article
stringlengths
3
1.8k
summary
stringlengths
2
141
सुन र अवैध विदेशी मुद्रासहित शनिबार पक्राउ परेका तीन चिनियाँ नागरिक र दुई नेपालीलाई संगठित अपराध निवारण ऐन #### अनुसार अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतले प्रहरीलाई सात दिनको म्याद थपेको छ । महानगरीय अपराध महाशाखा र प्रहरी परिसर काठमाडौंलाई संगठित अपराधमा अनुसन्धानका लागि सात दिन हिरासत म्याद थप भएको छ । महाशाखा र प्रहरी वृत्त बालाजुले करिब पौने पाँच करोड नेपाली रुपैयाँबराबरको विदेशी मुद्रा र ## किलोग्राम सुनसहित तीन चिनियाँ र दुई नेपालीलाई पक्राउ गरेको हो ।
चिनियाँसहित पाँच जनालाई संगठित अपराधमा म्याद थप
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले आफूले कानुन परिपालनका लागि कुनै कसर बाँकी नराख्ने बताएका छन् । हालै मात्रै बैतडीमा प्रहरी प्रमुख भएर आउनुभएका शर्माले बिहीबार पत्रकारसँगको भेटघाट तथा परिचयात्मक कार्यक्रममा सो कुरा बताएका हुन् । प्रहरी कानुन कार्यान्वयन गर्ने निकाय भएकाले त्यसमा आफूले कुनै आग्रह पूर्वाग्रह नराखी काम गर्ने बताए ।
' प्रहरी र पत्रकार सँगसँगै गए अपराध घट्छ '
राष्ट्रपतिका रूपमा चौथौ पटक शपथ लिन लागेका भ्लादिमिर पुटिनको शपथअघि सडक प्रदर्शनमा उत्रिएका रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीसहित सयौं क्रेमलिन विरोधी अभियन्तालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पुटिनको शपथको पूर्वसन्ध्यामा रुसका विपक्षी नेता नाभाल्नीले सर्वसाधारण नागरिकलाई देशभरका ## भन्दाबढी सहरमा प्रदर्शनमा उत्रिन आह्वान गरेका थिए । नाभाल्नीले पुटिनलाई जार शासकजस्तै तानाशाहको संज्ञा दिँदै उनीविरुद्धको प्रदर्शनमा आउन सर्वसाधारणलाई आह्वान गरेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।
पुटिनको शपथअघि रुसी विपक्षी नेता पक्राउ
सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेश कुमार थपलियाले सञ्चारकर्मीहरुको सूरक्षा एवम् संरक्षणको प्रत्याभुति हुनेगरि सरकारले छिट्टै प्याकेजमै निर्देशिका ल्याउने स्पष्ट पारेका छन् । आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको ' पत्रकारहरुको सुरक्षा , चूनौति र समाधानका उपायहरु ' विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै सचिव थपलियाले भने , ' संविधानले नै पत्रकारहरुको सुरक्षाको प्रत्याभुति गरेको छ , त्यसलाई कार्यान्वयन गर्न सरकारले छिट्टै नयाँ निर्देशिका वा नीति ल्याउँदैछ । ' उनले उक्त निर्देशिकामा पाँच किसिमिका सुरक्षाका विषयहरु समेटिने जनाए ।
' पत्रकारको सुरक्षा प्रत्याभुति हुनेगरि सरकारले निर्देशिका ल्याउँछ '
सौतेनी आमालाई मार्न ## लाख खर्च गरेर अपहरण गर्न लगाउने छोरीसहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थिमीको टोलीले घटनामा संलग्न छ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरी वृत्त थिमीका प्रहरी नायव उपरीक्षक भीमकिरण बोगटीका अनुसार असार ## गते विराटनगर घरभई हाल गठ्ठाघर बस्दै आएकी ममता घिमिरे धमलालाई गठ्ठाघरबाटै अपहरण गर्दै गर्दा प्रहरीले घटनास्थलबाटै दुई जनालाई पक्राउ गरेको थियो ।
सौतेनीआमा मार्न ## लाखको सुपारी दिने छोरी पक्राउ
स्थानीय तह तेस्रो चरणको चुनाव सुरक्षाका लागि भारतको सितामाडी र मधुवनी जिल्लासँग जोडिएका महोत्तरीका सीमा बन्द गरिएको छ । दुवै देशका सुरक्षा निकायसँगको समन्वयमा ## घण्टा ( तीन दिन ) का लागि सीमा नाका बन्द गरिएको जानकारी प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले दिए । महोत्तरीका ## स्थानीय निकायमध्ये पाँचवटाको सीमा भारतसँग जोडिएको छ ।
तीन दिन सीमानाका बन्द
एकछिनको बोलीचाली र सुन्दर देख्दैमा विवाह गरिहाल्ने प्रवृत्ति गलत हुँदोरहेछ भन्ने शुक्रबार अपराह्न पोखराको चालिसेचोकमा भएको वीभत्स हत्याले पुष्टि गरेको छ । पाँच वर्षअघि छिनभरको भेटघाटमै स्याङ्जाको किचनाश गाविस–# का ## वर्षीय सञ्जीवबहादुर नेपाली र स्याङ्जाकै पौवेगौडे गाविस–# की सोनम रेग्मीबीच अन्तर्जातीय विवाह भएको थियो । तल्लो जातिसँग विवाह गरेको भन्दै केटी पक्षका अभिभावक असन्तुष्ट बने ।
छिनभरकै आकर्षणले बिहे त भयो तर , निम्तियो दुःखद परिणति
रियल मड्रिडले स्पानिस ला लिगामा शीर्ष स्थानको बार्सिलोनासँग अंक बराबरी गरेको छ । गएराति भएको खेलमा रियल मड्रिडले रियल सोसिडाडलाई # - # ले पराजित गरेको हो । खेलको दोस्रो मिनेटमा गोल खाँदै पछि परेको रियलले त्यसपछि पुनरागमन गर्दै # गोल गरेको हो ।
बार्सिलोनासँग रियल मड्रिडको अंक बराबर
नेपाल वायुसेवा निगम ( एनएसी ) ले पहिलाेपटक वाइडबडी विमान नेपाल भित्र्याएको छ । ' ए ###–### ' सिरिजको विमान बिहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । नयाँ विमानलाई ' अन्नपूर्ण ' नाम दिइएको छ ।
