article
stringlengths 3
1.8k
| summary
stringlengths 2
141
|
---|---|
भेरी–बबई बहुउद्देश्यीय आयोजनाको ## अर्ब रुपैयाँ बारबरको ठेक्का पाएको रमण–पप्पु कन्स्ट्रक्सन जेभीलाई सम्झौता अनुसार निर्माणको काम गर्न नसकेकाे भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले अन्य ठेक्का ( खरिद ) प्रक्रियामा रोक लगाएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार सूचना जारी गर्दै रमण–पप्पु जेभीलाई कालोसूची सम्बन्धी प्रक्रिया टुंगो नलागेसम्म सार्वजनिक खरिद प्रक्रियामा रोक लगाएको जनाएको छ । हुलाकी सडकमा सम्झौता अनुसार काम गर्न नसकेपछि हुलाकी सडक निर्देशनालयले रमण–पप्पु जेभीलाई कालोसूचीमा राख्नु पर्ने माग गरेको थियो । | के हुन्छ भेरी–बबई डाइभर्सन ? |
रिलिज भएको दोश्रो सातामा चलचित्र ' चङ्गाचेट ' ले वर्ड अफ माउथका कारण व्यापारमा गती बढाएपछि निर्देशक दिपेन्द्र के खनालको अनुहारमा खुशी छाएको छ । मंगलबार बेलुकी काठमाण्डौको कुमारी हलमा भेटिएका दिपेन्द्रले भने– ' मेरा लागि त जहिले पनि चलचित्र नै चल्नुपर्छ । सुरुमा इनिसियल व्यापारमा नहुने र वर्ड अफ माउथले नै जित्नुपर्ने मेरो भोगाई हो । | ' चङ्गाचेट ' मा दर्शक बढे , निर्देशक भन्छन्– ' मेरो भोगाई सधै यस्तै ' |
वीरगन्जमा राष्ट्रिय जनता पार्टी नेपालका कार्यकर्ताले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवको पुत्ला जलाएका छन् । मंगलबार दिउँसो तीन बजेतिर वीरगन्जको घन्टाघरमा राजपा कार्यकर्ताले जसरी पनि निर्वाचन गराउनु पर्ने अभिव्यक्ति दिएको भन्दै यादवको पुत्ला जलाएका हुन् । यसअघि आज यादव वीरगन्ज जाने कार्यक्रम थियो । | वीरगन्जमा राजपा कार्यकर्ताले जलाए उपेन्द्र यादवको पुत्ला |
सुरेश भुसाल / राजकुमार श्रेष्ठ# कात्तिक , क्वालालम्पुर । मलेसियामा जारी आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीको आइतवारको खेलमा नेपालले सिंगापुरलार्इ ### रनको फराकिलो अन्तरले पराजित गरेको छ । जितसँगै डिफेन्डिङ च्याम्पियन नेपाल उपाधि होडमा फर्कीएको छ । | नेपालले सिंगापुरलार्इ ### रनले हरायो |
प्रदेश नं # का कूल ## स्थानीय तहमध्ये ## स्थानीय तहका जनप्रतिनिधिले अझै आफ्नो सम्पत्ति विवरण बुझाएका छैनन् । कैलाली र कञ्चनपुर जिल्ला समन्वय समितिसहित ## नगर तथा गाउँपालिकाका जनप्रतिनिधिले मात्रै कार्यालयमा सम्पत्ति विवरण बुझाएको पाइएको छ । पहाडी जिल्लाका सात जिल्ला समन्वय समिति तथा नगरपालिका र गाउँपालिका गरी ## स्थानीय तहका जनप्रतिनिधिले हालसम्म कार्यालयमा सम्पत्ति विवरण नबुझाएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सूचना अधिकारी देवेन्द्रबहादुर कार्कीले जानकारी दिए । | प्रदेश # का अधिकांश जनप्रतिनिधिले सम्पत्ति विवरण अझै बुझाएनन् |
प्रदेश # ले ' मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम ' अभियान धादिङबाट सुरु गरेको छ । प्रदेश # का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकटेलले शुक्रबार एक कार्यक्रमबिच सो अभियान उद्घाटन गरेका हुन् । निरोगीको स्वास्थ्य परीक्षणका लागि सुरु यस कार्यक्रमको मुख्य उद्देश्य नसर्ने रोग र त्यसको जोखिमबारे समयमै पहिचान गरी उचित उपचार र परामर्श दिनु रहेको मन्त्री जम्मकटेलले बताए । | धादिङबाट ' मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम ' |
एनआइसी एसिया बैंकले ऋण पत्रको बिक्री खुलाएको छ । कुल # अर्ब रुपैयाँको ऋणपत्रमा पुस ## गतेसम्म आवेदन गर्न सकिने कम्पनीले जनाएको छ । प्रतिकित्ता # हजार रुपैयाँको दरले आवेदन दिनुपर्नेछ । | एनआइसी एसियाको ऋणपत्रमा बिक्री खुल्यो |
प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीहरूलाई आफ्ना गतिविधि कृषिमा केन्द्रीत गर्न आग्रह गरेका छन् । राष्ट्रिय सहकारी महासंघको प्रतिनिधि मण्डलसँग आज सिंहदरबारमा अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले यस्तो आग्रह गरेका हुन् । प्रधानमन्त्री ओलीले कृषिमा देशको करिब दुई तिहाइ जनसंख्या निर्भर भएकोले यो क्षेत्रलाई आधुनिकीकरण नगरी देशमा समृद्धि हासिल नहुने बताएका छन् । | कुन ऐनले अप्ठेरो पार्यो लेखेर ल्याउनुस् , सम्बोधन गर्न सरकार तयार छ : प्रधानमन्त्री |
यसअघि चलचित्र ' अलबिदा ' निर्माण गरेको एचआरके प्रोडक्शनले अब ' रोमियो ' नामक चलचित्र बनाउने भएको छ । यो चलचित्रको अहिले धमाधम गीत रेकडिङ भैरहेको निर्माता तथा नायक हसनराजा खानले जानकारी दिए । हसनलाई निर्देशक नारायण पुरीले उनको जन्मदिनमा स्त्रिmप्ट उपहार दिएका थिए । | बन्ने भो ' रोमियो ' , रेकर्ड भयो ' तिमी किन ल्याङ ल्याङ गर्दैछौ मैयाँ ' |
कान्तिपुर फिल्म एकेडेमीले काठमाण्डौको क्यूज सिनेमा हलमा विद्यार्थीहरुले बनाएको छोटा चलचित्र प्रदर्शन गरेको छ । उक्त कार्यक्रममा कान्तिपुर एकेडेमीबाट अभिनय र चलचित्र निर्माणमा एक बर्षे डिप्लोमा कोर्ष सकाएका ## जना विद्यार्थीहरुलाई ग्राजुएट गरिएको थियो भने उनीहरुले बनाएको फरक फरक विषयको # वटा छोटा चलचित्र पनि प्रदर्शन गरिएको थियो । प्रदर्शन गरिएका छोटा चलचित्रमा हेम प्रभासको ' द मास्क ' , दिपेश याक्सोको ' तिम्मक ' , रीमा थापाको ' व्युत्क्रमो ' , उदय अधिकारीको ' पाथ टु हेल ' , राजदिप लामाको ' ग्याङ्गस अफ काठमाण्डौ ' , ईश्वरी आचार्यको ' बुद्ध , आईज एण्ड बिटवीन ' , उद्धव दंगालको ' लोङ्गवा ' , रविन्द्र श्रेष्ठको ' रियल कोईन्स ' , र दिपेन्द्र मल्लको ' पद्मा ' थिए । | कान्तिपुर फिल्म एकेडेमीका विद्यार्थीले बनाए # छोटा फिल्म |
