग गर्ने व्यवहार पनि ठिक छैन’ उहाँले गुनासो गर्नुभयो । ‘सेवा लिन कहाँ जाने बुझ्न खोज्दा कतिलाई थाहा छैन कतिले बताएनन् । कर्मचारीलाई पनि झर्को लागेको छ । उनीहरुले चिनेको मान्छे भए एकैछिनमा सेवा पाउँछन् । हामी जस्ता निम्न वर्गकाले कहिले सेवा पाउने ? ज्येष्ठ नागरिकलाई न सहज छ, न सहुलियत’ भण्डारीले भन्नुभयो । सस्तो र गुणस्तरीय उपचार हुने भन्दै देशका विभिन्न ठाउँबाट वीर अस्पताल आउने बिरामीको दिनहुँ घुइँचो लाग्छ । वीर अस्पतालमा दैनिक झन्डै २ हजार बिरामी उपचारको लागि पुग्ने गर्छन्। तर कुन सेवा लिन कहाँ जानुपर्छ भनेर थाहा नहुँदा धेरै अलमलिने गर्छन् । न कुनै कर्मचारीलाई वास्ता छ, न त डाक्टरलाई । सेवाग्राहीलाई सहज बनाउन भनेर सोधपुछ कक्ष र टिकट वितरण गर्ने ठाउँमा कसरी सेवा लिने भनेर जानकारी दिने त गरिन्छ । तर कसैले भाषा नबुझेर त कसैले मेसो नपाउने हुँदा समस्या उस्तै छ । अस्पतालले सबै जानकारी दिने गरी अनलाइन सेवा सुरु गरेको छ । अनलाइन सेवाबाट बिरामीले घरमै बसेर टोकन लिनेदेखि डाक्टर भेट्ने समयको जानकारी पाउन सक्नेछन् । ‘अब कोठा खोज्दै हिँड्नु पर्दैन । कुन कोठामा जाने भनेर अनलाइनमै हेर्न मिल्छ । अनलाइन सेवा सुरु गरेपछि केही फरक देखिएको छ । तर बानी पार्न अझै केही समय लाग्छ’ कोभिड १९ युनिफाइड केन्द्रीय अस्पताल वीर अस्पतालका उपनिर्देशक प्राध्यापक डाक्टर अनुपमा कार्कीले भन्नुभयो, ‘अस्पतालमा छिटै स्वयंसेवकको सङ्ख्या पनि बढाउने योजना छ ।
|
ujyaaloonline.com
|
3,203,631 |
सत्तारुढ दल एमालेका वरिष्ठ नेता झलनाथ खनालले एक महिनाभित्र संविधान जारी गरेरै छाड्ने दाबी गरेका छन् । गृह जिल्ला इलाममा आज आयोजित कार्यक्रममा खनालले सुझाव सङ्कलनमा देखिएको नागरिकको उत्साहप्रद उपस्थितिले संविधान निर्माणको गतिलाई कसैको आदेशले रोक्न नसक्ने बताए । उनले संविधान जारी हुनेमा सबैलाई ढुक्क हुन आग्रह गरे । खनालले सङ्कलित सुझावलाई संविधानसभामा पुराएर त्यसको विश्लेषण गरी मस्यौदालाई अन्तिम रुप दिइने बताए । मस्यौदामा जनताले लोकतान्त्रिक विधि र पद्धतिमार्फत सुझाव दिएको बताउँदै उनले भने, ‘देशको भलो नचाहने एक–दुईवटा शक्तिको तागतले संविधान निर्माण प्रक्रियालाई रोक्न सक्दैन, संविधान एक बन्छ, दुई बन्छ, तीन बन्छ र बनेरै छाड्छ ।’ विगतमा बनेका संविधानले मुलुकलाई स्थायित्व दिन नसकेको टिप्पणी गर्दै उनले अब दिगो र स्थायी संविधान बन्नेमा ढुक्क रहन आग्रह गरे । सृजना इन्टरनेशनल मिडिया प्रा.लि. पानीपोखरी, काठमाडौं ।
|
souryaonline.com
|
2,637,295 |
ती दुई वित्तीय संस्थाबीच आज उक्त सम्झौता भएको हो । सम्झौतापत्रमा रिलायन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविणरमण पराजुली र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पृथ्वी श्रेष्ठले हस्ताक्षर गरे । यो सम्झौतासँगै दुईवटै संस्थाका ग्राहकहरुलाई रिलायन्सद्वारा जारी गरिएका बीमा लेखहरु बिक्री वितरण गर्न थप सहज भएको बैंकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । रिलायन्स लाईफ इन्स्योरेन्स लि., सिद्धार्थ बैंक लि. र अन्य प्रतिष्ठित व्यापारिक घरानाद्वारा प्रवद्र्धित संस्था हो, जसको कूल पुूँजी रु. २ अर्ब १० करोड र चुक्ता पूँजी रु. १ अर्ब ४७ करोड रहेको छ । सो मध्ये बाँकी रहेको रु. ६३ करोडको साधारण शेयर सर्वसाधारणमा सार्वजनिक निष्काशन गरिने कम्पनीले जनाएको छ ।
|
ratopati.com
|
3,041,612 |
आर्थिक पत्रकार समाज नेपाल (सेजन)को अध्यक्षमा भीमप्रसाद गौतमको अध्यक्षमा नयाँ कार्यसमिति चउन भएको छ। शनिबार राजधानीमा सम्पन्न सेजनको २०औं वार्षिक साधारणसभा एवम अधिवेशनमा गौतमले अध्यक्षका अर्का प्रत्यासी मोदनाथ ढकाललाई १० मतले पराजित गर्नुभएको थियो। कुल २३३ मत खसेकोमा गौतमले १२० र ढकालले ११० मत प्राप्त गरेका छन्। ३ मत बदर भएको थियो। त्यस्तै महासचिवमा सुजन ओलीले अर्का प्रत्यासी अच्युत पौडेललाई ४० मतले पराजित गर्नुभयो। ओलीले १३५ र पौडेलले ९५ मत ल्याएका छन्। त्यस्तै उपाध्यक्षमा सरस्वती ढकाल गोला प्रथामार्फत निर्वाचित हुनुभयो। प्रत्यासी ढकाल र विष्णु बेलबासेको ८३–८३ बराबर मत आएपछि गोला प्रथा गरिएको थियो। उपाध्यक्षका अर्का प्रत्यासी अनुज ढुंगेललाई ६७ मत प्राप्त भयो। त्यस्तै, सचिव पदमा कृष्ण रिजालले ९७ मत ल्याएर निर्वाचित हुनु भएको छ। प्रत्यासी राजु चौधरीले ६५ र सागर घिमिरेले ७२ मत ल्याए।सदस्यमा विनय बञ्जारा (१७०), मुना कुँवर (१५२), सुजन ढुंगेल (१४८), हिमा विक (१३५) र कमला अर्यालले (१०७) मत ल्याएर विजयी भएका छन्।सदस्यमा जीवनकुमार बस्नेतले १०० र विपी पोख्रेलले ७५ मत ल्याएर पराजित भएका छन्। यसैबीच अधिवेशन उद्घाटन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले आर्थिक पत्रकारिता निकै फस्टाएको बताउनुभएको छ। उहाँले आर्थिक पत्रकारिता फस्टाएको बताउँदै मुलुकको हितका लागि समाचार लेख्न आग्रह गर्नुभयो। उहाँले बढी चर्चामा आउने नाममा मुलुकको अहितमा समाचार नलेख्न आग्रह गर्नुभयो। ‘पत्रकारिता मुलुकको विकासका लागि हुनुपर्छ, हिट हुने नाममा समाचार लेख्नुहुँदैन,’ उहाँले भन्नुभयो। पत्रकारिताको विकासमा आफ्नो साथ र सहयोग सधैभरी रहने बताउनुभयो। कार्यक्रममा बोदै उहाँले सामाजिक सञ्जालले पत्रकारितामा चुनौती थपेको उल्ल्ेख गर्नुभयो। सामाजिक सञ्जालमा गलत सूचनाहरू छिटो प्रवाह हुने भएकाले त्यसलाई स्क्रिनिङ गरेर समाचार बनाउनु पत्रकारिताका लागि चुनौती भएको उहाँको तर्क छ ।
|
newsofnepal.com
|
1,626,754 |
- पुस १९ गते अर्घाखाँचीको पाणिनी गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गौतम नेपाली कांग्रेसमा प्रवेश गरिन्। नेकपा एमालेबाट निर्वाचित उनलाई कांग्रेस महामन्त्री गगन थापाले पार्टीमा स्वागत गरेका थिए। - फागुन दोस्रो साता रुपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला माओवादी केन्द्र प्रवेश गरे। उनी तत्कालिन फोरम लोकतान्त्रिक पार्टीबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए। - रुपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष सनोजकुमार यादव र ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवट फागुन २ गते एमालेमा प्रवेश गरे। यादव गत स्थानीय तहको निर्वाचनमा संघीय समाजवादी फोरमबाट निर्वाचित भएका थिए । त्यस्तै, ओमसतियाका अध्यक्ष केवट नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका थिए। उनीहरुलाई एमाले उपाध्यक्ष विष्णु पौडेलले पार्टीमा स्वागत गरे। - कपिलवस्तुको कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप शाह कांग्रेस प्रवेश गरेका छन्। स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित भएका शाहले कांग्रेस रोजेका हुन्। - फागुन २४ गते दोलखाको बलेफी गाउँपालिकाका अध्यक्ष केदार क्षेत्री कांग्रेसमा प्रवेश गरे। नेकपा एमालेबाट निर्वाचित उनलाई प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा स्वागत गरे। - फागुन २५ गते मोरङको रंगेलीका मेयर दिलिप बगडिया र उपमेयर केशवकुमारी खराल केही वडाध्यक्षसहित एमाले प्रवेश गरे। नेकपा माओवादी केन्द्रबाट निर्वाचित उनीहरुलाई एमाले अध्यक्ष ओलीले पार्टीमा स्वागत गरे। - फागुन २७ गते पर्साको पोखरिया नगरपालिकाका नगरप्रमुख दीपनारायण रौनियार कांग्रेस प्रवेश गरे। नेपाली जनता दलबाट निर्वाचित उनलाई देउवाले स्वागत गरे। सोही दिन बैतडीको शिवनाथ गाउँपालिकाकी प्रमुख कुस्मा चन्द कांग्रेस प्रवेश गरिन्। नेकपा एमालेबाट निर्वाचित उनलाई कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले पार्टीमा स्वागत गरे। निर्वाचनको मुखमा दल अदलबदलको अवस्थाबारे बुझ्न माथिका उदाहरण काफी छन्। २०७४ सालमा भएको स्थानीय निर्वाचनबाट निर्वाचित भएका प्रमुख–उपप्रमुखहरूले दल फेरेका उदाहरणमात्रै हुन् यी। वडाध्यक्ष, वडा सदस्यहरूले दल फेरेका उदाहरण थुप्रै छन्। कार्यकर्ताले दल बदल्ने कुरा त सामान्य नै हो, तर निर्वाचित जनप्रतिनिधिले नै दल फेरिरहेका छन्। खासगरी निर्वाचनको मुखैमा दल अदलबदल तीव्र रुपमा भइरहेको छ। यो क्रम जारी रहने देखिएको छ। निर्वाचनको पूर्वसन्ध्यामा दल बदल्ने संस्कार नयाँ भने होइन। हरेक निर्वाचनको मुखमा दल अदलबदल हुने गर्छ। पार्टीको सिद्धान्त र निष्ठालाई तिलाञ्जली दिएर कोही किन दल बदल्छ? यसका केही कारण छन्। नेपाली राजनीतिको आम प्रवृत्ति हो व्यक्तिगत स्वार्थ र अवसरवाद। राजनीतिमा सिद्धान्त, नीति, विचार र निष्ठा राजनीतिमा मुर्झाइरहेको छ। तर, स्वार्थ र अवसरवाद भने झाँगिँदो छ। दल अदलबदलको प्रमुख कारण नै व्यक्तिगत स्वार्थ र अवसरवादी चरित्र हो। खासगरी चुनावको पूर्वसन्ध्यामा हुने दल अदलबदल टिकटसँग सम्बन्धित रहन्छ। आफू क्रियाशील दलले टिकट नदिने वा त्यो दलबाट जित निकाल्न नसक्ने अवस्थामा अर्को दलबाट टिकट पाउने लोभमा बार्गेनिङ गरी प्रवेश गर्नेहरू धेरै देखिन्छन्। आफ्ूलाई केन्द्रविन्दुमा राखेर ‘मौकामा चौका’ हान्न लालायितहरुले सैद्धान्तिक आधारबिना नै व्यक्तिगत लाभका लागि पार्टी बदल्ने गरेका छन्। ‘०४६ सालमा जब नेपालमा बहुदल आयो। त्यसपछि नै अवसरवादीहरुले चलखेल सुरु गरे,’ राजनीतिक विश्लेषक सुरेन्द्र लाभ भन्छन्, ‘पञ्चायतमा क्रियाशील भएका हरु व्यक्तिगत लाभ र अवसर हेरेर दलहरुमा क्रियाशील बन्न पुगे। कोही व्यक्ति आफ्नो दलबाट पीडित हुन्छ र पार्टी बदल्छ भने त्यो फरक कुरा हो। तर, चुनावी फाइदा हेरेर पार्टी बदल्नेहरु अवसरवादी चरित्रका हुन्।’ त्यसो त यस्तो प्रवृत्ति देखिनुको पछि दलहरुको पनि उत्तिकै हात छ। पद, शक्ति र सुविधा केन्द्रित राजनीतिले दल अदलबदललाई प्रश्रय दिइरहेको छ। ‘दलहरुले जनतालाई केन्द्रमा राख्नुपर्ने हो तर त्यो गर्न गाह्रो छ। पद, शक्ति र सुविधाका लागि जनतालाई केन्द्रमा राखेर नसोच्दा नेता–कार्यकर्ता आफैं बदलिन पुग्छन्। त्यसकारण अवसरवाद र शक्ति प्राप्तिका लागि अदलबदल हुने गर्छ,’ राजनीतिक विश्लेषक डा. विष्णु दाहालको ठहर छ, ‘जनताका एजेन्डाबारे पार्टीमा छलफल गर्ने भन्दा पनि विलासिता कसरी उपभोग गर्ने, शक्ति कसरी आर्जन गर्ने भनेर केन्द्रित हुने मनोवृत्तिले अवसर नपाउने अवस्थामा दल फेर्ने गरेको देखिन्छ।’ विश्लेषक दाहालका शब्दमा निष्ठाको राजनीति नहुँदा यो प्रवृत्ति अझ बलियो बनिरहेको छ। ‘निष्ठाको राजनीति छैन। अहिले को बलियो छ, भोलि को बलियो हुनेछ भनेर विश्लेषण गर्ने र पार्टी बदल्ने परम्परा स्थापित भइरहेको छ,’ उनी भन्छन्, ‘दलहरुले दलिय चरित्र नराख्दा कम्पनी जस्ता भएका छन्। त्यो कम्पनीको सेयर किन्ने र मेम्बर बन्ने प्रवृत्ति हो यो। सबै दलहरुको एजेन्डा, कार्यशैली एकै खालका छन्। त्यसकारण पनि अवसरका लागि दल अदलबदल हुने गरेको छ।’ आफू क्रियाशील रहेको पार्टीमा भूमिका नपाएका कारण, पद नपाउने अवस्था सिर्जना भएमा, लोकप्रियता खस्किएमा वा भ्रष्टाचार लगायतका अनियमिततामा मुछिएका कारण दल फेर्नेहरु पनि देखिएका छन्। स्थानीय तहका निर्वाचित जनप्रतिनिधिको लोकप्रियता खस्किएको अवस्थामा पार्टीले वैकल्पिक पात्रको खोजी गर्नु स्वभाविक हो। त्यस्तो अवस्थामा टिकट नपाउने जोखिमलाई हेरेर खाइपाइ आएको सुविधा कायमै राख्न बार्गेनिङ गरेर अर्को पार्टीमा प्रवेश गर्नेहरु बढेका छन्। कुनै पनि राजनीतिक दल गठन हुँदा निश्चित राजनीतिक सिद्धान्त, आदर्श र उद्देश्य राखिएको हुन्छ। त्यही सिद्धान्त, आदर्श र उद्देश्यमा सहमत हुनेहरू पार्टीमा आवद्ध हुन्छन्। त्यसका लागि प्रतिबद्धता प्राथमिक विषय हो। तर, चुनावका बेला अवसरका लागि पार्टीको सिद्धान्त, आदर्श र उद्देश्य भुलेर दल बदल्ने कुरा आफैंमा राजनीतिक भ्रष्टीकरण हो। दलप्रतिको प्रतिवद्धता भुलेर अर्को दलमा जाँदा निष्ठा र प्रतिवद्धता कसरी रहन्छ? रहँदैन। किनकी दल बदल्नेको चरित्र नै अवसरवादी भइसकेको हुनेछ। त्यस्तो व्यक्तिका लागि अवसर नपाउँदा अर्को दलमा फड्के हान्न असहज हुनेछैन। ‘यहाँ सिद्धान्तको राजनीति भइरहेको छैन। त्यसकारण सिद्धान्तमा अडिग रहने र प्रतिवद्ध हुने कुरा पनि जरुरी रहेन,’ विश्लेषक लाभ भन्छन्, ‘एकै पटक ३६० डिग्रिमा कोल्टे फेर दल फर्नेहरुले त्यसको पुष्टि गरेका छन्। वामपन्थी राजनीति गरेकाहरु कांग्रेस प्रवेश गरेका छन्, कांग्रेसको राजनीति गरिरहेकाहरु बामपन्थी दल र राप्रपामा प्रवेश गरेका छन्।’ दल बदल्नेहरुले कुनै पार्टीको संगठनलाई ठूलो फाइदा पुग्दैन। कोही व्यक्ति पार्टीप्रति प्रतिवद्ध छैन भने उसका कारण संगठन निर्माणमा योगदान पुग्दैन। प्रवृत्तिगत रुपमा हेर्ने हो भने सिद्धान्त, निष्ठा र प्रतिवद्धता नभएको मान्छेले अर्को निर्वाचनमा अवसरका लागि अर्कै दल रोज्ने सम्भावना धेरै रहन्छ। निर्वाचनको पूर्वसन्ध्यामा राजनीतिक दलहरुले चलाउने पार्टी प्रवेशको अभियान प्रपोगान्डासँग पनि सम्बन्धित रहन्छ। पार्टीको जनाधार बढेको देखाउनकै लागि भए पनि दलहरुले अन्य दलका नेता–कार्यकर्तालाई पार्टी प्रवेश गराउने गरेका छन्। त्यसरी गराइने पार्टी प्रवेशमा दलहरुका लागि आफ्नो सिद्धान्त, मूल्यमान्यता र विचारसँग प्रतिवद्धता खोज्दैनन्। खाली भोटका लागि पार्टी प्रवेश अभियान चलाउने गरेका छन्, जुन दलहरुको मुख्य चुनावी रणनीति पनि हो। पार्टी प्रवेश गराएर जनमत सिर्जना भएको सन्देश दिने उद्देश्यबाट प्रेरित दल र अवसरका लागि पार्टी फेर्न तयार नेता–कार्यकर्ताको स्वार्थसँग सम्बन्धित रहन्छ। ‘दलहरुले नेता कार्यकर्ता आफूतिर तान्ने प्रयास गर्छन्। डेमोक्रेटिक सिस्टममा बहुमत, अल्पमतको ठूलो अर्थ रहन्छ। बहुमत कसरी आउँछ भनेर हेर्ने हो भने अन्य दलबाट नेता–कार्यकर्ता प्रवेश गराउने हो,’ विश्लेषक लाभ भन्छन्, ‘त्यागी र निष्ठावान भन्दा पनि जित्नका लागि कार्यकर्ता प्रवेश गराइन्छ। दलहरुका डिमान्ड र सप्लाइलाई हेर्ने हो भने यही देखिन्छ।’ नेपाली राजनीति कतै न कतै भारतीय राजनीतिबाट प्रभावित देखिन्छ। जसका कारण भारतको राजनीतिक प्रवृत्ति र संस्कारको छाया नेपाली राजनीतिमा देखा पर्ने गरेको छ। निर्वाचनको मुखमा दल फेर्ने प्रवृत्तिले भारतीय राजनीतिमा जरा गाडेको छ। हालै सम्पन्न उत्तर प्रदेशको निर्वाचनअघिका दृष्टान्त केलाउने हो भने भारतमा दल बदल्ने प्रवृत्ति कस्तो छ भनेर प्रष्ट देखिन्छ। ‘नेपालको राजनीति भारतको राजनीतिसँग थोरबहुत प्रभावित छ। भारतमा दल बदल्ने प्रवृत्ति ठूलो मात्रामा देखिन्छ। युपीको निर्वाचनलाई हेर्ने हो भने पनि त्यही देखिन्छ,’ विश्लेषक लाभ भन्छन्, ‘यसलाई भारतमा ‘आया राम गया राम’ प्रवृत्ति भनिन्छ। आलोचना भए पनि त्यो प्रवृत्ति अनवरत रुपमा जारी छ।’ खागरी भारतसँग सीमा जोडिएको नेपालको तराई क्षेत्रमा दल अदलबदल धेरै हुने गरेको छ। सीमावर्ती बिहार र यूपीसँग जोडिएको तराईमा दल अदलबदल धेरै हुनुमा भारतको राजनीतिक प्रवृत्तिले प्रभाव पारेको देखिन्छ। हिमाल, पहाड, तराई–मधेश सबैतिर दल बदल्ने विषय सामान्य प्रक्रिया हो। तर, आगामी वैशाख ३० गतेलाई घोषित स्थानीय चुनावअघिको परिदृश्यले अन्यत्रभन्दा तराई क्षेत्रमा दल बदल्ने क्रम तीव्र देखिएको छ। दल अदलबदलका माथि उल्लेखित ८ उदाहरणमध्ये ६ तराईकै हुन् ।
|
nepalsamaya.com
|
4,780,941 |
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बिहीबार बुटवल आउने भएका छन् । बुटवलस्थित आम्दा अस्पतालको २५ औं वार्षिकोत्सव समारोह उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड आउन लागेका हुन् । विसं २०५५ कार्तिक १६ गते आम्दा नेपाल, तत्कालीन बुटवल नगरपालिका र बुटवल उद्योग वाणिज्य संघबीच त्रि-पक्षीय समझदारीमा ५० शय्याको अस्पताल सञ्चालनमा आएको थियो । सोही अस्पतालको वार्षिकोत्सव समारोहको सम्पूर्ण तयारी पूरा भएको र प्रधानमन्त्री प्रचण्डले वार्षिकोत्सव समारोह उद्घाटन गर्ने अस्पतालका अध्यक्ष एवं बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिए । उक्त अवसरमा प्रधानमन्त्री प्रचण्डले अस्पतालको थप २०० शय्या भवनको शिलान्यास र शैक्षिक कार्यक्रमको शुभारम्भ गर्ने कार्यक्रम तय भएको अध्यक्ष पाण्डेयले बताए । उनले १०० शय्याको अस्पतालको स्तरोन्नति गरी ३०० शय्याको अस्पताल बनाउने तयारी भएको बताए । समयको मागअनुसार अस्पतालको स्तरवृद्वि गरी आमा सुरक्षा कार्यक्रम सञ्चालन गरिने उनले जानकारी गराए । यसै शैक्षिक सत्रदेखि प्रमाणपत्र तह नर्सिङ, सामान्य चिकित्सा (एचए) र डिप्लोमा इन फार्मेसी विषयको शैक्षिक कार्यक्रम सञ्चालन गर्ने तयारी भएको मेयर पाण्डेयले बताए । उनका अनुसार ३ वटा विषयमा ४०/४० जनाका दरले १२० जना विद्यार्थीले यस वर्ष अध्ययन गर्नेछन् । विद्यार्थीलाई अध्ययन शुल्क अन्यमा भन्दा २० प्रतिशत कम गरिनेछ । आर्थिक वर्ष २०७९/८० मा ७० हजार ४८६ जनालाई सेवा प्रदान गरिएको अस्पतालले बताएको छ । आर्थिक वर्ष २०७०/०७१ देखि २०७९/०८० सम्म ६ लाख २१ हजार ९४२ जना बिरामीले अस्पतालबाट सेवा लिएको जनाइएको छ ।
|
nepalpress.com
|
6,250,812 |
आगामी १०–१२ मंसिरसम्म चितवनमा हुने नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशनका लागि प्रदेश १ को भोजपुर जिल्लाबाट पनि सर्वसम्मत प्रनिनिधि चयन भएका छन् । प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईको गृहजिल्ला समेत रहेको भोजपुरबाट ९ जना प्रनिनिधिहरू सर्वसम्मत चयन भएका हुन् । महाधिवेशनका लागि एमाले भोजपुरका अध्यक्षसमेत रहेका प्रेमकुमार राई, शरणकुमार राई, मक्करबहादुर खड्का, सुरेन्द्र उदास, किरण राई, खड्गवहादुर कार्की (प्रेम), सिर्जना राई, कविता राई र सजना परियार सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
|
shilapatra.com
|
645,356 |
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत विभिन्न निकायमा बजेट विनियोजन भए पनि त्यसको नियमन हुन सकेको छैन । परियोजनाको ५३ दशमलव छ प्रतिशत बजेट प्रदेश सरकारअन्तर्गतका निकायमार्फत खर्च हुने भए पनि तिनले खर्चको विवरण नपठाएको प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, प्रधानमन्त्री कृषि आधुनिकरण उपसमितिको आज बसेको बैठकमा आयोजनाका प्रतिनिधिले बताएका छन् । आयोजनाले माग गरेअनुसार सरकारले बजेट विनियोजन नगरेको र विनियोजित बजेट पनि खर्च सतप्रतिशत गर्न नसकिएको आयोजना निर्देशक डा रेवतीरमण पौडेलले बताउनुभयो । प्रदेश सरकारअन्तर्गतका निकायबाट कार्यक्रमको प्रतिवेदन नआउँदा समीक्षा गर्न नसकिएको उहाँको भनाइ छ । आयोजनाले विभिन्न स्थानमा जोन, सुपरजोन, पकेटमार्फत उत्पादन बढाउन किसानलाई सहयोग पु¥याउँदै आएको छ । आयोजना सञ्चालका लागि विभिन्न स्थानमा सञ्चालक समिति गठन हुन नसकेका र कतिपय स्थानमा सञ्चालक समितिका लागि छुट्टाइएको रकम भ्रमणमा खर्च भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “परियोजनाले व्यवस्थापनका लागि ३० प्रतिशत र किसानका लागि ७० प्रतिशत रकम छुट्टाउने गरेकामा व्यवस्थापनको रकम भ्रमणमा बढी खर्च भइरहेको पाइएको छ ।” समितिका सभापति पूर्णकुमारी सुवेदीले कृषि आधुनिकीकरण अझै किसानसम्म पुग्न नसकिरहेको बताउनुभयो । परियोजनाले सबै निकायबाट प्रतिवेदन सङ्कलन गर्नुपर्नेमा उहाँको जोड छ । परियोजनामा बजेट बढाउने मात्रैभन्दा कहाँ खर्च भयो भनी अनुगमन हुनुपर्नेमा उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “कार्यक्रम बनाउने मात्रैभन्दा पनि त्यसको कार्यान्वयनमा ध्यान दिन जरुरी छ ।” उपसमितिका सदस्य पोल्देन छोपाङ गुरुङले तीनचार जिल्लाका किसानलाई लक्षित एउटै कृषि ज्ञान केन्द्र हुँदा त्यसले टाढाटाढासम्मका सेवाग्राहीलाई सेवा दिन नसकेको बताउनुभयो । उपसमितिका अर्का सदस्य भूपेन्द्रबहादुर थापाले यो वर्ष देश यी खाद्यान्नमा आत्मनिर्भर बन्यो भन्ने तथ्याङ्क आयोजनाले राख्नुपर्नेमा जोड दिनुभयो । उपसमितिका सदस्य भवानीप्रसाद खापुङले छिमेकी मुलुकले कुन ढाँचाबाट किसानलाई अनुदान दिइरहेको छ भनी बुझेर अघि बढ्नुपर्ने बताउनुभयो ।
|
lokpath.com
|
5,847,046 |
फाइल फोटो पूर्वराष्ट्रपति डा रामवरण यादवले नेपालको संविधानले सबै वर्ग र समुदायलाई समेटेको बताएका छन् । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकास्थित सूर्यपुरामा विपी कोइरालाको सालिक अनावरण गर्ने क्रममा आज पूर्वराष्ट्रपति यादवले संविधानले सबै नागरिकको हक र अधिकारलाई सुनिश्चित गरेको उल्लेख गरे । एक सय १०औँ विपी जयन्तीका अवसरमा बिपी कोइरालाको अर्धकदको सालिक अनावरणका लागि त्यहाँ पुगेका उनले सबैका हक र अधिकार स्थापित गरेको नेपालको संविधान विश्वकै उत्कृष्ट भएको बताए । उनले विपीको राष्ट्रवादलाई सबैले अङ्गाल्नुपर्नेमा जोड दिए । नेपालका प्रथम राष्ट्रपति डा यादवले अहिले नेपालीहरु परजीवी बन्दै गएको बताए । “हामीले पहिले भारतलगायत अन्य मुलुकमा कृषिजन्य उत्पादन निर्यात गथ्र्यौ, तर त्यही तिनै वस्तुमा भारतलगायतका देशमा परनिर्भर हुनुपरेको छ । यो दुःखद् अवस्था हो”, उनले भने । अहिले तराई क्षेत्रमा भइरहेको चुरे दोहनका विषयमा पूर्वराष्ट्रपति डा यादवले चिन्ता व्यक्त गर्दै चुरेको संरक्षण गर्न नसक्दा तराई मरुभूमि जस्तै बन्न थालेको उल्लेख गरे । प्राकृतिक स्रोतहरुको चरम दोहनले भोलिका दिनमा मानव सङ्कट पर्ने बताउँदै उनले प्राकृतिक सम्पदाको दोहन रोक्नुपर्नेमा जोड दिए ।
|
khabarhub.com
|
919,118 |
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले बुधबार सन् २०१२ मा अस्ट्रेलियामा हुने यू-नाइनटिन विश्वकपको 'ड्र' जारी गरेको छ । त्यसमा नेपाल समूह 'ए' मा परेको छ ।
|
ekantipur.com
|
1,651,827 |
खाँदा गुलियो र पोषिलो हुने केरा बालकदेखि वृद्धसम्म सबैलाई मन पर्ने स्वादिष्ट फल हो । बिरामीले समेत खान मिल्ने यो फलको खेती तराई र पहाड सबैतिर फाट्टफुट्ट हुने गर्दछ । मोरङ जिल्लाको उत्तरी पहाडी गाउँपालिका मिक्लाजुङको वडा नं ५ मा भने वडाका अधिकाँश बासिन्दा केराखेतीमा जुटेका छन् ।
मिक्लाजुङको वडा नं ५ मा जोगिटार, बेलटार, गुप्तीटार, लिङ्गेटार, खोलीटार, आँपटार, ठूलो सामलिङ, सानो सामलिङ, धानखेती र लालवस्ती नामका १० वटा गाउँ छन् । पाँच सय परिवारको बसोबास रहेको ती गाउँका हरेक घरमा कम्तीमा ५० देखि ४०० झ्याङसम्म केराको बगान छ ।
एक झ्याङमा तीन वटा बोट हुने र खरिदकर्ताहरुले बगानमै आएर प्रतिघरी रु ३५० सम्ममा किन्ने गरेकोवासी स्थानीय मिलन राई बताउछन् । उनका अनुसार यहाँका बासिन्दाको मुख्य आम्दानीको स्रोत नै केराखेती हो । “नगदेबाली भएकाले खरिदकर्ताले बगानमै आएर माल उठाउँछन् र दाम पनि हातहातै दिन्छन,” ७० झ्याङ केराखेती गर्दै आएका राई बताउछन् ।
राई, लिम्बु, बाहुन, क्षेत्री, मगरलगायतका समुदायको बसोबास रहेको यो वडा पुग्न पूर्व–पश्चिम राजमार्गको मङ्गलबारे, पथरी र कानेपोखरीबाट मोटरबाटो बनेको छ । व्यापारीहरुले यहाँ उत्पादित केरा किसानबाट किनेर सिधै काठमाडौँ पु¥याउने गरेका छन् ।
उनि केराखेतीबाट वर्षमा रु चार लाखसम्म आम्दानी हुने बताउछन् । “चामल किनेर भात खान्छौं, नानीहरु पढाउँछौं, दुःख बिमार हुँदा खर्च गर्छौं,” केराखेतीको आम्दानीले घरको सबै गर्जो टार्ने गरेको बताउने ६६ वर्षीय राई भन्छन् ।
चिनीचम्पा, मालभोग, जहाजी लगायतका केराका बोटहरु यहाँ थोरै छन् । भोटाङे केराको बिरुवाले एक वर्षमै फल दिने गरेको र एउटा वयस्क बोटले कम्तीमा चार वटा नयाँ बिरुवा उमार्ने गरेको राई बताउछन् ।
भिरालो र उर्बर जग्गा भएकाले यस क्षेत्रमा केराखेती फस्टाएको हो तर, यहाँका अधिकांश केराखेती परम्परागत ढङ्गले गरिएको छ । आधुनिक विधि, मलबीउ र स्याहार नअपनाई किसानहरुले आफ्नै परम्परागत ज्ञान, श्रम र शीपका आधारमा खेती गरिरहेका छन् ।
मिक्लाजुङ गाउँपालिका वडा नं ५ का वडासचिव हरिप्रसाद कोइरालाले परम्परागत रुपमा भइरहेको केराखेतीलाई आधुनिक प्रणालीमा बदल्न स्थानीय सरकारले यो वडालाई केरा र सुपारी खेतीको पकेट क्षेत्र घोषणा गरिसकेको बताए । चालु आर्थिक वर्षमा केराखेती पकेट क्षेत्रका लागि रु ५ लाख बजेट विनियोजन भइसकेको छ ।
“कसैले अ¥हाएर वा कुनै अध्ययन भएर होइन, गाउँलेहरु आफैंले निर्वाहका लागि केराखेती थालेका रहेछन,” केराखेतीको विकासबारे वडासचिव कोइराला भन्छन् – “हरेक घरमा सय पचास झ्याङ केराखेती छ । अब वडा कार्यालयले उनिहरुलाई व्यावसायिक बनाउन मद्दत गर्ने कार्यक्रम ल्याउँदैछ ।