एनएसीले पहिलाेपटक भित्र्यायो वाइडबडी विमान
काठमाडौं–## , कालिमाटी चोकमा रहेको क्रिष्टल ईन्टर प्राईजेज ( आईएमई सेन्टर ) मा दुई कर्मचारीलाई एसिड देखाएर तीन लाख रुपैयाँ लुटिएको छ । प्रहरीका अनुसार ईन्टरप्राईजेजको काउण्टरमा रहेका कर्मचारी रुबिना कोईराला र अप्सरा थापालाई एसिड भनेर पानीको बोतल देखाएर काउन्टरको पैसा नदिएमा अनुहार विगारिदिने भन्दै नगद लुटपाट गरिएको हो । लुटपाट गर्ने व्यक्तिको पहिचान खल्न सकेको छैन ।
कालिमाटीमा युवतीलाई एसिड देखाएर तीन लाख रुपैयाँ लुटियो
अनलाइन सेयर कारोबार सुरु भएको # महिना बितेपछि लगानीकर्ता आफैले कारोबार गर्ने मौका पाएका छन् । यसअघिसम्म ब्रोकर कार्यालयमा गई उनीहरुलाई आदेश सिस्टममा प्रविष्ट गराउन भन्नुपर्ने बाध्यता रहँदै आएकोमा लगानीकर्ता आफैले घरबाटै इन्टरनेटको प्रयोगबाट आदेश पोष्ट गर्ने मौका पाएका छन् । कात्तिक ## गतेबाट अनलाइन सेयर कारोबार सुरु भए पनि बीचबीचमा देखिएका प्राविधिक समस्याका कारण आजदेखि लगानीकर्तालाई यूजरनेम र पासवर्ड प्रदान गर्न थालिएको हो ।
# लगानीकर्ताको हातमा पुग्यो अनलाइन सेयर कारोबार
स्थानीय मानेभञ्ज्याङ गाउँपालिका–# थाक्लेका वडाध्यक्ष हेमराज राईविरुद्ध प्रहरीले सार्वजनिक अपराधको मुद्दा दर्ता गरेको छ । मादकपदार्थ सेवन गरेर सर्वसाधारणलाई कुटेको आरोपमा राईविरुद्ध प्रहरीले मुद्दा चलाएको हो । वडाध्यक्ष राईले मापसे गरेर स्थानीय व्यवसायी र युवलाई कुटेको भन्ने उजुरी आएपछि पक्राउ गरेर एक साताको म्याद थप गरी मुद्दा चलाइएको जिल्ला प्रहरी प्रमुख अनन्तराम शर्माले बताए ।
वडाध्यक्षविरुद्ध सार्वजनिक मुद्दा
के तपाइँले कहिल्यै फिल्म हेरेर उल्टै पैसा पाएको थाहा पाउनुभएको छ ? अझ पोर्न फिल्म हेरेर पैसा पाउने भन्ने कुरा त हुनै नसक्ने जस्तो लाग्न सक्छ । तर अहिले एउटा यस्तो जागिरको लागि विज्ञापन खुलेको छ जसमा पोर्न फिल्म हेरेबापत लाखौँ रुपैया कमाइनेवाला छ । हो , दुनियाको सबैभन्दा सुखी देश मानिएको डेनमार्कको एक बारले पोर्न फिल्म हेर्ने कर्मचारीको लागि दरखास्त आव्हान गरेको छ ।
पोर्न फिल्म हेर्ने जागिरको लागि विज्ञापन खुल्यो , तलब मासिक साढे # लाख
एउटा फिल्ममा अभिनय गरे बापत बलिउड स्टारले कति पारिश्रमिक लिन्छन् होला ? सहजै अनुमान गर्न गाह्रो छ । जब - जब फिल्म हिट हुन्छ , उनीहरुको मूल्य पनि त्यही अनुरुप आकासिन्छ । जस्तो कि , ' बजीराव मस्तानी ' सुपरहिट भएपछि रणवीर सिंहले आफ्नो पारिश्रमिक तीन गुणा बढाए ।
फिल्म खेले वापत कति पारिश्रमिक लिन्छन् बलिउड अभिनेता ?
जिल्ला कृषि विकास कार्यालय रुपन्देहीले जिल्लाका कृषकहरु र कार्यालयका कर्मचारीहरूलार्इ पुरस्कृत गरेको छ । भैरहवामा आयोजित आर्थिक वर्ष #### / ### को सार्वजनिक सुनुवाइ कार्यक्रमको अवसरमा कर्मचारी र कृषकहरुलाई कार्यालयले पुरस्कृत गरेको हो । कार्यक्रममा धेरै हिउँदे तरकारी बाली उत्पादन प्रतियोगितामा उत्कृष्ट किसानलाई पुरस्कृत गरिएको छ ।
रुपन्देहीका कृषकहरु पुरस्कृत
न्युरोड टिम ( एनआरटी ) लाई पुनरागमनमा निराश पार्दै विभागीय टोली एपिएफ धनगढीमा जारी चौथो नेपाल आइस सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा शनिबार भएको प्रतियोगिताको दोस्रो खेलमा एपिएफले एनआरटीलाई #–# ले हराउँदै अन्तिम # को यात्रा पक्का गरेको हो । पहिलो हाफमा #–# ले पछि परेको एपिएफले अन्तिम ## मिनेटमा # गोल थपेको हो ।
पुनरागमनमा एपिएफलाई सफलता
भलै उनी निकै दुर्लभ वंशाणुजन्य रोगबाट ग्रसित छिन् तर गिनिज बुकमा नाम लेखाउन सफल भएकी छिन् । टर्कीकी ## वर्षीया रुमेसा गेल्गी विश्वकी सबैभन्दा अग्ली किशोरी हुन् । उनको उचाइ # फिट # . ## इन्च अर्थात् ### . # सेन्टिमिटर छ ।
यी हुन् विश्वकी सबैभन्दा अग्ली किशोरी
करेन्ट लागेर सिरहामा एक जनाको मृत्यु भएको छ । घर अगाडिको बिजुलीको खम्बामा हुकिङ गरेर तार तानिरहेका बेला करेन्ट लागेर विष्णुपुर प्ररा - # का ## वर्षीय धर्मनाथ यादवको आइतवार विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका यादवको मिर्चैयास्थित विष्णु क्लिनिकमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
करेन्ट लागेर सिरहामा एकको मृत्यु
नुवाकोटको तारुका र बेत्रावतीमा बिहीबार गोरु जुधाई प्रतियोगिता ( बुल फाइट ) हुने भएको छ । विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि माघे संक्रान्तीको अवसरमा रसुवा नुवाकोट पर्यटन समाजले सो प्रतियोगिता आयोजना गर्न लागेको हो । ' तारुकाको पौरख नेपालकै गौरव ' भन्ने नारासहित आयोजना गर्न लागिएको प्रतियोगिताको अन्तिम तयारी पूरा भइसकेको बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
बिहीबार नुवाकोटमा गोरुको भिडन्त
नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) का स्थायी समिति सदस्य योगेश भट्टराईले डा . गोविन्द केसीलाई वार्तामा आउन आग्रह गरेका छन् । नेता भट्टराईले केसीको जीवन रक्षा र जायज माग पूरा गर्नका लागि सरकार र आफ्नो पार्टी दुवै तयार रहेको स्पष्ट पारे । डाक्टर केसीको हठले समस्या समाधान हुन नसक्ने भन्दै भट्टराईले काठमाडौं आएर उपचार गरिसकेपछि वार्तामा बस्न आग्रह गरे ।
' कांग्रेस नेताले मेडिकल कलेज खोल्दा चुप लाग्ने , नेकपाकाले खोल्दा अनशन बस्ने ? '
इङ्लिस प्रिमियर लिगको साबिक विजेता म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले ' कुनै विशेष प्रतिभा ' भएका खेलाडी बिक्रीमा भए मात्र सरुवा बजारमा चासो दिने बताएका छन् । सिटीले नयाँ सिजनका लागि सरुवा बजारमा खासै चासो देखाएको छैन । सिटीले लामो समयको प्रयासपछि लेस्टर सिटीका मिडफिल्डर रियाद महारेजलाई टोलीमा अनुबन्धन गरे पनि इटालीका मिडफिल्डर जर्जिन्होलाई भने अनुबन्धन गर्न असफल भयो ।
सरुवामा चासो छैन ग्वार्डिओलालाई
मादक पदार्थ सेवन गरेका सशस्त्र प्रहरी बलका एक हवल्दारले विद्युत प्राधिकरणका कर्मचारीलाई कुटपिट गरेका छन् । मंगलबार राती नेपाल विद्युत प्राधिकरण जोरपाटी वितरण केन्द्रको नोलाइटको टोलीलाई प्रहरी हब्लदार छविन्द्र राईले रातीको समयमा करिब ## - ## बजेतीर कुटपिट गरेका हुन् । नो लाइटको गाडी मूलपानीको लक्ष्मीनारायण चोकमा बिग्रिएको बिजुलीको लाइन मर्मत गरेर फर्किंदै थियो ।
सशस्त्रका प्रहरीले कुटे विद्युत् प्राधिकरणका कर्मचारी
प्रहरीले काठमाडौं उपत्यकामा बम पड्काउने नेपाल कम्युनिष्ट पार्टीका युवा दस्ता इन्चार्जसहित # जनालाई हतियार र बम सहित पक्राउ गरेको छ । युवा दस्ता इन्चार्ज रवि गोलेसहित # जनालाई पक्राउ गरिएको विशेष ब्युरोका डिआइजी हेमन्त पालले जानकारी दिए । ' हामीले पक्राउ गरेर काठमाडौं प्रहरी परिसरलाई बुझाइसकेका छौं , ' डिआइजी पालले भने ।
काठमाडौंमा बम पड्काउने चन्दका मुख्य नेता पक्राउ
बाराको सदरमुकाम कलैयामा साढे # वर्षीय बालकको अपहरणपछि हत्या भएको छ । कलैया नगरपालिका # बस्ने मोतिलाल साहका छोरा आशिषको हत्या भएको हो । घरभन्दा करिब चार सय मिटर टाढा पूर्वपट्टी अचेत अवस्थामा फेला परेका बालकको टाउको र छातिमा चोट थियो ।
बारामा अपहरणपछि बालकको हत्या
प्रदेश नम्बर # मा आगामी असोज # मा हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस र एमालेले पहिलो पार्टी हुने गरी चुनावी अभियान तीव्र बनाएका छन् । माओवादी केन्द्र सकेसम्म दोस्रो पार्टी बन्ने रणनीति लिएर चुनावमा जुटेको छ । मधेस केन्द्रित दलहरू पनि दुई नम्बर प्रदेशमा आफ्नो स्थिति स्थानीय तह निर्वाचनको पहिलो र दोस्रो चरणको भन्दा निकै सुधार गर्ने लक्ष्य लिएर चुनावी प्रक्रियामा सामेल भएका छन् ।
प्रदेश # मा दलहरुको आ - आफ्नै दाबी
धन्नले बाँचे उनीहरू तर अझै मुहारमा चमक फर्किएको छैन । हताशा , त्रास र थकान मात्र देखिन्छ । तलबाट भोटेकोसी कटान , माथि अक्करबाट झरिरहेको चट्टाने पहाड ।
रोकिएको छैन ' त्रास ' को पहिरो
नेकपा एमालेका नेता शंकर पोखरेलले संविधान संशोधनको शर्तको रुपमा महाअभियोग प्रस्ताव बनाईए कुनै हालतमा नमान्ने बताएका छन् । अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावलाई संविधान संशोधनको सौदावाजीको रुपमा लिइए आफ्नो पार्टीले नमान्ने उनले बताएका हुन् । बिहीबार रिपोटर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता पोखरेलले भने , राष्ट्रिय एजेण्डा हो , तर संविधान संशोधनको लागि महाअभियोग प्रस्तावलाई शर्त बनाईन्छ भने हामी कुनै हालतमा मान्दैनौं ।
महाअभियोगलाई संविधान संशोधनसँग सौदावाजी गर्दैनौंः शंकर पोखरेल
काठमाडौं—उनलाई अझै पनि भाई आए जस्तो लाग्छ बेलाबेला । बाटोमा हिँड्दा उसकै अनुहार देख्छिन् धेरै युवामा । बाबु आमाको मृत्युपछि दुःखले हुर्काएको एक्लो भाईको एक महिनादेखि अत्तोपत्तो छैन ।
कहाँ हराए इन्जिनियर बिशाल ?
नेपाल विद्यार्थी सङ्घले ## औँ महाधिवेशनको वातावरण निर्माण गर्न माग गरेको छ । नेविसङ्घले ## औँ महाधिवेशन सम्पन्न भएको दुई वर्ष तीन महिना पुग्दासमेत अर्को महाधिवेशनको वातावरण नबनेको भन्दै आज नेपाली काङ्ग्रेस पार्टी कार्यालयमा नेतृत्वलाई दवाव दिएको हो । पार्टीले नेविसङ्घसँग छलफल नगरी हचुवाको भरमा दुई महिना म्याद थप गरेर निर्वाचन टार्न खोजेको नेविसङ्घका नेता दीपक भट्टराईले बताए ।
कांग्रेस केन्द्रीय कार्यालयमा नेविसंघको धर्ना
मकवानपुरको भिमफेदी गाउँपालिका - # का वडाध्यक्ष डिभी परेर अमेरिका गएपछि सार्वजनिक सेवा र विकास निर्माणको काम प्रभावित भएको छ । चुनाव जितेका वडाध्यक्ष अमेरिका गएपछि विगत सात महिनायता वडा कार्यालय नेतृत्वविहीन बनेको छ । समयमै राजीनामासमेत नआएपछि त्यहाँ उपनिर्वाचनसमेत नहुने अवस्था रहेको जनाइएको छ ।