भारतीय क्रिकेट टिमका कप्तान महेन्द्र सिंह धोनीको जीवनमाथि फिल्म बनेको छ । ' एमएस धोनी–द अनटोल्ड स्टोरी ' यसमा धोनीको भूमिकामा देखिएका छन् सुशान्त सिंह राजपुत । ## सेप्टेम्बरमा रिलिज हुने यस फिल्मको मुम्बइमा ट्रेलर लञ्च गरिएको छ । | जीवन कहानी पर्दामा हेर्दा मलाई लाज लाग्छ : धोनी |
नेपालले पहिलो पटक प्रक्षेपण गरेको भूउपग्रह नेपाली स्याट–# ले भुटान , बङ्गलादेशको ढाका तथा भारतका आसाम , दार्जिलिङ र सिक्किमका भूभागको तस्बिर लिएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान ( नाष्ट ) ले आफ्नो कार्यालयमा सूचना प्रवाह गर्ने माध्यम ग्राउण्ड स्टेशन जडान गरेसँगै नेपाली स्याट–# पहिलो पटक ती तस्वीर लिन सफल भएको हो । करिब एक महिनाअघि नेपाली स्याट–# ले उक्त तस्वीर लिएको जानकारी जापानस्थित क्यूटेक विश्वविद्यालयले दिएको नाष्टका प्रविधि सङ्काय प्रमुख रवीन्द्रप्रसाद ढकालले जानकारी दिए । | नेपाली स्याट–# ले लियो तीन मुलुकको तस्बिर |
नेपाली सेनाका अवकासप्राप्त सुबेदार भवानीप्रसाद वस्तीले बिहीबार प्रधानसेनापति पूर्णचन्द्र थापालाई सैनिकका लागि घर बनाउन सहुलियत ऋण दिन आग्रह गरे । धनगढीमा भएको भुतपूर्व सैनिक भेलामा आएका उनले भने , ' सर हामी सिपाहीको आर्थिक अवस्था साह्रै न्यून भयो । सिपाहीलाई जीवनमा एक पटक घर बनाउनका लागि कल्याणकारी कोषमार्फत् सिमेन्ट , रड के पाइन्छ सहुलियतमा पाउन पर्यो । | भुपूमार्फत् समाजसँग जोडिँदै सेना |
काठमाडौँबाट हेटौँडातर्फ गइरहेको ट्रक त्रिशूलीमा खसेको छ । इच्छाकामना गाउँपालिका–# लेवाटारमा ट्रक खस्दा दुईजना घाइते भएका छन् । चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार ट्रक करिब ## मिटर तल त्रिशूलीमा खसेको हो । | त्रिशूलीमा ट्रक खस्यो , दुईको उद्दार |
एक नगरपालिकासहित आठ स्थानीय तह रहेको सोलुखुम्बुमा स्थानीय तहपिच्छे कृषि क्षेत्रको बजेटमा भिन्नता देखिएको छ । मन्त्रालयबाट सोलु–दूधकुण्ड नगरपालिकामा एक करोड ## लाख ## हजार कृषि बजेट आएपनि भारी कटौती गरी ## लाख रुपैयाँको कार्यक्रम तर्जुमा गरिएको छ । त्यस्तै , लिखुपिके गाउँपालिकालाई ## लाख तीन हजार आएकामा ## लाख रुपैयाँको मात्र कार्यक्रम सञ्चालन गरिने निर्णय गरिएको छ । | सोलुखुम्बुको कृषि बजेट |
## महिलाको नुहाइरहेको भिडियो पोर्न साइटमा हालेको भन्दै पक्राउ परेका न्यूजिल्याण्डका एक व्यक्तिलाई त्यहाँको अदालतले दोषी ठहर गरेको छ । यी व्यक्तिले आफ्नो गेष्ट हाउसको बाथरुममा स्याम्पुको बोतलमा राखिएको क्यामराले भिडियो बनाउथे । उत्तरी द्वीपको हक्समा यी व्यक्तिले गोप्य तरिकाले दुई सय ## वटा रेकर्डिङ गरेका थिए । | ## महिलाको नुहाइरहेको भिडियो बनाएर पोर्न साइटमा हालेपछि . . . |
राष्ट्रिय जनता पार्टी ( राजपा ) का नेता महेन्द्र राय यादवले सरकारले आफ्ना मागहरु पुरा नगरे कडा कदम चाल्ने चेतावनी दिएका छन् । राजपाले गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आएको छ । उनले मंगलबारको संसद बैठकमा बोल्दै संसद अवरुद्ध पार्ने चेतावनी समेत दिए । | माग पुरा नगरे कडा कदम चाल्ने राजपाको चेतावनी |
यसपालीको ' भ्यालेन्टाइन डे ' रणवीर सिंह र दीपिका पादुकोणका लागि विषेश हुने भएको छ । रणवीर दीपिकालाई भेटनकै लागि यसपाली टोरन्टो जाने भएका छन् । अहिले दीपिका हलिउड फिल्म ' ट्रि पल एक्स द रिटर्न अफ एक्सजेन्डर ' मा विन डीजलसंग काम गर्दैछिन् । | टोरन्टोमा दीपिकासँग ' भ्यालेन्टाइन डे ' मनाउँदै रणवीर |
एकपछि अर्को हप्ता आफू अभिनित चलचित्र रिलिज हुँदा कलाकारलाई घाटा लाग्छ । एकसाता अगाडि पर्दामा देखिएका कलाकार अर्को साता नयाँ चलचित्रका साथ पर्दामा देखिदा दर्शकको रुची घट्छ । संभवत निर्माणपक्षले बेलैमा ध्यान नदिएको भए नायक दयाहाङ राई र नायिका मलिना जोशीको हकमा यस्तै हुने थियो । | # फिल्म सर्दा मलिनालाई राहत , दयाहाङको पनि यस्तै स्थिती |
## लाख खर्चेर खुल्लामञ्चमा सटर किनेका दोलखाका नेत्रबहादुर खत्रीले आफ्नो पैसा फिर्ता पाएका छन् । सरकारले डोजर चलाएर सटर भत्काइदिएपछि उनको लगानी संकटमा परेको थियो । खुल्लामञ्च क्षेत्रमै फुटपाथ ब्यापार गर्ने खत्रीले ठेकदारले अवैधरुपमा बनाएको सटरमा फलफूल र कपडा पसल गर्न ठेकदार मनोज भेटवाललाई दुईपटक गरेर ## लाख नगद बुझाएका थिए । | नेत्रबहादुरले ठेकदारबाट फिर्ता पाए ## लाख |
श्री एयरलाइन्सको छैठौं जहाज काठमाडौं आइपुगेको छ । कम्पनीका प्रवन्धक अनिल मानन्धरका अनुसार बम्बाडियर #एन - एएनइ जहाज बिहीबार अपरान्ह साढे # बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । यसअघि जहाज बुधबार नै काठमाडौं आउने कार्यक्रम थियो । | श्री एयरलाइन्सको कान्छो जहाज काठमाडौं ओर्लियो |
मनघरी फाउण्डेशन र नासा बुलेट क्लबको संयुक्त आयोजनमा पहिलो पटक काठमाडौंको पशुपतिदेखि डोल्पाको फोकशुण्डो तालसम्म बुलेट बाइक र्याली सुरु भएको छ । कर्णालीको पर्यटन प्रबर्धन र भिजिट नेपाल #### लाई सफल बनाउन रोइलइफिल्ड मोटरसाइकल राइडरले काठमाडौं – फोक्शुण्डो यात्रा थालेका हुन् । यात्राको शुक्रबार बिहान पशुपति क्षेत्रबाट सुरु भएको छ । | पहिलो पटक पशुपति - फोक्शुण्डो बुलेट राइड |
तीज , दशैं , तिहार र नयाँ बर्ष नेपाली फिल्म रिलिजका लागि सबैभन्दा राम्रो मानिन्छन् । यसैले , पनि होला यी मुख्य चार समयमा नेपाली फिल्म रिलिजका लागि निर्माता तछाडमछाड गर्छन् । तर , यी चार मितिमा चलचित्र प्रदर्शनको घोषणा गर्न जती हतार निर्माता गर्छन् , त्यती नै हतार यी मिति नजिकिदै गर्दा पछि सर्नमा पनि गर्छन् । | दशैंमा फिल्म रिलिजः ' यो वर्ष भागाभाग , अर्को वर्ष भिडभाड ' |