वडाका अध्यक्ष रुद्र लिङदेनले आफ्नो वडाको सबै गाउँ केराखेतीका लागि उर्बर रहेको पहिचान भइसकेको हुँदा किसानहरुलाई आधुनिक खेतीका लागि तालीम, बीउ र अनुदान दिएर प्रोत्साहन दिने वडा कार्यालयको योजना रहेको बताए । सिँचाइको असुविधा भएको हुँदा यो क्षेत्रमा धान र अन्य बाली मासेर किसानहरुले केराखेती विस्तार गरिरहेका छन् ।
बिचौलिया खरिदकर्ताहरुले सस्तोमा किनेर लैजाने गरेको कारण खास किसानहरुले आफ्नो श्रम र लगानीको आधारमा मूल्य कम पाउने गरेका छन् । “ठूलो घरी छ भने एउटाको रु ३५० सम्म दिन्छन्, नत्र सानो घरीको अढाई सय मात्र दिन्छन,” एक सय झ्याङ केराखेती गरिरहनु भएका स्थानीयवासी रमेश भण्डारी भन्छन् – “त्यही एउटा घरी राजमार्गको मङ्गलबारे बजार पुग्दा रु ८०० हुन्छ भने काठमाडौँ पुग्दा रु एक हजार ५०० हुँदोरहेछ ।
सरकारबाट कुनै तालीम र अनुदान नपाएको बताउने किसान धनबहादुर राईले हालै केराखेतीमा गबारो र कालो छिर्के रोग देखा परेको बताए । यहाँ दशैं, तिहार, छठ र तीज पर्वका बेला केरा किन्न आउने व्यापारीहरुको भीड नै लाग्ने गरेको छ ।
प्राकृतिक रुपमा मनमोहक मिक्लाजुङका यी गाउँहरुमा मौलाइरहेको केराखेती अध्ययन र अनुसन्धानका लागि नमुना बन्न सक्छन् । नजीक रहेको कोलुङ झरना र जैविक खान्कीका कारण यहाँ घरबास पर्यटन समेत फस्टाउने प्रशस्त सम्भावना छ । (रासस) वि.सं.२०७६ कात्तिक २४ आइतवार १४:०० मा प्रकाशित झापा ।
|
sansarnews.com
|
2,929,009 |
प्रधानमन्त्री ओलीले शनिबार प्रधानमन्त्री निवास बालुवाटारबाट नुवाकोटमा निर्माण भएको प्रसारण लाइन र १३२/३३ केभी समुद्रटार सबस्टेसनको भर्चुअल माध्यमबाट उद्घाटन गर्नुभएको हो । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको समुन्द्रटारबाट शुरु भई किस्पाङ गाउँपालिकामा निर्माणाधीन त्रिशूली–३ ‘हब’ सबस्टेसनसम्मको २६ किलोमिटर प्रसारण लाइनले २७० मेगावाटसम्म विद्युत प्रवाह गर्न सक्नेछ । यस लाइनमा जोडिने गरी तादी खोला र यसका सहायक खोलामा निजी लगानीमा ६० मेगावाटका १० जलविद्युत् आयोजनाहरु निर्माणको विभिन्न चरणमा छन् । २६ किलोमिटर प्रसारण लाइनमध्ये ३ किलोमिटर खण्ड मल्टिसर्किट छ । जसमध्ये २ सर्किट लाइन जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमको संयुक्त प्रवद्र्धनमा निर्माणाधीन ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनाले उपयोग गर्ने छ । समुन्द्रटार सबस्टेसनमा १३२/३३ केभीतर्फ २ थान ३० एमभीए क्षमताका ट्रान्सफर्मरहरु र ३३/११ केभीतर्फ २ थान ८ एमभीए क्षमताका ट्रान्सफर्मरहरु जडान गरिएको छ । १३२ तर्फ ५ वटा बे र ३३ केभीतर्फ ४ वटा बे उपकरणहरु जडान गरी सञ्चालनमा ल्याइएको छ । सबै उपकरणहरुलाई अत्याधुनिक सबस्टेसन अटोमेसन प्रणालीबाट नियन्त्रण गरिने छ । सबस्टेसनबाट स्थानीय रुपमा पनि विद्युत् आपूर्ति गरिने भएकाले नुवाकोटको पूर्वी भेगमा विद्युत् भोल्टेजको सुधार र कटौतीमा रहेको समस्या समाधान हुने छ । सरकारको लगानी र एसियाली विकास बैंक (एडीबी) र युरोपेली लगानी बैंक –ईआईबी०को सहुलियतपूर्ण ऋणमा निर्माण भएको प्रसारण लाइन र सबस्टेसनको कुल लागत १ अर्ब ५५ करोड रुपियाँ रहेको छ । प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत प्रसारण लाइन निर्माणका लागि इटीईआरएन सीसीसीई एफईपीईसी जेभी, चीनसँग १३ मंसिर २०७३ ठेक्का सम्झौता भएको थियो । सबस्टेसन ३३ रोपनी जग्गामा फैलिएको छ । प्रसारण लाइनको टावरका लागि २१ रोपनी र तारमुनि ९ सय ४८ रोपनी जग्गा उपयोग गरिएको छ । बालुवाटारमा भएको कार्यक्रममा उपप्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नु भएको अर्थमन्त्री विष्णु पौडेल, मुख्यसचिव शंकरदास बैरागी, ऊर्जा, जलस्रोत एवं सिँचाइ सचिव देवेन्द्र कार्की, प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यलगायतको उपस्थिति थियो ।
|
newsofnepal.com
|
1,792,514 |
पूर्वी जेरुसेलमको पुरानो शहरस्थित अल अक्सा मस्जिदभित्र हिंसात्मक गतिविधिमा संलग्न भएको आरोपमा तीन सय ५० जनाभन्दा बढीलाई पक्राउ गरिएको छ । मास्क लगाएर मस्जिदभित्र ढुङ्गामुढा गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको इजरायली प्रहरीले एक विज्ञप्ति निकालेर जनाएको छ ।
|
nepalviews.com
|
1,982,894 |
नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय, अलोकनगरमा आज ४ बजे बस्ने बैठकले मुलुकमा विकासित राजनीतिक घटनाक्रममा मोर्चाले निर्वाह गर्नुपर्ने भूमिका, सरकारले जनजीविका लागि गर्नुपर्ने कार्ययोजना र मोर्चालाई थप सशक्त बनाउने विषयमा छलफल हुनेछ । मोर्चामा आबद्ध चार दलका अध्यक्ष सहभागी हुने सो बैठकमा मोर्चाको आलोपालो नेतृत्व एवं आगामी दिनमा गर्ने कार्ययोजनाबारे छलफल हुने नेकपा एकीकृत समाजवादीका नेता जगन्नाथ खतिवडाले जानकारी दिए । नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताको अगुवाईमा यही असार ४ गते मोर्चा घोषणा गरिएको थियो ।
|
kathmandupati.com
|
3,002,231 |
सरकारले वर्षैपिच्छे शिक्षा क्षेत्रलाई प्राथमिकता दिएर बजेट विनियोजन गर्दै आइरहे पनि दुर्गमका विद्यालयहरुले शिक्षक दरबन्दीको अभाव झेलेका हुन् । पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीस्थित खिबाङमा सञ्चालित चन्द्रज्योति माध्यमिक विद्यालयले पनि शिक्षक दरबन्दीको अभाव झेलिरहेको छ । हाल यस विद्यालयमा प्रावि तहदेखि माविसम्म दरबन्दी, राहत, अनुदान, निजी र ननटिचिङ स्टाफसहित कुल १५ जना शिक्षक तथा कर्मचारी कार्यरत रहेका छन् । २०१७ सालमा स्थापना भएको विद्यालयमा बालविकासदेखि कक्षा १० सम्म अहिले २ सय १४ जना विद्यार्थीले पढ्छन् । विद्यालयमा प्राथमिक तहको दरबन्दीतर्फ ४ जना, राहततर्फ २ जना, निम्नमाध्यमिक राहत २ जना, गाउँपालिका अनुदान माध्यमिक तहको १ जना, शैक्षिक सहायता अनुदान १ जना, बालविकास सहयोगी कार्यकर्ता १ जना, कार्यालय सहायक १ जना, सहयोगी १ जना र स्थानीय स्रोत (निजी)तर्फ २ जनासहित कुल १५ जना शिक्षक तथा कर्मचारी कार्यरत रहेको विद्यालयका प्रधानाध्यापक ओमप्रकाश आचार्यले बताउनुभयो । २०५७ सालबाट कक्षा ६ सञ्चालन गरिए पनि आर्थिक अभावले बन्द भएपछि ०६१ सालमा अनुमतिसहित पुनः कक्षा ६ सञ्चालन भएको थियो । ‘नेपाल सरकारले दिएको र स्थानीय तहबाट उपलब्ध सबै गर्दाखेरी ननटिचिङसहित जम्मा १३ जनाले माध्यमिक तह धान्न परिरहेको छ’, उहाँ भन्नुहुन्छ– ‘अन्य हामी निजी स्रोतबाट सञ्चालनमा छौं । हामीले मासिक १ लाख रुपियाँ खर्च व्यवस्थापन गरेर पनि चलाइराखेको हो । अहिले स्थानीय सरकारले दिएको सहुलियतले गर्दा हामी झन्डै मासिक ५० हजारमा सीमित भएका छौं । तैपनि नियमित रुपमा वार्षिक अब समुदायले सहयोग गर्नेभन्दा पनि निकै कठिन हुँदोरहेछ ।’ अझै त्यसमा पनि चुनौती आइरहेका छन् । विभिन्न समुदायमा आइपर्ने सामाजिक कार्यमा विद्यालयको तर्फदेखि स्वागतलगायत कार्यक्रमहरु लगेर मानिसहरु जम्मा भएको ठाउँमा पुगेर हात थाप्नुपरेको प्रअ आचार्य बताउनुहुन्छ ।समुदायले विद्यालयको अवस्था हेरेर सहयोग गरिरहेको बताउँदै प्रअ आचार्यले जेनतेन विद्यालय सञ्चालन गरिएको बताउनुभयो । सरकारको सानो लगानीले पनि विद्यालय अहिलेको अवस्थामा आएको हुँदा शैक्षिक प्रगति हासिल गर्नेतर्फ पनि अन्य विद्यालयहरुको तुलनामा प्रतिसर्पधात्मक अवस्थामा रहेको उहाँको भनाइ छ । यस विद्यालयमा २०७० सालमा कक्षा १० सञ्चालन गरी पहिलोपटक प्रवेशिका परीक्षा (एसएलसी) हालको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा १८ जना विद्यार्थीहरु सहभागी बनेका थिए । शिक्षक दरबन्दीको अभावसँगै विद्यालयले भौतिक पूर्वाधारको पनि अभाव झेलिरहेको जनाएको छ । विद्यालयमा बाल शिक्षा सञ्चालन गरिएको भए पनि बालविकास भवन संरक्षण गर्नका लागि घेराबार तथा छात्रा शौचालयको आवश्यक रहेको बताउँदै प्रअ आचार्य भन्नुहुन्छ– ‘भूकम्प पुनर्निर्माण प्राधिकरणअन्तर्गत शिक्षाको सहयोगमा चारकोठे विद्यालय भवन निर्माण भएकोमा ११ लाख रुपियाँ ऋण लागेको छ ।’ धवलागिरि गाउँपालिकाका सूचना अधिकारी ख्यामराज सुवेदीले पालिकाभित्र सञ्चालित ११ वटा मावि विद्यालयहरुमध्ये ९ वटा प्रस्तावित मावि रहेकाले दरबन्दी अनुसारको शिक्षक जनशक्ति उपलब्ध नभएको बताउनुभयो । गाउँपालिकाभित्र रहेका विद्यालयहरुमा भौतिक पूर्वाधारको व्यवस्थापन गर्नका लागि आवश्यक पहल थालिएको जनाइएको छ । शिक्षा ऐनअनुसार कक्षा १ देखि १० सम्म सञ्चालन भएका विद्यालयहरुमा शिक्षक दरबन्दीअनुसार १४ जनाको जनशक्ति हुनुपर्ने व्यवस्था छ । एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको हिमाली जिल्ला म्याग्दीमा सामुदायिक, संस्थागत, क्याम्पस, अनौपचारिक, धार्मिक र संस्कृत गरी कुल २ सय ६९ वटा शैक्षिक संस्था सञ्चालनमा रहेका छन् ।जिल्लामा सामुदायिकतर्फ २ सय ३९, संस्थागततर्फ २३, क्याम्पस ४, अनौपचारिक, धार्मिक र संस्कृतका एक–एकवटा विद्यालय सञ्चालनमा रहेको शिक्षा विकास तथा समन्वय एकाइ म्याग्दीको तथ्यांकमा उल्लेख छ ।
|
newsofnepal.com
|
3,776,925 |
रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा, दोस्रो लेगमा बार्यन म्युनिखलाई ४–२ ले पराजित, च्याम्पियन्स लिगमा रोनाल्डोको सयौं गोलको किर्तिमान काठमाडौं । क्रिष्टियानो रोनाल्डोको हृयाट्रिकको मदतमा रियल मड्रिड च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार बिहान भएको दोस्रो लेगमा रियल मडिडले बार्यन म्युनिखलाई ४–२ ले पराजित गर्यो । पहिलो लेगमा २–१ को जित निकोलेको रियल समग्रमा ६–३ को जितका साथ अन्तिम चारमा पुगेको छ । खेलमा रियल म्याड्रिडका स्टार पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले क्लब फुटबलमा अर्को ठूलो उपलब्धी हात पारेका छन् । उनी क्लब फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगमा सय गोल पुरा गर्ने पहिलो खेलाडी बन्न पुगेका छन् । रोनाल्डोले बुधबार बिहान जर्मन क्लब वायर्न म्युनिखविरुद्ध क्वाटरफाइनलको दोस्रो लेगको खेलमा ह्याट्रिक गोल गरेपछि च्याम्पियन्स लिगमा आफ्नो सयौं गोल पुरा गरेका हुन् । उनले यो उपलब्धी १ सय ३७ खेलमा प्राप्त गरेका हुन् । उनको पहिलो गोल रोमाविरुद्ध सन् २००७ को च्याम्पियन्स लिगमा थियो। त्यतिबेला उनी इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडमा आवद्ध थिए । च्याम्पियन्स लिगमा ज्यादा ह्याट्रिक गर्ने मामिलामा लिओनल मेसी अगाडि छन् । उनले ७ ह्याट्रिक गरेका छन् । मेसीको च्याम्पियन्स लिगमा ९४ गोल छ ।
|
emountaintv.com
|
3,573,965 |
पाकिस्तानमा लगातार एक पछि अर्को आतंकबादी हमला जारी रहेको छ । हालै आतकंवादीको समूहले पाकिस्तानको पञ्जाब प्रान्तको मियांवलीमा रहेको प्रहरी चौकीमा आक्रमण गरेको हो । सो चोकीमा रहेका प्रहरीहरु माथि ती समुहले अन्धाधुन्ध गोली प्रहार गर्दा दोहोरो भिडन्त भएको छ । रातको समयमा हतियारधारी समुहले दुर्गम पहाडी जिल्लामा रहेको सो चौकीमाथि आक्रमण गरेको हो । आतंकबादी सममूहको ब्यापक खोजी कार्य जारी रहेको सरकारी भनाइ छ । सो समुहले पछिल्लो समय सुरक्षाकर्मी लक्षित आक्रमणलाई तीब्रता दिएको हो । केही दिन अघि मात्रै पाकिस्तानको मस्जिदमा सुरक्षाकर्मी लक्षित आत्मघाती बम बिस्फोट हुँदा सयभन्दा बढीको मृत्यु भएको थियो । सुरक्षाकर्मी लक्षित आक्रमणका कारण पाकिस्तान सरकार अप्ठेरोमा परेको छ ।
|
imagekhabar.com
|
5,533,041 |
थिएटरभित्र एउटा मञ्च छ, जहाँ १५ वटा कुर्सी राखिएका छन् । हरेक कुर्सी अगाडि एक/एक वटा ज्याकेट झुन्ड्याइएको छ । १५ जना दर्शकलाई कुर्सीमा बस्न आग्रह गरिन्छ । उनीहरूलाई नदेखिने चस्मा लगाउन लगाइन्छ । त्यसपछि मञ्चमा आवाज आउन थाल्छ । कुर्सीमा बसेकालाई चम्चामा मह र घिउ पालैपालो मुखमा राख्न लगाइन्छ । त्यसपछि कालो ज्याकेट लगाइदिइन्छ । कपडाको जुत्ता लगाइदिइन्छ । अनि समाएर कतै थाहा नहुने ठाउँमा लगिन्छ । नाटकमा आँखामा पट्टी बाँधेर नाटक घरभित्र प्रवेश गर्दा दर्शकले कथाको अर्कै संसारमा नितान्त निजी अनुभूति सँगाल्न पाउँछन् । चक्र, जीवन र सङ्घर्षको अभिव्यक्ति हो । जीवन रहेसम्म जीवनरूपी पाङ्ग्रा निरन्तर जीवनका उकाली ओराली गर्दै अगाडि बढिरहने छ । यात्राका क्रममा साथीहरू भेटिने छन्, छुटिने छन् खुसी मिल्ने छ, दुःख भोगिने छ । कहिले एक्लै होइन्छ त कहिले साथीहरूको बिचमा पनि एक्लो होइन्छ । दिन र रात, प्रकाश र छायाजस्तै जीवनमा आउने र जाने, घट्ने र बढ्ने क्रम निरन्तर चलिरहने छ । यो एउटा संवेदी रङ्गमञ्च हो । जहाँ दर्शकले आफ्नै जीवन र सङ्घर्षलाई बुझ्ने प्रयत्न गर्ने छन् । नाटकभित्र यिनै कुरालाई दर्शाउन खोजिएको छ । गत वर्ष पनि दर्शकले यही समय यस्तै नाटकको अनुभूति गरेका थिए तर यस पटक भने संवेदी नाटक ‘चक्र’ मा दर्शकले यसअघिको भन्दा अवश्य नै धेरै कुरा फरक पाउने छन् । मण्डला थिएटरको प्रस्तुति रहेको नाटकको मञ्च निर्माणको काम हुम बिसीले गर्नुभएको छ भने मञ्च व्यवस्थापकमा केदार श्रेष्ठ हुनुहुन्छ । नाटकमा सङ्गीत केशवराज आचार्य, ध्वनि, प्रकाश तथा सेन्सर अक्सल होगेनहउ रहेको छ । रामहरि ढकालको निर्देशन रहेको नाटक साउन १४ गतेसम्म मञ्चन हुने छ ।
|
gorkhapatraonline.com
|
2,310,696 |
नेपाल प्रहरीले स्रोत नखुलेको रु ८५ लाख ५६ हजार रकमसहित तीन जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त जनसेवाको टोलीले स्रोत नखुलेको उक्त रकमसहित लक्ष्मण पौडेल, अभिषेक अग्रवाल र मधुसुदन खड्कालाई आज दिउँसो काठमाडौँ महानगरपालिका–२२ खिचापोखरीबाट पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले सिमराका ३२ वर्षीय पौडेलले बोकेको झोलामा रु ३१ लाख रकम शङ्कास्पदरूपमा फेला पारेपछि पक्राउ गरेर सोधपुछ गर्दा थप ५४ लाख ५६ हजारसहित अग्रवाल र खड्कालाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ पौडेललाई सोधपुछ गर्दा होलिडे ट्रेडिङ प्रालिका सञ्चालकसमेत रहेका अग्रवालले दिएको खुलेपछि प्रहरीले अग्रवाल र उनका कामदार खड्कालाई नियन्त्रणमा लिएको हो । प्रहरीले उनीहरुलाई समानान्तर बैंकिङ कारोबार (हुण्डी) कारोबार गरेको हुनसक्ने भएकाले थप अनुसन्धान गरिरहेको प्रवक्ता बस्नेतले बताए ।
|
dcnepal.com
|
417,805 |
राष्ट्रपति विद्यादेवी भण्डारीका विज्ञ-सल्लाहकार पदबाट सुशील प्याकुरेलले राजीनामा दिएका छन् । प्याकुरेलले सरकारको नीति र कार्यशैलीप्रति असन्तुष्ट जनाउदै राजीनामा दिएका हुन् । राष्ट्रपति भण्डारीको पहिलो कार्यकालका दुई वर्ष र दोस्रो कार्यकालका करिव दुई वर्षका अवधिमा प्याकुरेल विज्ञ सल्लाहकारका हैसियतबाट काम गरेका थिए । प्याकुरेलले शुक्रबारै आफ्नो राजीनामा पत्र राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएका छन् । प्यकुरेलले राजनीतिक दल गणतन्त्रलाई बलियो बनाउन तथा राष्ट्रपतिलगायत सबै उच्च संस्थाहरूको प्रभावकारिता एवम् सम्मान अभिवृद्धि गर्न राष्ट्रका सम्पूर्ण संवैधानिक अंगहरूमा सुशासनका मूलभूत मान्यतालाई आत्मसात गर्दै उच्च लोकतान्त्रिक मूल्य, मान्यता र नैतिकताको जर्गेना गर्न सजग हुनुपर्छ भन्ने कुरामा जोड दिएका छन् । राष्ट्रिय मानव अधिकार आयोगका पूर्व आयुक्त समेत रहेका प्याकुरेलले नेपाल कम्युनिष्ट पार्टीबाट सभामुख बन्न लागेका नेता अग्नि सापकोटाविरूद्ध सर्वोच्च अदालतमा रिट हालेका थिए। द्वन्द्वकालीन मुद्दामा मुछिएका विवादित सापकोटालाई सभामुख चयन गर्ने निर्णयपछि उनले पदबाट राजीनामा दिएको बुझिएको छ । प्याकुरेललाई मानवअधिकार सम्बन्धी सुझाव र सल्लाह दिनेगरी २०७४ चैत ९ गते विज्ञ पदमा नियुक्त गरिएको थियो। उनले राजीनामापछि जारी गरेको विज्ञप्तिमा भनिएको छ,' लोकतान्त्रिक आन्दोलनका दौरानमा सिकेको सबैभन्दा ठूलो शिक्षा के हो भने कुनै पनि औपचारिक जिम्मेवारीमा आसीन हुन आवश्यक पर्ने सबैभन्दा ठुलो योग्यता उच्च नैतिक चरित्र तथा देश र नागरिक प्रतिको उत्तरदायित्व हो । हामीले ठूलो संघर्षद्वारा स्थापित गरेको यस राजनीतिक प्रणाली भित्र मानव अधिकार र सामाजिक न्यायको निःशर्त र पूर्ण सम्मान गर्ने राष्ट्रका रुपमा स्थापित गर्दै अन्तर्राष्ट्रिय जगतमा समेत नेपालले आफ्नो छवि अझ उज्यालो बनाउनु पर्दछ । यसका लागि सबैभन्दा बढी योगदान सरकारको नेतृत्व गरिरहेको नेकपाले गर्न सक्दछ । साथै, गत निर्वाचनको जनमतले सरकारलाई सजग तुल्याइरहने पहरेदारको भूमिकामा स्थापित गरेको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले पनि भागवण्डाको सोचभन्दा माथि उठेर आफ्नो भूमिका निर्वाह गर्न सक्नुपर्दछ।' सम्माननीय राष्ट्रपति श्रीमति विद्यादेवी भण्डारीज्यूको पहिलो कार्यकालका दुई वर्ष र दोस्रो कार्यकालका करिव दुई वर्षका अवधिमा मैले विज्ञ सल्लाहकारका हैसियतबाट आफ्ना अनुभव, योग्यता र क्षमताले भ्याएसम्म सदैव देश र जनतालाई हृदयंगम गर्दै इमान्दारीपूर्वक योगदान गरेको विदितै छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई मजबूत बनाउन संविधानले परिकल्पना गरेको लोकतान्त्रिक मूल्य, मान्यता र कानूनी सर्वोच्चताको अक्षरश: कार्यान्वयनका लागि शासकीय मामिलासम्बद्ध औपचारिकताको परिधीभन्दा बाहिर अझ बढी सक्रियतापूर्वक सहभागिता जनाउनुपर्ने अनुभूत गरेर मैले आजैका मिति देखि सम्माननीय राष्ट्रपतिज्यूको विज्ञ सल्लाहकारको पदबाट राजीनामा दिएको छु । यस घडीमा म, हाम्रा राजनीतिक दल गणतन्त्रलाई बलियो बनाउन तथा राष्ट्रपतिलगायत सबै उच्च संस्थाहरूको प्रभावकारिता एवम् सम्मान अभिवृद्धि गर्न राष्ट्रका सम्पूर्ण संवैधानिक अंगहरूमा सुशासनका मूलभूत मान्यतालाई आत्मसात गर्दै उच्च लोकतान्त्रिक मूल्य, मान्यता र नैतिकताको जर्गेना गर्न सजग हुनुपर्छ भन्ने कुरामा जोड दिन चाहन्छु । लोकतान्त्रिक आन्दोलनका दौरानमा सिकेको सबैभन्दा ठूलो शिक्षा के हो भने कुनै पनि औपचारिक जिम्मेवारीमा आसीन हुन आवश्यक पर्ने सबैभन्दा ठुलो योग्यता उच्च नैतिक चरित्र तथा देश र नागरिक प्रतिको उत्तरदायित्व हो । हामीले ठूलो संघर्षद्वारा स्थापित गरेको यस राजनीतिक प्रणाली भित्र मानव अधिकार र सामाजिक न्यायको निःशर्त र पूर्ण सम्मान गर्ने राष्ट्रका रुपमा स्थापित गर्दै अन्तर्राष्ट्रिय जगतमा समेत नेपालले आफ्नो छवि अझ उज्यालो बनाउनु पर्दछ । यसका लागि सबैभन्दा बढी योगदान सरकारको नेतृत्व गरिरहेको नेकपाले गर्न सक्दछ । साथै, गत निर्वाचनको जनमतले सरकारलाई सजग तुल्याइरहने पहरेदारको भूमिकामा स्थापित गरेको प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले पनि भागवण्डाको सोचभन्दा माथि उठेर आफ्नो भूमिका निर्वाह गर्न सक्नुपर्दछ। सामजिक न्याय र लोकतन्त्रका लागि विगत साढे चार दशकदेखि समर्पित व्यक्तिका हैसियतमा म आफ्नो मूल कर्तव्यप्रति सधै निष्ठावान रहँदै आएको छु । यसैक्रममा सुदृढ लोकतन्त्रका लागि कानूनका सामु सबैको समान हैसियत कायम गराउने गणतन्त्र नेपालका आम नेपालीको आकांक्षाको पक्षमा योगदान गर्न मैले राष्ट्रपतिको विज्ञ सल्लाहकारको पदबाट राजीनामा गरेको हुँ। राष्ट्रपतिको विज्ञ सल्लाहकारका रुपमा मैले आफ्नो कार्यकालमा राष्ट्र प्रमुख र सर्वोच्च संस्थाका औपचारिक वृत्तमा मात्र सीमित नरही सम्माननीय राष्ट्रपति सामाजिक न्याय र राज्यका निकायबाट अपेक्षित मानवोचित व्यवहारका मामिलामा सदैव सजग रहने गरेको पाएं । सबै संवैधानिक संस्था र सरकारका सबै अवयवहरूले लोकतान्त्रिक मूल्य र मान्यताको पालनाका सन्दर्भमा रत्तिभर पनि चुक्नु हुँदैन भन्ने कुरामा पनि उहाँ दृढ रहेको पाएँ । देशको ऐतिहासिक महत्वको एउटा कालखण्डमा संघीय गणतन्त्र नेपालको राष्ट्र प्रमूख, सर्वोच्च संस्था सम्माननीय राष्ट्रपतिको सल्लाहकार भई कार्य गर्ने अवसर प्राप्त गरेकोमा म गौरवान्वित छु । नेपाली जनताको लामो, अथक र बलिदानी संघर्षबाट स्थापित संविधान सभाले निर्माण गरेको संघीय गणतन्त्र नेपालको संविधान संस्थागत हुने चरणका ती ऐतिहासिक महत्वका वर्षहरूमा सम्माननीयज्यूसँगै काम गर्ने अवसर प्राप्त गर्दा मैले महत्वपूर्ण ज्ञान र अनुभव पनि आर्जन गरेको छ ।
राष्ट्रपतिको विज्ञ सल्लाहकारका रुपमा मलाई आवश्यक सहयोग प्रदान गर्नु भएकोमा नागरिक समाज एवम् आमसन्चार जगतका साथीहरूका साथै राजनीतिक व्यक्तित्वहरू, राष्ट्रपति कार्यलयका मेरा मित्रहरू एवम् सम्पूर्ण निजामति कर्मचारी, सुरक्षाकर्मीहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।
|
hamrakura.com
|
138,430 |
इण्डोनेशियाको फ्लोरेस सागर क्षेत्रमा शक्तिशाली भूकम्पपछि इन्डोनेसिया सरकारले सुनामीको चेतावनी दिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । पछिल्लो पटक गत मे महिनामा पनि इन्डोनेसियाको सुमात्रा टापुको उत्तरपश्चिम किनारमा ६.६ म्याग्निच्युटको भूकम्प गएको थियो । सन् २००४ मा सुमात्रामै ९.१ म्याग्निच्युटको भूकम्पपछि आएको सुनामीले दुई लाख बढी मानिसहरुको ज्यान गएको थियो ।
|
nepalwatch.com
|
5,501,177 |
गैँडाकोटमा आजदेखि सुरु भएको प्रथम गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार मेला । तस्बिर : मीना कंडेल गैँडाकोटमा आज (आइतबार) देखि प्रथम गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार मेला २०७९ सुरु भएको छ । नवलपुर जिल्लाले सिङ्गो गण्डकीलाई आत्मनिर्भर बनाउन सक्ने सामर्थ्य रहेका कारण व्यवसाय प्रवर्द्धनका लागि नवलपुर छनोट गरिएको नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष सञ्जीवकुमार कोइरालाले बताउनुभयो । ‘आर्थिक विकासको मूल आधार : कृषि पर्यटन उद्योग र व्यापार’ भन्ने मूल नाराका साथ सुरु भएको महोत्सव समग्र गण्डकीको आर्थिक उत्थानका लागि निजी क्षेत्रले आटेको बृहत् र महत्त्वाकाङ्क्षी महाअभियान रहेको महोत्सवका संयोजक कोइरालाले बताउनुभयो । मेलाको माध्यमबाट गण्डकी प्रदेश सरकारले गौरवको आयोजनाको रूपमा घोषणा गरेको लोकाहा खोला औद्योगिक क्षेत्र, शुक्लागण्डकी नगरपालिका तथा पोखरा महानगरपालिकामा निर्माणाधीन औद्योगिक ग्राम एवम् धौबादी फलाम खानी निर्माणमा सकारात्मक सन्देश प्रवाह हुने विश्वास आयोजकको रहेको छ । गण्डकी प्रदेशको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि शिक्षा, स्वास्थ्य पर्यटनलगायत कृषिजन्य उत्पादनहरूलाई प्रवर्द्धन तथा बजारीकरणमा समेत सघाउ पुराउने उद्देश्य राखेको छ । मेलाको आकर्षणका रूपमा औद्योगिक तथा व्यापार मेला, हस्तकला, कृषि मेला, पुष्प मेला, अटो प्रदर्शनीलगायत दैनिक उपभोग्य वस्तु घरायसी सरसामान, लत्ताकपडा, शृङ्गारका सामानहरूको बिक्री वितरण रहेका छन् । मेलाको थप आकर्षणतर्फ ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरूबाट सांस्कृतिक कार्यक्रम र बालउद्यान पनि समावेश गरिएको छ । मेलामा अनुमानित आम्दानी एक करोड ६० लाख र अनुमानित खर्च एक करोड २५ लाख रुपियाँ कटाउँदा ३५ लाख बचत हुने आयोजकको अनुमान छ । मेलामा करिब तीन सय वटा स्टलहरू रहेका छन् ।
|
gorkhapatraonline.com
|
4,428,018 |
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रकाश सपुतको गीत 'पीर' को म्युजिक भिडियोमा भइरहेको विवादबारे प्रतिक्रिया दिएका छन् । माओवादीका जनवर्गीय संगठनसँगै केही नेताहरुले सपुतको उक्त गीतको म्युजिक भिडियो युट्युबबाट हटाउनुपर्ने चेतावनी दिइरहेका बेला प्रचण्डले सोमबार धनगढी विमानस्थलमा पत्रकारसँग भने, 'मैले पूरै गीत हेर्न पाएको छैन, मिडियाबाट थाहा पाएको हुँ । अहिले हामी कोही उत्तेजित हुनुपर्ने पनि छैन ।' शान्ति प्रक्रियामा ल्याएर माओवादीले बर्बाद गर्यो भन्ने पनि नरहेको उल्लेख गर्दै प्रचण्डले जनयुद्धप्रति हल्का टिप्पणी गर्न पनि नमिल्ने बताए । तर, यो विषयमा सयौं वर्षसम्म पनि बहस रहने उल्लेख गर्दै प्रचण्डले तर्क-वितर्क,पक्ष-विपक्षलाई स्वभाविक रूपले लिनुपर्ने बताए । जनयुद्धबाट शान्ति प्रक्रियामा आउनु ठिक थियो कि थिएन भन्नेमा पनि बहस भइरहने उनले बताए ।
|
kharibot.com
|
5,938,844 |