डिभी परेर वडाध्यक्ष अमेरिकामा , वडा कार्यालय नेतृत्वविहीन
काठमाडौंको प्रतिनिधिसभा क्षेत्र नम्बर # मा कांग्रेस नेता प्रकाशमान सिंह र विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रसँगको प्रतिस्पर्धामा एमालेले बरिष्ठ अधिवक्ता शम्भु थापालाई अघि सार्ने भएको छ । काठमाडौं # मा पार्टीको क्याडर भन्दा स्वतन्त्र छविको व्यक्तित्व अघि सार्दा चुनाव जित्न सहज हुने ठहर गर्दै एमालेले शम्भु थापा रोजेको हो । नेपाल बार एशोसियसनका पूर्वअध्यक्ष थापालाई एमालेका शीर्षनेताहरुले उम्मेदवार बन्न प्रस्ताव गरेको स्रोतले जनाएको छ ।
प्रकाशमान र रविन्द्र मिश्रसँग शम्भु थापा भिडाउने एमालेको तयारी
रौतहटको शिवनगर बजारमा विधुत सर्किट सर्ट भएर आगलागी हुँदा पाँचवटा पसल जलेर नष्ट भएको छ । आगलागीबाट करिब ## लाख रुपैयाँ मूल्य बराबरको मालसमान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । जिल्लाको मध्य भागमा अवस्थित गरुडा नगरपालिकाको शिवनगर बजारमा बिहीबार बिहान # बजेको समयमा स्थानीय रामगोविन्दप्रसाद कलवारको इलेक्ट्रिक पसलबाट विद्युत सर्किट सर्ट भएर आगलागी हुँदा छिमेकी रामअज्ञा साहको कस्मेटिक पसल , देवानन्द यादवको मोबाइल पसल र विजेन्द्र ठाकुर , विरज ठाकुरको सैनुल पसल समेत जलेर पूर्ण रुपमा खरानी भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएका छन् ।
रौतहटको शिवनगरमा आगलागी , # पसल नष्ट , ## लाखको क्षति
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूले वर्तमान सरकार सबै नेपालीको हुन नसकेको आरोप लगाएका छन् । प्रेस युनियन अछामले आज साँफेबगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने , ' राज्यका संवैधानिक निकाय पनि सरकारको प्रभावमा परेर काम गरिरहेका छन् , जुन कुरा संविधानको मर्म विपरीत भइरहेको छ । ' नेता बडूले भ्रष्टाचारीलाई कारबाही गर्नमा काँग्रेसको विरोध नभएको तर कानूनको प्रयोग विभेदपूर्ण भएकामा काँग्रेसको गम्भीर आपत्ति रहेको बताउँदै न्यायालयले सही र गलत छुट्याउला तर त्यहाँ पुर्‍याउने बाटो नै गलत भएको बताए ।
पूर्वमन्त्री बडूको आरोप : ' वर्तमान सरकार सबै नेपालीको हुन सकेन '
राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुले टीकापुर घटनाका आरोपित रेशम चौधरीलाई सांसदको शपथग्रहण गराउने आश्वासन दिएको बताए पनि सरकारले त्यसलाई अस्वीकार गरेको छ । #### साल भदौमा टीकापुरमा भएको घटनाका मुख्य योजनाकारको आरोप लागेका सांसद चौधरीलाई शपथ ग्रहण गराउन राजपाका नेताहरुले दबाब दिँदै आएका छन् । राजपाका अध्यक्ष मण्डलका सदस्य महेन्द्र यादवले सरकार चौधरीलाई शपथ ग्रहण गराउन सहमत भएको दाबी गरेका छन् ।
' सरकार कानुनबाहिर जाँदैन '
नेपाल र बंगलादेशबीच बनेको प्राविधिक समितिको बैठक काठमाडौंमा सुरु भएको छ । दुई देशका वाणिज्य मन्त्रालयका सहसचिव स्तरको उक्त प्राविधिक समितिको वार्ता सुरु भएको हो । यो समितिले व्यापार र सञ्जालका विषयमा प्राविधिक सहमित गर्ने छ ।
नेपाल - ब‌ंगलादेश व्यापार वार्ता काठमाडौंमा सुरु
एरोफ्लोट रसियन एयरलाइन्सको आधिकारीक एजेन्टमा गण्डकी इन्टरनेसनल ट्राभल नियुक्त भएको छ । नियुक्त सम्झौतामा एरोफ्लोटका जनरल म्यानेजर सर्गे भि किडिसयुक र गण्डकीका प्रबन्ध निर्देशक दिग्विजय कोनेले हस्ताक्षर गरे । पूर्वी युरोपमा सस्तो र उत्कृष्ठ एयरलाईन्स मानिने एरोफ्लोटले दिल्लीबाट मस्को हुँदै पूर्वी युरोप र अमेरिकाको उडान गर्दछ ।
एरोफ्लोट एयरलाइन्सको एजेन्टमा गण्डकी इन्टरनेसनल ट्राभल नियुक्त
नापी कार्यालय टोखा चण्डेश्वरीका नापी सर्वेक्षक एक लाख घुससहित पक्राउ परेका छन् । अतितयारको टोलीले गणेश मिश्रलाई पक्राउ गरेको हो । मनमैजू मालपोत कार्यालका लेखापढी व्यवसायी प्रमोद पाण्डेसँग मिलेमतो गरी एक लाख घुस लिनेे क्रममा उनलाई पक्राउ गरेको हो ।
नापी सर्वेक्षक एक लाख घुससहित पक्राउ
म्याग्दी - म्याग्दीमा वामगठबन्धनका उम्मेदवारलाई लक्षित गरेर शुक्रबार बम बिस्फोट भएको छ । बेनी नगरपालीका # भकिम्लिको तोराखेतमा नेकपा एमालेका प्रतिनिधिसभाका उमेद्वार भुपेन्द्रबहादुर थापा चढेको गाडीलाई लक्षित गरेर बम बिस्फोट भएको हो । बेनपा # भकुण्डेमा कार्यकर्ता भेटघाट गरेर रत्नेचौरतर्फ जाने क्रममा गाडी भन्दा करिब # मिटर अगाडीको सडकमा विस्फोट भएको थापाले बताए ।
म्याग्दीमा प्रतिनिधि सभा उम्मेदवारलाई गरेर लक्षित बम बिस्फोट
आफ्नी छोरीलाई सुन्दरी प्रतियोगितामा भाग लिनका लागि स्लिम बनाउन आमाले के गर्लिन् ? अवश्यपनि छोरीको खानपिनमा ध्यान दिलिन् र व्यायाम गर्न वा सौन्दर्य प्रसाधनमा जोड दिलिन् । तर अमेरिकाकी एक महिलाले भने छोरीलाई स्लिम बनाउन भन्दै फित्ते जुका खुवाएकी छिन् । सुन्दैमा डर लाग्ने ।
छोरीलाई स्लिम बनाउने भन्दै आमाले फित्ते जुका खुवाएपछि . .