सरकारले कैदीबन्दीको सेवासुविधा बढाएको छ । अर्थमन्त्री युवराज खतिवडाले संसदमा प्रस्तुत गरेको आर्थिक वर्ष #### / ### को वार्षिक बजेटमा कारागारमा रहेका कैदीले पाउँदै आएको सेवासुविधा रु ## बाट बढाई ## पुरयाइएको उल्लेख छ । त्यसैगरी कैदीबन्दीका छोराछीले पाउँदै आएको रकमलाई रु ## बाट ## पुर्याइएको छ । | बजेट : कैदीले पाउने रकम बढ्यो |
राष्ट्रिय मानवअधिकार आयोगले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी सिफारिस गर्न बनेको समितिमा वैधता , निश्पक्षतामा प्रश्न उठ्न नदिन सक्रिय रहने निर्णय गरेको छ । यदि सक्रिय रहन नसकी प्रश्न उठेमा आयोग बाहिरिन सक्ने मंगलबारको बैठकले निर्णय गरेको हो । रिक्त दुई आयोगका लागि पदाधिकारी सिफारिस गर्न बनेको समितिमा स्वतन्त्र , पारदर्शी ढंगले काम गर्न नदिएमा आयोगका प्रतिनिधि फिर्ता बोलाउने तयारी गरेको आयोगले विश्वसनीयता कायम गर्नेगरी काम गर्ने आश्वासन दिएको छ । | सिफारिस समितिमा प्रश्न उठ्न दिन्नौं : आयोग |
सरकारले भूकम्प पीडितहरुको राहत , पुनःस्थापना र पुनर्निर्माणबारे संसद बैठकमा विशेष संकल्प प्रस्ताव पेश गरेको छ । संकल्प प्रस्ताव पेश गर्दैै प्रधानमन्त्री सुशील कोइरालाले पीडितहरुको पुनर्वास र राहतमा कुनै कसर बाँकी नराख्ने बताए । संकल्प प्रस्तावका केही मुख्य बुँदाहरू# . भूकम्प पीडितलाई परिचयपत्र# . भूकम्प स्मृति स्तम्भ निर्माण# . मृतकका परिवारलाई # लाख# . पूर्णरूपमा घर क्षति भएकालाई # लाख# . घर मर्मतका लागि ## हजार# . पाँच वर्ष भित्र क्षति भएका संरचनाको पुनर्निर्माण गरिसक्ने# . अभिभावक गुमाएका बालबालिकालाई निशुल्क शिक्षा# . कालोबजारी गर्नेलाई कारवाही# . दुई प्रतिशत ब्याजमा सहुलियत ऋण , रोजगारीमा प्राथमिकता## . बजेटमा भूकम्प , बाढीपहिरो , स्वाइनˆलु र आगलागी प्रभावित क्षेत्रमा विशेष व्यवस्थाभूकम्प पीडितहरुलाई दिने राहत , पुनःस्थापना र भौतिक संरचनाको पुनर्निमाणबारे सरकारको संकल्प प्रस्तावमा दलहरुबीच विवाद भएपछि संसद सचिवालयमा दर्ता हुन ढिलाइ भएको थियो । | भूकम्प पीडितलार्इ परिचयपत्र दिइने , # वर्ष भित्र संरचनाको पुनर्निर्माण |
गरिमा पन्तको नृत्य र अभिनय हेरेर मनोरञ्जन लिन चाहने दर्शकका लागि नयाँ खुराक बजारमा आएको छ । नयाँ खुराक उपलब्ध गराउने काम गरेका छन् निर्देशक बाबुराम ढकालले । प्रशिद्ध साहित्यकार बीपी कोइरालाको उपन्यास ' तीन घुम्ती ' मा आधारित चलचित्र ' तीन घुम्ती ' बनाएका ढकालले युट्युव मार्फत उक्त चलचित्रको फुल झैं नरम बनायौ…बोलको गीत सर्वाजनिक गरे । | गरिमालाई तीन घुम्तीले घाम झैं गरम बनायो . . |
यसले अन्तर्राष्ट्रिय रुपमा नेपालीपनको प्रवद्र्धन हुने र देशभित्र पनि आफ्नो संस्कृतिको थप प्रवद्र्धन र प्रसार गर्न मद्दत पुग्ने सो अभियानका डा लेखनाथ काफ्ले र शङ्कर बन्जाडेले बताए । शताब्दीऔँदेखि भइरहेको विभिन्न प्रकारका नेपाली टोपीको प्रयोगलाई अझै व्यापक र विश्वमय बनाउने उद्देश्यले सन् #### जनवरी # देखि संसारभर अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइँदै आएको छ । रासस । | नेपाली टोपी दिवस मनाउन आग्रह |
तराईमा प्रचलित दाइजो ( दहेज ) प्रथाको विषयमा निर्माण गरिएको फिल्म ' राज्जा रानी ' ले प्रचारप्रसारसँगै दाइजो र बालविवाहविरुद्ध सोमबारबाट जागरण अभियान सुरु गर्ने घोषणा गरेको छ । फिल्मकी अभिनेत्री केकी अधिकारीको जन्मदिनको मौका पारेर फिल्म र सामाजिक संस्था भोर नेपालले राजधानीमा पत्रकार सम्मेलन गर्दै पूर्वको विराटनगरदेखि सुरु हुने अभियान दस दिनपछि राजधानीमा टुंगिने जानकारी दिए । भोर संस्थाका संयोजक राजकुमार महतोेले बाल विवाह एवं दाइजो विरुद्धको जागरण अभियानमा फिल्म रिलिज प्रभावकारी हुने विश्वास लिए । | जन्मदिनमा दाइजोविरुद्ध जागरण |
मधेसी मोर्चाका शीर्ष दुई नेताले संविधान संशोधन नभए आफूहरु चुनावमा सहभागी नहुने बताएका छन् । मधेसी मोर्चासँग भएको सहमति अनुसार सरकारले संविधान संशोधन विधेयक परिमार्जन गरेको छ भने स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेको छ । तर , मोर्चाका नेताहरुले धम्की दिन छाडेका छैनन् । | मधेसी मोर्चाका शीर्ष नेताले भने - पत्रकारले आतंक मच्चाए , संशोधन नभई चुनावमा जान्नौं |
पर्सामा एक ## बर्षे किशोरी सम्पर्कविहिन भएको ## दिनपछि जंगलमा शव गाडिएको अवस्थामा फेला परेकी छन् । शव फेला परेसँगै प्रहरीले उनको हत्या भएको र त्यसमा संलग्न रहेको आशंकामा # जनालाई नियन्त्रणमा लिएको छ । पर्साको जिराभवानी गाउँपालिका वडा नम्बर # गम्हरीयाका बुधन धाँगडकी छोरी ## वर्षीया भुट्टी भनिने निदुवा धाँगड फागुन ## जंगलमा महिलासंग दाउरा लिन जाँदा हराएकी थिइन् । | किशोरीको शव ## दिनपछि जंगलमा फेला , # पक्राउ |
चितवनमा सञ्चालित अधिकांश ड्राइभिङ सेन्टरहरु नियमविपरीत सञ्चालन भइरहेको फेला परेका छन् । जसमध्ये मापदण्ड विपरित , विना नविकरण र दर्ता नभएका धेरै रहेकोे पाईएको हो । त्यस्तै प्रशिक्षण दिने प्रशिक्षकको सवारी चालक अनुमतिपत्र नभएको , अनुभवी नभएको जिल्ला ट्राफिक कार्यालय चितवनले जनाएको छ । | अधिकांश ड्राइभिङ सेन्टर नियमविपरीत |
आगामी भदौ ## गतेलाई रिलिज मिति तोकेको फिल्म ' मारुनी ' को फस्टलुक सार्वजनिक भएको छ । गत वर्षको असोजमा रिलिज फिल्म ' इन्टु मिन्टु लण्डनमा ' पछि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह ' मारुनी ' मा देखिँदैछिन् । फिल्ममा उनले नायक पुष्प खड्कासँग रोमान्स गरेका छन् । | फर्स्टलुकमा ' मारुनी ' |
विनाशकारी भूकम्पबाट # लाख बढी घरपरिवार विस्थापित भएका छन् । पीडितहरुलाई तत्कालै सुरक्षित स्थानमा सार्नुपर्ने माग भइरहेको छ । र , सरकारले पनि प्रधानमन्त्रीको सम्बोधनमार्फत् उनीहरुलाई अस्थायी शिविरमा राख्ने घोषणा गरिसकेको छ । | बहस : भूकम्पपीडितलाई भुटानी र माओवादी शिविरको आश्रय |