पोखरा– नवौं संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा हुँदैछ । गण्डकी प्रदेशको राजधानी पोखरा सहित विभिन्न जिल्लामा संरचना अनुसार खेलकुदका प्रतियोगिता हुन लागेको हो । गण्डकीमा हुने प्रतियोगिताको तयारी प्रदेशबाट पनि सुरु भएको हो । सोमबार प्रदेश खेलकुद परिषदले पूर्ण बैठक बसेर तयारी सुरु गरेको हो । बैठकले खेल स्थल व्यवस्थापन, अनुशासन तथा प्राविधिक उपसमिति संयोजकमा खगेन्द्र क्षेत्री र सदस्यमा योगेन्द्र गुरुङ, बसोवास व्यवस्थापन उपसमिति संयोजकमा योगेन्द्र शेरचन, स्वास्थ्य उपसमिति संयोजकमा निर्मला बराल र सदस्यमा शुभकन्या गुरुङ, यातयात व्यवस्थापन उपसमिति संयोजकमा तारा माया थापा, सुरुक्षा उपसमिति संयोजकमा ऋषीराम गौतम, प्रचार प्रसारमा केशव पाठक, खेल सामाग्री तथा पोशाक उपसमिति संयोजकमा अमृत बराल, स्रोत परिचालन उपसमिति संयोजकमा दिल बहादुर गुरुङलाई जिम्मेवारी दिएको छ । त्यसै गरी अनुशन्धान उपसमिति संयोजकमा गण्डकी विश्वविद्यालय, स्वय सेवक परिचालन उपसमिति संयोजकमा गिरमान गुरुङ र सदस्यमा बासु बराल, अतिथि सत्कार उपसमिति संयोजकमा विष्णु मायाँ गुरुङ र सदस्यमा चन्दा घले गुरुङ, समारोह उपसमिति संयोजकमा बसन्तराज दवाडी र सदस्यमा आकृती भण्डारीलाई जिम्मेवारी दिएको उपाध्यक्ष ध्वजकुमार गुरुङले जानकारी दिए । खेल सञ्चालन कार्यविधि २०७९ छलफल पछि स्विकृतीका लागि यूवा तथा खेलकुद मन्त्रालयमा पठाउने निर्णय गरिएको छ । प्रतियोगिता आगामी असोज २८ देखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशका विभिन्न जिल्लामा हुनेछ । खेलकुदको तयारी तथा टिम छनोट र बन्द प्रशिक्षणका लागि करिव ७ करोड खर्च लाग्ने अनुमान सहित परिषद्ले मन्त्रालयसँग बजेट मागेको छ ।
|
khabarhub.com
|
4,045,010 |
चालु आर्थिक वर्ष २०७८–७९ को पहिलो ६ महिना (साउन–पुस)मा कोरोना भाइरसको रोकथामका लागि झण्डै १० अर्ब रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ ।अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा ९ अर्ब ६९ करोड २४ लाख रुपैयाँ कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारमा खर्च भएको हो । यसमध्ये संघीय सरकारले सबैभन्दा धेरै ७ अर्ब ७४ करोड ५३ लाख रुपैयाँ खर्च गरेको छ । ७ वटा प्रदेशबाट १ अर्ब ८८ करोड ५ लाख रुपैयाँ खर्च भएको छ । स्थानीय तहबाट भने ६ करोड ६६ लाख रुपैयाँ खर्च भएको तथ्यांक अर्थ मन्त्रालयले सार्वजनिक गरेको छ । मन्त्रालयका अनुसार अघिल्लो आर्थिक वर्ष २०७७–७८ मा भने कोरोना रोकथाममा १३ अर्ब ३१ करोड ४३ लाख रुपैयाँ खर्च भएको थियो । त्यसमा १० अर्ब ७३ करोड रुपैयाँ संघीय सरकारले खर्च गरेको तथ्यांक छ । सो आवमा प्रदेशले २ अर्ब २८ करोड ४७ लाख र स्थानीय सरकारले २९ करोड ७८ रुपैयाँ खर्च गरेको अर्थ मन्त्रालयको तथ्याङ्क छ ।- काठमाडौँ, ६ असार । यो साता कारोबारको पहिलो दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक राँझा (बाँके), ६ साउन । बाँकेमा गत आव २०८०/८१ मा लुम्बिनी प्रदेश सरकारको ३१ प्रतिशत बैतडी, ६ साउन । गत आर्थिक वर्ष २०८०/८१ मा यहाँका सरकारी कार्यालयको ८७ करोड बढी जुम्ला, ६ साउन । आन्तरिक राजस्व कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा ४५ करोड ९९ लाख फुङलिङ (ताप्लेजुङ), ६ साउन । ताप्लेजुङमा १८ करोड ७२ लाखभन्दा बढी राजस्व सङ्कलन भएको छ काठमाडौं, साउन ६ । नेपाली बजारमा आज सुनको मूल्य १३ सय रुपैयाँले घटेको छ । काठमाडौँ, ६ साउन । सुनको मूल्य आज प्रतितोला एक हजार तीन सयले घटेको छ । काठमाडौं, साउन ६ । कामना सेवा विकास बैंक चार्टड एकाउन्टेन्ट संस्थाबाट वार्षिक रुपमा प्रदान गरिने काठमाडौं । प्रतिनिधि सभाका स्वतन्त्र सांसदद्धय अमरेशकुमार सिंह र योगेन्द्र मण्डलले पनि प्रधानमन्त्री केपी शर्मा काठमाडौं । जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले प्रधानमन्त्री केपी शर्मा अोलीलाई विश्वासको मत दिने बताएका काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपी शर्मा अोलीलाई विश्वासको मत नदिने बताएका काठमाडौं ।
|
reportersnepal.com
|
2,769,479 |
उहाँ असल संस्कारयुक्त परिवारमा जन्मे हुर्केका व्यक्ति हुनुहुन्छ। उहाँका बाबुबाजे मावली सवै सुसभ्य र सु-संस्कृत भएकाले उहाँमा जागृत भएको शैक्षिक चेतना जन्मजात नै हो भन्दा अत्युक्ति नहोला। त्यस बेलाको शिक्षा आर्जन गर्ने थलो भनेको भारतको बनारस नै हो। उहाँ शिक्षा आर्जनको लागि बनारसतर्फ नै लाग्नुभएछ। बनारसको ‘अन्नपूर्णऋषिकुश ब्रह्मचार्य आश्रममा शिक्षा आर्जन गर्ने सौभाग्य उहाँलाई मिलेछ। त्यही ऋषिकुल ब्रह्मचार्य आश्रमबाट नै उच्च शिक्षा हासिल गरी त्यही ऋषिकुल आश्रममा अध्यापन गराउने दोस्रो सौभाग्य मिलेछ। अध्ययन अध्यापनकै क्रममा उहाँले विभिन्न विषयको शिक्षा हाँसिल गर्नुभएछ। उहाँले वेदान्तमा आचार्य, व्याकरणमा आचार्य, आगममा आचार्य, संस्कृतमा एम.ए., हिन्दीमा एम.ए. र दर्शनशास्त्रमा विद्यावारिधिको उपाधि हाँसिल गर्नुभएछ। यसरी षडशास्त्रीको उपाधि प्राप्त गर्ने मानिस कमै मात्र हुन्छन्। उहाँको शैक्षिक साहसलाई धन्य मान्नुपर्दछ। तत्पश्चात आफ्नै देश नेपालमा सेवा गर्ने उद्देश्य राखी उहाँ काठमाडौं आउनुभयो। २०२४ सालमा त्रिभुवन विश्व विद्यालय बाल्मीकि विद्यापीठ संस्कृत विभागमा सर्वर्दर्शन विषयमा अध्यापन गराउन सुरु गर्नुभयो। २९ वर्षको अध्यापन कार्यपछि २०५२ सालमा अवकाश लिनुभएको हो। काठमाडौंमा रहँदा उहाँको दैनिकी प्रतिदिन बिहान खाली खुट्टा पशुपति जाने, बागमतीमा चुर्लुम्म डुबी नुहाउने, पशुपतिको दर्शन गर्ने थियो। यो क्रम सेवाकाल र सेवा निवृत्तपछि पनि निरन्तर चलिरह्यो। पशुपतिबाट फर्केपछि दैनिक नित्य कर्ममा नै व्यस्त हुनुहुन्थ्यो। मेरो अनुभवमा उहाँ यो दृश्यजगत, भावजगत र ज्ञानजगत तिनै जगतको ज्ञाता हुनुहुन्थ्यो। किनभने दृश्य जगतमा एउटा कर्मेटी मानिसले गर्ने पूजापाठ बलि वैश्यदेव आफ्नो इष्टदेवको आराधना हुन्थ्यो। धूपदीप आदि सवै गर्नुहुन्थ्यो। कर्मकाण्डका हिसावले विचार गर्दा यो समयको ऋषि वशिष्ठ नै हुन् कि भन्ने जस्तो भान हुन्थ्यो। उहाँ भाव जगतका कर्महरूमा पनि उत्तिकै सजगताका साथ लागि पर्नुहुन्थ्यो। शास्त्रले बनाएका अदृश्य वस्तुभाउको अनुभूत हुने चर्म दृष्टिले नदेखिने वस्तु जस्तै औंसी, एकादशी, गुरूपूणिर्मा, शिवरात्री, कृष्णाष्टमी, रामनवमी आदि। यी पर्वहरूमा कस्तो विधिले पूजापाठ र उपासना गर्नुपर्छ भन्ने विषयको ज्ञाता नै हुनुहुन्थ्यो। ज्ञान जगतमा पनि उहाँ दक्ष हुनुहुन्थ्यो। आत्मा के हो परमात्मा के हो- मायाको चक्करमा संसार कसरी फँसेको छ- उहाँ यी सवै कुराको ज्ञाता नै हो। आध्यात्मिक भावना र नैतिक शिक्षाका हिमायती, संस्कृतका प्रकाण्ड विद्वान प्रा.डा. दुर्गाप्रसाद दवाडीको निधनले आध्यात्मिक विचार राखी नैतिकताको धरातलमा बाँच्न चाहने मानिसहरूको निमित्त अपुरणीय क्षति भएको छ। नैतिकताको अवकाशमा उदाएको सूर्यको अस्त भएको छ। प्रा.डा. दुर्गाप्रसाद दवाडीलाई उस लोकमा रहने सौभाग्य केवल ८४ वर्ष मात्र रहेछ। ८४ वर्ष अगाडि उहाँ यस धरतीमा हुनुहुन्नथ्यो। त्यस अवस्थामा उहाँप्रति कसैको कुनै किसिमको हर्ष विस्मात थिएन। जब २०६९ पौष २५ गते उहाँको निधन भयो। त्यसपछि पनि उहाँ यस धरतीमा रहनुभएन। उहाँको देहावसानले परिवारजन र उहाँलाई अविभावक मान्ने हामी सबैलाई चिन्ता लाग्नु अस्वभाविक छैन। तर चिन्ता गर्नु र्व्यर्थ हो। चिन्ता कहिल्यै साकार हुँदैन। यो पनि धु्रव सत्य हो। उहाँप्रति चिन्तन गर्ने हो। श्रद्धा गर्ने हो, न कि चिन्ता। अब म प्रा.डा. दुर्गाप्रसाद दवाडीको साथ दामोदर कुण्डको तीर्थयात्राको अवधिमा भए गरेका कुराकानी र अनुभवका केही अंशहरू लेख्ने अनुमति चाहन्छु। पौराणिक कालदेखि नै हाम्रो हिन्दू धार्मिक परम्परामा तीर्थघाट निरन्तर प्रक्रियाको रूपमा विकसित हुँदै आएको पद्धति हो। यस्ता आध्यात्मिक र धार्मिक कार्यक्रमहरूले मानिसहरूलाई त्यस स्थानको पौराणिक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक महत्त्व तथा आध्यात्मिक चेतनातर्फ भावनात्मकरूपले उन्मुख गराउनुको साथै सामाजिक, आर्थिक, सांस्कृतिक, पर्यटकीय आदि विभिन्न पक्षसँग सम्बन्धित विषयमा समेत अनुभव हाँसिल गर्न मद्दत पुर्याएको हुन्छ। यस्तो बिचारबाट प्रेरित भई तीर्थयात्रालाई निरन्तरता दिनेमध्येका प्रा.डा. दुर्गाप्रसाद पनि हुनुहुन्छ। उहाँले भारतका अधिकांश तीर्थस्थलको भ्रमण तथा दर्शन गरिसक्नुभएकोले आफ्नो देशको प्रसिद्ध तीर्थकुण्ड दामोदर कुण्ड जाने विचार भएछ र पं. इश्वरीप्रसाद दवाडीलाई कार्यक्रम बनाउन भन्नुभएछ। पं. इश्वरी प्रसाद दवाडीले मलाई भन्नुभयो र दामोदर कुण्डको तीर्थाटन गर्ने कार्यक्रम बन्यो। कार्यक्रमअनुसार हाम्रो एउटा सात जनाको टीम बन्यो। टीमका सदस्यहरूमा प्रा.डा. दुर्गाप्रसाद दवाडी, उहाँका छोरा विश्वनाथ दवाडी, भतिजा पं. इश्वरीप्रसाद दवाडी, उहाँकी धर्मपत्नी य केशकुमारी दवाडी, विष्णुमाया दवाडी र पङक्तिकार प्रेमराज अधिकारी र गोमा अधिकारी थियौं। २०६१ साल जेठ ३० गते तत्कालीन रोयल नेपाल एयरलाइन कपोर्रेशनको प्लेनबाट हामीहरूले दामोदर कुण्डतीर्थको यात्रा सुरु गर्यौं। पोखराको प्लेनबाट जोमसोम उत्रियौं। कृष्ण गण्डकी नजिकै थिइन्, प्रा.डा. दवाडीले तुरुन्त कपडा खोली नदीमा चुर्लुङ्ग डुबी स्नान गर्नुभयो। हामीहरू जाडोका भयले नुहाउन सकेनौं। हामीहरूले सेचन मात्र गर्यौं। त्यसपछि हामीहरूले दामोदर कुण्ड तीर्थस्थलको बाटो ततायौं। जोमसोम, एकले भारी, कागबेनी हुँदै ताङ्गै गाउँ पुगी त्यस गाउँमा पढाउने एकजना शिक्षकको डेरामा सात/सात जनाले रात बितायौं। भोलिपल्ट घुसाङ, मुस्ताङ गेट, चैले हुँदै समर पुगी स्कुलको कक्षा कोठामा बस्यौं। भोलिपल्ट समरबाट वास बस्न हामी धामी पुग्यौं। त्यहाँ पनि हाम्रो वास स्कुलमा नै भयो। त्यस बेलुका दवाडी गुरुलाई लेक लागेर बिरामी हुनुभयो। औषधि खुवायौं। दुर्इ/दुर्इवटा स्लीपिङ ब्याग ओढायौं। इश्वरको कृपाले भोलिपल्ट बिहान उहाँ स्वस्थ हुनुभयो। धामीबाट हामी घारा भन्ने गाउँमा पुग्यौँ। यारा गाउँ दामोदर कुण्ड जाने बाटोको अन्तिम गाउँ हो। यो भन्दा अगाडि गाउँ छैन। यारामा पनि हाम्रो वास स्कुलमै भयो। त्यस स्कुलका शिक्षक हाम्रा टीमका सदस्य पं. इश्वरप्रसाद दवाडीले पढाएका विद्यार्थी रहेछन्। उनले हामीप्रति देखाएको सद्भावले हामीलाई ज्यादै सन्तोष मिल्यो। वासको बन्दोवस्त भयो। दुर्गा गुरु नदीतर्फ लाग्नुभयो। हामी पुग्नुभन्दा अगाडि नै १६ जना भारतीय प्रोफेसरहरूको टीम त्यही स्कुलको फराकिलो कोठामा बास बसेका रहेछन्। स्कुलका कोठा काठले पाटेसन गरेकाले उनीहरूले गरेको कुरा हामी सुन्दथ्यो। उनीहरूका कुरा हिन्दीमा थिए। दामोदर कुण्डको कुराको प्रस·मा असली दामोदर कुण्ड माथि हो। तलको कुण्डमा मात्र नुहाएर पुग्दैन भन्ने कुरा गरेको जस्तो मैले बुझें। दाजु दुर्गा नदीबाट फर्केपछि कुरा के हो भारतीय प्रफेसरहरूसँग परामर्श गर्नुहोस्, भनी मैले भनेपछि उहाँले पनि त्यसै गर्नुभयो। माथि नै जानुपर्ने देखियो। चार दिनको लागि सात वटा घोडा र तीन वटा सहेशको वन्दोबस्त गरी याराबाट दामोदर कुण्डतर्फ लाग्यौं। त्यस दिनको हाम्रो वास ओडारमा नै भयो। भोलिपल्ट औंसी परेकोले खाना नखाई तल्लो दामोदर कुण्डतर्फ लाग्यौं। करिब ४ बजेतिर पुगियो। त्यहाँका पहेँला, नीला र सेता कुण्डाहरूमा नुहाई खाना खाई भत्केको ठाँटीको एउटा कुनामा बास बस्यौं। भोलिपल्ट बिहान ६ बजे उठेर त्यस ठाउँको पहेंलो कुण्डमा नुहाई अर्का दुर्इ कुण्डमा शेचन गरी माथिल्लो सक्कली दामोदरकुण्डतर्फ लाग्यौँ। आधा बाटो हिँडिसकेपछि दलदले बाटो क्रस गर्नुपर्ने रहेछ। हामीहरू सबै घोडामा नै थियौ। म चढेको घोडा हिलोमा फँस्यो, म उत्रिएँ। ५/१० मिनेटपछि सयसहरूले घोडा उतारे र करिब एक बजेतिर गन्तव्यमा पुग्यौं। त्यहाँ जमिनको प्रकृति बिलकुल फरक थियो। हिउँले खाएका धारैधार परेका ढु·ाशिवाय अरु केही थिएन। जमिन चिराचिरा परेको थियो। तर कुण्ड भने पहेंलो, नीलो र सेतो मौजुदा देखिन्थ्यो। भारतीय प्रोफेसरले गरेका कुरामा सत्यता रहेको पायौं। सन्तोष लाग्यो, सबै कुण्डमा स्नान गरी साथमा भएको सातु भोजन गरी सकुशल फक्यौै’। अब म करिव १५ दिनको यात्राको अवधिमा प्रा.डा. दुर्गाप्रसादसँग भएका कुराकानीका केही अंश उल्लेख गर्ने अनुमति चाहन्छु। यो तीर्थयात्रा अवधिमा प्रा.डा. दुर्गाप्रसादले करिब ४५/५० पटक स्नान गर्नुभयो होला। उहाँ नदी, खोला, छहरा, तालतलैया सवै ठाउँलाई तीर्थस्थल नै मान्नुहुन्थ्यो। उहाँको दृष्टिमा जलै विष्णु स्थलै विष्णु हुन्थे। र स्नान गरिहाल्नु हुन्थ्यो। एक दिन मैले उहाँलाई भने ‘यो हिमाली क्षेत्रको चिसो पानीमा यसरी पटक पटक स्नान गर्दा बिसञ्चो हुने हो ?’ यसो भन्दा उहाँले भन्नुभयो-’त्यसो हैन हजार काम छोडेर स्नान गर्नुपर्छ। एक सय काम छोडेर जानुपर्छ। जलको सेवनले हानि गर्दैन। जल प्रणीहरूको प्राण हो। जलबिना प्राणीको प्राण रहन सक्दैन। जल जीवन हो। जलले नै जीवन दिने हो जीवन बचाइरहने हो। जल नभई यज्ञयज्ञादि हुंदैन। जल नभए जीवन अशुद्ध हुन्छ। जल हाम्रो संस्कार हो। जल बिना मानिसको संस्कार बन्दैन। मानिस जन्मँदा शुद्र नै भएर जन्मेको हुन्छ। संस्कारबाट नै ब्राह्मण, क्षत्री, बैश्य, शुद्र हुने हो। बैदिक सनातन धर्ममा संस्कारको ठूलो महत्त्व छ। वास्तवमा संस्कार भनेको जीवनलाई स्वच्छ, स्वस्थ र परिस्कृत बनाउने आध्यात्मिक उपचार विधि हो। हिन्दू धर्मका सोह्र संस्कारहरूको पालना गरेमा यस लोक र परलोकमा समेत जीवको कल्याण हुन्छ भनिएको छ। यस लोकमा गरेका कर्मले परलोकको जीवनको सफलता र असफलताको निर्धारण गर्दछ भन्दै मेरो अनुरोधको जवाफ दिनुभयो। उहाँका शास्त्रीय उपदेशलाई सहर्ष ग्रहण गरेँ। यो परमात्माको सृष्टि विचित्रको रहेछ। यो धरतीमा जन्म लिने सबैले आफ्नो शरीर छोड्नै पदोर्रहेछ। त्रेता युगका आदर्श पुरुष रामचन्द्र, द्वापर युगका श्रीकृष्ण उहाँहरूलाई हामी इश्वर मान्दछौं। उहाँहरूको पनि जीवित शरीर यस धरतीमा रहेन। पौराणिक युगका महापुरुषहरू पनि रहनुभएन। यस युगका हिन्दू धर्म संस्कृतिका हिमायतीहरू सोमनाथ सिग्देल, कुलचन्द्र गौतम, हेमराज पाण्डे, नयनराज पन्त, योगी नरहरि आदि जसरी जानु भयो, त्यस्तैगरी सदाचार र निष्ठाका प्रतिमूर्ति संस्कृतका प्रकाण्ड विद्वान आदरणीय प्रा.डा. दुर्गाप्रसाद दवाडीको पनि त्यस्तै गति भयो। उहाँ ब्रह्मलीन हुनुभयो। उहाँको निमित्त हामीले चिन्ता गर्नु मैले कुनै अर्थ देखेको छैन। चिन्ता यस मानेमा म देख्दछु कि उहाँसँग भएको ज्ञानको भण्डारबाट हामीहरूले एक चिम्टी ज्ञान पनि लिन सकेनौं। यस मानेमा म दुखी छु। उहाँप्रति चिन्तन गरिरहनेछु, श्रद्धा गरिरहनेछु। यही हो मेरो श्रद्धा सुमन। हस्त ।
|
eadarsha.com
|
1,719,681 |
वि.सं.२०८० पुस ६ शुक्रवार नयाँ वर्ष सन् २०२४ को अवसरमा नेपालको प्रमुख पर्यटकीय नगरी पोखरामा २५ औँ पोखरा सडक महोत्सव हुने भएको छ । रेष्टुराँ एण्ड बार एसोसिएसन (रेवान) पोखराको आयोजनामा आगामी पुस १२ गतेदेखि १६ गतेसम्म रजत जयन्ती महोत्सवका रुपमा २५ औँ पोखरा सडक महोत्सव हुन लागेको हो । रेवान पोखराले आज काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नरेश भट्टराईले स्थानीय उत्पादनको प्रवद्र्धनका लागि महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए । ‘सडकमै खाउँ, सडकमै रमाउँ’ भन्ने नारासहित पाँच दिन चल्ने महोत्सवमा विभिन्न जातजातिका सांस्कृतिक कार्यक्रम, रात्रिकालीन कन्सर्ट, बोट रेस, वेटर रेस, टग अफ वार, भलिबल प्रतियोगिता, सडक नाटकलगायतका कार्यक्रम हुनेछन”, उनले भने । महोत्सवका संयोजक विश्वराज पौडेलले महोत्सव पोखराको फिस्टेल गेटदेखि गैराको चौतारा हुँदै जरेवर लेकसाइडसम्मको करिब तीन किमी क्षेत्रमा हुने जानकारी दिए । महोत्सवमा पोखरा पर्यटनको विकास प्रवद्र्धन, अवसर र चुनौतीको विषयमा केन्द्रित टक शो कार्यक्रम सञ्चालन गरिने उनले बताए । सडक महोत्सवमा जाने पर्यटकलाई बसोबासको लागि पोखराका एक हजार दुई सयभन्दा बढी होटलमा ४० हजार श्यया उपलब्ध रहेको रेवान पोखराले जनाएको छ । चारदेखि पाँच लाख आन्तरिक तथा बाह्य पर्यटकलाई महोत्सवको अवलोकन गर्ने लक्ष्यका साथ आयोजना गरिएको महोत्सवमा ७० लाख खर्च हुने आयोजक संस्थाले जनाएको छ । महोत्सवमा नेपालका वरिष्ठ कलाकार पशुपति शर्मा, प्रीति आले, बद्री पङ्गेनीलगायतका कलाकारले प्रस्तुति रहनेछ । यस्तै, महोत्सवले पर्यटकीय नगरी पोखराको अर्थतन्त्रलाई चलायमान बनाउने बताइएको छ । नेपाल पर्यटन वोर्डका निर्देशक मणिराज लामिछानेले नेपालको पर्यटन प्रवद्र्धनका लागि बोर्डले यस्ता सडक महोत्सवलाई सहयोग गर्दै आएको बताए । उनले पोखराको सडक महोत्सवले देशव्यापी सन्देश दिने स्पष्ट पारे । रेवानका केन्द्रीय अध्यक्ष अरनिको राजभण्डारीले महोत्सवले पोखराको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताए । यसबाट विदेशी मुद्रा आर्जन गर्न सकिने भएकाले मुलुकको समग्र आर्थिक विकासमा समेत टेवा पुग्ने उनले उल्लेख गरे ।फाइर्ल फाेटाे वि.सं.२०८० पुस ६ शुक्रवार १३:४० मा प्रकाशित गण्डकी । दाङमा जडीबुटी उत्पादन बढेको छ ।
|
sansarnews.com
|
2,756,211 |
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मतलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरेको छ । न्याायाधीश कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासले मंगलबार उक्त ठहर गरेको हो । गण्डकीका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख समेत ५ जनालाई विपक्षी बनाई गत २५ वैशाखमा उत्प्रेषण रिट दायर गरेका थिए । गत २३ वैशाखमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिने बेलामा सभामुख कृष्णप्रसाद धितालले अधिकारीले प्राप्त गरेको ३० मतलाई नै विश्वासको मत प्राप्त गरेको भनी सदर गरेका थिए । जबकि ६० सदस्यीय प्रदेशसभामा ३१ बहुमत हो । सो विरुद्ध पाण्डे सर्वोच्च गएकोमा २८ वैशाखमा न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले अन्तरिम आदेश जारी गरी मुख्यमन्त्री खगराज अधिकारीलाई कामचलाउ बनाइदिएको थियो । गत २५ चैतमा सभामुखसमेतको समर्थनमा मुख्यमन्त्रीको दाबी गरेका अधिकारीलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले दोस्रो कार्यकालका लागि नेपालको संविधान १६८(२) बमोजिम मुख्यमन्त्री नियुक्त गरेका थिए ।
|
eadarsha.com
|
5,281,764 |
चिकित्सा शिक्षालाई एकीकृत र योजनाबद्ध रूपमा विस्तार गर्न चिकित्सा शिक्षासम्बन्धी प्रतिष्ठानलाई एकीकृत छाता ऐन अन्तर्गत सञ्चालन गरिने भएको छ।
|
gorkhapatraonline.com
|
909,568 |
ढुकु फुटसल हब र हरिसिद्धि फुटसलले रेडबुल राष्ट्रिय फुटसल लिगअन्तर्गत शुक्रबार भएका खेलमा जित हासिल गरेका छन् । रजनी फुटसलको होम ग्राउन्ड भैंसेपाटीमा भएको खेलमा अबे टिम ढुकु फुटसलले रजनीलाई ८–२ ले पराजित गर्यो । ढुकुका कप्तान सुरज राउतले दोहोरो ह्याट्रिक गरे भने सविन खड्का र सिद्धान्त बस्नेतले एक/एक गोल गरे । रजनीका रुसन केसीले दुई गोल फर्काए पनि जितका लागि पर्याप्त भएन । ढुकुका सुरज म्यान अफ द म्याच चुनिए । हाइवे फुटसल जोरपाटीमा भएको अर्को खेलमा अबे टिम हरिसिद्धिले हाइवे फुटसललाई २–० ले पराजित गर्यो । हरिसिद्धिका निरज महर्जन र रैफी महर्जनले एक/एक गोल गरे । अफ द म्याच हरिसिद्धि फुटसलका कप्तान कमल तामाङ घोषित भए । नेपाली फुटसल इतिहासकै सर्वाधिक पुरस्कार राशिको फुटसल लिगमा समूह ‘ए’ मा ढुकु फुटसल हब शीर्षस्थानमा छ । ३ खेल खेलेको ढुकुको २ जित र १ हारसँगै ६ अंक छ भने २ खेल मात्र खेलेको किक अफ फुटसलको पनि ६ अंक छ । त्यसैगरी समूह ‘बी’ मा शंखमूल फुटसलले ६ अंकसहित शीर्षस्थान ओगट्दा हरिसिद्धि र कुमारी फुटसलले पनि ६ अंकसाथ नै शंखमूललाई पछ्याइरहेका छन् । एएमए इभेन्टको आयोजनामा होम एन्ड अबेका आधारमा २८ मंसिरसम्म सञ्चालन भइरहेको लिगमा काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न १६ फुटसल टिम सहभागी छन् ।
|
ekantipur.com
|
4,653,294 |
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौं महानगरपालिकामा संस्थागत विद्यालयहरूको शिक्षकलाई सामुदायिक सरह तलब सुविधा दिन निर्देशन दिएका छन्। शिक्षा ऐन, २०२८ को दफा १२ (७) (छ) मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई तलब दिनुपर्ने भनी उल्लेख भएकाले सोही अनुसार गर्न निर्देशन दिएका हुन्। मेयर बालेनले दिँदै भनेका छन्, ‘काठमाडौं महानगरपालिकामा संस्थागत (निजि) विद्यालयको शिक्षकहरूको तलब सामुदायिक विद्यालयको भन्दा न्यून भएको गुनासो आउने गरेको छ। तर ‘शिक्षा ऐन, २०२८’ को दफा १२(७)(छ) मा संस्थागत विद्यालयको शिक्षकलाई पनि नेपाल सरकारले तोकिदिएको तलब स्केल नघटाई तलब दिनुपर्ने भनी उल्लेख गरिएको छ। यस्तै काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ६८ मा शिक्षक तथा कर्मचारीको तलब भत्ता, निवृत्तिभरण, उपदान लगायतका अन्य सुविधा खाइपाइ आएकोमा नघट्ने गरी संघीय शिक्षा कानूनमा तोकिए बमोजिम हुने उल्लेख गरिएको छ। सोही बमोजिम काठमाडौं महानगरपालिकाका सामुदायिक विद्यालयका शिक्षकहरूले प्राप्त गर्ने निम्न अनुसारको तलब सुविधा संस्थागत विद्यालयको शिक्षकलाई पनि प्राप्त गराउन काठमाडौं महानगरपालिकाका सम्पूर्ण संस्थागत विद्यालयहरूलाई सूचित गरिन्छ।’ निम्न अनुसारको तलब सुविधा नपाएमा काठमाडौं महानगरपालिका शिक्षा विभागमा सम्पर्क गर्न पनि उनले भनेका छन् ।
|
capitalnepal.com
|
4,738,020 |
काठमाडौं महानगरको वडा नम्बर २९ मा खसेको भन्दा ६४ कम भोट मात्रै गणना भएपछि एमालेले विरोध जनाएको छ । आज आएको मत परिणाम अनुसार यो वडाको वडाध्यक्षमा कांग्रेस उम्मेदवारले एमालेलाई ५१ भोटले हराएका छन् । एमालेका वडा सचिव राजेश शाक्यका अनुसार मतदानपछि तीन वटा बुथमा गरेर ५ हजार ८ भोट खसेको रिपोर्ट निर्वाचन आयोगले दिएको थियो । तर, अहिले मतगणना क्लोजिङ हुँदा ४९४४ मात्रै गणना भएको छ । शाक्यले भने, ‘हामी ५१ मतले हार्यौं, तर ६४ मत गायब भएका छन् । यदि ती मत एमालेको पक्षमा भए त जित्न सक्थ्यौँ नि ?’ यसमा विरोध जनाउँदै एमालेले निर्वाचन आयोगमा निवेदन दिने भएको छ । निर्वाचन आयोग र निजामती कर्मचारी प्रहरी प्रशासन सबै जसरी पनि चोर कंग्रेस जिताउन कंग्रेस को नेताकार्यकर्ता जस्तै काम गरिरहेका छ निर्वाचन को मुल्य मान्यता सबै समाप्त परेको कंग्रेसी चोरहरु ।
|
nepalpress.com
|
1,094,946 |
नेपाल आयल निगमको इन्धनको मूल्य घटाएको छ । निगमले शुक्रबार पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएको हो । घटेको मूल्यअनुसार अब प्रतिलिटर पेट्रोल १७८ र डिजेल, मट्टीतेल १७५ पर्नेछ । यसअघि पेट्रोल प्रतिलिटर १८१ र डिजेल, मट्टीतेल १७८ रुपैयाँ थियो । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर नयाँ सूची पठाएसँगै नेपालमा यसको भाउ घटेको हो । आईओसीले शुक्रबार पठाएको सूचीअनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ९० पैसा, डिजेल १२ रुपैयाँ ३१ पैसा तथा हवाई इन्धन १० रुपैयाँ ६१ पैसा घटेको छ । यस पटक पनि घटेर मूल्यसूची आएकाले उपभोक्ताका लागि इन्धनको मूल्य केही घटाइएको निगमले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै आईओसीले पनि मूल्य घटाएकाे हो ।
|
makalukhabar.com
|
862,560 |