ललितपुर क्षेत्र नम्बर # मा माओवादी प्रवक्ता पम्फा भुसाललाई शुरुदेखि नै पछि पारेका कांग्रेस नेता मदनबहादुर अमात्यले अग्रता फरालिको पार्दै लगेका छन् । पछिल्लो आधिकारिक जानकारी अनुसार कांग्रेसका अमात्य #### मतका साथ अगाडि छन् । माओवादीकी पम्फा भुसालले #### मतका साथ पछ्याइरहेकी छन् भने विवेकशील साझा पार्टीका उज्जलकृष्ण श्रेष्ठ #### मतका साथ तेस्रो स्थानमा छन् ।
पम्फा भुसाललाई पछि पार्दै ललितपुर # मा कांग्रेसका अमात्यको अग्रता कायमै
श्रम तथा रोजगार मन्त्रालयका शाखा अधिकृत कोमल अधिकारीले नियमित प्रक्रियाअनुसार माघ ## गते अवकास पाए । अवकास भएको तीन महिना हुन लाग्दा पनि अधिकारीले पेन्सन पाएका छैनन् । स्वेच्छिक अवकास योजनामा निवेदन दिएको कारण देखाएर निजामती किताबखानाले पेन्सनपट्टा बनाउन ढिलाइ गरेको उनले बताए ।
## सय कर्मचारीले अवकास पाए , पेन्सन पाएनन्
भक्तपुर– राउटे समुदायका अगुवा युवाहरुले सरकार समक्ष दशैंको लागि खसी माग गरेका छन् । एक कार्यक्रमका लागि शुक्रबार दिउँसो भक्तपुरको सल्लाघारीमा पुगेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग उनीहरुले दशैंका लागि ## वटा खसी माग गरेका हुन् । राउटे समुदायका प्रकाश शाहीको नेतृत्वमा रहेको # जनाको टोलीले उपप्रधान तथा रक्षामन्त्रीलाई भने ' हामी ## घरका लागि ## वटा खसी दैलेख लगिदिनु पर्यो ।
राउटे समुदायले भन्यो : सरकार दशैँका लागि ## वटा खसी देऊ
नेपाल कम्युनिष्ट पार्टी माओवादी क्रान्तिकारीका अध्यक्ष मोहन वैद्यले प्रचण्ड नेतृत्वको माओवादी केन्द्र नाममात्रैका कम्युनिष्ट भएको टिप्पणी गरेका छन् । भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष वैद्यले कम्युनिष्ट आचरणबाट च्यूत भएको माओवादी केन्द्रसँग कुनै पनि हालतमा पार्टी एकता हुन नसक्ने बताए । प्रचण्डका राजनीतिक गुरु समेत रहेका वैधले भने ' प्रचण्ड कम्युनिष्ट होइनन् उनी देखेर माया लाग्छ ।
मोहन वैद्यले भने – प्रचण्ड देखेर माया लाग्छ
सशस्त्र प्रहरीले फिल्ड कमाण्डर तथा ड्युटीमा रहेका कर्मचारीको ' मुभमेन्ट ' लाई अनुगमन गर्न ' मोवाइल एप्स ' संचालनमा ल्याएको छ । सुरक्षा परिस्थितिलाई ध्यानमा राखेर यो एप सञ्चालनमा ल्याइएको सशस्त्र प्रहरी बलले जनाएको छ । अब फिल्डमा एपीएफ टोलीको तैनाथी लगायतका गतिविधिहरुको ' रिपोर्ट ' लिनुको सट्टा केन्द्रमै बसेर ' मोबाइल एप्स ' बाट अनुगमन गरिनेछ ।
फिल्ड कमाण्डरको अनुगमन गर्न सशस्त्र प्रहरीले बनायो एप्स
नायिका शिल्पा पोखरेल र नायक निखिल उप्रेती अभिनित फिल्म ' भिलेन ' आगामी आगामी पुस ## गतेबाट प्रदर्शनमा आउने भएको छ । फिल्म युनिटले मंगलबार राजधानीमा पत्रकारमाझ फिल्म रिलिजको लागि तयारी अवस्थामा रहेको जानकारी दिएको हो । नायिका शिल्पाले फिल्ममा आफू चौधरी परिवारकी छोरीको भूमिकामा देखिने बताइन् ।
प्रेमको तगारोमा ' भिलेन '
कविन अधिकारी## पुस , काठमाडौं । पुसको ठण्डीमा एकाबिहानै भक्तपुरको ब्यासीस्थित ईंटा उद्योगमा पुग्दा मजदुरहरु धमाधम काम गरिरहेका थिए । काम गर्ने टीममा बालवालिका , महिला एवं भारतको बिहारबाट आएका दक्ष कामदारसमेत थिए ।
भारतीय र नेपाली मिलेर बनाउँछन् भक्तपुरमा ईंटा ( फोटोकथा )
कालीगण्डकी नदीले विद्यालय बगाएको छ । अन्नपूर्ण गाउँपालिका–# कोप्चेपानीस्थित धवलागिरि आधारभूत विद्यालय आज कालीगण्डकीले बगाएको हो । कालीगण्डकीले धार परिवर्तन गरेपछि # कोठे भवन बगाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा खड्काले जानकारी दिए ।
कालीगण्डकी नदीले विद्यालय बगायो
नेशनल मेडिकल कलेजले तोकिएभन्दा बढी शुल्क लिएको भन्दै विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक एवं नेत्र विक्रम चन्द विप्लवका छोरा प्रकाशको नेतृत्वमा कलेजका ## औं व्याचका विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । नेशनल मेडिकल कलेजबाट निस्किएको विरोध र्‍यालीले नगर परिक्रमा गरेको थियो ।
नेशनल मेडिकल कलेजमा विद्यार्थीको प्रदर्शन , विप्लवका छोराको साथ
उत्तर कोरियाले ठुलो शक्तिको रकेट मेसिन सफलतापूर्वक परीक्षण गरेको जनाएको छ । संयुक्तराज्य अमेरिकाको पूर्वीसमुद्रतर्फ लक्षित गरेर परीक्षण गरेको उत्तर कोरियाको आधिकारीक सञ्चार माध्यमले जनाएको छ । उत्तर कोरिया सरकारद्वारा सञ्चालित समाचार समिति केसीएनएले लेखेको छ , " पूर्वी अमेरिकातर्फको दूरी झन्डै ## हजार किलोमिटर छ , त्यसैले उत्तर कोरियाले आफ्नो क्षमता देखाउदै छ ।
उत्तर कोरियाद्वारा नयाँ रकेट मेसिनको परीक्षण
सवैधानिक परिषद् बैठकले प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर जबराको नाम सिफारिस गरेको छ । परिषद्को आज बिहान बसेको बैठकले जबराको नाम सिफारिस गरेको हो । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण आगामी पुष ## गतेबाट अनिवार्य अवकास पाउने भएकाले सो अगावै प्रधानन्यायाधीश नियुक्तिको लागि परिषदले जबराकाे नाम सिफारिस गरेकाे हाे ।
प्रधानन्यायाधीशमा चाेलेन्द्र शमशेरकाे नाम सिफारिस
राजधानीको ठमेलस्थित एक होटलबाट ## लाख चोरी गर्ने तीन जना पक्राउ परेका छन् । उनीहरुलाई भक्तपुरस्थित शिवराम धबौन्जारको घरबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा रामेछापका तीर्थ थापा मगर , चन्द्र थापा मगर र टीका थापा मगर छन् ।
ठमेलको होटलबाट ## लाख चोर्ने पक्राउ
महिलालाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा रौतहटमा एक स्वास्थ्यकर्मी पक्राउ परेका छन् । यमुनामाई गाउँपालिका सरूअठा स्वास्थ्य चौकीमा कार्यरत ## वर्षे स्वास्थ्यकर्मी सुधिरकुमार सिंह महिलामाथि बलात्कार र यातना आरोपमा शुक्रबारदेखि प्रहरी हिरासतमा छन् । ' बलात्कार घटनामा संलग्न रहेका सुधिरकुमार सिंहलाई पक्राउ गरिसकिएको छ , ' जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले सेतोपाटीसँग भने , ' आइतबार मुद्दा दर्ता गर्छौं ।