नेसनल मेडिकल कलेजले विद्यार्थीहरुबाट नियम विपरीत अतिरिक्त शुल्क उठाएको पाइएको छ । एमबीबीएस पहिलो वर्षका विद्यार्थीबाट बसरुद्दिद अन्सारीले सञ्चालन गरेको नेशनल मेडिकल कलेजले कानून विपरीत शुल्क उठाएको विद्यार्थीको आरोप छ । नेपाल सरकारले तोकेको शुल्क विपरीत कलेजले विभिन्न बहानामा अतिरिक्त थप पैसा तिराउने गरेको भन्दै चिकित्सा शिक्षा संघर्ष समितिले वीरगञ्जमा प्रदर्शनसमेत गरेको छ । | नेशनल मेडिकल कलेजले अतिरिक्त शुल्क लिएको भन्दै प्रदर्शन |
निजी कम्पनीले छपाइ गर्दा स्पस्ट नबुझिने कार्ड छापेपछि यातायात व्यवस्था विभागले झण्डै ## हजार कार्ड पुनः छपाइ गर्न थालेको छ । निजी कम्पनीले रङ्गीन कार्ड छाप्दा फोटो र विवरण नबुझिने छापेपछि पुनः छपाइ शुरु भएको हो । निजी कम्पनीले झण्डै तीन लाख रङ्गीन कार्ड छापिएकामा ## हजार कार्ड अस्पस्ट रहेको विभागका प्रवक्ता तीर्थराज खनालले बताए । | ' स्मार्ट ' चालक अनुमतिपत्र पुनः छपाइ हुँदै |
प्राणी रक्षाको कामना गर्दै ## करोड मन्त्र जपसहित विश्वशान्ति पूजा थालिएको छ । बौद्धनाथ स्तुप परिसरमा शुक्रबारबाट थालिएको पूजा ## दिनसम्म चल्नेछ । पूजाको उद्घाटन स्वास्थ्यमन्त्री गगन थापाले गरे । | ## करोड मन्त्र जप |
पछिल्लो समय सरकारी तथा गैर–सरकारी क्षेत्रबाट राम्रो सहयोग पाउन थालेपछि जिल्लामा चिया प्रशोधन कारखाना स्थापना हुन थालेका छन् । ठूला उद्योगले हरियो चियाको मूल्य उचित मूल्य नदिएका कारण विभिन्न सङ्घ÷संस्थाको आर्थिक सहयोगमा यस्ता उद्योग स्थापना भएका हुन् । चिया उत्पादन मात्र गर्नुभन्दा प्रशोधन समेत गरेको चियाको उचित मूल्य पाइने भएकाले जिल्लामा प्रशोधन केन्द्र स्थापना हुन थालेको केन्द्रीय चिया सहकारी सङ्घका महासचिव रवीन राईको भनाइ छ । | चिया प्रशोधन उद्योग वृद्धि |
प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिमण्डल विस्तारको तयारी गरेका छन् । एमाले र माओवादीका केही मन्त्रीसहित उनले साँझसम्म मन्त्रिमण्डल विस्तार गर्ने सम्भावना रहेको एमाले स्रोतले जानकारी दियो । मन्त्रालयको भागबन्डा गर्न अहिले प्रधानमन्त्री ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा बैठक जारी छ । | मन्त्रालय बाँडफाँट टुंग्याउन बालुवाटारमा ओली–दाहाल बैठक |
ओखलढुंगाको प्रदेश ' क ' मा वाम गठबन्धनका उम्मेदवार अम्बिरबाबु गुरुङ विजयी भएका छन् । वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका एमाले नेता गुरुङले ## हजार # सय # मत प्राप्त गरी विजयी भएका हुन् । उनले कांग्रेसका मित्रसेन दाहाललाई हराए । | ओखलढुंगा प्रदेश ' क ' मा वाम गठबन्धनका अम्बिरबाबु गुरुङ विजयी |
दोस्रो बजारमा सेयर खरिद गरिसकेपछि सोको भुक्तानीका लागि अब ब्रोकर कम्पनी जानु नपर्ने भएको छ । साथै लगानीकर्ताले चेक काट्नुपर्ने झन्झट पनि नहुने भएको छ । स्टक एक्स्चेन्जसँगको सहकार्यमा नेपाल क्लियरिङ हाउसले सेयर खरिद भएको रकम लगानीकर्ताको बैंक खाताबाटै भुक्तानी हुनेगरी काम अन्तिम चरणमा पुर्याएको छ । | सेयरको रकम तिर्न ब्रोकरकहाँ जानु नपर्ने |
नेकपा एमालेको भ्रातृ संगठन नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघको अध्यक्षमा एमाले सचिव पृथ्वीसुब्बा गुरुङ निर्वाचित भएका छन् । महासचिवमा पोलिटब्युरो सदस्य परशुराम मेघी गुरुङ चयन भएका छन् । त्यसैगरी वरिष्ठ उपाध्यक्षमा पोलिटब्युरो सदस्य शेरबहादुर तामाङ , उपाध्यक्षहरुमा चित्र थापा , पासाङ शेर्पा , तिलकुमार मेन्याङ्बो , कृपाशुर शेर्पा , शरण राई , ढकबहादुर थापा र शान्ता चौधरी निर्वाचित भएका छन् । | आदिवासी जनजाति महासंघमा गुरुङ अध्यक्ष |
राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मका अन्तिम रसुल ( ईश्वरका अन्तिम सन्देशकर्ता ) हजरत मोहम्मदको #### औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लिम दाजुभाइ दिदीबहिनीहरूमा सुख , शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेकी छन् । हाम्रो देश नेपाल धार्मिक , सांस्कृतिक विविधताले सम्पन्न रहेको र यहाँ मनाइने हजरत मोहम्मदको जन्मजयन्ती जस्ता उत्सवहरूले विभिन्न धर्म , संस्कृति , समुदाय र क्षेत्रसंग आवद्ध नागरिकहरूबीच आपसी मेलमिलाप , सद्भाव र सहिष्णुता सुदृढ पार्न सहयोग पुर्याएको छ , उनले भनिन् । जातीय धार्मिक तथा सहिष्णुताको अनुपम उदाहरण रहेको नेपाली समाजमा मोहम्मदको जन्म दिनले सामाजिक सद्भाव वृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीद्वारा जारी शुभकामना सन्देशमा उल्लेख छ । | राष्ट्रपतिद्वारा हजरत मोहम्मद जन्मजयन्तीको शुभकामना |
मदिरा सेवनकर्तालाई परिचयपत्रको व्यवस्थाको पक्षमा वकालत गर्दै नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) का सांसद झपट रावलले प्रतिनिधि सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका छन् । रावलको प्रस्तावमा मदिरा बेचबिखनको समय निर्धारण गरिनुपर्ने , मदिरा खरिदबिक्रीको समय र स्थान तोकिनुपर्ने उल्लेख छ । प्रस्तावमा भनिएको छ – मदिरा जहाँ जहिलेपनि जुनसुकै उमेर समूहका लागि विक्री वितरण गर्ने कार्यले मानव स्वास्थ्यमा पर्ने नकरात्मक असर घटनाउन र मदिरा सेवनका कारण हुने अपराध न्यूनिकरण गर्ने निर्देशिका बनाई व्यवस्थित गर्न आवश्यक भएको छ । | मदिरा सेवनकर्तालाई परिचयपत्रको वकालत गर्दै प्रतिनिधि सभामा प्रस्ताव दर्ता |
' बाहुबली ' फेम अभिनेता प्रभास यसअघि इन्टाग्रामबाट बाह्र हात टाढा थिए । हुन त उनी सोशल मिडियामा त्यती रुची पनि राख्दैनन् । यसपाली भने उनलाई झ्वांक चल्यो , सामाजिक सञ्जालमा जोडिने । | प्रभासको पहिलो इन्स्टा पोस्ट , बनाए अनौठो रेकर्ड |