बन्गाडकुपिण्डे नगरपालिका १, नाम्राका किसान आइतु तिरुवाले गत असार अन्तिम साता ४ रोपनीमा धान लगाउन ब्याड राखे । सबै जग्गा जोतिसकेका उनले अझै रोपाइँ गर्न सकेका छैनन । उनकै छिमेकी दलबहादुर रोकाले पनि आफनो खेतमा रोप्न नपाउँदा ब्याड सुकेर गयो ।बन्गाडकुपिण्डे नगरपालिका ३ मा रहेको इरोखोला मुहानको सिँचाइको पानी धारापोखरीका स्थानीयले नयाँ योजनामार्फत लिएपछि उनीहरूले रोपाइँ गर्न नपाएका हुन् । ‘आकासे पानी पनि ढिलोगरी पर्यो, त्यसबेला ब्याड छिप्पिसकेकाले रोपाइँ गर्न सकिएन,’ उनले भने, ‘फेरि ब्याड राखे, तर त्यसपछि पानी पर्न छाड्यो ।’ उनले दुई साताअघि मात्र खेतमा मकै रोपेको दुःखेसो पोखे । कम वर्षा भएका कारण मकै बालीसमेत फस्टाउन नसकेको उनको गुनासो छ ।आफूहरूले वर्षौंदेखि सिँचाइमा प्रयोग गरिरहेको पानी अन्यत्र लगिएपछि अधिकांश जग्गा बाँझै भएको नाम्राका किसानको गुनासो छ । सिँचाइ अभावमा करिब १२ सय रोपनी खेतीयोग्य जग्गा बाँझो बन्ने क्रम सुरु भएको तिरुवा बताउँछन् । उनका अनुसार ४ सय घरधुरीमा सिँचाइ समस्या भएको हो । बाह्रैमहिना खेती हुने जमिनमा धान लगाउन नपाएपछि किसान चिन्तित बनेको उनले जनाए ।वर्षभरि खान पुग्ने खेत बाँझै रहेका कारण कृषकहरू समस्यामा परेका छन् । धानबाली लगाउन नपाउँदा जीविकोपार्जनमा समस्या हुने देखिएको रोकाले गुनासो गरे । सिँचाइ अभावमा प्याज लगाउन पनि समस्या भएको उनको भनाइ छ । रोकाका अनुसार नाम्राका अधिकांश किसानले व्यावसायिक प्याजखेती गरिरहेका छन् । स्थानीयले २०५९ सालमा सिँचाइ योजना निर्माण गरेका थिए ।गत वर्ष वडा ३ को ३ लाख रुपैयाँ बजेटबाट धारापोखरीकै औलमा सिँचाइ पुर्याउन पक्की कुलो निर्माण गरिएको थियो । आफूहरूले प्रयोग गर्दै आइरहेको सिँचाइको पानी अन्यत्रै लगिएपछि खेतीमा समस्या भएको स्थानीय वीरबल पोखरेलले बताए । भौगोलिक बनावटका कारण सबै पानी औलतिर जाने गरेकाले सिँचाइ समस्या भएको उनी बताउँछन् । राजनीतिक पहुँच नहुँदा योजना निर्माणमा रोक लगाउन नसकिएको उनको गुनासो छ । उनले बर्सेनि धान, गहुँ र प्याज लगाउँदै आएकोमा पहिलोपल्ट जग्गा बाँझो राख्नुपरेको दुःखेसो पोखे ।धारापोखरीका स्थानीयले जबरजस्ती योजना निर्माण गरेको पोखरेलको आरोप छ । ‘परम्परागत खेतीमा निर्भर किसानलाई अब कसरी परिवार पाल्ने भन्ने चिन्ताले सताएको छ,’ उनले भने, ‘बाली नै लगाउन नपाएपछि परनिर्भरता बढने जोखिम छ ।’ उनका अनुसार जीविकोपार्जनमा समस्या देखिएपछि दसैंतिहार मनाउनेबित्तिकै अधिकांश किसान भारतमा मजदुरीका लागि जाने तयारीमा छन् । आफ्नै उत्पादनले वर्षभरि खान पुग्ने किसानसमेत भारत जाने तयारीमा रहेको उनको भनाइ छ ।बन्गाडकुपिण्डे नगरपालिकामा पानीको स्रोत कम भएकाले सिँचाइ र खानेपानी योजनामा वर्षौदेखि विवाद हुँदै आइरहेको स्थानीय रविराज शर्माले बताए । उनका अनुसार मुहानबाट पानी लैजाने विषयमा २०४३ सालदेखि दुई गाउँको विवाद थियो । स्थानीयले अदालतमा मुद्दा दायर गरे पनि २०६३ सालमा खारेज भएपछि थप समस्या भएको हो । ‘पानीको स्रोत कम छ, सिँचाइ योजना सञ्चालन गर्न अर्को विकल्पसमेत छैन,’ उनले भने, ‘गत वर्ष अर्को गाउँको सिँचाइ योजना बनेपछि १२ सय रोपनी जग्गा बाँझिने खतरा बढेको छ ।’आकासेपानी कम परेपछि किसानले धानको बिउ पशुचौपायालाई खुवाएको शर्माले सुनाए । उनले वैकल्पिक सिँचाइ योजना निर्माण गर्न स्थानीय र प्रदेश सरकारसँग अनुरोध गरिएको जानकारी दिए । धारापानीका स्थानीयले आफनो गाउँको मुहान भएको भन्दै बलजफ्ती योजना निर्माण गरेको उनको आरोप छ ।
|
ekantipur.com
|
4,525,373 |
अजोड इन्सुरेन्स लिमिटेडले आगामी माघ २६ गतेबाट धनगढीमा सुरु हुने तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग(डीपिएलमा) क्रिकेट प्रतियोगितामा ब्याट्सम्यानले प्रहार गरेको छक्का क्याच गर्ने खेलाडीलाई दश हजार प्रदान गर्ने भएको छ। आयोजक धनगढी क्रिकेट एकेडेमी(डिसिए) र अजोडकाबीच बिहीबार भएको सम्झौता अनुसार कम्पनी प्रतियोगिताको अफिसियल इन्सुरेन्स पार्टनर समेत बनेको छ। सम्झौतामा डिसिएका अध्यक्ष सुवाश शाही र अजोडका प्रमुख कार्यकारी अधिकृतले कुमारबहादुर खत्रीले हस्ताक्षर गरेका थिए। सम्झौता अनुसार अजोडले प्रतियोगिताका खेलाडी, दर्शक तथा अफिसियलहरुको बिमा गर्नेछ। ‘हामीले पहिलोपटक प्रतियोगितासँग जोडिएका छौं,’ अजोडका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले भने, ‘खेलाडी, अफिसियल तथा दर्शकको बिमासँगै हामीले खेलाडीले प्रहार गरेको छक्का छक्का क्याच गर्ने दर्शकलाई दशहजार रुपैयाँ पनि दिने भएका छौं।’ सम्झौता अनुसार प्रतियोगिताका प्रत्येक खेलमा पहिलो छक्का क्याच गर्ने दर्शकले १० हजार पाउँनेछन्। क्याच एक–दुई हात दुबैको मान्य हुने आयोजक डिसिएका अध्यक्ष सुवास शाहीले बताए। प्रतियोगिता आउन आधामहिना बाँकी रहँदा ८० प्रतिशत तयारीको काम सकिएको आयोजकले जनाएको छ। डिपिएललाई बुधबारमात्रै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आइसिसी)ले मान्यता दिएको थियो। डीपीएलको तेस्रो संस्करणमा धनगढी स्टार्स, महेन्द्रनगर युनाइटेड, सिवाइसी अत्तरिया, विराटनगर किंग्स, रुपेन्देही च्यालेन्जर्स र काठमाडौं गोल्डन्स गरि ६ वटा फ्रेन्चाइजी टोलीले सहभागिता जनाउँदैछन्। ६ वटै टोलीले यसअघि नै भएको अक्सनबाट खेलाडी लिइसकेका छन्। डीपीएलका प्रत्येक टिमले अक्सनबाट १२ खेलाडी, एक रणनैतिक खेलाडी र दुई विदेशी गरि १५-१५ खेलाडी टोलीसँग आवद्ध गरेका छन्। टी–२० फर्म्याटको प्रतियोगिता लिगकम नकआउट चरणमा खेलाइनेछ। लिग चरणमा प्रत्येक टिमले अरु टिमसँग एक–एक खेल खेल्ने छन्। शीर्ष चार टोली प्ले–अफमा पुग्नेछन्। त्यसमा पहिलो र दोस्रो हुने टिमको विजेता फाइनल पुग्नेछ। त्यसमा पराजित हुने टोलीले तेस्रो र चौथो हुने टिमसँगको विजेतासँग फाइनल प्रवेशको लागि खेल्नेछ ।
|
pahilopost.com
|
3,335,662 |
नयाँ जनप्रतिनिधिले फार्मेसी कर्मचारीको सेवा कटौती गरेपछि फार्मेसी बन्द गर्नुपरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन डा. विशाल तिवारीले जानकारी दिए । २०७५ मंसिरमा घरपझोङ गाउँपालिकाले १ जना फार्मेसी कर्मचारी व्यवस्थापन गरेर फार्मेसी चलाएको थियो । गाउँपालिकाले असार २ को कार्यपालिको निर्णयले फार्मेसी कर्मचारी कटौती गरेको हो । जोमसोम अस्पताल प्रदेश सरकार अन्तर्गत पर्ने र फार्मेसी कर्मचारी व्यवस्थापन जिम्मा जिल्लाका सबै पालिकाको रहेको उक्त गाउँपालिकाको दाबी छ । सूफत मूल्यको फार्मेसी बन्द भएपछि सर्वसाधारण महङ्गो मुल्यमा औषधि खरिद गर्न बाध्य भएका छन् । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद नेपालीमा उखानै छ- हात्ती आयो, हात्ती आयो फुस्सा । यो उखान नेपाली राजनीतिमा रवि लामिछानेसँग नेपालमा बडो विचित्रको राजनीति चल्छ । कोही पनि प्रतिपक्षको बेन्चमा बस्न तयार छैनन् । अनेक काठमाडौं । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा पवन श्रेष्ठलाई सात दिनभित्र कार्यालयमा हाजिर काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका बहुचर्चित फरार अभियुक्त बेचन झा पक्राउ परेपछि नयाँ समीकरण काठमाडौं । तस्करलाई सघाएको आरोपमा मोरङको सशस्त्र प्रहरी प्रमुख एसपी विश्व खड्कामाथि आन्तरिक छानबिन सुरु काठमाडौं । सशस्त्र प्रहरी बल २७ नं. गण रुपन्देहीमा कार्यरत रहेका एसपी आनन्द थापा मगरले काठमाडौं ।
|
drishtinews.com
|
1,963,388 |
आफ्नो समुदायका कुनै सदस्यको मृत्यु भएमा बसाइँ सर्ने राउटे समुदायले बच्चाको मृत्यु हुँदा भने बसिरहेको ठाउँ छोडेन । एक सातापछि फेरि ३४ वर्षीय दलबहादुर शाहीको निधन भएपछि उनीहरू बसाइँ सर्ने तरखरमा थिए । बसाइँ सर्ने तयारी गरिरहेकै बेला २१ वर्षीय मानसिंङ शाहीको पनि मृत्यु भयो । लगातार तीन जनाको मृत्यु पछि अहिले अर्कै ठाउँमा सर्ने तयारीमा छन् । दलबहादुरको मिर्गौलामा समस्या थियो । गलत खानपान र हेरचाहको कमीका कारण समयमै उपचार हुन नसक्दा उनीहरूको सङ्ख्या घटिरहेको उक्त बस्तीमा काम गर्दै आउनुभएकी दुर्गा खत्रीले बताउनुभयो । “राउटेले बाहिरकाले भनेको मान्दैनन्”, उहाँले भन्नुभयो, “गलत व्यवहारलेले गर्दा नै उनीहरुको अस्तित्व सङ्कटमा परिरहेको छ ।” राउटे उत्थान प्रतिष्ठानका अध्यक्ष सत्यदेवी अधिकारीले एकदशकअघि बस्तीमा पुग्दा उनीहरूको सङ्ख्या २६८ रहेकामा घटेर अहिले १३७ पुगेको बताउनुभयो। “ एक दशकको अवधिमा मात्र १३१ राउटे घटेकाले त्यहाँ जुनसकुै योजना लैजानुभन्दा उनीहरुले स्वीकार गर्ने खालका योजना लैजानुपर्छ”, अध्यक्ष अधिकारीले भन्नुभयो, “यसमा सरोकार निकाय सबैले ध्यान दिन पर्छ ।” राउटे बस्तीमै छाप्रोमा बसेर उनीहरूको सङ्ख्या गणना गर्नुपर्नेमा उहाँको जोड थियोे । “मैले राउटेको भान्छामै खाएर र उनीहरुसँगै रहेर गणना गरेको हुँ”, अध्यक्ष अधिकारीले भन्नुभयो “तर अहिले उनीहरूको सङ्ख्या आधा घटेको छ । यसरी सङ्ख्या घट्दै जाने हो भने राउटेको अस्तित्व नै लोप हुने छ ।” समुदायबाट अलग्गै बस्ने र जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएकामा आधुनिकताले राउटेलाई सताएको छ काठका विभिन्न सामग्री बनाएर आफ्नो जीविका चलाउने र जङ्गलका कन्दमूल तथा विभिन्न जडीबुटी ल्याएर खान्थे । गुना बाँदर शिकार गर्ने गर्ने उनीहरू पैसा छोए पाप लाग्छ भन्ने र प्रकृतिमै रमाएकाले बिरामी परे पनि जडीबुटीले निको गरिहाल्थ्यो । उतिबेला बिरामी कम पर्थे । बाह्रैमास घलेकको भरमा आधा जीउ ढाक्ने राउटेलाई पछिल्ला केही वर्षयता गर्मी र जाडो दुबैले उत्तिकै सताउन थालेको छ । राउटेले चिसोमा ह्वात्तै चिसो, गर्मीमा ह्वात्तै गर्मीको महसुस गर्ने गरेका छन् । तीव्र् बस्ती विकासले आफूहरुको जङ्गल विनाश हुँदै गएको राउटेको गुनासो छ । जङ्गल मासिँदा गुना बाँदर, गिठ्ठा, भ्याकुरजस्ता कन्दमूलसमेत भेटिन छाडेको छन् भने परम्परागत पेशासमेत सङ्कटमा पर्न थालेको छ । मुखिया महिनबहादुर शाहीकाअनुसार पहिले ज्वरो, निमोनिया, आउँ, हैजा र पखालाजस्ता रोग लाग्थेन । पछिल्ला केही दशकयता उनीहरुको स्वास्थ्य निकै कमजोर हुन थालेको छ । रोगले कतिपयको त अकालमै मृत्युसमेत हुने गरेको छ । “पहिले गुना बाँदर जङ्गलमा धेरै पाइन्थ्यो अहिले पाउन छाडेको छ त्यसकारण जनतालाई खुवाउने चामल माग्याको छु”, उहाँले भन्नुभयो । घना जङ्गलमा बस्न रुचाउने राउटे अचेल अन्य समुदाय नजिक र शहर बजार आसपासमा बस्नाका साथै मदिरा र विषादी हालेका खानेकुरा पनि खान थालेका छन् । राउटे समुदायमा काम गर्ने बहानामा विभिन्न सङ्घसंस्था भित्रिन थाले पनि उनीहरूको सङ्कट मोचन हुन सकेको छैन । पैसा छोए पाप लाग्छ भन्ने गरिएकामा पछिल्लो समय उनीहरुमा पैसाको मोह बढेको छ । जब बस्तीमा विभिन्न बाहनामा बाहिरका व्यक्ति प्रवेश गर्न थाले तबदेखि यिनीहरुकोे हातमा पैसा पर्न थाल्यो र मदिराको लतमा लागे । अहिले बस्तीमा पुग्ने जो कोहीसँग उनीहरू मदिरा र पैसा माग्न थाल्ने भएका छन् । अघिल्लो आर्थिक वर्षदेखि उनीहले प्रतिव्यक्ति पाँच हजार भत्ता पाउँदै आएका छन् । भत्ता वितरण सहज बनाउने उद्देश्यले दैलेखको गुराँस गाउँपालिकाले राउटेलाई स्थायी परिचयपत्र वितरण गर्दै आएकोे र सोसेक नामक संस्थाले पढाउने शिक्षक र स्वास्थ्यकर्मी परिचालन गरेको छ । राउटे रुपान्तरणका क्रममा रहेकाले पनि यो बेला उनीहरु सङ्कटमा पर्नसक्ने सामाजिक विकास मन्त्रालयका महिला विकास अधिकृत अनिता ज्ञवालीले बताउनुभयो । “पहिला उनीहरु प्रकृतिमै रमाएका थिए बिस्तारै परिवर्तन हुन थालेका छन् । परिवर्तनको अवस्थामा रहेकाले पनि सङ्कटमा परेका हुन्”, उहाँले भन्नुभयो, “उनीहरुले पाएको भत्ताले मदिरा खाने गरेकाले भत्ताको सटृा आवश्यक सामग्री नै दिए प्रभावकारी हुनसक्छ । यस विषयमा छलफल गर्नु आवश्यक छ ।” अत्यधिक मदिरा सेवन गर्न थालेकाले मदिराकै कारण केहीको ज्यान गएको हुनसक्ने बस्तीमा काम गर्दै आउनुभएका स्वास्थ्यकर्मी तिलक विसीले बताउनुभयो । “मृत्यु भएका दुवै युवाले धेरै मात्रामा मदिरा सेवन गरिराख्थे । खानाभन्दा मदिरा सेवन धेरै हुनु नै उनीहरुको मृत्युको प्रमुख कारण हो”, उहाँले भन्नुभयो, “ दलबहादुर सुन्निएका थिए भने मानसिङ खाना खान मन नगर्ने र दुब्लाउँदै गएका थिए । उपचार गर्न अस्पताल जाऔँभन्दा राउटे समुदायले मानेनन्”। स्वास्थ्यकर्मी विसीका अनुसार बालबालिकामा कुपोषण र स्याहारको कमी र युवामा मदिरा सेवनका कारण ज्यान जाने गरेको छ । “आज बच्चा जन्मियो त्यसलाई दिनभरि झुपडीमै छोडेर महिला जङ्गल जान्छन्”, उहाँले भन्नुभयो, “न बच्चाको स्याहार छ न त सुत्केरी आमाको नै ।” तीन वर्षको अवधिमा नौ बच्चा स्याहारको कमीका कारण मृत्यु भएको थियोे । “म राउटे बस्तीमा स्वास्थ्यकर्मीका रुपमा काम गर्न थालेको तीन वर्ष भयो यो अवधिमा धेरै बच्चा स्याहार सुसारको कमीका कारण ज्यान गुमाएको देखेको छु”, स्वास्थ्यकर्मी विसीले जोड दिनुभयो, “यस्तै हो भने राउटे समुदायको अस्तित्व सङ्कटमा पर्ने सम्भावना छ ।” आन्तरिक मामिला तथा कानूनमन्त्री सीता नेपालीले राउटे नीति ल्याउन लागिएकाले यसबाट उनीहरुको संरक्षण हुने बताउनुभयो । “राउटे समुदायमा मदिरा पिउने लत बसेकाले उनीहरु सङ्कटमा रहेछन्”, राउटे बस्ती पुग्नुभएका उहाँले भन्नुभयो, “उनीहरुको सुरक्षाका लागि प्रदेश सरकार लागिपरेको छ । सरकारले ल्याउन लागेकोे नीतिमा उनीहरुको सुरक्षा र संरक्षणका विषयलाई जोड दिइएको छ ।” मानव अधिकारकर्मी गीता कोइरालाले नेपालकै पहिचानका रुपमा रहेको राउटे लोप हुन लागेकामा चिन्ता व्यक्त गर्नुभयो । “हिजो त्यति धेरै सङ्ख्यामा रहेका राउटे अहिले घटिरहेकाले सुरक्षाका लागि विशेष कार्यक्रम ल्याउन जरुरी छ”, उहाँले भन्नुभयो ।
|
pokharanews.com
|
3,609,630 |
सोल्टी होटलको परिसरमा रहेको क्यासिनो माजोंगले साउथ एसिया बेस्ट क्यासिनो क्यासिनो अवार्ड प्राप्त गरेको छ । भारतका पर्यटन मन्त्री श्री प्रल्हाद सिंह पटेल र सामाजिक न्याय तथा शशक्तिकरण मन्त्रि श्री रामदास अथावालेको प्रमुख आतिथ्यमा हालै नयाँ दिल्लीमा भएको विशेष समारोहमा क्यासिनो माजोंगका प्रबन्ध निर्देशक विनोद श्रेष्ठको तर्फबाट कम्पनीका जनरल म्यानेजर अमूल्य विक्रम राणालाई उक्त अवार्ड प्रदान गरिएको हो । पर्यटन तथा आतिथ्य उद्योगको सर्वोत्कृष्ट कम्पनीलाई प्रदान गरिने उक्त अवार्ड प्रदान समारोहमा नेपाल पर्यटन बोर्डले पर्यटन सम्बन्धी डकुमेंट्री प्रस्तुत गरेको थियो । क्यासिनो माजोंगले नेपाल भ्रमण बर्ष २०२० को लागि बिबिध कार्यक्रमहरु संचालन गर्दै आएको छ, साथै क्यासिनो माजोंगले नेपालगंजस्थित होटेल सोल्टीमा पनि क्यासिनो सचालन गरेको छ । २०६९ पौष १२ मा क्यासिनो माजोंग सोल्टी होटलको परिसरमा संचालनमा आएको महाजोंग क्यासिनो नियमावली २०७० बमोजिम २५ करोड चुक्ता शेयर पूँजी भएको माजोङ इन्टरटेनमेण्ट प्रालि आफैले क्यासिनो संचालन इजाजत प्राप्त गरी २०७१ माघ २१ बाट सोल्टी होटलको परिसरमा क्यासिनो संचालन गर्दै आएको छ । यो क्यासिनोले स्थापनाकाल देखि नै हालसम्म बुझाउनु पर्ने रोयल्टी रकम तथा कर राजश्व समयमै बुझाउँदै आएको छ । र कुनैपनि राजश्व रकम बुझाउन बाँकी छैन । यस क्यासिनोमा करार र दैनिक ज्यालादारी समेत गरी हाल ६०० जना भन्दा बढी व्यक्तिहरुले प्रत्यक्ष रोजगारी र आश्रित हजारौं व्यक्तिले अप्रत्यक्ष रोजगारी पाइरहेका छन् । पर्यटक आगमनमा क्यासिनोको योगदान २० प्रतिशत भन्दा बढी छ भने पर्यटकको बसाई लम्व्याउनसमेत यसले महत्वपूर्ण भूमिका खेलेको छ । क्यासिनोमा विदेशीले मात्र खेल्न पाउने र अधिकांश खेलाडीहरु हवाई मार्गबाट आउने हुँदा क्यासिनोको योगदान होटल व्यावसाय तर्फ मात्र नभई वायुसेवा व्यवसाय तर्फ पनि उत्तिकै रहेको छ । आधुनिक सामाग्रीहरुको सुविधा प्रदान गरी आधुनिक तवरबाट रिक्रेसन सेन्टर संचालन गरी विदेशी मुद्रासमेत आर्जन गरी राष्ट्र निर्माणमा टेवा पुर्याउनु यसको लक्ष्य रहेको छ ।
|
imagekhabar.com
|
1,803,892 |
यूएईमा ईडन गार्डेन ओभल अजमानामा जारी खेलमा पहिले ब्याटिङ रोजेको नेपालले पुरै ओभरमा ७ विकेटको क्षतिमा २६१ रन बनाएको हो। नेपालका लागि आकाश त्रिपाठीले डेब्यू खेलमा नै १०७ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ७८ रनको योगदान गरे। अर्का डेब्यु खेलाडी विशाल विक्रम केसीले भने ५४ बलमा अविजित ६३ रनको पारी खेले। अर्जुन कुमाल र आकाशले दोस्रो विकेटको लागि ९३ रनको साझेदारी गरे। तेस्रो विकेटको लागि भने कप्तान देव खनाल र त्रिपाठीले ३७ रनको साझेदारी गर्न सफल भए। सिङ्गापुरको लागि अभ्युदय छन्जिर र आर्यभार चौधरीले २–२ विकेट लिए ।
|
nepalviews.com
|
2,117,695 |
भूकम्प र नाकाबन्दीले अवरोध भएको। लागत एक अर्ब बढ्ने अनुमान अब इन्डिया मा हुने आर्को चुनाब मा मोदीले बिहारी जनता लाइ मेलाम्चिको पानि देखाएर भोट माग्न बेर छैन | मेलाम्चे खाने पानी आयोजनाको बारेको मेरो अनुभव राख्न अनुमति चाहन्छु । सरकारी सेवाको सिलसिलामा २०३७ साल बैशाकको जनमत संग्रह पछि पहिलो पल्ट पॉचखाल हुदै ईन्द्रावती नदीको तिरै तिर बाहुनेपाटी, मेलाम्चे घाट, मेलाम्चे गॉउ पछि हेलम्बुका सेर्माथान्ग, तार्केघ्यान्ग, बकनघ्यान्ग ईत्यादि गॉउहरुमा केही दिन बिताउने अवसर पाए । पटक पटक सो मनोरम ठाउ जाने मौक़ा केही बर्ष सम्म कायमै रह्यो । ईन्द्रावतीको जलसम्पदाको सदुपयोगबारे जलश्रोत मंत्रालयका र सो अन्तर्गतका खानेपानी विभागका समकालीन प्राविधिकहरु संग छलफल गर्ने अवसर पाएको थिए । वहॉहरुबाट ईन्द्रावती नदीको मेलाम्चेबाट काठमान्डौ उपत्यकामा पानी ल्याउने सम्भाब्य अध्ययन र कार्यावनयनबारे नेपाल सरकार (श्री ५ को सरकार) निकै सकारात्मक छ भन्ने अवगत भईयो । कर्णाली आयोजनाकालागी २०३२ साल देखि बार्षिक ५०/५० जनताका दरले ईन्जिनियर उपाधि हासिल गरेका केही अधिकृतहरुले मेलाम्चे खानेपानी आयोजनामा काम गर्ने अवसर पाए । २०४६ सालको जनआन्दोलनबाट नेपालमा बहुदलीय पुन: स्थापितमा प्रधानमंत्री श्री कृष्ण प्रसाद भट्टराईले मेलाम्चे खानेपानी आयोजनामा चासो देखाएको फलस्वरूप २०५१ सालमा यस आयोजना निर्माण गर्ने धोषणा र त्यस पछि बिधिवत रुपमा काम शुरु भएकै दुई दशक नाघी सक्यो । कृष्ण प्रसाद भट्टराई, गिरिजा प्रसाद कोईराला, मनमोहन अधिकारी, सुर्य बहादुर थापा, लोकेन्द्र बहादुर चन्द, शेर बहादुर देउवा, पुष्प कमल दहाल, माधव कुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, खिल राज रेग्मी (मंत्री परिषद अध्यक्ष), सुशील कोईराला र खडग प्रसाद ओली गरी २६ बर्षमा १३ जना प्रधानमंत्री नेपालले पाई सक्यो । मेरो बिचारमा दुई दशक भन्दा बढी समयमा मेलाम्चे खानेपानी आयोजनाको २५% भन्दा कम प्रगति भएको जस्तो लाग्द छ । यस आयोजनालाई निरन्तरता दिनु पर्नेमा दुई मत हुनै सक्दैन र छिटो भन्दा छिटो नेपाल खाल्डोमा ईन्द्रावतीको पानी ल्याउनु पर्दछ । मैले नेपाल खाल्डोको जलश्रोत संसाधन विकासको प्रचुर संभावना देखेको छु । यसबाट मेलाम्चे आयोजनाबाट प्राप्तहुने पानी भन्दापनि बढी पानी नेपाल खाल्डोबाट उपलब्ध हुन्छ । यसको यौटा उदाहरण बिगत साढे तीन दशक देखि संचालित शिवपुरी जालाधार संरक्षण आयोजना छ । हाल शिवपुरी राष्ट्रीय निकुन्ज आयोजना नामबाट संचालित जालाधार संरक्षणले नेपालको सबै भन्दा ठुलो खानेपानी प्रशोधन सुन्दरीजललाई ३५ बर्षमा शुरु भन्दा तीन दोब्बर बढी थप खानेपानी प्राप्त भएको तथ्य छ । केही प्राविधिक उपायहरु यहॉ राख्न चाहन्छु: पहिलो: शिवपुरी, नागार्जुन, नगरकोट, गोदावरी, मच्छेगाउ, चन्दरागिरी र अन्य जलाधारको संरक्षणको ब्यवस्थाले प्रचुर खानेपानी नेपाल खाल्डो पाउने छ । स्मरण रहोस् हाल पानी ट्यांकर, जारको पानी ९५% नेपाल खाल्डोको पानीबाट नै टोल टोलमा ब्यापार गरी उपल्बध गराईन्छ । दोस्रो: नेपाल खाल्डोको भूमि मुनिको जल सतहलाई बढाउने विधि अपनाउने । तेस्रो: मौजुदा पोखरी र तलाउहरलाई पानी संकलन केन्द्रका रुपमा प्राविधिक हिसाबले बिकास गर्ने । चौथो: बर्षातमा प्राप्त बढी पानी संचय गर्ने र ज़मीन मुनिको जल स्तरमा बढाउने प्रविधि अपनाउने । पाँचौ: नेपाल खाल्डोको नदी नालाहरुको पानी बहावको फ़ायदा लिई लहरै जल संचय गर्ने ब्यवस्थापन बिकास गर्ने । छठौ: ढलमा मिश्रित पानी शुद्धीकरण बिधि अपनाई पानी पुन: प्रयोग योग्य गर्ने । जैविक पदार्थ कृषि मलमा उपयोग गर्ने । सातौ: हाल छानाको पानी संकलन गर्ने विधिलाई ब्यापक बनाउने र यस प्रविधिबाट ज़मीन मुनिको जल सतहलाई बढाउने मद्दत गर्ने । आठौ: ग्राहस्थयमा प्रयोग गरिएका पानी तत्कालनै अन्य प्रयोजनकोलागी उपयोगी बनाउने । यसका अतिरिक्त बिभिन्न थप प्रविधिहरु वातावरणीय मैत्री र आर्थिक दृष्टिले लाभप्रद हुने पानी संचय र उपलब्धिकालागी विकास गर्न सकिन्छ । यहॉ धेरै बैज्ञानिक कुराहरु पाठकहरुलाई चाख लाग्दो न होला ।
|
mysansar.com
|
4,278,316 |
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई एकताबद्ध बनाउने अभियानमा जुट्न नेता, कार्यकर्तालाई आह्वान गरेका छन्। सभापति देउवाले आपसी मेलमिलाप नभएका कारण निर्वाचनमा अनपेक्षित हार बेहोर्नुपरेको उल्लेख गर्दै पार्टीलाई एकताबद्ध बनाउने अभियानमा जुट्न पार्टीका सबै नेता, कार्यकर्तालाई सचेत गराए। तिहार तथा नेपाल संवतको अवसर पारेर बिहीबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निर्वाचनमा भएको हारबाट पाठ सिकेर अघि बढ्नुको विकल्प नरहेको पनि स्पष्ट पारे। सभापति देउवाले निर्वाचनको हारबाट निराश नहुन पनि पार्टीका सबै नेता, कार्यकर्तालाई आग्रह गरे। सभापति देउवाले नेपाल संवतका प्रवर्तक शंखधर शाख्वाले गरिबी निवारणमा पुर्याएको योगदानको पनि चर्चा गरे। नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला ।
|
nepallive.com
|
3,437,635 |
प्रतिनिधिसभा समानुतर्फको पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेस ४ हजार २६७ मतसहित पहिलो स्थानमा छ । नेकपा एमाले ३ हजार ५६९ मतसहित दोस्रो र राष्ट्रिय स्वतन्त्र पार्टी ‘घण्टी’ निर्वाचन चिह्नले २१३५ मतसहित तेस्रो स्थानमा छ । यस्तै माओवादीले १५०९ मत, राप्रपाले १०४४ मत, जनमत पार्टीले ५३९, जसपाले ५०९ मत पाएको छ । नेमकिपाले ३२४, हाम्रो नेपाली पार्टीले १२० र नेकपा एकीकृत समाजवादी पार्टीले ९७ मत पाएको छ । यस्तै अन्य पार्टीले ४५३ मत पाएका छन् । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद काठमाडौँ । राष्ट्रिय खेलकुद परिषदका पूर्व कोषाध्यक्ष तथा हाल बोर्ड सदस्य पुरेन्द्र बिक्रम लाखे नेकपा नेपालीमा उखानै छ- हात्ती आयो, हात्ती आयो फुस्सा । यो उखान नेपाली राजनीतिमा रवि लामिछानेसँग नेपालमा बडो विचित्रको राजनीति चल्छ । कोही पनि प्रतिपक्षको बेन्चमा बस्न तयार छैनन् । अनेक काठमाडौं । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा पवन श्रेष्ठलाई सात दिनभित्र कार्यालयमा हाजिर काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका बहुचर्चित फरार अभियुक्त बेचन झा पक्राउ परेपछि नयाँ समीकरण काठमाडौं । तस्करलाई सघाएको आरोपमा मोरङको सशस्त्र प्रहरी प्रमुख एसपी विश्व खड्कामाथि आन्तरिक छानबिन सुरु काठमाडौं ।
|
drishtinews.com
|
1,273,458 |
हत्या, चोरी, लागूऔषध, लुटपाट, जुवा, कुटपिट, अभद्र व्यवहारलगायतका अपराधमा संलग्न भएर लामो समयदेखि फरार बनेका उनीहरूलाई एकै दिन पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। आपराधिक घटनामा अदालतले दोषी ठहर गरे पनि कैद तथा जरिवाना भुक्तान नभइ फरार बनेका प्रतिवादीलाई पक्राउ गर्न सुनसरी प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालले विशेष टोली परिचालन गरेका छन् ।
|
annapurnapost.com
|
6,171,143 |