महिलालाई बन्धक बनाएर बलात्कार गरेको आरोपमा स्वास्थ्यकर्मी पक्राउ
भक्तपुरको प्रसिद्ध ## झ्याले दरवारको हालसम्म झण्डै ## हजारले अवलोकन गरेका छन् । #### साल पुस # गतेदेखि सर्वसाधारणका लागि खुलेको दरवारको हालसम्म ## हजार # सय ## जनाले अवलोकन गरेको जनाइएको छ । दरवारमा कार्यरत कर्मचारी हरिप्रसाद ग्यामरुले पुस दुई गतेदेखि खुलेको दरवारमा दिनमा तीन सयदेखि एक हजार # सय ## जनासम्मले अवलोकन गर्न आएको तथ्यांक दिए ।
पचपन्न झ्याले दरवारः खुलेदेखि ## हजारले गरे अवलोकन
इलाम–भारतको दार्जिलिङलगायत पहाडी क्षेत्रमा सरकारले विभिन्न जाति विकास बोर्ड गठन गरेपछि नेपालीभाषी राज्य सरकारप्रति रुष्ट बन्दैछन् । गोर्खाल्यान्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन ( जिटिए ) मा पनि सरकारले पटक–पटक हस्तक्षेप गरेको भन्दै गोर्खा जनमुक्ति मोर्चा ( गोजमुमो ) ले गम्भीर असन्तुष्टि जनाएपछि त्यसको लहर जनस्तरसम्म पुगेको छ । पश्चिम बंगाल सरकारले केही महिनायता दार्जिलिङसहित कालिम्पोङ , मिरिकलगायत स्थानमा सेड्युल कास्ट ( कामी , दमाईं , सार्की , भुटिया , लिम्बू , खम्बू , शेर्पा , राई , लेप्चा , तामाङ र मगर जातिकालागि विकास बोर्ड गठन गरेको थियो ।
जिटिएमा ' गोर्खाल्यान्ड ' बासीको असन्तुष्टि चुलिँदै
प्रसिद्ध धार्मिक स्थल पाथिभरामा ## क्विन्टल सिक्का थन्किएको छ । मन्दिरको दर्शन गर्न गएका दर्शनार्थीले चढाएको पैसा संकलन गर्दा ## क्विन्टल भएको हो । स्थानीय कर्मचारीले रखेदेख गर्नेगरी उक्त पैसा राखिएको हो ।
पाथिभरा मै थन्कियो ## क्विन्टल सिक्का
डाक्टर भोला रिजालका छोरा कपिल रिजालले एक म्यूजिक भिडियोको निर्देशन गरेका छन् । गायिका शर्मिला बर्देवा र गायक सपनकुमार राइको आवाजमा समावेश ' मेरो मनमा बस ' बोलको गीतको म्यूजिक भिडियोलाई कपिलले निर्देशन गरेका हुन् । गीतमा शेखर सन्तोषको संगीत छ ।
बेलायतमा अन्जु र टंकको लोभलाग्दो प्रेम
सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव नारायण प्रसाद बिडारीले सथानीय # जना पत्रकारलाई दुब्र्यवहार गरेका छन् । बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मन्त्रिपरिषदका निर्णय लिन पुगेका स्थानीय सञ्चारकर्मीहरु जनक बिष्ट र पदम भट्टमाथि उनले दुव्र्यबहार गरेका हुन् । सूचनाका लागि ## दिन अगाडि निवेदन एिका उनीहरु बुधबार बिडारीको कार्यकक्षमा पुग्दा उनले हातमा क्यामेरा छ भन्दैमा जे पनि सोध्न पाउँछौ भन्दै क्यामेरा नियन्त्रणको प्रयास गरेको पीडितहरुले बताएका छन् ।
सुदूरपश्चिम प्रदेशका प्रमुख सचिव बिडारीबाट सञ्चारकर्मीमाथि दुर्व्यवहार
सन्देश श्रेष्ठ## कात्तिक , पोखरा । नेपाल सम्वत #### को स्वागतमा बिहीबार पोखरामा भिन्तुना र्‍याली निकालिएको छ । नेवा खलः कास्कीको आयोजनामा मौलिक भेषभुषा , बाजागाजा र झाँकीसहितको र्‍याली निकालिएको हो ।
नेपाल सम्वतको स्वागतार्थ पोखरामा र्‍याली
पाँचथरको याङवरक # च्याङथापुको एक घरमा बिद्युत सर्ट भइ एक आगलागी हुँदा लाखौं मूल्य बराबरको क्षति भएको छ । याङवरक - # च्याङथापुका दिननाथ अधिकारीको ढुङ्गा माटोले बनेको टिनको छानो भएको # तले कच्ची घरमा बिधुत सर्ट भइ गएराती साढे ## बजे आगलागी भएको थियो । आगलागीबाट अधिकारीको नगद ## हजार रुपैँया , # तोला सुन , ## तोला चाँदी , भाँडावर्तन , अन्नपात र लताकपडा जलेर नष्ट हुँदा अन्दाजी ## लाख ## हजार मूल्य बराबरको क्षति भएको पाँचथर प्रहरीले बताएको छ ।
बिद्युत सर्ट भइ आगो लाग्दा ## लाखको क्षति
प्रधानमन्त्री प्रचण्डले प्रमुख विपक्षी एमाले र आन्दोलनरत मधेसी मोर्चासँग समझदारी बनाएर संविधान संशोधन गर्ने काम अघि अन्तिम चरणमा पुगेको बताएका छन् । व्यवस्थापिका संसद बैठकलाई बुधवार सम्बोधन गर्दै प्रधानमन्त्रीले संविधान संशोधन बिधेयक मस्यौदाको अन्तिम चरणमा रहेको बताएका हुन् । उनले बिगतमा जस्तो औपचारिक वार्ता भन्दा यसपटक अनौपचारिक वार्तामा जोड दिइएको समेत बताए ।
संविधान संशोधन मस्यौदा अन्तिम चरणमा पुगेको प्रधानमन्त्रीको खुलासा
प्रतिनिधिसभामा शुक्रबार भएको प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरमा दश सांसदले प्रश्न राखे । सत्तापक्षका सांसदहरूले प्रधानमन्त्रीलाई आफ्ना कार्यक्रम व्याख्या गर्न सहज हुने प्रश्न राखे भने प्रतिपक्ष पनि प्रधानमन्त्रीप्रति कडा रूपमा प्रस्तुत हुन सकेन । पहिलो प्रश्न राख्ने मौका पाएका नेकपाका सांसद खगराज अधिकारीले प्रश्न सोध्नु अघि सरकारकै बचाउ गरे ।
सांसदका प्रश्न : प्रधानमन्त्रीले केहीमा हँसाए , केही टारे
चैतमा आसलाग्दो देखिएको चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको संख्या वैशाखबाट ओरालो लाग्न थालेको छ । चैतको तुलनामा वैशाख र जेठमा पर्यटक संख्या क्रमशः घढिरहेको छ । गत वर्ष वैशाखमा आएको भूकम्पपछि सुस्ताएको पर्यटन असोजमा संविधान जारी भएसँगै भारतले गरेको अघोषित नाकाबन्दीले थप मारमा परेको थियो ।
घट्न थाले चितवन निकुञ्ज घुम्ने पर्यटक
जंगबहादुर राणाले बसालेको पुरानो सहर नेपालगञ्ज उपमहानगरको मेयरमा ## वर्षपछि उनै जंगबहादुरकै बंशका धवलसमशेर राणाले अन्ततः डबल धमाका दिएका छन् । ## वर्षअघि यही समयमा उनी तत्कालीन नेपागञ्ज नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । फरक के मात्रै हो भने त्यो बेला उनी एमालेका तर्फबाट मेयर निर्वाचित हुँदा उपमेयर एमालेकै समसुद्धिन सिद्धिकी थिए ।
नेपालगञ्जमा ## वर्षपछि धवलको डबल धमाका !