नेपाली क्रिकेटको प्रशासनिक समस्या समाधानका लागि विधान बनाउने तथा ' स्वतन्त्र ' निर्वाचनको माहोल बनाउने म्यान्डेटका साथ पाँच महिनाअघि गठित सल्लाहकार समिति अझै पूर्णताको प्रतीक्षामा रहेको सरोकारवालाले बताएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ( आइसिसी ) का प्रतिनिधिको उपस्थितिमा शनिबार र आइतबार काठमाडौंमा भएका दुई चरणका बैठकले नेपाल क्रिकेट संघ ( क्यान ) को निर्वाचित कार्यसमितिका अध्यक्ष चतुरबहादुर चन्द र महासचिव अशोकनाथ प्याकुर्याललाई सदस्यका रूपमा थप्ने प्रस्ताव गरेको थियो । तर चन्द र प्याकुर्यालले भने आफूहरूले निश्चित सर्त राखेको बताउँदै तत्काल समितिमा नगइसकेको बताएका छन् । | क्रिकेटमा सहमतिको प्रतीक्षा |
शुक्रबारदेखि सुदूरपश्चिमको धनगढीबाट पनि श्रम स्वीकृति दिइने भएको छ । वैदेशिक रोजगारीको श्रम स्वीकृतिका लागि काठमाडौं धाउन नपर्ने व्यवस्था गर्न सुदूरपश्चिम प्रदेशको धनगढीमा श्रम स्वीकृति दिन लागिएको हो । श्रम , रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रदेश नम्बर # को जनकपुर , प्रदेश नम्बर # को बुटवल , प्रदेश #को पोखरा र प्रदेश #को सुर्खेतबाट सेवा उपलब्ध गराउन थालिसकेको छ । | शुक्रबारदेखि सुदूरपश्चिम प्रदेशमै श्रम स्वीकृति |
संसदबाट सरकारको वजेट प्रस्ताव पास नभएपछि हालै अमेरिकी इतिहासमै सबैभन्दा लामो समयसम्म सरकारी काम कारवाही बन्द ( सटडाउन ) भयो । उक्त सटडाउनको असर देशका सबै ठाउामा पर्यो । अरु त अरु राष्ट्रपति कार्यालय तथा निवास ह्वाइट हाउस पनि यसबाट अछुत रहेन । | जब तलब रोकिएपछि ट्रम्पका भान्छे रिसाएर छुट्टीमा बसे… |
विश्व वातावरण दिवसको अवसरमा रुपन्देहीमा उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार #### वितरण गरिएको छ । भैरहवाका अग्रज पत्रकार नारायणप्रसाद सापकोटाले स्थापना गरेको पुरस्कार पत्रकार छवि पाण्डेलाई प्रदान गरिएको हो । तीन दशकदेखि पत्रकारिता गरिरहेका पाण्डे गोरखापत्र दैनिकका बुटवल संवाददाता हुन् । | पाण्डेलाई वातावरण पत्रकारिता पुरस्कार |
अरु क्षेत्रमा जस्तै विज्ञान र प्रविधिको क्षेत्रमा पनि धेरै प्रविधि तथा ग्याजेटहरु आउँछन् र अस्ताउँछन् । हालैका महिनाहरुमा पनि दुनियाँबाट धेरै प्रविधिहरु समाप्त भएर गए । यसरी हराएर गएकामध्ये कतिपयले कुनै समय प्रविधि जगत तथा हाम्रो जीवनमा ठूलै प्रभाव पारेका थिए । | यो वर्ष अस्ताएका ## प्रविधि |
प्रधानमन्त्री सुशील कोइरालाले एमाओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको ## दलीय मोर्चामा आवद्ध दलहरुसँग परामर्श गरेका छन् । प्रमुख चार दलबीच सहमतिको प्रयास भइरहेका बेला प्रधानमन्त्री कोइरालाले प्रचण्डसहितका मोर्चाका नेताहरुसँग संयुक्त रुपमा छलफल गरेका हुन् । ' सहमति प्रक्रियामा ## दलमा रहेका दलहरुलाई विश्वासमा लिने प्रयासमा छलफल भएको हो ' एक नेताले भने । | मधेसी र जनजातिलाई विश्वासमा लिने प्रधानमन्त्रीको प्रयास |
उपप्रधान तथा स्वास्थ्य एवम् जनसंख्या मन्त्री उपेन्द्र यादव थाइल्याण्ड भ्रमण सम्पन्न गरी शुक्रबार स्वदेश फर्किएका छन् । मंगलबार बैंकक गएका उपप्रधान मन्त्री यादवले बैंकक भ्रमणका क्रममा भएको उच्चस्तरीय वार्तामा स्वास्थ्य र शिक्षा क्षेत्रमा दुबै मुलुकले एकआपसमा सहयोग , सहकार्य गर्ने सहमति भएको उल्लेख गरे । ' नेपालका मेडिकल कलेजहरूको स्तरोउन्नति , स्वास्थ्य सेवा प्रदान , उच्चस्तरीय नर्सिङ तालिम प्रदान गर्ने सहमति भएको छ ' , उनले भने , ' नेपालका अस्पतालहरूलाई आधुनिकीकरण गर्नेबारेमा पनि सहमति भएको छ । | स्वास्थ्य र शिक्षामा सहकार्य गर्न नेपाल र थाइल्याण्डबीच सहमति |
बुधबार हुने आमनिर्वाचनको मुखैमा पाकिस्तानमा हिंसाको घटनामा वृद्धि भएको छ । आसन्न निर्वाचनपछि पाकिस्तानी प्रधानमन्त्रीको दाबेदारमध्येका एक पूर्वक्रिकेटर इमरान खानको दल पाकिस्तान तेहेरिकी–ए–इन्साफ ( पिटिआई ) का एक उम्मेदवार आइतबार भएको आत्मघाती आक्रमणमा मारिएका छन् । उक्त आक्रमणमा चार जना घाइते भएको प्रहरी अधिकारीलाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ । | आत्मघाती आक्रमणमा उम्मेदवार नै मारिए |
नेपालबाट गत शनिबार मनसुन बाहिरिएसँगै देशभर चिसो बढ्नेक्रम शुरु भएको छ । मनसुनी वायु बाहिरिएसँगै न्यूनतम र अधिकतम तापक्रम घट्दै जानेक्रम शुरु भएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गङ्गा नगरकोटीले बताइन् । ' नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडोयाम शुरु हुन्छ ' , मौसमविद् नगरकोटीले भनिन् । | मनसुन बाहिरिएसँगै चिसो बढ्नेक्रम शुरु |
धनुषामा सौतेनी आमालाई करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । जिल्लाको बिहारी नगरपालिका # मा ## वर्षकी महिलालाई करणी गरेको आरोपमा ## वर्षका युवक मंगलबार दिउँसो पक्राउ परेका छन् । महिला युवकका बुबाको कान्छी श्रीमती रहेको प्रदेश # प्रहरी कार्यालयले जानकारी दिएको छ । | सौतेनी आमासँग करणी गरेको आरोपमा युवक पक्राउ |
हिमाली आयोजनाअन्तर्गत महतगाउँ–# मा सञ्चालित दिदीबहिनी गाईपालन फर्म सुनसान छ । त्यहाँ फर्मका लागि बनाइएका भौतिक संरचना भए पनि गाई छैनन् । समूहमा स्थापित उक्त फर्म ( उद्योग ) मा पालिएका गाईका लागि दाना जुटाउन नसक्दा सबै सदस्यले गाई बाँडेर घरघरमा राखेका छन् । | गाईपालन उद्योग रित्तै |
मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन विस्तार परियोजनाअन्तर्गत हालसम्म नेपालतर्फको ## किलोमिटर क्षेत्रमा जमीनमुनि पाइप ओछ्याउने काम सम्पन्न भएको छ । परियोजना कार्यालय सिमराका अनुसार नेपालतर्फको ## दशमलव # किलोमिटर भू–भागमध्ये अब ## दशमलव # किलोमिटर पाइप ओछ्याउन बाँकी छ । तीव्रगतिमा बाँकी काम भइरहेकाले बढीमा तीन महिनाभित्र काम सम्पन्न भई भारत बिहारको राजधानी पटनाबाट पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ आउने सो कार्यालय सिमराका इञ्जिनियर शरदप्रसाद पौडेलले जानकारी दिए । | तीन महिनाभित्र पाइपबाट तेल नेपाल आउने दाबी |