कोरोना महामारीमा पनि रोजगारीका लागि नेपाल भित्रिने विदेशी कामदारको संख्यामा गिरावट आएन । गत आर्थिक वर्ष रोजगारीका लागि नेपाल भित्रिने कामदारको संख्या १७ प्रतिशतले वृद्धि भएको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जनाएको छ । आर्थिक वर्ष २०७६/०७७ मा नयाँ श्रम स्वीकृति लिएर २ हजार ५० जना विदेशी कामदार भित्रिएका थिए । गत आर्थिक वर्षमा २ हजार ३ सय ९० जना विदेशी कामदारले नयाँ श्रम स्वीकृति लिएर श्रम विभागले जनाएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा १७ प्रतिशतले बढी अर्थात् ३ सय ४० जना बढी विदेशी कामदार भित्रिएको श्रम विभागको तथ्यांक छ । श्रम स्वीकृति नवीकरण गर्ने विदेशी कामदारको संख्यासमेत अघिल्लो आर्थिक वर्षको तुलनामा १३ प्रतिशतले बढेको विभागले जनाएको छ । गत आर्थिक वर्षमा २ हजार ३ सय ५० जनाले श्रम नवीकरण गरेको विभागको तथ्यांक छ । कोरोना महामारीले रोजगारीका लागि भित्रिने विदेशी कामदारका हकमा खासै प्रभाव नपरेको श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग प्रवक्ता मणिनाथ गोपले जानकारी दिए । उनले भने, 'नेपालमा उद्योग, होटल, रेस्टुरेन्ट र अन्य आयोजनामा लगानी गर्ने क्रम पनि बढ्दै गएको छ । यसरी लगानी गरिएका उद्योग, आयोजना, होटल–रेस्टुरेन्टमा पनि धेरै विदेशी कामदार नै राख्ने गरेका छन् ।’ प्रवक्ता गोपले भने, ‘नेपालमा सञ्चालित विकास साझेदारको लगानीमा परियोजना तथा विदेशी व्यावसायिक कम्पनीमा काम गर्न आउने विदेशी कामदारको संख्या बढेको छ । कोरोना महामारीका कारण पनि विदेशी कामदार कम भित्रिए ।’ एउटै आयोजनाका लागि २ देखि ५ सय विदेशी कामदारले श्रम स्वीकृति लिने गरेको उनको भनाइ छ । कोरोना संक्रमणका कारण वैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा गिरावट आए पनि विदेशी श्रमिक भित्रिनेमा भने कुनै प्रभाव नपरेको श्रम विभागको भनाइ छ । नेपालमा रोजगारीका लागि ९६ देशका कामदार भित्रिने गरेको श्रम विभागको तथ्यांक छ । तथ्यांकअनुसार श्रम स्वीकृति लिएर रोजगारीका लागि नेपाल भित्रिने सबैभन्दा बढी चिनियाँँ नागरिक छन् । विभागका अनुसार नेपालमा एक दशकयता रोजगारीका लागि १७ हजार ३५ जना विदेशी कामदारले श्रम स्वीकृति लिएकोमा त्यसमध्ये २ हजार ७८ जना महिला कामदार छन् । २०७३ पुसयता रोजगारीका लागि नेपाल भित्रिनेमा चिनियाँ नागरिक ५ हजार ५ सय ७४, बेलायती ३ सय ९०, अमेरिकी २ सय ५४, भारत १ सय ८३, कोरिया १ सय ६२ र अन्य १० हजार ७ सय जना छन् । नेपालमा अस्ट्रेलिया, फ्रान्स, अमेरिका, बेलायत, जापान, चीन, भारत, बंगलादेश, रोमानिया, श्रीलंका, क्यानडा, पाकिस्तान, फिलिपिन्सलगायत विकसित देशका कामदारसमेत श्रम स्वीकृति लिएर आउने गरेका छन् । भूकम्पपछिको पुनर्निर्माणका लागि पनि धेरै कामदार नेपाल आएका थिए । नेपाल र भारतको खुल्ला सिमानाका कारण नेपाल आउन अथवा भारत जान श्रमिकको हकमा भिसाको आवश्यक पर्दैन । यस कारण पनि नेपालमा भारतीय कामदारको संख्या अझै बढी छ । उनीहरूको रेकर्ड विभागसँग छैन । नेपालमा रहेका इलेक्ट्रोनिक कम्पनी, खोनेपानी निर्माणाधीन कम्पनी, एयरलाइन्स, नहर तथा हाइड्रोपावर कम्पनीमा काम गर्न विदेशी कामदार आउने गरेको विभागको तथ्यांक छ । विश्व स्वास्थ्य संगठन, सेभ द चिल्ड्रेन, दोहा इन्जिनियरिङ कम्पनी, मध्यभोटेकोसी, रसुवागढी, त्रिशूली, काबेली, हुवावे टेक्नोलोजी, हिमालय एयरलाइन्स, नेपाल एयरलाइन्समा समेत उच्च प्राविधिकका विदेशी कामदार कार्यरत रहेको श्रम विभागले जनाएको छ । नेपालमा करिब विभिन्न माध्यम हुँदै ३ हजारभन्दा बढी विदेशी कामदार भित्रिने गरेका छन् । नेपाल भित्रिने विदेशी कामदारले प्रतिव्यक्ति २० हजार रुपैयाँ एक वर्षका लागि भिसा शुल्क तिर्नुपर्छ । जापान, उत्तर कोरिया, दक्षिण कोरिया, माल्दिभ, श्रीलंका चीनलगायत अन्य देशबाट भिजिट भिसामा आएका कतिपय विदेशी रोजगारीका लागि नेपालमै बस्ने गरेको विभागले जनाएको छ । यस्ता कामदारले श्रम स्वीकृति नलिने गरेको र उनीहरूको तथ्यांक नहुने गरेको विभागले जनाएको छ । विदेशी नागरिकहरूको श्रम इजाजत व्यवस्थासम्बन्धी निर्देशिका २०७५ ले नेपालमा उपलब्ध हुन नसकेका दक्ष जनशक्ति आयात गरी काममा लगाउन सकिने व्यवस्था छ । श्रम निर्देशिकामा नेपालमा सञ्चालन भएका प्रतिष्ठानले ५ प्रतिशत मात्र विदेशी कामदार रोजगारीमा लगाउन पाउने कानुनी व्यवस्था छ । तर, ठूला रोजगारदाता कम्पनीमा करिब ३० प्रतिशत विदेशी कामदार कार्यरत भए पनि सरकारले अनुगमन गरेको छैन । यसरी श्रम ऐनविपरीत कतिपय रोजगारदाताहरूले विदेशी कामदार राखे पनि सरकारले अनुगमन गर्ने चासो दिएको छैन । नेपाल सरकारका विभिन्न निकायसँग भएका सम्झौताबमोजिमको संख्यामा विदेशी श्रमिकलाई काममा लगाउन पाउने व्यवस्थाले अदक्ष कामदारसमेत नेपाल आउने गरेको पाइन्छ । जसका कारण नेपाली श्रमिकको रोजगारी गुम्ने गरेको आरोप रोजगारविज्ञले लगाउँदै आएका छन् । श्रम ऐनले कूटनीतिक उन्मुक्ति पाउने तथा नेपाल सरकारसँग भएको कुनै सम्झौताले श्रम स्वीकृति लिन नपर्ने उल्लेख भएको अवस्थामा बाहेक विभागबाट श्रम इजाजत नलिई कुनै विदेशीलाई काममा लगाउन पाइँदैन । तर, कतिपय रोजगारदाताले श्रम इजाजतबिनै विदेशी कामदार राखेका छन् । दक्ष विदेशी कामदारलाई मात्र श्रम स्वीकृतिका लागि सम्बन्धित मन्त्रालय–विभागको सिफारिससँगै गृह मन्त्रालयको कार्यसहमतिको आधारमा श्रम स्वीकृति जारी गर्ने अनुगमनको व्यवस्था गर्नुपर्ने रोजगारविज्ञले आवाज उठाउँदै आएका छन् । सरकारले अघिल्लो आर्थिक वर्षमा रोजगारीका लागि आउने विदेशी कामदारका हकमा अनिवार्य श्रम स्वीकृति लिनुपर्ने नियम लागू गरेको थियो । तर, यो नियम अझै लागू भएको छैन ।
|
shilapatra.com
|
6,158,024 |
२०७४ को प्रतिनिधिसभा निर्वाचनमा नुवाकोट १ मा माओवादी केन्द्रका ले ३६ हजार ४७३ मत ल्याएर विजयी हुँदा नेपाली कांग्रेसका उम्मेदवार डा. रामशरण महतले २७ हजार ९२० मत ल्याए । मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा माओवादीका तामाङ चौथोपटक दोस्रो जित निकाल्न मैदानमा आउने तयारीमा छन् । गठबन्धन हुँदा पहिले जितेको ठाउँमा पुरानै पार्टीले पाउने नीतिअनुसार उनले दाबी गरिरहेका छन् । सो क्षेत्रमा गठबन्धन हुँदा सहज रूपमा जितिने हिसाब बोकेर कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले पनि दाबी गरिरहेका छन् । पार्टीभित्र अरुलाई व्यवस्थापन गरेर नुवाकोट १ मा गठबन्धनको तर्फबाट आफू उम्मेदवार बन्न महत माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भेट्न खुमलटार पुगेका थिए । नुवाकोट १ मा शिवपुरी, ककनी, पञ्चकन्या, तादी, सूर्यगढी र दुप्चेश्वर गाउँपालिका पर्छन् । शिवपुरी, सूर्यगढी र तादीमा गत स्थानीय तहको निर्वाचनमा कांग्रेसले जितेको छ । जनघनत्व बढी रहेको ककनी, पञ्चकन्या, शिवपुरीलगायतका स्थानीय तह माओवादीले अध्यक्ष/उपाध्यक्ष नै जितेको छ । ४५ वडामध्येमा कांग्रेस र माओवादीले बराबरी वडा जितेको छ । माओवादीले १८, कांग्रेसले १८ र बाँकी नौवटा वडामा एमालेले जितेको छ । प्रतिनिधिसभा क्षेत्र नं १ मा गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवारले २८ हजार ९ सय ६२ मत प्राप्त गरेका छन् । २३ हजार २ सय मतसहित नेकपा माओवादी केन्द्र दोस्रो स्थानमा छ भने १८ हजार २ सय ६७ मतसहित नेकपा एमाले तेस्रो स्थानमा छ । राप्रपाका वडाध्यक्षका उम्मेदवारले ४ हजार ७८ मत प्राप्त गरेका छन् भने गठबन्धनमा आबद्ध दल एकीकृत समाजवादीले जम्मा २ हजार २ सय ४५ मत प्राप्त गरेका थिए । कांग्रेसका प्रवक्ता महतले सक्रियता बढाइरहँदा माओवादीका तामाङले भने स्वाभाविक रूपमा माओवादीको भागमा सो क्षेत्र नपरे विद्रोह हुने चेतावनी दिएका छन् । सँग का लागि ले गरेको कुराकानीको सम्पादित अंश: चुनावको तयारी छैन भनौँ भने छ, छ भनौँ भने छैन । पार्टीको तर्फबाट पालिका निर्वाचन समन्वय समति, जिल्लाहुँदै प्रदेश कार्यालयमा सिफारिस भएर आइपुगेको छ । जिल्लाबाट आएका सिफारिसहरू जाँचबुझको काम गर्दैछौँ । केन्द्रीयस्तरमा निर्वाचन क्षेत्र बाँडफाँट अघि बढेको छ । कार्यदलको प्रतिवेदनअनुसार हाई कमाण्डले निष्कर्ष दिइसकेपछि प्रदेश कार्यालयमा जम्मा भएका नामावलीहरू कुन निर्वाचन क्षेत्रमा कसलाई छान्दा उपयुक्त छ भनेर टुंग्याउँछौँ । जनतामा पुग्दा के पाउनुभयो भन्ने प्रश्न गर्नुपर्ने अवस्था नै छैन । पहिला पनि जितेको ठाउँ हो । गठबन्धनमा समझदारी पनि जसले जहाँ जितेको हो, त्यही ठाउँमा त्यही दललाई दिने भन्ने कुरा नीतिगत हिसाब स्थापित भइसकेको छ । नुवाकोटमा माओवादी केन्द्रको शक्ति र संगठन बलियो छ । यी दुई कारणले त्यसमा हाम्रो अग्राधिकार कायम हुनुपर्छ । त्योभन्दा दायाँबायाँ केही हुँदैन । दायाँबायाँ हुने स्थिति आयो भने जसरी स्थानीय तहको निर्वाचनमा उहाँहरूको कारणले गर्दा मैत्रीपूर्ण प्रतिस्पर्धा गर्न बाध्य भएका थियौँ । त्यसको परिणाम उहाँहरूलाई घाटा र हामीलाई फाइदा भएको थियो । आउँदो निर्वाचनमा पनि उहाँहरूले आफ्नो अधिकार नपुग्ने ठाउँमा समेत जर्बजस्ती दाबी गर्ने र आफूले नपाएको स्थितिमा कुरा अघि बढाउनुहुन्छ भने त्यो ठाउँमा हामी मैत्रीपूर्ण प्रतिस्पर्धा गर्न बाध्य हुनुपर्ने स्थिति आउँछ । सकभर त्यो अवस्था नआऊला भन्नेमा म विश्वस्त छु । फोनमा उहाँले भेट्न प्रस्ताव राख्नुभयो । भेटमा निर्वाचन क्षेत्रको सन्दर्भमा कुरा राख्नुभयो । अहिलेसम्म चुनावमा उठेर जित्ने अवसर पाएको छैन । अग्राधिकारको हिसाबले तपाईंहरूको हुने कुरा निश्चित हुँदाहुँदै पनि मलाई त्यो क्षेत्र छोडिदिनुपर्यो, तपाईंलाई अरु नै तरिकाबाट प्रतिनिधित्व गर्ने सल्लाह गरौँ भन्नुभयो । उहाँले प्रस्ताव गर्नु पनि अस्वाभाविक होइन । छलफल गर्दा नपाउने कुरा पनि पाउन सकिन्छ भने किन कोसिस नगर्ने भनेर नै उहाँले प्रयास गर्नुभएको हो । तर, जिल्लाको वस्तुगत अवस्था हेर्दा जनताको चाहना मतदाताको अभिव्यक्ति र निर्वाचन क्षेत्रमा विगतमा हाम्रो उपस्थिति र लगानी हेर्दा मिल्नेजस्तो देखिँदैन । उहाँले जिल्लामा पार्टीको तर्फबाट पनि धेरै खट्नुभएको ठाउँ होइन । जनताको समस्यासँग जोडिएर उठबस गर्ने हिसाबले पनि उहाँको उपस्थिति पातलो रहेको ठाउँ हो त्यो । त्यसकारण पनि सम्भव रहने कुरा भएन । माओवादीबाट यसपालि पनि त्यस ठाउँबाट टिकट पाउन सक्ने अवस्था रहेन भने कुनै न कुनै हिसाबले विद्रोह हुने अवस्था देखिन्छ । माओवादी नेता–कार्यकर्ताहरूले कुनै पनि हिसाबले छोड्ने पक्षमा छैनन् । तपाईंका लागि टिकट दिन्छ पार्टीले भने हामी सहयोग गर्न तयार छौँ । टिकट दिँदैनन् भने गठबन्धनमा रहेका दलहरूले आफैँले बनाएको नीति पालना गरे पनि हाम्रा लागि सैह्य हुँदैन । गठबन्धनमै पहिले जितेकाले नपाउने भन्ने नीति थियो भने हाम्रो जोडबल गर्ने अवस्था हुँदैन । व्यवहारमा हामीले पाउने अवस्था रहेन भने विद्रोह हुने तल्लो तहका साथीहरूको भनाइ रहेकाले त्यो सम्भव छैन । व्यक्तिगत रूपमा तपाईं र मेरो कुनै कटुता छैन । हामी एकै पालिकाका हौँ । उहाँ पञ्चकन्या २ नं वडाको हुनुहुन्छ, म ३ नं वडाको । राजनीतिक सवालमा पार्टीले बनाएको नीतिअनुसार चल्न सकेनौँ भने कसरी सम्भव होला र भनेर मैले कुरा गरेको छु । मैले पनि छोड्ने कुरा हुँदैन, पार्टीले पनि छोड्ने कुरा हुँदैन । पार्टी र मैले छोडे पनि कार्यकर्ता तहबाट विद्रोह हुन्छ । कार्यकर्ताले छोड्ने अवस्था हुँदैन । राजनीतिलाई भावनात्मक बनाएर हुँदैन । त्यो वस्तुनिष्ठ र सिद्धान्तमा आधारित हुनुपर्छ । नीतिमा टेक्नुपर्छ । व्यावहारिक हिसाब उचित हुनुपर्छ । कुनै पनि हिसाबले भावनाको कुरा गरेर मात्र हुँदैन । भावनाको हिसाबले मैले कुनै महत्त्वाकांक्षा राखेको होइन । हिजो राजनीतिमा प्रवेश गर्दा माओवादीको यो तहको नेता बन्छु, सांसद बन्छु, मन्त्री बन्छु भन्ने उद्देश्य राखेर आएको होइन । पार्टीको इमानदार कार्यकर्ता भएकाले पार्टीसम्बद्ध गठबन्धनले बनाएको नीतिमा आधारित भएर मैले चुनाव लड्नैपर्ने हुन्छ भन्ने कुरामा म प्रस्ट छु । हामी एकले अर्कालाई असहयोग गर्नुपर्ने र टाढा हुनुपर्ने अवस्था होइन । पहिलो कुरा, देउवाजीको मात्र कुरा र कांग्रेसको मात्र सवाल भएन । नेतृत्वको हिसाबले देउवा र प्रचण्डको कुरा पनि हो । पार्टीगत हिसाबले कांग्रेस र माओवादीको कुरा हो । वस्तुगत अवस्था देउवाजीलाई पनि थाहा नभएको भन्ने नहुनुपर्ने हो । विगतमा उहाँको घमण्डले गर्दा पाइसकेका गाउँपालिकाहरू पनि उहाँले गुमाउनुपर्यो । स्थानीय चुनावमा केन्द्रमा बनेको नीतिका आधारमा लिनेदिने कुरा भएको थियो भने नुवाकोट १ मा माओवादीले भनेको दुईवटा गाउँपालिकाको अध्यक्ष मात्र हो । अध्यक्ष पाउनेले उपाध्यक्ष छोड्ने नीतिमा सातवटा उपाध्यक्ष पाउँथ्यो । तर, उहाँकै कारणले गठबन्धन भएन । मैत्रीपूर्ण प्रतिस्पर्धामा माओवादीले २ वटाबाट ३ वटा पालिका अध्यक्ष बनायो । सातवटामा पाँचवटा उपाध्यक्ष जितेको छ । उहाँहरूले चारवटा गाउँपालिकाको अध्यक्ष र दुईवटा पालिकाको उपाध्यक्ष मात्रै जित्न बाध्य हुनुभएको छ । कमरेड प्रचण्डलाई पनि नुवाकोटका बारेमा थाहा नहुने कुरै भएन । जिल्लाका नेतृत्व तहबाटै गएर वस्तुस्थिति तथा कार्यकर्ताको भावना र मतहरू पनि राख्यौँ । प्रचण्ड कमरेडले पनि सजिलैसँग छोड्नुहुन्छ भन्ने मलाई लाग्दैन । उहाँ कांग्रेसको प्रवक्ता म पनि माओवादीको पोलिटब्युरो सदस्य छु । जितेरै आएको छु संगठनमा पनि । त्यही ढंगले काम गरिरहेको छु । परिणाम पनि देखाएर आएको छु । एक जनाको चाहना र प्रेसरले मात्र टिकट पक्का हुने देखिँदैन । प्रचण्ड कमरेडले पनि सजिलै हुन्छ भन्ने अवस्था देखिँदैन । कतिपय राजनीतिक नेतृत्व तहमा कुरा भएको पनि मैले बुझेको छु । त्यहाँको वस्तुस्थितिविपरीत निर्णय गर्दा त्यसको परिणाम राम्रो हुँदैन भन्ने पनि सबैले बुझेका छन् । जे हुनुपर्छ, त्यही हुन्छ । मैत्रीपूर्ण प्रतिस्पर्धा गर्न बाध्य हुनेछौँ । दोस्रो विकल्पै छैन । त्रिपक्षीय प्रतिस्पर्धा गर्दा माओवादीले जित्छ । जनताले कसलाई चाहेका छन् । भूगोलले कसलाई चाहेको छ भन्ने कुरा प्रस्ट भनिसकेँ । अर्को, माओवादी र कांग्रेसबीच प्रतिस्पर्धा भएको मत हेर्ने हो भने बराबरजस्तै छ । पालिका उपाध्यक्षले पाएको मतलाई अध्यक्षले पाएको मत मान्ने हो भने खासै फरक छैन । वडा पनि १८–१८ वटा हो । भूगोलको माग मेरै भएकाले उहाँले गणना गर्नुभएको मत उहाँलाई नगई मलाई नै आउँछ । मैत्रीपूर्ण प्रतिस्पर्धा गर्दा माओवादीको जित हुने हो । उहाँले दाबी गर्दा पनि त्यही भन्नुहुन्छ होला । उहाँले जित्नुभयो भने मैले उहाँलाई माला लगाइदिऊँला, मैले जिते मलाई माला लगाइदिनुहोला । निर्वाचन केन्द्रित भएर होइन, समय नभएर हो । जहाँ पार्टी कमजोर छ, त्यहाँ संगठन बनाउनुपर्छ । पार्टीलाई बलियो बनाउनुपर्छ भनेर सोच र योजनाका साथ हिजो कमजोर भएको ठाउँमा केन्द्रित छौँ । जबर्जस्ती गर्न खोजिए विद्रोह नै हो । सकभर विद्रोह गर्नुपर्ने अवस्था नआऊला ।
|
shilapatra.com
|
5,569,340 |
नेपालमा बर्सेनि विभिन्न माध्यमबाट विदेशिने क्रम उकालो लागिरहेको छ । अझ यसको डरलाग्दो पक्ष भनेको शिक्षित र युवा जनशक्तिको पलायन हो । देशको भविष्यका आधार मानिने युवाको मस्तिष्कमा पढ्ने बहानामा विदेश जाने प्रवृत्तिले सबैतिर छोएको छ । एक समय अध्ययन गर्न निकै प्रतिस्पर्धा हुने विश्वविद्यालय र कलेजमा कोटा पूरा हुन हम्मेहम्मे पर्नुले हाम्रो शैक्षिक जनशक्तिको पलायनलाई उदाङ्गो पारेको छ । नेपालमै सम्भावना र भविष्य देख्ने जनशक्ति निकै न्यून रूपमा रहे
|
gorkhapatraonline.com
|
3,521,238 |
सोमबार राति दैलेखमा एक जनाले आफ्नै श्रीमतीको कुटपिट गरेर हत्या गरेका छन् । गुराँस गाउँपालिका वडा नम्बर –८ बस्ने कृष्ण बहादुर खड्काले आफ्नी श्रीमती पार्वती विसीको हत्या गरेका हुन् । पार्वतीको कुटपिट गरी मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । घटनाका स्थलमा रगत लागेको काठ भेटिएकोले उक्त काठले मृतक को टाउकोमा हानेर हत्या भएको हुनसक्ने प्रहरी नायव उपरीक्षक किशोर लम्सालले जानकारी दिनु भयो । तीन महिना अगाडि मात्र उनीहरूको बिहे भएको थियो । कृष्ण बहादुर बोल्न र सुन्न नसक्ने अवस्थाका थिए भने उनकी श्रीमति पार्वती पनि सुस्तमनस्थितिकी रहेकी स्थानियबासीले बताए ।मृतक पार्वती को गुराँस गाउँपालिका वडा नम्बर –६ मा माइती रहेको छ । मृतकका भिनाजु ले किटानी जाहेरी दिएपछि हत्याका आरोपी कृष्ण बहादुलाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय दैलेख ल्याएको छ भने पार्वतीको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल ल्याइएको छ । कृष्ण बहादुर बोल्न र कान सुन्न नसक्ने भएका कारण अनुसन्धान गर्न केही कठिन भए पनि थप अनुसन्धान थालिएको प्रहरी नायव उपरीक्षक लम्सालले जानकारी दिनु भयो ।
|
imagekhabar.com
|
5,064,184 |
भ्रमणमा रहेको चिनियाँ रक्षामन्त्री वेई र नेपालका प्रधान सेनापति पूर्णचन्द्र थापासँग भएको द्विपक्षीय भेटवार्ताका क्रममा उनले सो प्रतिबद्धता जनाएका हुन। सो भेटमा चिनियाँ प्रतिनिधिमण्डल र नेपाली सेनाबीच आपसी हितका विषयहरुमा छलफल भएको थियो। सो छलफलमा मुख्यतः कोभिड–१९ महामारीका कारण प्रभावित भएका तालिम तथा शिक्षार्थी आदानप्रदानका कार्यहरुलाई सुचार गर्ने तथा विगतमा सहमति भएका सैनिक सहायता प्राप्तिसम्बन्धी प्रगतिको बारेमा छलफल भएको थियो। ‘चिनियाँ रक्षामन्त्री जनरल वेई र उहाँको प्रतिनिधिमण्डलले दुवै विषयहरुलाई सकारात्मक रुपमा लिई उच्चस्तरीय भ्रमण लगायतका द्विपक्षीय सहयोगका कार्यहरु यथाशिघ्र सुचारु गर्ने बारेमा आश्वासन दिनु भयो,’ नेपाली सेनाको मुख्यालयमा आइतबार अपरान्ह भएको द्विपक्षीय वार्तापछि नेपाली सेनाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘त्यसै अवसरमा जनरल वेईले नेपाली सेनाको कोभिड–१९ महामारीविरुद्धको प्रतिकार्य सहयोगका लागि समेत प्रतिबद्धता व्यक्त गर्नुभयो।’ सो छलफलमा परराष्ट्र मन्त्रालयका प्रतिनिधि समेत उपस्थित रहेको नेपाली सेनाले जनाएको छ ।
|
nepalkhabar.com
|
1,506,083 |
काठमाडौं शब्दार्थ प्रकाशनले आगामी भदौ ९ गते एकै दिन एउटै कार्यक्रमका वीच २० वटा साहित्यिक पुस्तकहरुको विमोचन गर्दैछ । आफ्नो १४ औं वार्षिक उत्सवका वीच ती पुस्तकहरुको विमोचन गर्न लागिएको संस्थाका प्रबन्ध संचालक विनय कुमार शर्मा नेपालले जानकारी दिए । त्यस्तै सोहि कार्यक्रममा विगत ११ वर्ष देखि निरन्तर प्रकाशित विधा केन्द्रित साहित्यिक पत्रिका वैजयन्तीले हरेक वर्ष झैं यस वर्ष पनि वैजयन्ती स्रष्टा सम्मान गर्ने पनि बताइएको छ । सो सम्मान पाउनेमा इन्द्रकुमार श्रेष्ठ ‘सरित’ (कथा) , डा.लेखप्रसाद निरौला (समालोचना) , भाष्कर भण्डारी (निबन्ध) , वासुदेव अधिकारी (गद्यकविता) , वासुदेव पाण्डेय (गजल) , प्रभा भटटराई (गद्यकविता) गरि ६ जना रहेका छन् । साथै उक्त कार्यक्रममा शब्दार्थ प्रकाशनद्वारा प्रकाशित विविध विषय विधाका ३० वर्षदेखि ८० वर्ष उमेर सम्मका २० जना स्रष्टाका २० वटा पुस्तक समेतको सामुहिक विमोचन हुने प्रकाशनले जनाएको छ ।
|
kendrabindu.com
|
2,204,674 |
प्रजातन्त्र पुरवहालीका निम्ति सर्वोच नेता गणेशमान सिंहको नेतृत्वमा रहेको आन्दोलनमा पाँचथर, ताप्लेजुङ, इलाम र झापामा सकृयता देखाए। २०४७ सालदेखि नेपाल शिक्षक संघमा आवद्ध रहेर २०५३ सम्म काम गरे। २०५३ मा राजगारीका लागि दक्षिण कोरिया गए। त्यहाँ कांगे्रस आवद्ध संस्था जन सम्पर्क समिति स्थापक बिदेश बिभाग प्रमुख भएर काम गरे। २०६७ मा देश फर्किएका लावती २ वर्ष कांग्रेसको आदिवासी जनजाती बिभाग केन्द्रीय सदस्य बने। अनि उनी पाँचथर ‘ख’ को कांग्रेस क्षेत्रीय सभापति बने, ५ वर्ष। हाल २०७८ बाट नेपाली कांग्रेस केन्द्रीय महादिवेशन प्रतिनिधि। ४ दशकसम्म नेपाल कम्युनिष्ट पार्टी एमालेको एकछत्र राज रहेको कुम्भायकमा उनले पालिका प्रमुख जिते। उनी लावतीसित डिसी नेपालका लागि सुरेन्द्र सुवेदीले गरेको कुराकानीको संपादित अंश। कुम्मायक गाउँपालिकालाई दिगो बिकाश र समृद्धिको लागि बिभिन्न सुत्रहरु अपनाइएको छ। जस्तै सडक सञ्जाल १ नम्बर वडाबाट ५ नम्बर वडासम्म जम्मा २ सय ६ किलोमिटर खनिएको छ। यसलाई गुरु योजना बनाएर बर्गीकरण गर्ने योजना अगाडि बढाइएको छु। बर्गीकरणमा, यासोक-सरखण्डे, यासोक-उत्तरे,यासोक-साखासेरा, यासोक-लुम्बुघाटलाई (क) वर्गमा राखिएको छ। जुन सडकहरु छिट्टो भन्दा छिट्टो कालोपत्रे भए पछि सो सडकहरुलाई मानव ब्यावस्थापन र हरित सडक र उज्यालो सडकमा रुपान्त्रण गर्ने योजना रहेको छ। वडाहरुको सेवा केन्द्र सम्म पुग्ने सडकहरुलाई अलवेदर सँगै पक्कि सडकमा अगाडि बढाउने योजना छ। कृषिरोडहरुलाई स्तरबृद्धि गरि अल वेदर बनाउने योजना छ। गाउँ वस्तिमा जाने सडकहरुलाई कृषि पशु उत्पादनलाई मध्यनजर गरेर स्तर बृद्धि गर्ने योजना छ। किसान परिचयपत्र बितरण गर्ने योजना पनि छ। कुम्मायक गाउँपालिकाको केन्द्र यासोक बजारबाट निस्किने फोहोरलाई मोहोरको रुपमा रुपान्तत्रण पनि गरिने छ। कुम्मायक गाउँपालिकाबाट दिईने सेवालाई चुस्त, दुरुस्त बनाउने छु र आमनागरिकलाई सेवा प्रद्धत पालिका स्वमुल्याङकनलाई ध्यान दिएर अगाडि बढ्ने योजना छ। कृषि क्षेत्रलाई भगोल एवाईल म्यापिङ गरेर हावापानी, सिचाईं, अल्टिच्युट अनसार जनसंख्या हेरेर कृषकलाई दीर्घकालीन आत्मा निर्भरताको निम्ति उत्पादनलाई जोड र निर्यातलाई न्यनिकरण गर्ने योजना छ। पकेट क्षेत्र बनाउने पनि योजना छ । कुम्मायक गाउँपालिका भित्र रहेका विपन्न, असहाय, स्वास्थय उपचारमा पहच नपगेकाहरुको लागि जम्मा ५ सय जनालाई स्वास्थ्य बिमा अगाडी सारिएको छ। सामदायिक बिद्यालयहरुमा शैक्षिक गुणस्तरीयताको निम्ति विज्ञ सहितको अनुगमन, ब्याबस्थापन, मूल्याङकन प्रोत्साहन, शिक्षक नियमन सहितको कार्यक्रमसहित विपन्न, सिमान्तकृत विधार्थीलाई आवशीय व्यावस्था सहित अगाडि बड्ने योजना पनि छ । कुम्मायक गाउँपालिका भूगोलको हिसावले दुर्गम क्षेत्र हो। दुर्गम क्षेत्रहरुलाई सुगम बनाउन राज्यको आर्थिकभार छ भने सुख्खा क्षेत्र रहेको र खाद्यन्नमा ८० प्रतिशत पर निर्भर रहेको हुदाँ एउटा समस्या गरिवनै हो भने सख्खा क्षेत्र नै प्रमुख समस्या छन्। साथै कृषि उपज बस्तुहरुको बजारीकरण नहुन हो। निति तथा कार्यक्रमबाट भएका जति पनि बजेटहरु छन , यसलाई बितिय अनुसाशन कायम गर्दै आत्मनिर्भरलाई प्राथमिता दिने , परनिर्भरलाई न्युनिकरण गर्ने योजना छ । एक पाखे योजना, दोहोरो बजेट,दोहन,भोको दिमागमा जेलिएका कार्यक्रम, भुस्यायारलाई शुन्य सहनशिलता कायम गर्दे पालिकाको समग्र जन प्रमे र जन उतरादायित्वका साथ अगाडि बढ्ने छु । लदयलाई केन्द्रीकृत गरेर जाँदा अगाडी देखिएका चुनौतीहरु केहि न्युनिकरण हुन्छ, तर सबै समस्या समाधान हुने भन्ने कुरा मापन गर्न सकिन्दैन । यो राज्य संग गासिएका कतिपय पक्षहरु छन्। विद्युत आपुर्तिमा समस्या साथै तमोर लिफ्टिङ व्यवस्थापििकय पक्ष कम्जोर रहेकोले त्यो पक्षलाई सुधारेर हाउस कनेक्सनलाई सिस्टममा लानु पर्ने आवश्यकता देखिन्छ , डिप बोरिङ्गलाई सोलार बाट संचालनमा ल्याउने हो। उक्त सोलार पम्पिङबाट डिप बोरिङ्ग संञ्चालनमा आए खानेपानीको समस्या समाधान हुन्छ । साथै यो तमोर लिफ्टिङ रपिव बोरिङ्गमात्र दिर्घकालिन खानेपानीको रुपमा सम्भव देखिदैन । बैकल्पिक रुपमा केवल लिफ्ट सिस्टममा गए राम्राे हो कि भन्ने सोच रहेको छ । र पुरानो खानेपानी देउरालीबाट संचालनमा आएको स्रोतलाई व्यवसथित गर्दे , लाने र संचालनमा रहेका साना साना खानेपानीलाई मर्मत तथा व्यवस्थि तगर्दे प्लास्टिक पोखरीहरुलाई व्यापक रुपमा विस्तार गर्दै गयो भने खानेपानीको समस्या समाधान हुन्छ । विपत व्यावस्थापनको बिषयमा कुम्मायकका केहि ठाउँहरु पहिरोको उच्च जोखिममा छन । गत साल पनि कुम्मायकमा पहिरोका कारण नागरिकले ज्यान गुमाउनु परेको थियो। धेरै नागरिकहरु विस्थापित भएका थिए । तर यस पटक भने कुम्मायकका केही ठाउँहरु बाढी पहिरोको उच्च जोखिममा राखिएको छ । ती ठाउँहरुमा आवश्यक सर्तरकता अपनाउन अनरोध गरिएको छ । नागरिकहरुको विपत र कठिनाईलाई हामीले प्रशासन, स्वास्थ्यकर्मीबाट हामी नागरिक संँगै रहने छौ। साथै सूचनामार्फत नागरिकहरुलाई सचित गर्दे जाने छौँ । बर्खाको समयमा ग्रामीण सडक बन्द हन्छन तर पनि अहिले हामी सँग एउटा जे.सी.वी छ, खडक बन्द भए जे.सी.वीको प्रयोग गर्ने छाैं। मंहगीको बिषयमा स्थानीय सरकारले बजार क्षेत्रमा अनगमनको काम गर्ने छ । व्यावसायी ,व्यापारीहरुले सर्वसाधरणलाई ठगेको पाईएमा ऐन, कानन अनसार कारवाहिको दाएरा ल्याउने छाैं। स्थानीय सरकार संचालन ऐन २०७४ र नेपालको संबिधान २०७२ ले स्थानीय सरकार पक्ष र बिपक्ष भनेर परिकल्पना गरेको छैन । स्थानीय सरकारलाई अल्पमत र महुमतको कल्पनानै गरिएको छैन। दलगत निर्देशनको ह्विपलाई महत्व दिएको छैन । त्यसैले जुन दलबाट निर्वाचित भएर आए पनि दलगत सहभागी भन्ने अर्थ नै लाग्दैन सबै जन प्रतिनिधि आम नागरिकको अभिभावक हुन्। दिगो बिकास र समृद्धिको लागि स्थानिय सरकारको मार्ग जन अपेक्षा र युग सुहाउदो एउटै मात्र बाटो छ । जनताको लक्ष्य, बिकासको लक्ष्य फरक फरक छैन। बिकासको बिन्दु एउटै हो। ‘काम गर्दै जाँदा अहिले नगरे कहिले गर्ने ? हामीले नगरे कस्ले गर्ने ? आफ्नो पालिकामा नगरे कहाँ गर्ने ?’ त्यसैले हामी हारको लक्षणहरु समस्या नै देख्दैनौँ । चालेको पाइलामा जितको सम्भावनाहरु देख्छाैं। त्यस भित्र अनेकौँ खुसीहरुको सार्मथ्य छ भन्नेमा विश्वास लिनै पर्छ। निर्वाचित भईसकेपछि गरेका कामहरुको प्रगती देखिने समय भएको छैन । तर पनि निर्वाचित भईसके पछि हामीले धेरै कामको सरुवात गरिसकेका छौँ । निर्वाचन ताका समयमा मईले गरेका प्रतिवद्धता अनौठो र कन्जरभेटिभ र ट्रेडिसनल छैनन्। यो भगोलले सहाउदो जनताको चाहानालाई मर्मस्पर्सी ढंगले अध्यन गरेर मात्र घोषण पत्रमा राखिएको छ। कृषक किसान, मजदर, शिक्षक , बिद्यार्थी , जेष्ठ नागरिक, महिला, दलित, बिपन्न, परिवार मजदर लक्षित बर्गको उन्नती प्रगतीलाई कम्मायकको समृद्धिलाई परिकल्पना गरिएको बदाहरुबाट ब्याबहारमा उर्ताने भनेपछि कतिपय प्रतिबद्धताहरु परा नहने अवस्था नरहलानै भन्ने लाग्छ। र अन्त्यमा बोलेर भन्दा पनि काम गरेर निर्वाचनअघि जनतासामु गरेका प्रतिबद्धता पूरा गर्ने छु ।
|
dcnepal.com
|
2,758,488 |