बिरामीको मृत्यु भएपछि मध्यपुरथिमि–# , गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पताल तनावग्रस्त छ । बिहीबार भर्ना भएर शुक्रबार मृर्गौलाको पत्थरी शल्यक्रिया गरेका सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका–# का ## वर्षीय रामचन्द्र कोइरालाको मृत्युपछि अस्पताल तनावग्रस्त भएको हो । मृर्गौला पत्थरीको शल्यक्रिया गरेको बिरामीलाई नर्सहरुले लापरबाहीले मृत्यु भएको भन्दै परिवार र आफन्तले अस्पताल घेराउ गरेका छन् ।
बिरामीको मृत्युपछि नागरिक अस्पतालमा तनाव
आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत स्कटल्यान्ड विरूद्धको टस जितेर पहिले ब्याटिङ गरेको नेपालले # रनमै विकेट गुमाएको छ । जिम्बोवेको बुलावायो मैदानमा दोस्रो ओभरको पहिलो बलमा ओपनर ज्ञानेन्द्र मल्ल # रनमा आउट भएका हुन् ।
दोस्रो ओभरको पहिलो बलमै नेपालको विकेट गुम्यो , मल्ल # रनमा आउट
भारतीय क्रिकेटमा प्रशिक्षक नियुक्ति विवाद समाप्त भएको केही दिन नबित्दै अर्को विवादले जन्म लिएको छ । भारतीय क्रिकेट बोर्ड ( बिसिसिआई ) को सल्लाहकार समितिले नियुक्त गरेको बलिङ प्रशिक्षक जाहिर खानलाई लिएर मुख्य प्रशिक्षक रवी शास्त्री त्यति खुसी देखिएका छैनन् । खेलाडीको रुपमा जाहिरको निकै प्रंशसक मानिन्छन , रवी ।
भारतीय क्रिकेटमा सुरु भयो , बलिङ प्रशिक्षकको विवाद
यहाँ दुई वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । रामप्रसादराई गाउँपालिका–# धोद्लेखानीको वडा कार्यालय र पौवादुङमा गाउँपालिका–# च्याङ्ग्रेको वडा कार्यालयमा गएराति अज्ञात समूहले आगजनी गरेको प्रहरीले जनाएको छ । पौवादुङमा–# च्याङ्ग्रेको वडा कार्यालयमा मट्टितेल छर्केर कागजपत्र , कुर्सी , फर्निचरलगायतका सामग्रीमा आगजनी गरिएको गाउँपालिकाका उपाध्यक्ष सम्झना राईले जानकारी दिएका छन् ।
दुई वडा कार्यालयमा आगजनी
दाङ निर्वाचन क्षेत्र नं . # बाट निर्वाचित प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महराले विकास योजना र बजेटहरु सार्वजनिक गरेका छन् । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत आफ्ना विकासे योजनाहरु छनोट गरि # करोड बजेटलाई विभिन्न शिर्षकमा विनियोजन गरेको जानकारी दिएका छन् । कूल # करोड बजेट मध्ये महराले सबैभन्दा बढी बंगलाचुलीस्थित कमिरेचौरमा ## शैय्याको अस्पताल निर्माण र मावी दुधरासमा प्राविधिक शिक्षाका लागि भवन निर्माणमा ## / ## लाख रकम विनियोजन गरेको जानकारी दिएका छन् ।
सभामुख महराले # करोड बजेट के के मा छुट्याए ?
राष्ट्रियसभा सदस्य कोमल वलीले आस्था राउतलाई # दिन थुनामा राखेर अनुसन्धान गर्न प्रशासनले दिएको अनुमति गलत भएको बताएकी छन् । सभाको विशेष समयमा बोल्दै उनले अनुसन्धानका आधारमा थुन्ने अधिकार भएपनि भागेर जाने अवस्था , बाहिर राख्दा प्रमाण नष्ट हुने अवस्था , गम्भिर खालको अपराध गरेको र तीन वर्ष भन्दा बढी कैद हुने अवस्थामा मात्रै थुनामा राख्न सक्ने भन्दै उनले राउतको मुद्धामा यस्तो अवस्था नभएपनि थुनामा राख्नु गलत भएको बताइन् । ' कानुनको मिसयुज भएको छ ।
आस्था राउतलाई थुनामा राख्नु गलत : कोमल वली
प्रदेश नं # मा एक वर्षकै अवधिमा ### जना एचआइभी एड्स संक्रमित फेला परेका छन् । विश्व एड्स दिवसको पूर्वसन्ध्यामा प्रदेश स्वास्थ्य निर्देशनालयले शुक्रबार उक्त तथ्याङ्क सार्वजनिक गरेको हो । निर्देशनालयका जनस्वास्थ्य प्रशासक डा . राजेन्द्र गिरीले सन् #### मा प्रदेश नं # मा पुरुष ### , महिला ### र तेस्रोलिङ्गी ## जना संक्रमित पहिचान भएको जानकारी दिए ।
प्रदेश नम्बर # मा ### एचआइभी संक्रमितको पहिचान
सिरहाको कल्याणपुरमा कांग्रेसलाई पछि पार्दै राजपाले अग्रता लिएको छ । हालसम्म कल्याणपुरको # वटा वडाको मतगणना सकिँदा तीन वटा वडामा राजपाले प्यानल सहित विजय हात पारेको छ । एउटामा भने नेपाली कांग्रेस विजयी भएको छ ।
कांग्रेसलाई पछि पार्दै सिरहाको कल्याणपुरमा राजपा लाग्यो अघि
संसदीय समितिले काठमाडौंको फोहोर व्यवस्थापन गर्न सरकार गम्भीर नभएको निष्कर्ष निकालेको छ । काठमाडौंको फोहोर व्यवस्थापन गर्ने सिस्डोल , बञ्चरेडाँडाको सोमबार स्थलगत अवलोकन गरेको संघीय संसदको विकास तथा प्रविधि समितिले स्थानीयको समस्या समाधान गरी फोहोर व्यवस्थापन गर्न सरकार गम्भिर नभएको निष्कर्ष निकालेको हो । समितिकी सभापति कल्याणी खड्काले स्थानीयको मागलाई सम्बोधन गरी काठमाडौंको फोहोरको उचित व्यवस्थापन गर्न सरकारलाई आवश्यक निर्देशन दिने पनि बताए ।
संसदीय समितिको निष्कर्षः फोहोर व्यवस्थापन गर्न सरकार गम्भीर भएन
विश्वको सबैभन्दा शक्तिशाली मुलुक अमेरिका अहिले मुसाको आतंकसँग जुधिरहेको छ । अमेरिकामाथि मुसाले धावा बोलिरहेको विषयलाई लिएर सोसल मिडियामा मजाकका साथ उडाइएको छ । अमेरिकाको राजधानी वासिंटनमा मुसा आतंक बढेको छ ।