देशभरि नै चिसो बढेका बेला मनाङमा भने माइनस ## डिग्री तापक्रम पुगेको छ । रातिको बेला परेको शीत जमिनमा बरफ बनेको छ । मनाङमा अहिले काम गर्ने कामदार र सरकारी कार्यालयका कर्मचारी मात्र देखिने गरेका छन् । | मनाङको तापक्रम माइनस ## डिग्री सेल्सियस |
काठमाण्डौको बबरमहलमा रहेको नेपाल आर्ट काउन्सिलको भवन भित्र अहिले केही परिचित मानिसका र केही कलात्मक मुर्ती सजिएका छन् । जनवरी ## देखि सुरु भएको यो प्रदर्शनी फेब्रुअरी # सम्म चल्नेछ । यी मुर्तीहरुलाई तयार गरेका हुन् , नविन सुवेदीले । | बबरमहलमा बाबु र ऋचाको # लाख ## हजारको मुर्ती , रामकृष्णको # लाख माथि |
संविधानसभाको बैठक चलिरहेको बेला मिडिया सेन्टरमा बिना जानकारी अडियो काटिएको छ । संविधानसभाको बैठकको प्रत्यक्ष प्रसारण दिने मिडिया सेन्टरको टेलिभिजनमा अडियो नआएपछि बैठकको समाचार संकलनमा अवरोध सिर्जना भएको छ । सभासदहरुले बोलेको भिडियोमात्र आएको मिडिया सेन्टरबाट संसदीय मामिला पत्रकार समाजका सदस्य सन्जिव बगालेले बताए । | संविधानसभाको मिडिया सेन्टरमा अडियो काटियो |
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले चीनबाट एक्कासी कोरोना भाइरस फैलनु शंकास्पद भएको बताएका छन् । नेपाल क्रान्तिकारी किसान संघ भक्तपुर जिल्ला समितिको सातौं जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले चीनमा कोरोना भाइरस फैलनुमा अमेरिकाको हात रहेको हुन सक्ने आशंका व्यक्त गरेका हुन् । अमेरिकाले विभिन्न देशसँग आफूले विभिन्न तरिकाले जित्न नसकेपछि विभिन्न भाइरस र रोग फैलाउँदै विश्व राजनीति गर्दै आएको स्मरण गराउँदै यसको पछाडी पनि अमेरिकाको हात रहेको हुन् सक्ने बताए । | चीनबाट एक्कासी कोरोना भाइरस फैलनु शंकास्पद : अध्यक्ष विजुक्छे |
काठमाडौं –ललितपुरको भट्टेडाँडामा अत्याधुनिक राडार ( रेडियो डिटेक्सन एन्ड रेन्जिङ ) तयार भएको छ । जापान सरकारको अन्तर्राष्ट्रिय सहयोग नियोग ( जाइका ) र नेपाल नागरिक उड्डयन प्राधिकरणको एक अर्ब ## करोड रुपैयाँ लागतमा जडित उक्त राडार माघ ## गतेदेखि औपचारिक सञ्चालनमा ल्याउने तयारी छ । नेपालको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई उडानलाई सुरक्षित गराउने गरी नयाँ राडार जडान गरिएको छ । | भट्टेडाँडामा अत्याधुनिक राडार तयार |
पूर्ववर्ती शेरबहादुर देउवा सरकारका पालामा भएका निर्णय केपी शर्मा ओली नेतृत्वको सरकारले बदर गरेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले त्यसविरूद्ध सदन र सडकमा विरोध गर्ने भएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भदौ ## पछि देउवा सरकारले गरेका निर्णय बदर गर्ने मन्त्रिपरिषदको निर्णय प्राकृतिक न्यायको सिद्धान्तविपरीत भएको बताए । उनले बदनियतपूर्ण तवरले राजनीतिक पूर्वाग्रहको आधारमा गरेका निर्णयविरुद्ध जनतामाझ जाने बताए । | नियुक्ति खारेज गर्ने सरकारी निर्णयको कांग्रेसले सदन र सडकबाट प्रतिरोध गर्ने |
नेपालको तनहुँ कमलाबारीमा जन्मेका डा . बच्चु कैलाश कैनी बेलायतमा आगामी जुन # मा हुन गई रहेको आम निर्वाचनमा लेबर पार्टीको तर्फबाट सम्भावित उम्मेदवारको सूचीमा परेका छन् । दक्षिण पूर्वी इंगल्याण्डको डार्टफोर्ड काउन्सिलमा हाल लेबर पार्टीबाट काउन्सिलर रहेका कैनी डार्टफोर्ड संसदीय निर्वाचन क्षेत्रबाट सांसदको लागि छनोट भएका तीन जना सम्भावित उम्मेदवार मध्ये एक हुन् । पार्टीमा काम गरेको हिसाबले उम्मेद्वारी योग्यतामा छानिएका डा . कैनीले सांसदको उम्मेद्वारीमा पार्टीका अरु दुई सहकर्मी लगायत आफूले पनि आवेदन हालेको बताए । | तनहुँका कैनी बेलायतमा सांसदको सम्भावित उम्मेदवार |
सहरमा कुकुर पाल्ने घरबेटीहरुको बिहानको धन्दा नै हुन्छ कुकुरलाई सडकतिर डुलाउनु । अनि त्यहीँ मेलोमा कतै तुक्र्याइदिनु अनि हग्राइदिनु । तर भियतनाममा भने सरकारले सडकमा कुकुर लैजान निषेध गरेको छ । | सडकमा कुकुर बिरालो निषेध ! |
बुटवल– नेपाली काँग्रेसका पूर्व केन्द्रीय कोषाध्यक्ष तथा पूर्वमन्त्री रामकृष्ण ताम्राकारको ## औं पुण्य तिथिमा आज उनको गृहजिल्ला रुपन्देहीमा अस्तु विसर्जन गर्दै शोकसभा गरिएको छ । नेपाली काँग्रेस जिल्ला कार्यसमिति रुपन्देहीको आयोजनामा उनको अस्तुलाई भैरहवाको स्वर्गद्धारी घाट सेलाउँदै शोकसभा गरिएको हो । अस्तु , प्रवाह तथा शोकसभामा पार्टीका महामन्त्री डा . शशांक कोइरालाले स्व . ताम्राकारको सपना साकार पार्नका लागि र जनताको जीवनस्तर उकास्नुपर्ने बताए । | काँग्रेसका पूर्व केन्द्रीय कोषाध्यक्ष ताम्रकारको अस्तु विसर्जन |
महोत्तरी–गाउँमा रामलिला मेला लागेको मौका छोपी एक महिलालाई बालात्कारको प्रयास गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गौशालालले लक्षमीनिया - # का ## वर्षीय कपिल ठाकुर शर्मालाई बलात्कारको प्रयास गरेको अभियोगमा पक्राउ गरेको हो । शर्माले बिहीबार राति स्थानीय एक महिलासँग घरमा कोही नभएको मौका छोपी बलात्कारको प्रयास गरेको भन्दै पीडितले प्रहरी कार्यालय गौशालामा उजुरी दिएपछि प्रहरीले शर्मालाई पक्राउ गरेको इप्रका गौशालाका प्रहरी निरीक्षक शम्भु पोख्रेलले जनाए । | बलात्कारको प्रयास गरेको आरोपमा एक पक्राउ |