जसका कारण हाल सुदूरपश्चिम प्रदेशलगायत गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रही देशका बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत अन्य पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा तथा बागमती र कोशी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ । रातिको समयमा पनि कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थान तथा बागमती र कोशी प्रदेशका पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको छ । आज काठमाडौँको न्यूनतम तापक्रम १५ दशमलव ४ र अधिकतम तापक्रम ३२ दशमलव ५ डिग्री सेल्सियस रहेको छ ।
|
eadarsha.com
|
2,675,897 |
महोत्तरी निर्वाचन क्षेत्र ३ (ख) बाट राजपा नेपालबाट प्रत्यक्ष निर्वाचित प्रदेश सांसद रानी शर्मा तिवारीले लोसपा रोजेकी हुन् । उनले आइतबार प्रदेश निर्वाचन कार्यालय पुगेर लोसपाको पक्षमा सनाखत गरेकी हुन् । महन्थ ठाकुर नेतृत्वको लोसपामा सनाखत गर्ने उनी जसपाका दोस्रो प्रदेश सांसद हुन् । यसअघि पर्साको निर्वाचन क्षेत्र ३ (ख) बाट तत्कालिन संघीय समाजवादी फोरमबाट प्रत्यक्ष निर्वाचित प्रदेश सांसद प्रह्लाद गिरीले लोसपामा सनाखत गरेका थिए । त्यस्तै प्रदेशसभा सदस्यहरु उपेन्द्र महतो र अभिराम शर्माले समेत लोसपाको पक्षमा सनाखत गरेका छन् । प्रदेशसभा सदस्यहरूमा परमेश्वर साह, सुरिता साह, जयनुल राइन, बबिता चौधरी, निलम देवी भूमिहारिन, अल्का झा, गौरीनारायाण साह, जानकीशरण साह, रमेशप्रसाद कुर्मी र बाबुलाल साह लगायतकाहरुले यसअघि नै लोसपाको पक्षमा सनाखत गरिसकेका छन् । जसपामा पूर्व फोरमका ३० र राजपाका २५ गरी जम्मा ५५ जना प्रदेश सांसद छन् । तिवारीले लोसपाको पक्षमा सनाखत गसँगै प्रदेश २ मा १५ पुगेका छन् ।
|
ratopati.com
|
3,252,649 |
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तीन नेताबीच भेटवार्ता भएको हो । भेटमा समसामयिक राजनीतिबारे छलफल भएको एमाले अध्यक्ष ओलीले जानकारी दिए । भेटवार्तापछि संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले भने, ‘समसामयिक परिस्थितिको बारेमा छलफल भएको हो ।’ भेटमा आइतवारबाट संसदमा शुरु हुने आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा बसेको प्रतिपक्ष दलहरुको बैठकमा नेपाल सहभागी भएको विषयमा पछि छलफल भएको बताइएको छ । नेकपा एमालेले सत्तारुढ दल भएर विपक्षी दलहरुको बैठकमा सहभागी भएको विषयलाई गम्भीरताका साथ लिएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले भने अध्यक्ष नेपाल आफूसँग परामर्श गरेरै प्रतिपक्ष दलहरुको बैठकमा गएको बताएका छन् । माधव नेपालका कारण सत्ता गठबन्धनमा समस्या नआउने प्रधानमन्त्री प्रचण्डको विश्वास छ ।
|
nepalijanta.com
|
2,775,332 |
पर्वतको जलजला गाउँपालिका–५ कुवापानीको पहाडबाट खसेको पहिराले पाँच बस्ती जोखिममा परेका छन् । बस्तीभन्दा माथिको पहाडको डिल चिरा परेर जङ्गलमा खसेको पहिरो लेदो बनेर बग्न थालेपछि खेतीयोग्य जमिनमा क्षति पुग्नुका साथै ६ घरपरिवारसमेत विस्थापित भएकाे छ । पहाड नै चर्किएर झर्न थालेपछि तल रहेका बस्तीका एक सयभन्दा बढी घर जोखिममा परेको जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले जानकारी दिएका छन् । गत असार ११ गते राति कुवापानीको चिहानडाँडाबाट खसेको पहिरो बगेर तलका बस्तीमा आएपछि जोखिम बढ्दै गएको छ । पहिरो रोकथाम तथा नियन्त्रणका विषयमा जिल्ला विपद् व्यवस्थापन समितिका पदाधिकारीले समेत स्थलगत अनुगमन गरी आवश्यक योजना निर्माणको तयारी गरेको उनले बताए । स्थानीय मूलघडेरी बस्तीका पदमबहादुर कार्की, रेशमबहादुर कार्की, नगेन्द्र कार्की, रजिन मगर, अमिर मगर र डम्मरबहादुर खत्रीका परिवार पहिराका कारण विस्थापित भएका जलजला–२ का वडाध्यक्ष प्रकाश जिसीले जानकारी दिए । “पहिराको कमेरे माटो बस्तीमाथिको जङ्गलको मूलको पानीमा मिसिएर लेदो बनेर बग्न थालेको छ”, उनले भने, “आकाशबाट पानी पर्नेबित्तिकै लेदोसहितको बाढी आउँदा भागाभाग हुन्छ ।” पहिराले जलजला–२ को मूलघडेरी, पूर्णगाउँ, नेपाने, टमिलाखर्क, गौरेटो हुँदै कालीगण्डकी किनारमा रहेको म्याग्दीको गलेश्वरसम्म जोखिम बनाएको छ । स्थानीय पदमबहादुर कार्कीले पहिरो खस्न थालेपछि पूर्णगाउँको नवजागरण आमा समूहको भवनमा बस्ने गरेको बताए । “यसअघि जङ्गल र मूलघडेरीको पाखोमा अडिएको पहिराको लेदो शनिबारको वर्षात्पछि पूर्णगाउँको तालसम्म पुगेको छ”, उनले भने, “बराहताल परिसरमा रहेका दुईवटा मन्दिर पनि जोखिममा परेका छन् । पौवाभित्र बाढी पसेको छ ।” स्थानीय डम्मरबहादुर खत्रीको सुन्तला बगैँचा र बारी बाढीले पुरेको छ । मूलघडेरीमा करिब ७० रोपनी खेत र बारी पहिराको लेदोले पुरिएर क्षति पुगेको छ । लेदोले पुरिएपछि यसपालि धान र कोदो रोपाइ पाएका छैनन् । खेतीयोग्य जमिन बाँझै राख्नुपर्ने अवस्था आएको छ । पहिरो र जोखिममा परेका ठाउँका तीन चरणमा स्थलगत अध्ययन गरी थप क्षति हुन नदिन सतर्कता अपनाइएको अध्यक्ष आचार्यले बताए । “चर्किएको पहाडको डिललाई व्यवस्थापन गर्न सक्ने विकल्प छैन्”, उनले भने, “पहिरोबाट आउने लेदोलाई बस्ती र खेतीयोग्य जमिनमा पस्न नदिन मूलघडेरीमा बाँध र नहर बनाइएको छ ।” मूलघडेरीबाट खोल्सा र सडकमा लेदो बगाएर तल्लो क्षेत्रका बस्तीमा क्षति हुन नदिन गाउँपालिकले डोजरसहित कामदार परिचालन गरेको उनले बताए । विसं २०७२ को भूकम्पपछि यो पहाड चर्किन थालेको हो । यसअघि पनि उक्त स्थानका पाँच घरपरिवार विस्थापित भएका थिए । पहाडबाट लेदो नै बग्न थालेपछि हरेक वर्षायामको समयमा यहाँका नागरिक त्रासदपूर्ण अवस्थामा बस्दै आउनुपरेको छ ।
फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । दियोपोस्ट प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला । धन्यवाद ।
|
diyopost.com
|
966,300 |
सदरमुकाम बेसीशहरको सेरा बजारमा आइतबार एक यात्रुबाहक बस अनियन्त्रित भई पैदलयात्रीलाई ठक्कर दिँदा चार जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् ।
|
ekantipur.com
|
4,505,330 |
उनीहरुको पथ पछ्याउँदै सगरमाथा आरोहण गर्नेहरुको संख्या अहिले हजारौंमा छ। यतिसम्म कि सगरमाथा चढ्ने क्रममा आरोहीहरु ‘जाम’मै पनि पर्छन् बेलाबेलामा ।
अस्पतालको बेडमा आँखा खुल्दा चिकित्सकले उनलाई ‘अब कहिल्यै हिँड्न सक्दैनौ’ भनेका थिए। कार दुर्घटनामा उनले मृत्युलाई त जिते तर उनी ‘स्पाइनल कर्ड इन्जुरी’ र डिप्रेशनको शिकार हुनपुगे ।
साथीभाइ भेट हुँदा होस् या अफिसियल मिटिङ, कफीको माहोल बनिहाल्छ। कफीको यो बजारले कफी उत्पादक किसानदेखि वितरक र क्याफे संचाकहरुलाई पनि फाइदा पुगेको छ ।
सबैभन्दा पहिलो क्रिप्टोकरेन्सी ‘बिटकोइन’ले गरेको वाचा थियो यो। ठूला कर्पोरेसन, सरकार, बैंकजस्ता केन्द्रिकृत निकायको नजरभन्दा पर रहेर कारोबार गर्न सकिने क्रिप्टोकरेन्सीको विशेषता मानिन्छ ।
त्यहाँ गायक अलमोडा राना उप्रेतीसँग भेट भइरहन्थ्यो। सन्दर्भ २०७१ सालको तिहारअघिको हो। अरुबेला झै उनी स्टुडियो पुगिन्। स्टुडियोमा कुरैकुरामा तिहारको गीत बनाउने भन्ने कुरा चल्यो। त्यतिबेला गायक नवाज अन्सारी, बिटबक्स गर्ने फ्रान्सका रोलन्ड कारबेटी मेकलिहरु पनि त्यहीँ थिए ।
मानिसको शरीरको सामान्य तापक्रम ३७ डिग्री सेल्सियस (९८.६ डिग्री फरेनहाइट) हो। शरीरको तापक्रम यो भन्दा एक डिग्री मात्रै बढेमा पनि त्यसलाई ज्वरो मान्ने गरिन्छ ।
यो समयमा अन्य समयभन्दा ठूलो परिणाममा मासु घरमा ल्याउने गरिन्छ। दशैँमा मासु खानु हाम्रो परम्परा नै पनि हो ।
मासु हामीलाई मात्र होइन किटाणु तथा ब्याक्टेरियालाई पनि निकै मन पर्छ। मासुमा निकै धेरै पौष्टिक तत्व भएको हुनाले पनि यसमा किटाणु तथा ब्याक्टेरियाहरु आकर्षित हुने फूड टेक्नोलोजिस्ट (खाद्य प्राविधिक) प्रतिभा एसीले बताइन् ।
'ग्लोबल क्लाइमेट स्ट्राइक' (विश्वव्यापी जलवायु हडताल) नाम दिइएको उक्त प्रदर्शनमा विशेषगरी स्कुले छात्रछात्राको सहभागिता थियो। तर यो प्रदर्शनमा हरेक तह र तप्काका मानिसहरुको साथ र सहयोग पनि थियो ।
कुनै समय आफ्नो यौवनको चाल अनुसार मनोमानी गर्दै हिँड्ने उनी अहिले भने संयमित छिन्। कुनै समय संसारलाई नै प्रेम गर्न तयार उनी अहिले प्रेम गर्नुअघि सतर्क हुन्छिन्। अनि, कुनै समय आफ्नो आमाबुबाबाट टाढा भएकी उनी अहिले उनीहरुको टुट्न लागेको सम्बन्ध फेरी जोड्न सफल भएकी छिन् ।
साथमा उनले नयाँ फिल्मको तयारी पनि गरिरहेकी छिन्। ‘नाइ नभन्नु ल ४’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी आँचलले हालसम्म ‘जोनी जेन्टलम्यान’, ‘शत्रु गते’, ‘ब्ल्याक’ र ‘दाल भात तरकारी’मा अभिनय गरिसकेकी छिन्। पहिलो फिल्मबाट नै उनको अभिनयको तारिफ गरिएको थियो ।
|
pahilopost.com
|
3,444,725 |
जङ्गली बँदेलको आक्रमणबाट बैतडीमा एक वृद्धको मृत्यु भएको छ । अन्य तीनजना घाइते भएका छन् । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–१ घोरडीका ७७ वर्षीय मनोरथ जोशी रहेका छन् । उनको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा आज मृत्यु भएको प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । सोमबार साँझ जङ्गलबाट गाउँपसेका जङ्गली बँदेललाई धपाउन खोज्दा उनीहरुमाथि आक्रमण गरेको हो । आक्रमणबाट जोशीसहित स्थानीय बल्देव कार्की, वीरभान सार्की र हरिदत्त जोशी घाइते भएका थिए । अर्का घाइते कार्कीको धनगढीमा तथा सार्की र जोशीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । काठमाडौं । प्रतिपक्षी बेच्नमा हुँदा नेपाली काँग्रेसले सबैभन्दा बढी उठाएको विषय हो– सहकारी प्रकरण । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद नेपालीमा उखानै छ- हात्ती आयो, हात्ती आयो फुस्सा । यो उखान नेपाली राजनीतिमा रवि लामिछानेसँग नेपालमा बडो विचित्रको राजनीति चल्छ । कोही पनि प्रतिपक्षको बेन्चमा बस्न तयार छैनन् । अनेक काठमाडौं । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा पवन श्रेष्ठलाई सात दिनभित्र कार्यालयमा हाजिर काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका बहुचर्चित फरार अभियुक्त बेचन झा पक्राउ परेपछि नयाँ समीकरण काठमाडौं । तस्करलाई सघाएको आरोपमा मोरङको सशस्त्र प्रहरी प्रमुख एसपी विश्व खड्कामाथि आन्तरिक छानबिन सुरु काठमाडौं ।
|
drishtinews.com
|
3,610,893 |
कोरोना रोग नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको निषेधाज्ञाका कारण विगत तीन हप्तादेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योग शनिबारदेखि सञ्चालनमा आएको छ । स्थानीय प्रशासनको स्वीकृतिमा आजदेखि उद्योग सञ्चालन चितवन । भारततर्फ केराउ लगायतका खाद्य सामाग्रीको तस्करी बढेपछि जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले ओसारपसार र ढुवानीमा प्रतिबन्ध लगाएको छ । सीमा नाकाको आवतजावतमा पूर्णरुपमा रोक लगाइएपनि सीमावर्ती नाकाबाट हरियो र सेतो केराउ, छोहडा र काठमाडौं । नेपाल निर्माण व्यवसायी महासङ्घले रेल्वे ठेक्काका विषयमा रेल्वे विभागको टेण्डरमा संस्थाको अगुवाईमा कुनै काठमाडौं, भदौ १२ । कोरोनाको संक्रमण फैलन थालेसँगै देशभरका ५० भन्दा बढी जिल्लामा स्थानीय प्रशासनले काठमाडौं, भदौ १२ । कालीमाटी तरकारी बजारमा व्यापारी र उपभोक्ता दुवैले कोरोना सङ्क्रमण रोकथामका लागि काठमाडौं, भदौं १२ । उद्योगपति एवं प्रतिनिधिसभाका सांसद विनोद चौधरीलाई कोरोना संक्रमणको पुष्टि भएको छ -राजेश जीसी/ईमेजप्यूठान । प्यूठानको सुन्दर झिमरुक फाँट पछिल्लो समय मासिँदै गएको छ । खाद्यान्नको भण्डार काठमाडौं । नेपाली सेनाको व्यवस्थापनमा आर्थिक वर्ष २०७६/०७७ मा मुलुकमा सञ्चालन रहेकामध्ये पाँच आयोजनाको लक्ष्यको काठमाडौं । काठमाडौं–रक्सौल रेलमार्गको अध्ययन अघि बढाउन भारत सरकारले चासो देखाएको छ । अध्ययनका लागि पाँचथर, भदौ ११ ।
|
imagekhabar.com
|
3,587,442 |
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले योग्य जतिलाई छाडेर त्रिभुवन विश्वविद्यालय (त्रिवि)को उपकुलपतिको सर्टलिष्ट बनाएको आरोप लगाउनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले मेरिटोक्रेसीको कुरा गरेर गठबन्धनका लागि जस्तोसुकै अनुचित क्रियाकलाप गरिसकेका योग्य सावित नहुनेहरुलाई त्रिविको उपकुलपति बनाउन लागेको जिकिर गर्नुभएको हो । बुधबार पार्टी निकट विद्यालय संगठन अनेरास्ववियुले पार्टी मुख्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले दलीय आधारमा उपकुलपति हुँदैनन् भनेर भन्ने प्रधानमन्त्री दाहालले मेरिटोक्रेसीको नाममा ठाडै राजनीतिक दलको सेवा गरेर हिँड्नेहरुलाई त्रिवी उपकुलपतिमा सर्टिङ गरेको भन्दै आक्रोश व्यक्त गर्नुभयो । उहाँले मेरिटोक्रेसीको नाममा त्रिवि उपकुलपति छनौटको विषयलाई प्रधानमन्त्रीले नाटकको रुपमा मञ्चन गर्ने काम गरेको समेत बताउनुभयो । अध्यक्ष ओलीले गैर आवासीय नेपाली संघको निर्वाचनमा नेपाली कांग्रेसले पटक पटक लफडाको विषय बनाएर फुटाउने काम गरेको पनि दोहोर्याउनुभयो ।
|
imagekhabar.com
|
449,087 |
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाललाई एमालेको एक पक्षले साथमा लिने प्रयास थालेपछि एसका अध्यक्ष माधवकुमार नेपालले षड्यन्त्र भइरहेको बताएका छन् । सोमवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले सत्ता गठबन्धनबाट आफ्नो पार्टीलाई बाहिर निकाल्ने षड्यन्त्र भइरहेको बताएका हुन् । एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको इलाम क्षेत्र नम्बर २ मा एसका नेता खनाललाई प्रतिनिधि सभा सदस्यको साझा उम्मेदवार बनाउने गरी एमालेको एक पक्षले रणनीति बनाइरहेको छ । भने नम्बाङकै कान्छा छोराले सो ठाउँबाट निर्वचन लड्ने सङ्केत देखाएका छन् । एमालेको अर्को पक्ष भने नम्बाङकै छोरालाई दिनुपर्ने लबिङ गरिरहेको छ । अध्यक्ष नेपालले गठबन्धनलाई कमजोर पार्नका लागि आफ्नो पार्टीलाई बाहिर निकाल्ने काम भइरहेको बताएका छन् । उनले सबै सो षड्यन्त्रबाट होसियार रहन आग्रह गरे। उनले भने, ‘हाम्रो पार्टीलाई बाहिर निकाल्नका लागि जुन किसिमको षड्यन्त्र भइरहेको छ । त्यसबाट होसियार हुनका लागि म सबैलाई आह्वान गर्न चाहन्छु । ' पार्टी भित्र नेपालले अन्तर पार्टी निर्देशिका (अपानी) आफू अनुकूल बनाएपछि पार्टी भित्र झलनाथसहित अन्य नेताहरू असन्तुष्ट छन् । झलनाथ पछिल्लो समय एमालेतिर नजिकिएसँगै नेपालले गठबन्धनलाई दोष दिएका हुन् ।
|
hamrakura.com
|
3,783,772 |
राजधानीको पेप्सीकोला स्थित सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोमबार र्यापिड टेष्टका क्रममा ३ जनामा संक्रमण देखिएपछि उनीहरुलाई पाटन अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो । उनीहरु एकै परिवारका रहेका जनाइएको छ । भर्ना गरेर थ्रोट स्वाब संकलन गरेर भएको परिक्षणमा २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताइएको छ । एक जनाको भने रिपोर्ट आउन बाँकी छ । उनीहरु २८ दिनअघि बेलायतमा फर्किएका थिए ।
|
emountaintv.com
|
1,275,167 |
अर्की एक बालिका वेपत्ता छिन् । कल्भर्टबाट पैनीमा खसेर यस्तो घटना भएको हो । मोरङ प्रहरी प्रवक्ता डिएसपी राजकुमार खिउजुका अनुसार पथरीशनिश्चरे नगरपालिका–६ का राजीव तामाङकी छोरी ११ वर्षीया श्रृजना तामाङ र राजीवकै घरमा बस्दैआएकी इलाम दानाबारीका कृष्ण तामाङकी छोरी ८ वर्षीया प्रिती पैनीमा डुबेर बेपत्ता भएका थिए । सुनवर्षी–४ स्थित फूपुको घरमा साइकल चढेर जाने क्रममा सुनवर्षी–२ मा रहेको कल्भर्टकबाट साइकलसहित पैनीमा खसेका थिए । प्रहरीका अनुसार वेपत्ता भएकामध्ये घटनास्थलबाट लगभग सय मिटर तल प्रितीको शव फेला परेको हो । श्रृजना अझै वेपत्ता रहेको र खोजी तिव्र पारिएको बताइएको छ ।
|
annapurnapost.com
|
3,429,477 |
नेपालको सन्दर्भमा पञ्चायती व्यवस्था ढालेर बहुदलीय व्यवस्था ल्याउन अभियानका रुपमा ‘मिनस पत्रकारिता’ सुरु भएको हो । यो शब्द नेपाली पत्रकारितामा चलाइएको ‘नेङ्लिस’ (नेपाली, अंग्रेजी) को ठिमाहा हो । अंग्रेजीमा भन्नु पर्दा यसलाई मिसन अफ जर्नालिजम भनिन्छ । एउटा निश्चित उद्देश्य प्राप्तिका लागि गरिने पत्रकारिता नै मिसन अफ जर्नालिजम हो । विसं १९०३ देखि २००७ सालसम्मको समयमा राणाहरूले नेपालमा पारिवारिक शासन गरे । त्यस समयमा राणा भाइ–भाइहरूमा प्रधानमन्त्रीको पद सार्दै जाने प्रचलन थियो । देशका मुख्य शक्तिशाली पदमा राणा परिवारको हुकुमी शासन थियो । त्यसबेला देश राणाको इसारामा चल्थ्यो, राणाले जे भन्थे त्यही हुन्थ्यो । आर्थिक, सामाजिक, शैक्षिकलगायत सम्पूर्ण क्षेत्रमा अरूलाई कडा बन्देज थियो । त्यस समयमा जंगबहादुरको नाम निकै चर्चामा थियो । त्यसपछि २००७ सालमा राणा शासनको अन्त्य भयो र प्रजातन्त्रको स्थापना भयो । राणाले गर्दै आएको हुकुमी शासन अन्त्य भयो । जनताले राहतको महसुस गरे । राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिकलगायतका क्षेत्रमा सहजता आयो । तर, प्रजातन्त्र लामो समय टिकेन । २०१७ साल पुस १ गते पञ्चायती व्यवस्थाको स्थापना भयो । विसं २०१५ सालमा भएको संसदीय चुनावबाट निर्वाचित सरकारलाई २०१७ साल पुस १ गते दिनदहाडै तत्कालीन राजा महेन्द्रबाट अपदस्थ गरियो । पञ्चायती शासन स्थापना गरेपछि राजनीतिक दल प्रतिबन्ध गरिए भने जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला, उनका मन्त्रिमण्डलका सदस्य, सांसद, राजनीतिक दलका नेता र कार्यकर्तालाई रातारात पक्राउ गरेर जेल हालियो । राजनीतिक दलका नेताहरू राजकाज, राज्यद्रोहलगायतका मुद्दामा लामो समय जेल बसे । पञ्चायतले पक्राउ गर्न नसकेका राजनीतिक दलका नेता तथा कार्यकर्ता ठूलो संख्यामा भारतका बनारसलगायत विभिन्न सहरमा निर्वासित भए । बीपी कोइरालाले आफ्नो निर्वासित जीवनको अधिकांश समय वनारसमै व्यतित गरे । यसै समय वनारसमै रहेर नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठ, मोहनविक्रम सिंह, प्रदीप गिरी, मोदनाथ प्रश्रितलगायत अन्य प्रजातान्त्रिक योद्धाहरूले नेपालको प्रजातन्त्र प्राप्तिको लडाइँ प्रवासमै रहेर पनि जारी राखे । नेपालको सन्दर्भमा पञ्चायतविरुद्ध पत्रकारले गरेको विद्रोहबाट ‘मिसन पत्रकारिता’ प्रारम्भ भएको हो । मिसन पत्रकारिताको मूल ध्येय जनपक्षीय मुद्दामा कलम चलाउनु हो । यस सन्दर्भमा ‘दृष्टि सप्ताहिक’ले चार दशकयता आफ्नो जिम्मेवारी बिर्सेको छैन । पञ्चायतको स्थापना भएको दुई–तीन वर्षमै देशभरि पञ्चायतको जगजगी फैलियो । पञ्चायतलाई बलियो बनाउने गरी राजालाई सर्वाधिकार सम्पन्न व्यवस्थासहित २०१९ सालमा पञ्चायती संविधान लागू भयो । त्यस समय पञ्चायती शासन व्यवस्थाका मान्छेहरूले भन्ने गर्दथे– ‘सबै नेपाली पञ्च, सबै पञ्च नेपाली ।’ उनीहरूले पञ्चायती व्यवस्था र नेपाललाई एक–अर्काका पूरकको रूपमा प्रचार गर्ने गर्दथे । पञ्चायत नरहे देशै रहँदैन भनेर प्रचार गरिएको थियो । कांग्रेस र कम्युनिस्ट पार्टीलाई अराष्ट्रिय तत्व घोषणा गरिएको थियो । तर, २०१८ सालको क्रान्ति, २०३३ सालको बीपीको मेलमिलाप नीति, २०३६ सालको विद्यार्थी आन्दोलन आदिको दबाबका कारण २०३६ सालमा तत्कालीन राजा वीरेन्द्रले नेपालमा जनमत संग्रह गराए । बहुदल वा सुधारिएको पञ्चायत कुन रोज्ने ? भनी गराइएको जनमत संग्रहमा राज्य शक्तिको चरम दुरूपयोग गरी पञ्चायत पक्षलाई जिताइए पनि बीपीले प्रजातान्त्रिक प्रक्रियाको थालनी भएको भनेर त्यसलाई स्वीकार गरे । त्यसपछि पनि देशमा बहुदलीय व्यवस्था स्थापना हुन नसकेपछि २०४२ सालमा नेपाली कांग्रेसले सत्याग्रह सुरु गर्यो । र, विसं २०४६ मा नेपालको प्रथम जनआन्दोलन भयो । ५० दिने सो आन्दोलनमा पञ्चायती शासकहरूले निकै दमन गरेका थिए । नेपालका विभिन्न दलहरू एकै उद्देश्य लिएर जनआन्दोलनमा होमिए । नेपाली कांग्रेसको नेतृत्वमा विभिन्न कम्युनिष्टको समूह संयुक्त वाम मोर्चा बनाएर आन्दोलनमा होमिएका थिए । अन्ततः यो कदम २०४६ मा जनआन्दोलनमा परिणत भयो र विसं २०४६ चैत २६ गते नेपालमा पञ्चायती शासन व्यवस्थाको अन्त भएर बहुदलीय शासन व्यवस्था प्रारम्भ भयो । र, यस आन्दोलनको रापमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईलाई राजा वीरेन्द्रले प्रधानमन्त्री नियुक्त गरे । सुरुमा राजा वीरेन्द्रले गणेशमान सिंहलाई प्रधानमन्त्री बन्न भनेका थिए । तर, गणेशमानले आफू प्रधानमन्त्री नबन्ने भनेपछि सिंहले राजासमक्ष कृष्णप्रसाद भट्टराईलाई प्रधानमन्त्री बनाउन सुझाएका थिए । त्यसपछि वीरेन्द्रले भट्टराईलाई प्रधानमन्त्री नियुक्त गरेका थिए । २०४७ कात्तिक २३ गते नेपालको नयाँ संविधान जारी भयो । र, नेपालको अन्तरिम संविधान २०६३ लागू भएपछि उक्त संविधान खारेज भएको हो । हाल देशमा संविधानसभाबाट निर्मित नेपालको संविधान छ । नेपालमा विभिन्न कालखण्डमा सत्तापक्षले आफ्ना विरोधीहरूको दमन गर्दै आएको इतिहास छ । चाहे त्यो राणाकालमा शुक्रराज शास्त्रीलाई धार्मिक प्रवचन दिएवापत फासी दिइएको होस् वा सुब्बा कृष्णप्रसाद अधिकारीलाई ‘मकैको पर्व’ लेखेवापत जेलमा सडाएर मारिएको होस् । यसरी नेपालमा विभिन्न कालखण्डमा समयअनुसार आजको भाषामा मिसन पत्रकारिता हुँदै आएको मान्न सकिन्छ । नेपालको पछिल्लो कालखण्डमा मिसन पत्रकारिता मौलाएको हो । समीक्षा, मातृभूमि, राष्ट्रपुकार, पुनर्जागरण, जनादेश (सम्पादक क्रमशः मदनमणि दीक्षित, गोविन्द वियोगी, माथवरसिंह बस्नेत, होमनाथ दाहाल र शक्ति लम्साल) आदिले आमजनताबीच सूचना सम्प्रेषण गरेर प्रजातन्त्र, लोकतन्त्रको अलख जगाउने काम गरेकै हुन् । तर, यी कुनै साप्ताहिकले निरन्तरता दिन सकेनन् । यस मानेमा शम्भु श्रेष्ठको सम्पादनमा ‘दृष्टि’ ४० वर्षदेखि अनेक हण्डर खाएर पनि मिसन पत्रकारितामा जनताप्रति समर्पित छ । वास्तवमा मिसन पत्रकारिता भनेको जनताको आवाजलाई पाठकसमक्ष पुर्याउनु हो । सत्ताले गरेको गलत कर्मलाई आम जनतासमक्ष ल्याएर उनीहरूलाई सजग गराउनु हो । त्यसकारण मिसन पत्रकारिताको महत्व कुनै पनि कालखण्डमा घटी वा बढी हुँदैन । यस मानेमा दृष्टिले पाठकप्रति न्याय गरिनै रहेको छ । र, गरिरहनुपर्छ पनि । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद नेपालीमा उखानै छ- हात्ती आयो, हात्ती आयो फुस्सा । यो उखान नेपाली राजनीतिमा रवि लामिछानेसँग नेपालमा बडो विचित्रको राजनीति चल्छ । कोही पनि प्रतिपक्षको बेन्चमा बस्न तयार छैनन् । अनेक काठमाडौं । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा पवन श्रेष्ठलाई सात दिनभित्र कार्यालयमा हाजिर काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका बहुचर्चित फरार अभियुक्त बेचन झा पक्राउ परेपछि नयाँ समीकरण काठमाडौं । तस्करलाई सघाएको आरोपमा मोरङको सशस्त्र प्रहरी प्रमुख एसपी विश्व खड्कामाथि आन्तरिक छानबिन सुरु काठमाडौं । सशस्त्र प्रहरी बल २७ नं. गण रुपन्देहीमा कार्यरत रहेका एसपी आनन्द थापा मगरले काठमाडौं ।
|
drishtinews.com
|
5,605,426 |
विराटनगरस्थित जिल्ला प्रशासन कार्यालय मोरङ अत्यधिक सेवाग्राहीको भिड हुने कार्यालयमा पर्दछ। मङ्गलबार पनि नागरिकता बनाउन आउने र राहदानीको फोटो र फाराम भर्नेको लाइन छिचोल्न मुस्किल जस्तै थियो। त्यहि भिडमध्ये काखे नानी च्यापेर गोलघरमा मङ्गलबार पालो पर्खने आमाहरू पनि हुनुहुन्थ्यो। अनुहारमा पसिना बगिरहेको थियो, काखमा निदाइरहेका नानीलाई सम्हाल्न मुस्किल देखिन्थ्यो।
|
gorkhapatraonline.com
|
3,513,571 |
काठमाडौं महानगरपालिकाले काठमाडौंका पाँच स्थानमा ‘जरुंहिति’ को स्थापना गरिएको छ । बिहीबार रत्नपार्क, स्वयम्भू र बाइसधारामा यसको ‘जरुंहिति’ भनिने वाटर एटीएमको स्थापना गरिएको हो ।
|
imagekhabar.com
|
4,444,776 |
काठमाडौँ : नेपाली काँग्रेसका सांसद रामहरि खतिवडाले भरिया, च्याङ्ग्रा र खच्चडलाई पनि कर लाग्ने हो कि भन्दै चिन्ता व्यक्त गरेका छन्। ढुवानीका सामानमा भ्याट लाग्ने परम्पराले ढुवानीका माध्यम भरिया, च्याङ्ग्रा र खच्चडलाई पनि कर लाग्ने हो भन्दै चिन्ता व्यक्त गरेका हुन् ।
०८२ को विनियोजन बजेटको विषयमा भएको छलफलमा बोल्दै यस्तो बताएका हुन्। उनले सरकारले ल्याउने हरेक बजेट राजस्व संकलन, वैदेशिक सहायता लगायतमा लक्ष्य अनुरूप संकलन नहुँदा हरेक वर्ष घाटामा बजेट ल्याउनुपर्ने अवस्था रहेको बताए। उनले यस्तो अवस्थामा ल्याएको बजेटले मुलुकको चौतर्फी विकास हुन नसक्ने बताए। सांसद खतिवडाले देश ऋण लिएर ऋण तिर्नुपर्ने अवस्थामा रहेको बताए। सांसद खतिवडाले भने, ‘ढुवानीका सामानमा भ्याट लाग्ने परम्पराले भरिया, च्याङ्ग्रा र खच्चडलाई पनि कर लाग्ने हो कि भन्ने समस्या सिर्जना भएको छ। सधैँ घाटामा प्रस्तुत गर्ने बजेट देशको विकार समृद्धिमा अगाडि बढ्ने अवस्था देखिएन। यी कुरामा सरकारले ध्यान देओस्।’उनले भविष्यमा लगानी नहुने, उत्पादन नबढ्ने र राजस्व नबढ्ने अवस्था रहिरहे बजेटमा जति राम्रो कुरा गरे पनि कार्यान्वयनमा जान चुनौती रहेको बताए। घाटामा प्रस्तुत गर्ने बजेटले देशको विकास र समृद्धि हुन नसक्ने बताएका छन् ।
|
nayanepalnews.com
|
4,692,110 |
बर्दियामा नेपाली कांग्रेस गुलरिया नगरपालिकाका उपमेयर सुशीला गिरी, वडानम्बर ६ का वडाअध्यक्ष निरज शर्मालगायतका नेपाली कांग्रेसका नेताहरु सहित माओवादी,जसपा र विभिन्न पार्टी परित्याग गरी ४ हजार ५ सय जना एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी ओलीले बिहीबार बर्दिया पुगेर उनीहरुलाई एमालेमा भित्राएका छन् । दिउसोको चर्को गर्मीका बाबजुत सदरमुकाम गुलरियामा भएको विशाल कार्यक्रममा स्थानीयको खचाखच रहेको थियो । त्यो भन्दा अगाडि बाँकेमा नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी बाँकेका उपसचिव ईश्वर थापासहित नेकपा एसकै युवा संघका केन्द्रीय सदस्य राजु तामाङसहित पाँच सय जनालाई ओलीले एमालेमा प्रवेश गराएका थिए । एमाले केन्द्रीय सदस्य किस्मतकुमार कक्षपतिले बाँके बर्दियामा एमालेको असाधारण जनलहर आएको बताए । सो अवसरमा बोल्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनलाई चुनावमा हराएर देशी विदेशी प्रतिक्रियावादीको षड्यन्त्र असफल बनाउनुपर्ने जिम्मेवारी जनतामा आएको बताएका छन् । लोकतन्त्र र विकास निर्माणको कामलाई अगाडि बढाउन एमालेले जित्नुपर्ने ओलीले बताए । बाँके र बर्दियामा आएको लहरले ले नेपालगञ्जमा आयोजना गरेको अगुवा कार्यकर्ता भेला एवं पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आगामी चुनावमा एमालेले जितेमात्रै देशको लोकतन्त्र र विकास निर्माणको काम द्रुत गतिमा अगाडि बढ्ने दावी गरे । ओलीले एमाले सरकारबाट हटेको नौ महिनामा देशको अर्थतन्त्र ध्वस्त भएको उल्लेख गर्दै लगानी गर्ने पूँजी नभएकाले लगानी भएन भने रोजगारी र उत्पादन अगाडि बढ्न नसक्ने बताए । अध्यक्ष ओलीले भने, ‘देशलाई झन गरीव हुनबाट बचाउन सकिदैन र यी सबै समस्याबाट पार पाउन आगामी चुनावमा एमालेलाई जिताउनुपर्छ ।’ उनले सरकारले अस्पताल र विद्यालयका आयोजनाहरु समेत बन्द गर्न थालेकाले बृद्ध भत्तासमेत बाँड्न रोक्ने आशङ्का गरे । ओलीले हालै बाँकेको नरैनापुरमा भएको आगलागीमा परेका १६ घरपरिवारलाई जस्तापाता र एक-एक लाख रकम दिने घोषणा गरे । मुलुकको समृद्धिका लागि स्थानीय निर्वाचनमा जनताले आफ्नो पार्टीलाई नेतृत्व दिने ओलीले बताए । उनले समृद्ध नेपालका लागि एमालेको विकल्प नरहेको समेत बताए । उनले गठबन्धन सरकारबाट देशको विकास हुन नसक्ने दाबी गरे । नेपाली जनताले आफ्नो पार्टीलाई विश्वास गरेको ओलीले बताए । ओलीले नेकपा (समाजवादी) पार्टीका उपसचिव किशोर थापासहित करिब सात सय कार्यकर्तालाई पार्टीमा प्रवेश गराएका छन् । ‘नेकपा (एस) भन्ने पार्टी बाँकेबाट साफ भएको छ । अब एसका कार्यकर्ता खोजेर पनि पाइँदैनन्,’ उनले भने,‘बाँकेमा मात्रै होइन, एमाले प्रवेशका लागि देशभर जनलहर चलेको छ ।’ मंसिर १ गते एमाले अध्यक्ष ओलीले नेपालगन्ज निवासी मधेस आन्दोलनका एकजना नेता, राजपाका पूर्व सहमहामन्त्री, स्वतन्त्र राजनीतिक विचार समूहका नेता पशुपतिदयाल मिश्र एमालेमा औपचारिकरुपले प्रवेश गराएका थिए । उनीसहित त्यो दिन नेपालगन्जमा आयोजित पार्टी प्रवेश कार्यक्रममा करिब चार हजार ५ सय व्यक्तिहरु एमाले प्रवेश गरेपछि यहाँको राजनीति एकाएक चर्चित भएको हो । एमाले प्रवेश गरेपछि नेता मिश्रले एमालेको कार्यशैली र केपी ओलीको दृढता मन परेर पार्टीमा प्रवेश गरेको बताएका थिए । उनले नेकपा एमाले मधेश विरोधी भनेर लाग्ने आरोप गलत भएको पनि बताउँदे भने, ‘नेकपा एमाले मधेश विरोधी हो भनेर आरोप लाग्ने गरेको थियो, कि यो पार्टी मधेश विरोधी हो भनेर । केही कुराहरुले त्यो स्थापित भएको थियो । तर अहिले जब सहकार्य गर्यौँ, यो पार्टीको कार्य गर्ने शैली, अध्यक्ष कमरेड केपी ओलीको कार्य गर्ने शैली, मधेशप्रतिको दृष्टिकोण र कदम क्लियर छ । उहाँले धेरै विकास आयोजनाहरु मधेशमा ल्याउनुभएको छ । उहाँको निणर्य शक्ति दृढ हिसाबले काम गर्नुभयो ।’ नेपालगन्जको बालेगाउँस्थित मेरो प्लानेट फनपार्कमा ओलीले भनेका थिए ‘बाँकेको भलो होस् । बाँकेमा विकास होस् र बाँकेवासीको जय होस् ।’ ओलीले एमाले प्रवेश गरेका पशुपतिदयाल मिश्रको तारिफ गर्दै अब बाँकेलाई एमालेको लालकिल्ला बनाउन कार्यकर्तालाई निर्देशन दिएका थिए । मिश्रसँगै करिम खाँ, गिरिजा पाठकलगायतका प्रभावशाली नेताहरु एमालेमा प्रवेश गरेपछि यसअघि नेपालगन्जमा एमालेले गुमाएको स्थानीय सरकार हात पार्ने आंकलन गरिएको छ ।
|
nepalpress.com
|
6,311,163 |
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले मंगलबारदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र भारतको दिल्लीमा नियमित उडान गर्ने भएको छ। निगमले काठमाडौँलाई ट्रान्जिट बनाएर भैरहवाबाट हङकङ र दिल्लीमा नियमित उडान भर्ने गरी टिकट बुकिङ खुला गरेको हो। भैरहवाबाट हरेक मंगलबार हप्ताको एक उडानबाट सुरु गरी बजारको माग तथा निगमको बजार व्यवस्थापनअनुसार उडानको सङ्ख्या बढाउँदै लैजाने योजना रहेको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए। उडान तालिकाअनुसार बिहान ८:१५ मा भैरहवाबाट उडेको जहाज ९ बजे काठमाडौँमा अवतरण गर्नेछ। तत्पश्चात् ट्रान्जिट भई हङकङ जाने यात्रु हङकङ जाने उडानमा र दिल्ली जाने यात्रु दिल्ली जाने निगमकै कनेक्टिङ उडानमा चढ्ने छन्। यात्रुको सुविधाका लागि चेक इन गर्दाकै बखत गन्तव्यसम्मकै बोर्डिङ पास दिने र लगेज सिधै गन्तव्यमा लिने व्यवस्था मिलाइएको निगमले जनाएको छ । यात्रुहरूले निगमको कार्यालय वा निगमको वेबसाइटमा लगइन गरी अनलाइन टिकट लिनसक्नेछन् ।
|
shikharnews.com
|
3,190,089 |
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परिवर्तनकारी वाम–लोकतान्त्रिक शक्ति एकीकृत र केन्द्रीकृत हुन जरुरी रहेको बताएका छन् । मुस्लिम समुदायको पर्व बकर इदको अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै प्रचण्डले मुलुकको राष्ट्रिय स्वाधीनताका लागि जनयुद्ध र जनआन्दोलनका बलमा हासिल भएका उपलब्धिहरूको रक्षा गर्दै वैज्ञानिक समाजवादको यात्रातिर देशलाई डोर्याउन परिवर्तनकारी वाम–लोकतान्त्रिक शक्तिहरू एकीकृत र केन्द्रीकृत हुन जरुरी रहेको बताएका हुन् । मुलुकको राष्ट्रिय स्वाधीनताका लागि जनयुद्ध र जनआन्दोलनका बलमा हासिल भएका उपलब्धिहरूको रक्षा गर्दै वैज्ञानिक समाजवादको यात्रातिर देशलाई डोर्याउन परिवर्तनकारी वाम–लोकतान्त्रिक शक्तिहरू एकीकृत र केन्द्रीकृत हुन जरुरी छ,’ उनले भनेका छन् – ‘यस पर्वले सम्पूर्ण नेपाली जनसमुदायमा सामाजिक सहिष्णुताको भावना विकास गरी समुन्नत नेपाल निर्माणका लागि अग्रसर हुन प्रेरित गरोस् भन्दै हार्दिक शुभकामना व्यक्त गर्दछु ।’ इस्लाम धर्मावलम्बीहरूको यस पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी मित्रतालाई प्रगाढ बनाई राष्ट्र निर्माण र राष्ट्रिय एकता सुदृढ गर्ने विश्वास प्रचण्डले लिएका छन् । ‘समाजका यिनै परम्परा, भाषा, धर्म र संस्कृतिले पारस्परिक सम्मान सहित अघि बढ्न अभिप्रेरित गरिरहेका हुन्छन् । यस प्रकारका चाडपर्वहरूको सम्वर्द्धन र प्रवर्द्धन गर्नु हामी सबैको साझा दायित्व पनि हो,’ उनले भनेका छन् । सरकारले आज सार्वजनिक बिदा दिएको छ । सृजना इन्टरनेशनल मिडिया प्रा.लि. पानीपोखरी, काठमाडौं ।
|
souryaonline.com
|
719,811 |
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलामा ६०० रुपैयाँले बढेको हो ।छापावाल सुन तोलामा एक लाख ११ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन उक्त सुन तोलामा एक लाख ११ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलामा एक लाख ११ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ । चाँदी तोलामा एक हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
|
brtnepal.com
|
2,375,309 |
गएरातिको वर्षापछि आएको बाढीले मेलम्चीमा अस्थायी पुल बगाएको छ । मेलम्ची नगरपालिका–११ स्थित फट्टेमा अस्थायी पुल बगाएको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिए । विसं २०७८ को बाढीले पुल बगाएपछि सो स्थानमा ह्युमपाइप राखेर अस्थायी पुल बनाइएको थियो । मेलम्ची बजार र मेलम्ची नगरपालिकाको वडा नम्बर ७ र ८ तथा पाँचपोखरी थाङपाल गाउँपालिकाका वडा नम्बर १ र २ तथा हेलम्बुको केही वडालाई सो अस्थायी पुल जोडेको थियो । पुल बगाउँदा वडाभित्र नै एक गाउँबाट अर्को गाउँ जान अहसज भएको छ । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले वर्षा सुरु भएसँगै रातिको वर्षाले पुलमा क्षति पुगेको जनाउँदै अब ह्युमपाइप झिकेर सुरक्षित राखिने बताए ।
|
ratopati.com
|
1,401,243 |
सबैको रोजाइमा पर्ने पिज्जाको स्वादमा उपभोक्तालाई कुनै पनि समय र स्थानमा सन्तुष्टी प्रदान गर्ने उद्देश्यले पिज्जा फ्लेबरको पोट्याटो चिप्स ल्याएको कम्पनीले जनाएको छ । पिज्जा फ्लेबरको पोट्याटो चिप्स १० र २० रुपैयाँको प्याकमा उपलब्ध छ । यसका साथै साबिकको सोर क्रिम एन्ड अनियन, योगर्ट मसला एन्ड ट्यान्जी मसला फ्लेबरको पोट्याटो चिप्स पनि बजारमा उपलब्ध छ ।
|
annapurnapost.com
|
5,273,355 |
यसमा दुईमत छैन । हो, संस्कारको निरन्तरता आवश्यक छ । तर, उहिलेदेखि चल्दै आएको सबै रीतिथिति अहिले पनि जस्ताको तस्तै पालना या निरन्तरता... भक्तपुर, ५ पुस । नेपालभाषा साहित्य तःमुंज्याले शनिबार साहित्यप्रेमी तथा साहित्यकारको भेला आयोजना ग¥यो । उक्त भेलामा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले अन्धपरम्परा, कुरीति र विकृति अन्त्य... काठमाडाँै, २ पुुस । विश्व सर्वहारा वर्गका महान् गुरु कार्ल माक्र्सको जीवनवृत्तिमा आधारित नाटक ‘माक्र्स फर्किए’ राजधानीको प्रज्ञा भवनमा मञ्चन भइरहेको छ । अमेरिकी लेखक हवार्ड जीनले लेखेको नाटकलाई आरोहण गुरुकुलले... भक्तपुर, २६ मंसिर । चाँगुनारायण नगरपालिकाको शैक्षिक क्यालेन्डरअनुसार नगरपालिकाको आयोजना र गणेश माध्यमिक विद्यालय छालिङको व्यवस्थापनमा नगरस्तरीय लोक नृत्य प्रतियोगिता बुधबार सम्पन्न भयो । उक्त कार्यक्रममा नगर शिक्षा शाखा प्रमुख... कीर्तिपुर, २६ मंसिर । कीर्तिपुरको पाङ्गामा बिहीबार भएको जनसाहित्य गोष्ठीमा लेखक–कविहरूले कवितामार्फत भारतले नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी आफ्नो नक्सामा गाभेको हस्तक्षेपकारी कदमको विरोध गरेका छन् । उनीहरूले... – नारायणमान वनमाला, देवगण सदस्य सांस्कृतिक नगर भक्तपुरको ऐतिहासिक महत्व बोकेको जीवित देवताको रूपमा पुजिने प्रसिद्ध श्री नवदुर्गा भवानीको यस वर्षको जात्रा मंसिर १९ गते नवमीको दिनदेखि काठमाडौँको पशुपति... रामकृष्ण दुवाल पाँगा नेपाललाई ठूलो भन्नु त्यति आधार नपुग्ला तर नेपाल गौरव गर्नेमध्येका गौरवमय राष्ट्र भन्ने आधार छन् । नेपालको गौरव विश्वको रौश्वभन्दा अप्ठ्यारो नपर्ला । पाँगाको साधारण परिचय दिने हेतुले... दामोदर पुडासैनी “किशोर” ‘धर्म अनुभूतिपरक हुन्छ, धर्म निर्माण प्रक्रिया हो, मान्छेको आत्मविश्वास धर्मराएपछि प्रबल बन्न थाल्छ ईश्वर ।’ समाजको विकाससँगै सामाजिक मूल्य, मान्यता र प्रणालीहरू विकास गरियो ।
|
onlinemajdoor.com
|
3,943,611 |
सरकारले गहुँको न्यूनतम समर्थन मुख्य तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिक्विन्टल ३ हजार ६ सय ५० रुपैयँ न्यूनतम मुल्य तोक्ने निर्णय गरेको प्रवक्ता तथा सूचना सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिईन् । त्यस्तै बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत ६८ जना कर्मचारकिो दरबन्दी कटौटी गर्नेसमेत निर्णय गरेको शर्माले जानकारी दिईन् । काठमाडौं, ५ साउन । चितवनको नारायणगढ–मुग्लिङ सडकअन्तर्गत पर्ने भतेरीमा बस र तेल बोकेको ट्याङ्कर ठोक्किँदा काठमाडौं, ५ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन बद्रीप्रसाद पाण्डेले बाध्यतामा कांग्रेस–एमाले सत्ता समीकरण काठमाडौं, ५ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको संसदीय दलको प्रमुख सचेतकमा सिन्धुलीबाट काठमाडौं, ५ साउन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्रीको रूपमा तेस्रो कार्यकाल काठमाडौँ, ५ साउन । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँवासीलाई मेलम्चीको पानी उपलब्ध नभएसम्म वैकल्पिक माध्यमबाट पानी काठमाडौं, ५ साउन । प्रतिनिधि सभा सदस्य डा. अमरेश कुमार सिंहले उपसभामुख इन्दिरा रानाले एनजीओकर्मीको काठमाडौं, ५ साउन । सिरहाको लहान नगरपालिका–२२ का लक्ष्मीप्रसाद कल्याणले आफ्नो छोरा देवदत्त चौधरीको २०६८ काठमाडौं, ५ साउन । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले भ्रष्टाचारीलाई काठमाडौं, ५ साउन । नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी काठमाडौं, ५ साउन । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार प्रदेश सभाबाट विश्वासको मत लिने काठमाडौं, ५ साउन । चितवनको नारायणगढ–मुग्लिङ सडकअन्तर्गत पर्ने भतेरीमा बस र तेल बोकेको ट्याङ्कर ठोक्किँदा काठमाडौं, ५ साउन ।
|
reportersnepal.com
|
791,640 |
सहरी विकास मन्त्रालयको लापरबाहीले तीन वर्षदेखि वाग्मती ब्युटिफिकेसन अलपत्र परेको छ । मुआब्जा नदिएसम्म काम अघि बढ्न नदिने भन्दै स्थानीयले विरोध गरेपछि वाग्मती ब्युटिफिकेसनको काम अलपत्र परेको हो । मुआब्जा दिने/नदिनेबारे मन्त्रालयले स्थानीयसँग छलफलसमेत गरेको छैन । तीन वर्षअघि बनेका भौतिक संरचनासमेत भत्किन थालेका छन् । पछिल्लो पटक स्थानीय संघर्ष समितिका अध्यक्ष निजरञ्जन पुडासैनीलगायत ६ जनालाई जागिर दिएर संघर्ष सामान्य पार्न खोजे पनि काम अघि बढ्न सकेको छैन । ‘म अहिले पनि अध्यक्ष नै छु, भित्रैबाट अधिकारका लागि लडाइँ लड्दै छौं,’ पुडासैनीले भने, ‘म जागिरको प्रलोभनमा परेको छैन, जागिर चाहिँ खाएको हुँ ।’आन्दोलन साम्य पार्ने भन्दै संघर्ष समितिका अध्यक्षलाई नै जागिर दिएपछि काम अघि नबढेकोप्रति अधिकार सम्पन्न वाग्मती एकीकृत विकास समितिका कर्मचारीले चर्को असन्तुष्टि व्यक्त गरेका छन् । ‘तीन वर्षसम्म काम बन्द गर्दै हिँडेकालाई जागिर दिइएको छ, काम जारी गराउन कसैले सकेका छैनन्,’ वाग्मती आयोजनाका एक कर्मचारीले कान्तिपुरसँग भने, ‘रिटायर्ड हुन लागेका, योग्यता नपुगेका कर्मचारी आयोजना प्रमुख भएर आउँछन् अनि कसलाई के मतलव ?’पछिल्लो पटक निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनको म्याद सकिइसकेकाले झनै अप्ठ्यारो भएको ती कर्मचारीले बताए । जसकारण एसियाली विकास बैंक (एडीबी) ले वाग्मती नदी किनारको बगैंचा विकास, ट्रिटमेन्ट प्लान्टलगायतका लागि गरेको करिब १३ अर्ब रुपैयाँ आर्थिक सहयोग खेर जाने अवस्थामा पुगेको छ ।समस्या सुल्झाउन पटकपटक सहरी विकास मन्त्रालय, अधिकार सम्पन्न वाग्मती एकीकृत आयोजनालगायत निकायले स्थानीयसँग वार्ता गरे पनि विवाद टुंगिएको छैन । अहिले ठेकेदार कम्पनीले निर्माण सामग्री सडक छेउमा लथालिंग अवस्थामा छाडिदिएको छ । विभिन्न चरणमा सांसद कृष्ण राई, प्रदेश सांसदहरू छिरिङ दोर्जे लामा, कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापा र गोकर्णेश्वर नगरपालिका मेयर सन्तोष चालिसेसँग सहरी विकास मन्त्रालयका प्रतिनिधिले काम थाल्नेबारे छलफल गरिसकेका छन् । तीन वर्षअघि सहरी विकास मन्त्रालयका सचिव रमेशप्रसाद सिंह, काठमाडौं क्षेत्र नम्बर ३ का सांसद कृष्ण राई र स्थानीय जनप्रतिनिधिबीच मुआब्जा विवाद मन्त्रिपरिषद्मा लगेर टुंग्याउने सहमति भएको थियो । सहमतिपछि स्थानीयले गर्दै आएको अवरोध हटाएका थिए । तर मुआब्जाबारे कुनै सुनुवाइ नभएको भन्दै स्थानीयले पुनः काम ठप्प पारेका थिए ।अधिकार सम्पन्न वाग्मती एकीकृत विकास समितिका अध्यक्ष उद्धव तिमिल्सिनाले भने ब्युटिफिकेसनको काम चाँडै सुरु हुने बताए । ‘यसमा मन्त्रालयले नै विशेष पहल गर्नुपर्छ, समितिले राय पेस गरिसकेको छ,’ उनले भने, ‘यसअघि पटकपटक वार्ता र छलफल भइसकेका छन् । समितिले गर्ने काम केही पनि बाँकी छैन ।’ पहिले वास्तविक पीडित पत्ता लगाएर मात्र मुआब्जा दिनुपर्ने उनको भनाइ छ । मुआब्जा विवादले लामो समयदेखि काम ठप्प भएपछि एडीबीले मन्त्रालयलाई सहयोग रोक्ने चेतावनीसमेत दिइसकेको छ । ‘समस्या चाँडै समाधान हुन्छ,’ तिमिल्सिनाले भने, ‘निर्माण सामग्री लथालिंग अवस्थामा छन्, कैयौं भागमा रेलिङ र वाल भत्किइसकेका छन् ।’स्थानीयले वाग्मती नदीभित्रको १ सय ८८ रोपनीको मुआब्जा मागेको र मन्त्रालयले तत्काल समस्या नसुल्झाए आयोजना अलपत्र पर्ने उनले बताए । २२ वर्षअघि तत्कालीन अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले किनारका जग्गाको मुआब्जा दिइसकेको छ । वाग्मतीमा पानी बगाउन शिवपुरी नागार्जुन निकुञ्जको धाप क्षेत्रमा वर्षाको पानी संकलनका लागि २४ मिटर अग्लो ड्याम बनाइँदै छ । पानी संकलन गरेर सुक्खायाममा वाग्मतीमा बगाउने योजना छ । ८ लाख ५० हजार घनमिटर पानी संकलन गरेर सुक्खायाममा चार सय लिटर प्रतिसेकेन्डका दरले नदीमा छाडिनेछ । यसका लागि अहिले शिवपुरी वन्यजन्तु आरक्षभित्र काम भइरहेको छ । ड्याम बनाउन एडीबीले करिब ५२ करोड रुपैयाँ सहयोग गरेको छ । नागमतीमा पनि ९० मिटर उचाइको ड्याम निर्माणको अध्ययन भइरहेको छ ।कस्तो बन्नेछ वाग्मती किनार ?आयोजनाले २०७३ देखि परम्परागत शैलीको हरित उद्यान निर्माण अघि बढाएको छ । नदीको बीचबीचमा ‘चेक ड्याम’ निर्माण गरिने अध्यक्ष तिमिल्सिनाले बताए । नदी र सडकबीचको खाली १० मिटर भागमा हरित उद्यान बन्दै छ । सडक दुई लेनको बनाइनेछ । तीन स्थानमा परम्परागत भकारी आकारका संरचना निर्माण गरिनेछ । आयोजना ठेक्का सम्झौताको म्याद सकिन करिब तीन महिना मात्र बाँकी छ ।चाँडै विवाद समाधान निकाल्नुपर्ने गोकर्णेश्वर नगरपालिकाका जनार्दन खड्काको भनाइ छ । ‘विकासका काम ठप्प हुँदा कसैको पनि हित हुँदैन,’ उनले भने, ‘उचित मागको सम्बोधन हुन्छ, नाजायज माग पूरा हुँदैनन् । सरकारले तुरुन्त यसमा पहल गर्नुपर्छ ।’ आयोजनाका अनुसार गोकर्ण ब्यारेजदेखि जोरपाटी पुलसम्म ३५ मिटर, त्यहाँबाट गुह्येश्वरीसम्म ४० मिटर र गुह्येश्वरीदेखि सिनामंगलसम्म करिब ३० मिटर बहाव कायम गर्दै दायाँबायाँ हरित उद्यान निर्माण गरिनेछ ।टेकुतिरका २३ वटा पुराना मन्दिरको जीर्णोद्धार गरिनुका साथै बल्खुमा ढल प्रशोधन केन्द्र बनाइनेछ । हरियालीको बीचमा साइकल लेन, फुटपाथसमेत रहनेछन् । गोकर्ण ब्यारेज रहेको स्थानमा पुलसमेत बनाइनेछ । गोकर्ण–सुन्दरीजल खण्ड र सिनामंगल–बल्खु खण्डमा समेत परम्परागत शैलीका आधुनिक हरित उद्यान रहनेछन् । ‘विभिन्न स्थानमा हरित उद्यान र फुटपाथ हुनेछन् । यसले मर्निङ वाक गर्न सजिलो बनाउनेछ,’ तिमिल्सिनाले भने, ‘प्रत्येक स्थानमा चौतारी बनाउँछौं । जहाँ बसेर नदीको बहाव नियाल्न सहज होस् ।
|
ekantipur.com
|
4,689,381 |
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट पार्टीले देशभक्तिको भावनालाई बढी महत्व दिने बताएका छन् । पार्टीको पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘कम्युनिष्ट पार्टीले देशभक्तिलाई महत्व दिन्छ । विदेशीहरूको सामु लम्पसार पर्दैन । विदेशीका सामु घुँडा टेक्तैन । विदेशीको इशारामा नाच्दैन’, उनले भने, ‘विदेशीको स्वार्थमा चल्दैन । आफ्नो देश, आफ्नो राष्ट हितको रक्षा राष्ट्रको मर्यादा नाघ्दैन ।’ यस्तै पार्टी संगठन मजबुत बनाएमात्र पार्टी बलियो हुने र देश बनाउन सकिने अध्यक्ष नेपालले बताए ।
|
nepalpress.com
|
3,788,942 |
नेपाली कांग्रेसले समानुपातिकको बन्दसूचीमा भएका त्रुटिलाई परिमार्जन गर्ने जनाएको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले निर्वाचन आयोगले दिएको समावधिभित्र समानुपातिक तर्फका उम्मेदवारको बन्दसूचीको त्रुटि सच्याउने बताएका हुन् । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची गत २ र ३ असोजमा कांग्रेससहितका दलहरुले निर्वाचन आयोगमा बुझाएका छन् । उक्त सूचीमा भएका त्रुटि सच्याउन आयोगले १६ असोजसम्म समय दिएको छ । उक्त समयभित्र सच्याउने प्रवक्ता महतले बताए । ‘निर्वाचन आयोगमा प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिक तर्फका उम्मेद्वारहरुको बन्दसूची पेस गर्ने कार्य सम्पन्न गरिसकेको छ । समानुपातिक बन्द सूचीमा भएका त्रुटिहरु परिमार्जन निर्वाचन आयोगले दिएको समयसीमा भित्र गरिनेछ,’ पत्रकार सम्मेलनमा वितरण गरिएको विज्ञप्तिमा उल्लेख छ ।
|
emountaintv.com
|
3,310,556 |
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद नेपालीमा उखानै छ- हात्ती आयो, हात्ती आयो फुस्सा । यो उखान नेपाली राजनीतिमा रवि लामिछानेसँग नेपालमा बडो विचित्रको राजनीति चल्छ । कोही पनि प्रतिपक्षको बेन्चमा बस्न तयार छैनन् । अनेक काठमाडौं । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा पवन श्रेष्ठलाई सात दिनभित्र कार्यालयमा हाजिर काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका बहुचर्चित फरार अभियुक्त बेचन झा पक्राउ परेपछि नयाँ समीकरण काठमाडौं । तस्करलाई सघाएको आरोपमा मोरङको सशस्त्र प्रहरी प्रमुख एसपी विश्व खड्कामाथि आन्तरिक छानबिन सुरु काठमाडौं । सशस्त्र प्रहरी बल २७ नं. गण रुपन्देहीमा कार्यरत रहेका एसपी आनन्द थापा मगरले काठमाडौं ।
|
drishtinews.com
|
3,222,842 |
लाम्पाटीस्थित मेगा पार्टी प्यालेसमा सम्पन्न बैठकमा बरिष्ठ नेता माधवकुमार नेपाल,झलनाथ खनाल,नेतृ अष्टलक्ष्मी शाक्य, पूर्वमन्त्री सुरेन्द्र पाण्डे,रघुजी पन्त, गोकर्ण बिष्ट,घनश्याम भुषाल, योगेश भट्टराईलगायतको उपस्थिति थियो । बैठकमा प्रदेश सांसद माधव पौडेल,राजबहादुर बुढा,पशुपति चौलागाईं,अखिल नेपाल नेपाल महिला संघकी अध्यक्ष जयन्ती राई,केन्द्रीय सदस्य ठाकुर गैरे, रामकुमारी झाँक्री पनि हुनुहुन्थ्यो । काठमाडौँमा उपलब्ध केन्द्रीय कमिटी सदस्यहरुको उपस्थितिमा छलफल भएको एक नेताले जानकारी दिए । बैठकले पार्टीलाई विधि,पद्धतिअनुसार चलाउन र थप बलियो बनाउन आजको संसदीय दलको बैठकमा सांसदहरु जाने निर्णय गरेको ती नेताले बताए । झलनाथ खनाल लगायतका अन्य सांसदहरुको उपस्थितिमा भएको छलफलमा पार्टीभित्र बसेर संघर्ष गर्ने निष्कर्ष अनुसार दलको बैठकमा जाने निर्णय भएको हो । दलको नेतासमेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ दलको बैठक बालुवाटारमा बोलाउनु भएको छ। यसअघिका बैठक बहिष्कार गरेको नेपाल-खनाल पक्ष आजको बैठकमा भने सहभागी हुने निष्कर्षमा पुगेको हो ।
|
janaaastha.com
|
5,162,622 |
बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गमा हिनामिना प्रकरणको अनुसन्धान फाइल सरकारी वकिलकहाँ पठाइएको भन्दै बयानका लागि पुगेका जोशीलाई त्यतिकै फर्काइएको हो। जोशी सोमबार बयान दिनका लागि महाराजगञ्जस्थित सीआईबीको कार्यालयमा पुगेका थिए। जोशीका अनुसार उनलाई पहिलो पटक सीआईबीले नै बयानका लागि बोलाएको पनि खुलाएका छन्। ‘पहिलो पटक सीआईबी प्रमुख (किरण बज्राचार्य) आफैंले बयानका लागि भनेर बोलाउनु भयो’, उनले भने, ‘तर फेरि अहिले नआउनु भनेर खबर आयो।’ उनले आफू फेरि सीआईबीले बोलाए बमोजिम दिउँसो सवा १ बजे महाराजगञ्ज पुगेको बताए। ‘आज पनि म सीआआईबी कार्यालय पुगेको थिएँ। तर बयान नलिई फेरि बोलाउँला भनी फर्काइयो’, उनले भनेका छन्, ‘भ्रष्टाचारविरुद्धको हरेक प्रयासमा मेरो प्रतिवद्धता कायम छ। म फरार छैन।’ यसअघि पनि ललिता निवास प्रकरणमा नीतिगत निर्णय गरेको आरोप झेलिरहेका जोशीले आफू भागेर कहीँ नगएको बताएका थिए। साउन २१ गतेको आइतबार सर्वोच्च अदालतको आदेशसँगै जोशीसहित तीन पूर्व भूमिसुधारमन्त्रीहरुविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएपछि उनले यसो भनेका थिए। ‘म त घर मा नै छु। मेरो फोन सम्पर्क पनि चालु छ। सहयोग गर्न तयार भएर बसेको छु। परेको बेहोर्न पनि तयार छु’, उनले भनेका थिए, ‘जीवनभर राजनीति गरेँ। देशका लागि त्याग मात्रै गरेको छु । कहिले कुनै स्वार्थमा परेको छैन। दुःख लागेको छ।’ सर्वोच्चको आदेशलगत्तै तत्कालीन विभागीय विजयकुमार गच्छदार, डम्बर श्रेष्ठ र चन्द्रदेव जोशीविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएको थियो। त्यसैगरी राज्यमन्त्री सञ्जयकुमार साहविरुद्ध पनि अदालतले पक्राउ गर्न अनुमति दिएको थियो। पक्राउ पुर्जी जारी भएर पनि सीआईबीले यी चार मन्त्रीलाई पक्राउ नगरी सीआईबीले मुद्दाको फाइल सरकारी वकिलकहाँ लगेको छ। आफूसहितका मन्त्रीहरु फरार रहेको समाचार आउन थालेपछि पूर्वमन्त्री जोशीले आफू काठमाडौंको नयाँबानेश्वरस्थित घरमै रहेको र राज्यलाई सघाउने जानकारी दिएका हुन् ।