खोटाङको सरस्वती मावि दिक्तेलका अग्निपीडित शिक्षकलाई पूर्वविद्यार्थीले आर्थिक सहयोग गरेको छ । तीन महिनाअघि भएको भीषण आगलागीबाट विस्थापित दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–# , दिक्तेल रत्नपार्कका शिक्षक कृष्णकुमार श्रेष्ठलाई सरस्वती माविका पूर्वविद्यार्थीले नगद प्रदान गरेका हुन् । हाल सिंगापुर पुलिस फोर्समा विभिन्न तहमा कार्यरत पूर्वविद्यार्थीले अफ्ना अग्निपीडित गुरुलाई # लाख ## हजार # सय ## रुपैयाँ सहयोग गरेका हुन् । | अग्निपीडित शिक्षकलाई पूर्वविद्यार्थीको सहयोग |
उपसभामुख डा . शिवमाया तुम्बाहाङफेले राजीनामा दिएकी छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) ले सभामुखमा अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको भोलिपल्ट संसद बैठक राखेर तुम्बाहाङ्फले राजीनामा दिने घोषणा गरेकी हुन् । ' प्रतिनिधिसभामा बहुमत प्राप्त दलले प्रतिनिधिसभामा नेतृत्वको दावा गरेको अवस्थामा सहजीकरणका लागि मैले मार्गप्रशस्त गर्ने निष्कर्षमा पुगेको व्यहोरा सम्मानित सदन समक्ष निवेदन गर्न चाहन्छु । | उपसभामुख तुम्बाहाङफेले दिइन् राजीनामा |
अभिनेत्री प्रियंका कार्कीले तीन वर्षअघि एक युट्युव च्यानललाई दिएको अन्तर्वार्ता अहिले टिकटक नामक सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सो अन्तर्वार्तामा उनले भनेकी थिइन् , ' मेरी आमा सात महिनाको गर्भवती हुँदा म उहाँको पेटमा थिए रे । मेरी आमा ऐयरहोस्टेज हुनुहुन्थ्यो । | हिट हुन ' टिकटक ' मा भिडियाे |
एनआइसी एसिया बैंकका ग्राहकहरूले अबदेखि बैंकको चेक र नगद बोक्नु नपर्ने सेवाको सुरुवात गरेको जानकारी दिएको छ । सदरमुकाम गमगढीमा तत्काल दुई स्थान र रारामा एक गरी तीन स्थानमा पोइण्ट अफ सेल मेशिन जडान गरी सेवा विस्तार गरेको जनाएको छ । इन्टरनेट चल्ने र नेपाल टेलिकमको मोवाइल सेवा भएका स्थानमा यो प्रविधीले काम गर्न सक्ने बैंकका मुगु शाखा प्रमुख सुवाश शाहीले जानकारी दिए । | एनआइसी एसियाले ल्यायो चेक बोक्न नपर्ने सेवा |
धौलागिरि गाउँपालिका–# गुर्जामा रहेको स्वास्थ्य चौकीमा औषधि अभाव देखिएको छ । विगत एक वर्षदेखि सरकारी तवरवाट जाने निःशुल्क औषधिहरु उपलब्ध नहुँदा औषधिको अभाव देखिन थालेको हो । यस स्वास्थ्य चौकीमा अहिले कदम म्याग्दीमार्फत गुड नेवर्स इन्टरनेशनलले दिएको औषधि मात्रै बाँकी रहेको वडा अध्यक्ष झकबहादुर छन्त्यालले बताए । | स्वास्थ्य संस्थामा औषधि अभाव , खरिदमा अलमल |
अर्थमन्त्री डा . युवराज खतिवडाले केन्द्रीय बैंकले गलत गरेमा कारबाही गर्ने निकाय रहेको भन्दै राष्ट्र बैंकलाई सचेत गराएका छन् । राष्ट्रिय वाणिज्य बैंक तथा एनआइडिसी डेभलपमेन्ट बैंकको एकीकृत कारोबारको सुभारम्भका अवसरमा खतिवडाले नराम्रो काम गरे आफूलाई पनि कारबाही गर्ने संयन्त्र रहेको र राष्ट्र बैंकलाई पनि रहेको उल्लेख गरे । राष्ट्र बैंकभित्र खराव नियतले काम गर्नेहरु पनि रहेको उल्लेख गर्दै उनले संस्थालाई बदनाम गर्न खोज्नेलाई कारबाही गर्न निर्देशन दिए । | अर्थमन्त्रीले भने : केन्द्रीय बैंकलाई पनि कारबाही गर्ने निकाय छ |
थुलुङ दूधकोसी गाउँपालिका–# लोखिम वडा कार्यालयले भूकम्पपीडित स्थानीय एकल महिला रत्नकुमारी राईलाई घर निर्माण गरी हस्तान्तरण गरेको छ । पाँच लाख रुपैयाँको लगानीमा निर्माण गरिएको दुईकोठे एक तले घर भूकम्पपीडित राईलाई थुलुङ दूधकोसी गाउँपालिका अध्यक्ष असिम राईले मंगलबार हस्तान्तरण गरेका हुन् । #### वैशाख ## गतेको भूकम्पमा उनको घर भत्किएको थियो । | भूकम्पपीडित परिवारलाई घर |
पर्खाल निर्माणको विषयमा विवाद हुँदा वीरगञ्जमा गोली चलेको छ । वीरगञ्ज महानगरपालिका ## भवानीपुरमा बाटो छेउको पर्खालको बिषयमा स्थानीय वृजेशकुमार पटेल र मोहन साहबीच विवाद हुँदा साहका छोराले गोली चलाएको प्रहरीले जनाएको छ । प्रहरीले मोहन साह र उनका छोरा कुन्दनलाई पक्राउ गरेको छ । | वीरगञ्जमा गोली चल्यो , बाबुछोरा पक्राउ |
नेपाल विद्युत् प्राधिकरण र त्यसका सहायक कम्पनीले आगामी डेढ वर्षभित्र ### मेगावाट विद्युत् उत्पादन गर्ने भएका छन् । प्राधिकरणले तयार पारेको कार्ययोजनाका आधारमा माथिल्लो तामाकोशी , कुलेखानी तेस्रो , माथिल्लो त्रिशूली थ्री ' ए ' , साञ्जेन , रसुवागढीजस्ता आयोजनाबाट विद्युत् उत्पादन हुनेछ । स्वदेशी आयोजना निर्माण सम्पन्न भएपछि विद्युत्मा आत्मनिर्भर बन्न सकिने प्राधिकरणको बुझाइ छ । | आगामी डेढ वर्षभित्र प्राधिकरणले ### मेगावाट विद्युत् उत्पादन गरिसक्ने |
लक्ष्मी बैंकले आफ्नो ###औँ शाखा भरतपुरको चनौलीमा संचालनमा ल्याएकोे छ । यो शाखा मार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिंग सेवा पाउने बैंकले जानकारी दिएको छ । नयाँ शाखाको साथ लक्ष्मी बैंकको संजाल ## जिल्लामा ### शाखा , # एक्स्टेन्शन काउन्टर र # हस्पिटल सेवा काउन्टर , ### एटिएम , #### भन्दा बढि रेमिटेन्स् एजेन्ट तथा ## शाखा रहित बैंकिङ्ग एजेन्टहरु पुगेको छ । | लक्ष्मी बैंकको ###औँ शाखा भरतपुरको चनौलीमा |
सर्लाहीका करपुरी ठाकुर अहिले कन्पारामा हात राखेर झोक्राउँदैछन् । जे भोग्दैछन् , यो उनलाई सपनाजस्तो लागिरहेको छ । ' के मैले साहुलाई कुनै दिन लाखौं लाख रुपैयाँ बुझाएको हुँ ? के महोत्तरीको ## कठ्ठा जग्गा बिक्री गरेको ## लाख रुपैयाँ यही हातले समाएका हुन् ? के मैले वागमती नगरपालिका - # , सर्लाहीमा डेढ बिघा जमीन किनेकै हुँ त ? ' अनि मलेसियामा तीन भाइले वर्षौंसम्म कमाएको हिसाब खोई ? पुरापूर सपनामा छन् ## वर्षीय करपुरी ठाकुर । | जब कलियुगका रामबाबु ' हराम ' बनेर निस्किए ! |