|
nepalkhabar.com
|
2,193,408 |
आफू जन्मेको देश जन्म दिने आमा स्वर्ग भन्दा प्यारो हुन्छ । जन्मेको देश भन्दा प्यारो अरु के हुन्न सक्छ र ? राष्ट्रिय पोशाक शिरमा ढाका टोपी अनि दौरा सुरुवाल यस्तै राष्ट्रिय गौरव र मातृ भूमिप्रति अगाध प्रेम झल्केको विष्णु क्षेत्रीको ‘जय नेपाल’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । नेपालको चितवन जिल्लामा जन्मेर युरोपलाई कर्मभूमि बनाएका विष्णुले परिवार छोडेर विदेशिएका नेपालीहरुको दुःखको कथालाई गीतमा उतारेका छन् । बाध्यताले विदेश पलायन हुनु परेको लाखौं नेपालीहरुले आफ्नो मातृभूमिप्रति गर्ने माया र सम्मानलाई गीतमार्फत समेट्ने प्रयास गरेका छन् । यस गीतको भिडियोसमेत उत्कृष्ट बनेको छ । परिवार गुमाउँदासमेत नेपाल फर्किन नसक्दाको पिडा भिडियोमा उतारिएको छ । गीतको भिडियोलाई दर्शकहरुले निकै रुचाएका छन् । गीतलाई विकाश सुवेदीले रचना गरेका हुन् । भने सुभाष भुषालले संगीत भरेका हुन् । गीतको भिडियोमा महेन्द्र अधिकारी, सोनिया सिंह ठकुरी र कर्मा वाङ्गेल लामालाई काष्ट गरिएको छ । आभाष आचार्यले निर्देशन गरेको उक्त गीतको भिडियो ‘आभाष आचार्य प्रोडक्सन’को युट्यूव च्यानलबाट सार्वजनिक गरिएको छ ।
|
dcnepal.com
|
4,907,353 |
हवाई यातायात, होटल तथा रेस्टुरेन्टमा कोभिडले परेको प्रभावका कारण सेवा क्षेत्र सबैभन्दा नराम्ररी प्रभावित भएको विभागको बुझाइ छ । यो क्षेत्रभित्र थोक तथा खुद्रा व्यापार, होटल तथा रेस्टुरेन्ट, यातायात सञ्चार तथा भण्डारण, वित्तीय मध्यस्थता, रियलस्टेट, व्यावसायिक सेवा, सार्वजनिक प्रशासन तथा रक्षा, शिक्षा, स्वास्थ्य र अन्य सामुदायिक, सामाजिक तथा व्यक्तिगत सेवा पर्छ । चालू वर्ष कुल गार्हस्थ्य उत्पादनमा यो क्षेत्रको योगदान ५८.०८ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यो क्षेत्रमा ५७.४१ मात्र थियो ।
|
rajdhanidaily.com
|
3,405,270 |
भारतबाट काम गरेर फर्किएका दश जनालाई शनिबार कोरोना पुष्टि भयो । कोरोना पुष्टि भएका दशमध्ये आठ जना कर्णाली प्रदेशका छन् । ६ जना सुर्खेत, दैलेख, जाजरकोट तथा बाँके र दाङ जिल्लाका एक÷एक जना रहेका छन् । दश जनामा आठ जना गजरात र दुई जना दिल्लीबाट आएका हुन् । नेपालगञ्ज नाकामा शनिबार १९ जनालाई शंका लागेर जाँच गर्दा १० जनामा कोरोना पुष्टि भएको थियो । यो नाकामा चैत महिनायता २५ जनालाई कोरोना पुष्टि भइसकेको छ । नेपालगञ्ज नाकामा जाँच गर्दा कोरोना पुष्टि भएका अधिकांश कर्णाली प्रदेशका रहेका छन् । भारतको गुजरात दिल्ली, मुम्बईमा कोरोना बढेपछि घर फर्किने नेपालीको चाप बढ्दो रहेको छ । भारतका विभिन्न शहरबाट शनिबार करिब २ हजार नेपाली फर्किएका छन् । भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा शनिबार १ सय ६ जनामा कारोना पुष्टि भयो । अस्पतालले पछिल्लो २४ घण्टामा १ सय ९० जनालाई जाँच गर्दा १ सय ६ जनालाई कोरोना पुष्टि भएको थियो । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद नेपालीमा उखानै छ- हात्ती आयो, हात्ती आयो फुस्सा । यो उखान नेपाली राजनीतिमा रवि लामिछानेसँग नेपालमा बडो विचित्रको राजनीति चल्छ । कोही पनि प्रतिपक्षको बेन्चमा बस्न तयार छैनन् । अनेक काठमाडौं । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा पवन श्रेष्ठलाई सात दिनभित्र कार्यालयमा हाजिर काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका बहुचर्चित फरार अभियुक्त बेचन झा पक्राउ परेपछि नयाँ समीकरण काठमाडौं । तस्करलाई सघाएको आरोपमा मोरङको सशस्त्र प्रहरी प्रमुख एसपी विश्व खड्कामाथि आन्तरिक छानबिन सुरु काठमाडौं । सशस्त्र प्रहरी बल २७ नं. गण रुपन्देहीमा कार्यरत रहेका एसपी आनन्द थापा मगरले काठमाडौं ।
|
drishtinews.com
|
1,917,005 |
कतिपय आन्तरिक पर्यटक दशैँ, तिहार र छठलगायत चाडपर्वका कारण पनि अन्यत्र घुम्न निक्लेका छन् । सफा र अनुकूल वातावरणले पदयात्रा र पर्वतीय गन्तव्य घुम्न बाह्य र आन्तरिक पर्यटक घरबाट निक्लिएका छन् । यो मौसममा हिमाल र प्राकृतिक सौन्र्दयको मज्जा लिन विदेशी पर्यटक उल्लेख्य मात्रामा आउने गरेको पाइन्छ । दशैंमा बिदा मनाउन निक्लेका आन्तरिक पर्यटकका कारण पनि मुख्य पर्यटकीय गन्तव्य काठमाडौँ, पोखरा चितवनलगायतका ठाउँका होटलहरु भरिन थालेका छन् । होटल एशोसिएशन अफ नेपाल (हान)का अनुसार अहिले ७५ प्रतिशत होटल बुकिङ भइसकेका छन् । अघिल्लो वर्ष यही याममा यो दर ५० प्रतिशत मात्र थियो । यस याममा भारतीय र चिनियाँ पर्यटक बढी आउँछन् । दशैँपछि अष्ट्रेलिया, जापान, अमेरिकालगायत मुलुकबाट बढी पर्यटक आउने व्यवसायीहरु बताउँछन् । नेपालमा यतिखेर चाडपर्व भएकाले विदेशी नागरिकता लिएका धेरै नेपाली स्वेदश फर्किरहेका छन् । आगामी अक्टोबर १४ देखि १७ सम्म काठमाडौँमा गैरआवासीय नेपाली संघको ‘ग्लोबल मिटिङ’ भएकाले धेरै प्रवासका नेपाली नेपाल आउने अनुमान गरिएको छ । हानका अनुसार देशभर साना ठूला गरी एक हजार २०० भन्दा बढी होटल तथा रिसोर्ट सञ्चालित छन् । अहिले नेपालका होटलमा करिब ४५ हजार शय्या छन् । नयाँ चार हजार शय्या थपिँदैछन् । ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)का अध्यक्ष चन्द्र रिजालले पदयात्रा पर्यटनको महत्वपूर्ण पाटो भएकाले पदयात्री तथा संस्कृतिबारे जिज्ञासु धेरै पर्यटक नेपाल आउने गरेको बताउनुहुन्छ । पदयात्रा पर्यटनका लागि अक्टोबर र नोभेम्बर उपयुक्त समय हो । दशैँ, तिहारजस्ता पर्व पनि यसै बेला पर्ने भएकाले दशैँको संस्कृति बुझ्न कतिपय विदेशी पर्यटक आइरहेका हुन्छन् । त्यस्तै, माउन्टेन फ्लाइटका लागि पनि यो समय उपयुक्त मानिन्छ । टानका अनुसार पदयात्री पर्यटकको संख्या अघिल्लो वर्षको तुलनामा यो वर्ष ३० देखि ४० प्रतिशतले बढेको छ । अहिलेको मौसम हिमाल आरोहणका लागि पनि उपयुक्त मानिन्छ । पर्यटन विभागका अनुसार यतिखेर मनास्लु, अमादब्लम, धौलागिरिलगायतका हिमाल तथा शिखर आरोहण गर्न विदेशी पर्यटक आइरहेका छन् । विभागका महानिर्देशक दिनेश भट्टराईका अनुसार अहिले ८० भन्दा बढी आरोहण दल विभिन्न हिमाल तथा शिखर चढ्न आएका छन् । पर्वतारोहणका लागि आउने पर्यटकका कारण पनि अहिले चहलपहल बढेको छ । सन् २०१७ मा १० लाख पर्यटक भित्रिने व्यवसायीको प्रक्षेपण छ । होटल बुकिङ र पर्यटक आगमनलाई आकलन गर्दा १० लाख पर्यटक पुग्ने अवस्था रहेको हानका महासचिव विनायक शाह बताउनुहुन्छ । यो संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो । सरकारले सन् १९९८ लाई ‘भिजिट नेपाल’का रुपमा आयोजना गरेर १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो । सन् २०१२ मा आठ लाखको हाराहारीमा विदेशी पर्यटकले नेपालको भ्रमण गरेका थिए । सन् २०१७ को पहिलो आठ महिनाको अवधिमा करिब आठ लाख पर्यटक आइसकेको अनुमान छ । सन् २०१६ मा साढे सात लाख विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए । यो अनुपातलाई आधार मानेर नेपाल पर्यटन बोर्डले सन् २०१७ मा १० लाख पर्यटक नेपाल आउने अनुमान गरेको छ । “पर्यटकीय पूर्वाधारले साथ दियो भने १० लाख पर्यटक सहजै पुग्ने अनुमान व्यवसायीको छ, विमानस्थल र बाटोघाटो राम्रो भएको खण्डमा हामी लक्ष्यमा पुग्छौँ, यसमा सरकारले पूर्वाधारको क्षेत्रमा ध्यान दिनुपर्छ” – महासचिव शाहले भन्नुभयो । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी अनुकूल वातावरण भएको र निजी क्षेत्रले लगानी पनि बढाएकाले पर्यटक आगमनको अवस्था विगतमा भन्दा राम्रो रहेको बताउनुहुन्छ ।
|
pokharanews.com
|
4,955,558 |
छोरी माग्न जाँदा विहे गर्छु भन्दा ससुरा परे दोधारे भन्छन् तिम्रो छर के इलाम । ५७ करोड ९५ लाख रुपैयाँको लागतमा शुरुभएको इलामको खानेपानी आयोजनाले अवको चार महिनामा दमक । नेकपा दाहाल–नेपाल समूहका बरिष्ठ नेता झलनाथ खनालले सर्वोच्च अदालत कुनै राजा महाराजले खडा इलाम । इलाममा लागूऔषध सहत एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा देउमाई नगरपालिका वडा मोरङ । नेकपाको पुष्पकमल दाहाल र माधव नेपाल समूहले गरेको आमहड्तालको प्रभाव प्रदेश १ मा खोटाङ । खोटाङमा आफैले खेलाएको आगोमा पर्दा एक बालकको मृत्यु भएको छ । भत्किएको घरमा दमक । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्रीले संसद विघटन गरेर लोकतन्त्रमाथि धावा झापा । जिल्लाको कचनकवल गाउँपालिका–१ स्थित घेराबारीमा मध्यरातमा आगलागी हुँदा एक वृद्धको जलेर मृत्यु भएको इलाम । देशकै प्रमुख पर्यटकीयस्थल हो, कन्याम । सूर्योदय नगरपालिकामा पर्ने कन्याम घुम्नकै लागि नेपालबाट खोटाङ । खोटाङमा आगोले जलेर गम्भिर घाइते भएकी एक बुद्धाको मृत्यु भएको छ । गाईबस्तुलाई राजधानी भवन सरस्वती नगर, चाबहिल, पो.ब.न. : २०५०३, काठमाडौं – नेपाल फोन : ९७७–०१–४८११०८० सचिन शेरचन आशिस शेरचन
|
rajdhanidaily.com
|
5,147,435 |
पार्टीको १०औँ महाधिवेशनका लागि तयार गर्न लागेको दस्तावेजमा वामपन्थी शक्तिबीच एकता गर्ने विषयलाई महत्त्व दिइएको हो। वामपन्थी दलसँगको कार्यगत एकतालाई प्राथमिकतामा राखेर दस्तावेज परिमार्जन गर्न लागेको पार्टीले वाम ध्रुवीकरणबाट विकास भएको नयाँ समीकरणलाई सहज र सकारात्मक प्रभाव पार्ने विषयवस्तुलाई दस्तावेजमा समावेश गर्ने उपमहासचिव एवं केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौँमा हुने १०औँ राष्ट्रिय महाधिवेशनका लागि निर्माणाधीन दस्तावेजलाई थप अध्ययन गर्ने समय निर्धारण गरेको समितिले समान विचार तथा दृष्टिकोण भएका कम्युनिस्ट शक्तिसँग एकताका लागि अपुग भएका केही वस्तु थप्ने समझदारी भएको छ। यही चैत ६ गते दस्तावेज मस्यौदा लेखन समितिको बैठकमा समाजवादी कार्यदिशा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक प्रभावको वस्तुगत विश्लेषण गरिने प्रचार विभाग प्रमुख खतिवडाले जानकारी दिए। उनका अनुसार राजनीतिक, समाजवादी कार्यक्रम, साङ्गठनिक र विधान प्रतिवदेनमाथि सुक्ष्म छलफल गरी दस्तावेज मस्यौदा लेखनलाई पूर्णता दिइने छ। पछिल्लो विकसित राजनीतिक अवस्था, समसामयिक विषयवस्तु, अन्तर्राष्ट्रिय घटनाक्रमबारे समेत दस्तावेज उल्लेख गरिएको खतिवडाले बताए। पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजनीतिक प्रतिवेदन, नेता झलनाथ खनालले समाजवादी कार्यक्रम, उपाध्यक्ष डा वेदुराम भुसालले पार्टी विधान र महासचिव घनश्याम भुसालले सङ्गठनात्मक प्रस्ताव तयारीका लागि नेताहरूसँग छलफल तथा परामर्श गरेका छन्। सबै पक्षलाई समेटेर तयार गरिने प्रतिवेदन एकीकृत गरेर महाधिवेशनमा एउटै दस्तावेज लैजाने पार्टीले जनाएको छ ।
|
nepalkhabar.com
|
5,195,258 |
'उहाँहरुले राष्ट्रपति चुनावमा सहयोग गर्न आग्रसहित भोट माग्नु भयो', उनले भने, 'हामीले शुभकामना दिएर पार्टीले निर्णय गरिनसकेकाले पछि मात्रै निर्णय गर्ने जवाफ दियौँ।' उपसभापति अर्यालका अनुसार पुस १० मा पनि एकै ठाउँ उभिएकाले अहिले पनि मिलेर जानुपर्ने आग्रह एमाले नेताहरुले गरेका थिए। 'पार्टीले निर्णय नगरिसकेकाले त्यसअगाडि हामीले शुभकामना मात्रै दियौँ', उनले भने, 'केही दिनमै यसबारे पार्टीले ठोस निर्णय लिन्छ।' रास्वपासँग भोट माग्न बिहीबार दिउँसो एमालेबाट राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङ राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय पुगेका थिए। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेपछि नेम्वाङसहित एमालेको टोली वसुन्धरा पुगेको थियो। उक्त टोलीमा एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सचिव योगेश भट्टराईसहित रहेका थिए। रास्वपा पुस १० मा बनेको एमाले नेतृत्वको गठबन्धनको घटक हो। उसलाई अहिले बनेको आठ दलीय गठबन्धनमा ल्याउने कोसिस भइरहेको छ ।
|
nepalkhabar.com
|
5,759,760 |
मोरङ व्यापार संघ देशकै उत्कृष्ट वाणिज्य संघको रुपमा सरकारद्वारा सम्मानित भएको छ । उद्योग वाणिज्य दिवस २०७७ एवम् नेपाल उद्योग वाणिज्य महासंघको ५५औँ वार्षिक साधारणसभाको अवसरमा १ नम्बर प्रदेशबाट ‘क’ वर्गको उत्कृष्ट उद्योग वाणिज्य संघको रुपमा सम्मानित गरिएको हो । एक समारोहबीच संघका अध्यक्ष प्रकाश मून्दडालाई प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले शनिबार सम्मानपत्र प्रदान गरी सम्मानित गरे । उद्योग, व्यापार, व्यवसायको विकास तथा प्रवद्र्धनमा उत्कृष्ट भूमिका निर्वाह गरी महत्वपूर्ण योगदान पुर्याएबापत मुलुककै जेठो उद्योग वाणिज्य संघलाई सम्मान गर्न पाउँदा खुसी लागेको महासंघका अध्यक्ष गोल्छाले बताए ।
|
baahrakhari.com
|
475,061 |
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको सुशासन कायम गर्ने सम्बन्धमा कुनै पनि छुट नदिने भएको छ। बैंक तथा वित्तीय संस्थामा हुने सुशासनसँग सम्बन्धित विषयमा लामो समयदेखि बहस तथा छलफल भइरहेको तथा उनीहरुले कानूनी मूल्य तथा मान्यतालाई कार्यान्वयन गर्ने सम्बन्धमा कन्जुस्याइँ गरेको सन्दर्भमा केन्द्रीय बैंकले त्यसलाई विशेष ध्यान दिन लागेको हो। शुक्रबार जारी गरिएको चालू आवको मौद्रिक नीतिमा भनिएको छ, “इजाजत प्राप्त बैंक तथा वित्तीय संस्था र अनुमति प्राप्त अन्य संस्थाहरुमा यस बैंकले जारी गरेको संस्थागत सुशासनसम्बन्धी निर्देशनको अनुपालनामा शून्य सहनशीलता अपनाइनेछ।” कोरोनाका कारण मितव्ययिता कायम गर्नुपर्ने अवस्थालाई दृष्टिगत गरी बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतलगायत उच्च पदस्थ कर्मचारीको पारिश्रमिक तथा सुविधामा समेत पुनरावलोकन गर्ने नीति लिइएको छ। बैंक तथा वित्तीय संस्थाका उच्च व्यवस्थापन तथा सञ्चालक समितिले आफूखुशी सुविधा वृद्धि गरेर लिएको पाइएकाले केन्द्रीय बैंकले त्यसमा रोक लगाउने भएको छ। राष्ट्र बैंकले सुविधासम्बन्धी विषयमा समेत पुनरावलोकन गर्ने भएको छ। सञ्चालक समितिको बैठक भत्ता तथा सुविधा निर्धारण सम्बन्धमा मापदण्ड तर्जुमा गरिने भएको छ। सञ्चालक समितिको भत्ता तथा अन्य सुविधालाई समेत केन्द्रीय बैंकले एउटा माापदण्ड बनाई कार्यान्वयनमा ल्याउने भएकाले आफूखुशी निर्णय गरेर सुविधा लिने प्रवृत्तिको अन्त्य हुने भएको छ। बैंक तथा वित्तीय संस्थाले जतिसुकै सेवासुविधाका विषयमा राम्रा राम्रा विषयको प्रचारप्रसार गरे पनि ग्राहकले अनेकन हैरानी पाउने गरेका छन्। ग्राहकको हितमा भन्दा पनि व्यापारिक हितमा मात्रै बैंक तथा वित्तीय संस्था लागिपर्ने भएकाले उनीहरुलाई जिम्मेवार बनाउन खोजिएको छ। त्यसका लागि सर्वसाधारणको बैंकिङ्ग सेवासँग सम्बन्धित जिज्ञासा, गुनासा तथा सुझाव यस बैंकको वेबसाइटमा छुट्टै पोर्टलमार्फत समेत प्राप्त गर्ने व्यवस्था गर्ने केन्द्रीय बैंकले नीतिमार्फत उल्लेख गरेको छ। बैंकमा स्थापित वित्तीय ग्राहक संरक्षण एकाइमार्फत सबै प्रकारका गुनासा तथा सुझावहरुको कार्यान्वयन हुने व्यवस्था मिलाउने मौद्रिक नीतिले विशेष व्यवस्था गरेको छ। यस्तै, वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी बनाउँदै वित्तीय सेवाको माग अभिवृद्धि गर्न यस बैंकबाट तयार पारिएको वित्तीय साक्षरता ढाँचासमेत कार्यान्वयनमा ल्याइनेछ। बैंक तथा वित्तीय संस्थालाई वित्तीय साक्षरता अभिवृद्धि गर्ने कार्यमा थप उत्तरदायी बनाउँदै सहुलियतपूर्ण कर्जा, पुनकर्जा, सफा नोट नीति, विद्युतीय भुक्तानी सेवा लगायतका यस बैंकले जारी गरेका नीतिगत व्यवस्था एवम् कार्यक्रमको प्रवद्र्धनमा परिचालन गरिने भएको छ। बैंक तथा वित्तीय संस्थाले ग्राहकसँग लिने सेवा शुल्कहरुलाई थप व्यवस्थित र पारदर्शी बनाउन वाणिज्य बैंक, विकास वैंक, वित्त कम्पनी र लघु वित्त वित्तीय संस्थाले कर्जा स्वीकृति गर्दा सेवा शुल्कबापत लिने रकमका समेत सीमा तोकेको छ। त्यसमा वाणिज्य बैंकले अधिकतम ०.७५ प्रतिशत, विकास बैंकले एक प्रतिशत, वित्त कम्पनीले १.२५ प्रतिशत र लघुवित्त संस्थाले १.५० प्रतिशतसम्म मात्र लिन पाउने व्यवस्था गरिएको छ। बैंक तथा वित्तीय संस्थाहरुको लागि आवश्यक ग्राहक पहिचान विवरणको एकीकृत रुपमा उपलब्ध गराउने व्यवस्था मिलाइने भएको छ। कोरोना कारणले साँवा वा व्याजको भुक्तानी म्याद थप गरेबापत ग्राहकबाट पेनाल ब्याज, शुल्क वा हर्जाना कुनै पनि लिन नपाइने व्यवस्था नीतिमा गरिएको छ। यस्तै, बैंक तथा वित्तीय संस्थाको कारोबार बीच अन्तरआवद्धतामा विशेष जोड दिइएको छ। कोरोना कहर बाँकी रहँदासम्म एउटा बैंकको एटिम कार्ड अर्को बैंकमा प्रयोग गर्दा कुनै पनि शुल्क लिन नपाइने व्यवस्था गरिएको छ। नीतिमा बैंक तथा वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वमा गर्ने खर्चसम्बन्धी नीतिगत व्यवस्थामा पुनरावलोकन गरिने व्यवस्था गरिएको छ। यस्तै, बैंक तथा वित्तीय संस्थाको आर्थिक वर्ष २०७६/७७ को असारसम्म खर्च हुन बाँकी रकम नेपाल सरकारले स्थापना गरेको कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा जम्मा गर्नुपर्ने विशेष व्यवस्था गरिएको छ ।
|
hamrakura.com
|
4,272,272 |
नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक सकिएको छ। बुधबार सिंहदरबारमा बसेको बैठक सकिएको हो। कार्यदलका सदस्य प्रदीप ज्ञवालीले भोलिसम्म विवाद टुंग्याउने गरि लाग्ने बताए। विवादका धेरै विषय निष्कर्ष नजिक रहेको र भोलिसम्म टुंगिने उनको भनाइ थियो। एमालेमा देखिएको विवाद समाधानका लागि केही समय अघि गठन भएको कार्यदल निष्क्रिय थियो तर सोमबारदेखि कार्यदल फेरि सक्रिय भएसँगै निरन्तर बैठक बस्दै आएको छ। कार्यदल सक्रिय भएसँगै सोमबार र मंगलबार छलफल भएका थिए। कार्यदलमा दुवैपक्षका पाँच/पाँच जना नेता छन्। ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल छन्। नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघु पन्त छन्। नेपाल पक्षबाट कार्यदलमा नेता भीम आचार्य थप भएका छन्। गत जेठ २ गते अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा भएको वार्तापछि कार्यदल बनाइएको थियो। नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला ।
|
nepallive.com
|
5,589,521 |
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले जरिवाना मिनाहा गरिदिन निर्वाचन आयोगमा निवेदन दिनुभएको छ। समयमै निर्वाचन खर्च नबुझाएपछि आयोगको कारबाही स्वरूप जरिवाना तिर्नुपर्ने भएपछि शाहले जरिवाना मिनाहाका लागि निवेदन दिनुभएको हो। निर्वाचन आयोग स्रोतका अनुसार काठमाडौँ महानगरपालिकाका प्रमुख शाहले असोज ११ गते जरिवाना मिनाहा गर्न निवेदन दिनुभएको थियो। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भन्नुभयो, “जरिवाना मिनाहाका लागि निवेदन आएको सुन्यौँ तर उहाँको आग्रह निर्वाचन आयोगको क्षेत्राधिकारबाहिरको विषय हो।” उक्त निवेदन आयोग पदाधिकारीको बैठकमा निर्णयार्थ प्रस्तुत गरिएको आयोग स्रोतको दाबी छ। काठमाडौँ महानगरपालिकाका प्रमुख शाहले
|
gorkhapatraonline.com
|
1,396,829 |
नेपाली भाषा, साहित्यको लेखन, सम्पादन, अन्वेषण एवम् श्रीवृद्धिमा योगदान पुर्याएका दीक्षितको ८७ वर्षको उमेरमा आज बिहान निधन भयो । विसं २०१३ देखि कलम चलाउनुभएका उनले पहिलोपटक ‘यस्तो पनि’ कृति लिएर उनी नेपाली साहित्यमा उदाएका हुन् ।हालसम्म उनका विभिन्न विधाका ६० भन्दा बढी कृति प्रकाशित छन् । दीक्षित ले २२ वटा पत्रपत्रिका तथा विभिन्न पुस्तकमा सम्पादन गरेका छन् । तीन वटा बाल साहित्यको दीक्षितले अनुवाद गर्नुभएको छ । विसं।२०१२ मा खुलेको मदन पुरस्कार गुठीको सदस्य सचिव भएर उनले विसं २०४९ सम्म र त्यसपछि अध्यक्षका रुपमा काम गरे । विसं २०१३ देखि२०४९ सम्म मदन पुरस्कार पुस्तकालयको सञ्चालक (लाइब्रेरियन) र त्यहाँबाट हालसम्म पुस्तकालयको अध्यक्षका रुपमा स्व दीक्षितले काम गरे । पुस्तकालयमा दर्ता भएका ३८ हजार पुस्तकमध्ये साढे ३६ हजार दीक्षितले आफ्नै हस्ताक्षरले दर्ता गरेको पुस्तकालयका अनुसन्धाता दीपक अर्यालले जानकारी दिए । ‘दुई महिना अघिसम्म दीक्षितले पुस्तकालयमा आएर नयाँ आएका पुस्तक दर्ता गर्नुहुन्थ्यो, नेपाली भाषामा लेखिएका भेटिए जति पुस्तक पुस्तकालयमा छन्, गोरखापत्रको पहिलो अङ्कदेखिका सबै सङ्ग्रह यहाँ छन्, उहाँले नै गोरखापत्रको न्वारान गर्नुभएको हो, त्यही मितिमा अहिले गोरखापत्रले वार्षिकोत्सव मनाउँछ”– अनुसन्धाता अर्यालले भने । दीक्षितले गोरखापत्र प्रकाशन भएको वास्तविक मिति पत्ता लगाउनु अघि वार्षिकोत्सव समेत मनाइँदैन थियो । ‘संवत् १९५८ ज्येष्ठ वदी ३ सोमबार’ भनेर लेखिएको गोरखापत्रको पहिलो अङ्कको मितिका आधारमा दीक्षितले १९५८ वैशाख २४ गते सोमबार हो भनेर पत्ता लगाएपछि वार्षिकोत्सव मनाउन थालिएको गोरखापत्रका प्रबन्ध सम्पादक श्रीओम श्रेष्ठ ‘रोदन’ बताउछन् । ‘गोरखापत्र प्रकाशनको मिति पत्ता लगाउनु भएकैले उहाँलाई गोरखापत्रको पुरेत भनिन्छ, दीक्षितले जुराएको मितिमै अहिले गोरखापत्रले वार्षिकोत्सव मनाउँछ”–उनले भने । दीक्षित नेपाली भाषा साहित्यका बारेमा कलम चलाउनेलाई माया गर्ने व्यक्तित्वका रुपमा आफूले पाएको साहित्यकार एवम् नेपाली विषयका उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवाली बताउछन् । छन्दका कविता लयमा गाउन सिकाउनुहुने, नेपाली भाषा साहित्यमा जसले जे लेखे पनि जय जय गाउँछु भन्ने दीक्षितले ८६ वर्षको उमेरमा पनि लघुकथा लेख्नुभयो, दीक्षितका दुईवटा लघु कथा सम्पादन गरेका ज्ञवालीले भने । पिता केदारमणि आचार्य दीक्षित र माता विद्यादेवीका माहिला पुत्रको विसं १९८६ भाद्रकृष्ण औँसीका दिन काठमाडौँको गैह्रीधारामारुपमा उहाँको जन्म भएको थियो । संयोगवश बिहीबार पुस कृष्ण औँसीका दिन नै उनको निधन भयो । दरबार हाईस्कुल, त्रिचन्द्र बहुमुखी क्याम्पस र बनारस हिन्दू विश्वविद्यालयबाट स्नातकसम्मको अध्ययन पूरा गरेका दीक्षितले विसं २०१६ देखि नेपाली भाषा साहित्यसम्बन्धी ‘नेपाली’ त्रैमासिक पत्रिका सम्पादन गर्दै आएका थिए । मदन शम्शेरको सम्पत्तिलाई सदुपयोग गरेर नेपाली भाषा र साहित्यको श्रीवृद्धिमा दीक्षितले उल्लेखनीय काम गरेको साहित्यकार तीर्थ श्रेष्ठ बताउछन् । उनकै अग्रसरतामा नेपाली भाषा साहित्यमा उल्लेखनीय योगदान गर्नेलाई प्रत्येक वर्ष मदन र जगदम्बाश्री पुरस्कार प्रदान गरिन्छ । यो नेपाली भाषा साहित्यमा सर्वाधिक राशीको पुरस्कार हो । ‘बिपी कोइराला नेपाल–भारत प्रतिष्ठानले वनारसमा आयोजना गरेको नेपाल–भारत नेपाली लेखक सङ्घको सम्मेलनमा हामीसँगै भाग लिन गएका बेला गोरखामा पनि यस्तै सम्मेलन गर्ने सोच बनाउनुभएका दीक्षित नेपाली भाषा साहित्यको उपल्लो दर्जाको सेवक हुनुहुन्थ्यो”– उनले भने । उनले साझा यातायातको सञ्चालक, साझा प्रकाशनको सञ्चालक सदस्य र अध्यक्ष, पाटन कलेजको सञ्चालक र अध्यक्ष, पाटन क्याम्पस व्यवस्थापन समिति सदस्य, मदन मेमोरियल गल्र्स हाई स्कुलको सदस्य सचिव, मदन स्मारक मावि अध्यक्ष, नेपाल बैंक लिमिटेड र विराटनगर जुट मिलको सञ्चालक, गोरखापत्र दैनिक र प्रेस काउन्सिल नेपालको सदस्य, साल्ट ट्रेडिङ कर्पोरेसनको सञ्चालक, उपाध्यक्ष र अध्यक्ष, गोरखकाली रबर उद्योगको अध्यक्ष, बिपी सङ्ग्रहालय समितिको सदस्यलगायत ४७ सङ्घ संस्थामा बसी सेवा गरेका थिए । ‘जङ्गबहादुरको बेलायत यात्रा’ र ‘मोतीराम भट्टको प्रियदर्शिका’ लगायत २२ कृति दीक्षितले सम्पादन गर्नुभएको छ । उहाँका विषयमा विभिन्न लेखकले तीन वटा पुस्तक प्रकाशित गरेका छन् । स्व दीक्षितले विसं २०५६ मा निर्माण भएको आदिकवि भानुभक्त चलचित्रमा श्रीकृष्ण आचार्यको भूमिका निर्वाह गरेका थिए । दुई छोरा पत्रकार कुन्द दीक्षित र कनकमणि दीक्षित एवम् छोरी रुपा जोशी गरी उनका तीन सन्तान छन् । उनको बिहीबार बिहान पशुपति तिलगङ्गास्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरियो ।
|
annapurnapost.com
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.