काठमाडौं - नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागुऔषधसहित आज एक जापानी नागरिकलाई पक्राउ गरेको छ । नेपाल प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलबाट हङकङ हुँदै जापान जान लागेको अवस्थामा लागुऔषधसहित ## वर्षीय मिको ताकेनाकालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता , प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले विमानस्थलको अन्तर्राष्ट्रिय उडानअघि जाँचका क्रममा ## ग्राम चरेशसहित ताकेनाकालाई पक्राउ गरिएको जानकारी दिए । | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागुऔषधसहित जापानी नागरिक पक्राउ |
पोखरामा जारी दोस्रो सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको क्वार्टरफाइनल समीकरण पूरा भएको छ । उपाधिको दाबेदार एपिएफले सेमिफाइनल प्रवेशको लागि अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ । बिहीबार हुने दोस्रो खेलमा प्रदेश नं . # र गण्डकी प्रदेशको सामना गर्नेछ । | सभामुख कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको क्वार्टर फाइनल समीकरण पूरा |
तराई तथा मधेस क्षेत्रमा आज हर्षोलसका साथ फागु पूर्णिमा अर्थात् होली मनाइँदैछ । बिहीबार देशका पहाडी जिल्लामा होली पर्व मनाइएको थियो । तराई तथा मधेस क्षेत्रमा पूर्णिमाको भोलिपल्ट रङहरुको पर्व होली मनाउने प्रचलन छ । | यस्तो देखियो वीरगञ्जको होली ( फोटो ) |
सरकारले मुलुकी अपराध ( संहिता ) ऐनमा रहेका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा असर पर्ने कानुनी प्रावधान संशोधनका लागि पत्रकार देवप्रकाश त्रिपाठीको संयोजकत्वमा सुझाव कार्यदल गठन गरेको छ । भदौ # देखि लागू भएको मुलुकी संहिताले प्रेस र अभिव्यक्ति स्वतन्त्रतालाई खुम्च्याएको भन्दै नेपाल पत्रकार महासंघसहितका सरोकारवाला पक्षले विरोध जनाइरहेका बेला सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले त्रिपाठीको संयोजकत्वमा कार्यदल गठन गरेको हो । कार्यदलमा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य , पूर्वअध्यक्ष धर्मेन्द्र झा , महासंघका सल्लाहकार तीर्थ कोइरालासहित सञ्चार र राजनीतिक दलसँग निकट विभिन्न संस्था र संगठनका प्रमुख सदस्य छन् । | प्रेसविरोध प्रावधान संशोधन गर्न कार्यदल |
' जय गंगाजल ' पछि बलिउड नायिका प्रियंका चोपडाले कुनै पनि हिन्दी चलचित्रमा सम्झौता गरेकी छैनन् । अहिले उनले अंग्रेजी सिरियल ' क्वान्टिको # ' को छायांकनका लागि अमेरिकामा छिन् । केहि दिन अघि मात्रै उनी भारत आएकी थिइन् । | प्रियंकाको पारिश्रमिक ## करोड , हलिउड फिल्म खेलेपछि बढ्यो रेट |
विश्वसम्पदा सूचीमा रहेको भक्तपुरको प्रसिद्ध चाँगुनारायण मन्दिरको जीर्णोद्धारको कार्य सुरु भएको छ । विसं #### वैशाखको भूकम्पले क्षतिग्रस्त भएपछि चारैतिर टेको लगाएर अड्याइएको उक्त मन्दिरको जीर्णोद्धार कार्य सुरु भएको पुरातत्व विभाग भक्तपुर स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका इन्जिनियर मोहनकृष्ण श्रेष्ठले जानकारी दिए । मन्दिरमा क्षमापूजा सकिएपछि गत बुधबारदेखि मूल मन्दिरका रहेका बहुमूल्य र पुरातात्विक सामग्रीको अभिलेखीकरण सुरु भएको जानकारी दिँदै उनले मन्दिरको तल्लो भाग र छानोलाई एकै पटक जीर्णोद्धार गर्ने बताए । | चाँगुनारायण मन्दिरको जीर्णोद्धार सुरु , असारभित्र सकिने |
प्रहरीले गढवामा दुई व्यक्तिको गोली हानी हत्या गरेर फरार रहेका खबरीका ## वर्षीय कर्णबहादुर पुनलाई कोइलावास जङ्गलबाट साेमबार साँझ पक्राउ गरेको छ । पुनले रिसइबीका कारण अाइतबार राति तीजको नाच हेरेर घर फर्कने क्रममा रहेका सोही ठाउँका ## वर्षीय कालु रोका र ## वर्षीय राजु रोकालाई गोली प्रहार गरी हत्या गरेका थिए । हत्यालगत्तै फरार रहेका पुनलाई स्थानीय बासिन्दाको सहयोगमा पक्राउ गरिएको दाङका प्रहरी प्रमुख धीरजप्रताप सिंहले जानकारी दिए । | तीजको नाच हेर्न गएका दुर्इको गोली हानी हत्या गर्ने पक्राउ |
यतिबेला ' छक्का पन्जा # , घटस्थापनाको दिन ' बोलको प्रचार सामाग्री चर्चामा छ । असोज ## गतेबाट रिलिज हुन लागेको यो चलचित्रको प्रचारका लागि यसको निर्माणपक्षले नया नया शैली अपनाइरहेको छ । यही क्रममा बिहिबार दिनभर काठमाण्डौका विभिन्न स्थानमा कन्सर्ट गरिएको छ । | ' छक्का पन्जा # ' को कन्सर्टमा जितु र केदारले हसाउदा दीपाले पोखिन् ' श्रीमान् ' नपाएको पीडा |
सप्तरीको राजविराज नगरपालिकामा शुक्रबार रातिदेखि मतगणना स्थगित भएको छ । माओवादी प्रतिनिधिले पुनः मतगणना गुर्नपर्ने माग राख्दै बहिष्कार गरेपछि स्थगित भएको गणना कार्य अझै सुरु हुन सकेको छैन । मतगणना बहिष्कार भएपछि निर्वाचन आयोगलाई पुनः गणना सुरू गर्न चिठी पठाएपनि जवाफ नआइसकेकाले गणना अनिश्चित भएको निर्वाचन अधिकृत शारदाप्रसाद कोइरालाले सेतोपाटीलाई बताए । | राजविराजमा स्थगित मतगणना अझै सुरू भएन |
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकास एजेण्डा र समृद्धिको लक्ष्य हासिल गर्न ' बेल्ट एण्ड रोड इनिसिएटिभ ' ( बिआरआई ) आवश्यक रहेको बताएका छन् । त्रिविको अन्तर्राष्ट्रिय सम्बन्ध र कूटनीतिक विभागले ' बिआरआइका अवसर र नेपालमा यसको प्रभाव ' का विषयमा बुधबार अयाोजित कार्यक्रममा उनले नेपालमा राजनीतिक क्रान्ति सकिएकाले अब सामाजिक रुपान्तरणको दिशामा सरकार अग्रसर रहेको बताए । " दिगो विकास लक्ष्य हासिल गर्नका लागि पनि बिआरआइले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ " प्रधानमन्त्री ओलीले भने । | समृद्धिका लागि बिआरआई आवश्यक : प्रधानमन्त्री |
चुलोचौको र सरसफाइलगायत घरव्यवहार गर्ने र श्रीमान्सहित परिवारका सदस्यलाई सघाउने साहिदा बानोको आठ महिनाअघिको दैनिकी फेरिएको छ । ## वर्षअघि बुहारी बनेकी साहिदाको दैनिकीमा अचानक परिर्वतन आएको होइन । जीवनमा नसोचेको परिस्थिति आएपछि उनीघरको साँघुरो घेराबाट निस्केर जनसेवक बन्न पुगिन् । | बुर्का उघारियो , थपिए चुनौती |
Subsets and Splits