अमेरिकालाई मुसाको चुनौती
डा . शशांक कोइराला नेपाली कांग्रेसका महामन्त्री हुन् । कांग्रेसले धर्मनिरपेक्षता सहितको संविधानमा हस्ताक्षर समेत गरिसकेको छ । तर , सोही सत्तारुढ दलका महामन्त्री रहेका कोइरालाले कमल थापाभन्दा पनि अघि बढेर हिन्दु राष्ट्रको वकालत गरेका छन् ।
कमल थापाभन्दा अघि बढेर शशांकले भने - हिन्दुराष्ट्रबारे जनमत संग्रह गरौं
काठमाडौं— योग्यता पूरा नगरी लोकमान सिंह कार्की संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख पदमा नियुक्त भएकोविरुद्ध जाहेर रिट निवेदनमाथि सर्वोच्च अदालतले बहसका लागि आज बिहीबार पेशी तोकेको छ । बिहीबार बार दिवसको अवसरमा गोष्ठी र फुटबल खेल हुने हुँदा पेशी स्थगित गर्न बार महासचिव खम्मबहादुर खातीले प्रधान न्यायाधीश सुशीला कार्की समक्ष निवेदन पेश गरेका थिए । सर्वोच्चका न्यायाधीशहरु ईश्वर खतिवडा , आनन्द मोहन र अनिल सिन्हाको # नम्वर ईजलाश तोकिएको हो ।
सर्वोच्चले तोक्यो कार्कीको पेशी , बारले चाहेको थियो स्थगन
सिद्धार्थ ईन्स्योरेन्सले गण्डकी प्रदेशको पोखरामा ' संस्थागत सुशासन र पारदर्शीता दावी भुक्तानीको सुनिश्चितता ' विषयक वीमा दावी सम्वन्धि अन्तरकृया सम्पन्न गरेको छ । सो कार्यक्रममा वीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले वीमा दावी सम्वन्धि विषयमा वीमितसँगको प्रत्यक्ष सात्क्षातकारवाट एक अर्काको कमि कमजोरी पहिचान गरि , दावी भुक्तानी कार्यलाई प्रभावकारी बनाउन थप मद्धत पुग्ने विश्वास व्यक्त गरे । कम्पनीका सञ्चालक पवन कुमार अग्रवालको सभापतित्वमा सम्पन्न कार्यक्रममा होटल , पर्यटन , मोटर व्यवसायसँग सम्वन्धित व्यवसायी तथा वीमा दावी सँग प्रत्यक्ष सलग्न रहने सर्भेयरहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
सिद्धार्थ इन्स्योरेन्सद्धारा वीमा दावी सम्वन्धि अन्तरकृया सम्पन्न
डेमोक्रिटिक पार्टीका उम्मेदवार हिलारी क्लिन्टनले अमेरिकी राष्ट्रपति चुनावमा हार स्वीकार गरेकी छन् । सीएनएनका अनुसार उनले रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पलाई फोन गरेर विजयी भएकोमा बधाई समेत दिएकी छन् । यसअघि उनका चुनावी अभियान प्रमुख जोन पोडोस्टाले समर्थकहरुलाई सम्बेाधन गर्दै क्लिन्टनले तत्काल नबोल्ने बताएका थिए ।
हिलारी क्लिन्टनले स्वीकार गरिन् हार
ललितपुरको जावलाखेलमा आजबाट क्यानेडियन ब्राण्ड एपी फुटवेयर एण्ड एसेसेरिज संचालनमा आएको छ । मिस नेपालद्धय मेलिना जोशी र श्रृंखला खतिवडाले संयुक्त रुपमा शो रुमको उद्घाटन गरेका हुन् । शो रुममा लेदरका महिला तथा पुरुषका लागि चाहिने फुटवेयरहरु पाइन्छ ।
एपी फुटवेयर जावलाखेलमा खुल्यो
एमाले र माओवादी एकीकरण भएर बनेको नयाँ दल नेपाल कम्युनिष्ट पार्टीको गैरकानुनी दल दर्ता बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी , अधिवक्ता इन्दु तुलाधर लगायतले विहिबार दिएको रिटमा ## प्रतिशत महिला सदस्य नपुर्‍याएको नेकपाको दल दर्ता कानुन प्रतिकुल भएकाले त्यसलाई मान्यता दिन नहुने उल्लेख छ । ' प्रष्ट कानुन हुँदा हुँदैपनि विपक्षी नेपाल कम्युनिष्ट पार्टीको दर्ता केवल अन्तरिम विधानका आधारमा गरिएको छ जुन पूर्णत संविधान र कानुन प्रतिकुल छ ।
नेपाल कम्युनिष्ट पार्टीको दल दर्ता बदर गर्न माग गर्दै सर्वोच्चमा रिट
समय दिउँसोको #ः## हुँदै थियो , कार्यालय समय सकिदै गएकाले कर्मचारीहरू कार्यकक्षबाट बाहिँरिदै थिए , मजदुरहरु पनि ' वर्क एरिया ' बाट हुलका हुन बाहिरिने क्रम चलिरहेको थियो । ##–## मिनेटभित्र प्रशासनिक भवन अगाडिको फराकिलो आँगनमा कर्मचारी मजदुर बाक्लो जमघटमा परिणत भए । प्रशासनिक भवन प्रवेशद्वारअगाडि लहरै कुर्सीहरू राखिए , बीचमा एउटा टेबल पनि र टेबलमाथि कागजले छोपिएका केही सामान ।
डुबेको उद्योग फर्काएको भन्दै उदयपुर सिमेन्टका जिएम र अध्यक्ष सम्मानित
पोखरामा पुगेर सस्तोमा अल्ट्राफ्लाइट उडानको मज्जा लिन चहानुहन्छ भने फिस्टेल अल्ट्राफ्लाइट तपाईंका लागि सुलभ र सहज हुने भएको छ । फिस्टेल अल्ट्राफ्लाइटले आन्तरिक पर्यटकलाई लक्षित गर्दै उडानको भाडादर सस्तो बनाएको छ । यसअघि ## मिनेटको अल्ट्राफ्लाइटको उडान गर्ने भाडादर # हजार रुपैयाँ थियो ।
फिस्टेल अल्ट्राफ्लाइटले घटायो आन्तरिक पर्यटकको भाडादर
सरकारले नेपाल खानेपानी संस्थानको सञ्चालक समितिको अध्यक्ष नियुक्त नगर्दा संस्थान पाँच महिनादेखि नेतृत्वविहीन बनेको छ । संस्थानको अध्यक्ष तथा सञ्चालक समितिको अन्य पदाधिकारी नियुक्त नगरिँदा कार्यालयको काम प्रभावित भएको छ भने संस्थानमा कार्यरत पाँच सय ## कर्मचारीले दुई महिनादेखि तलब पाउन सकेका छैनन् । मन्त्रिपरिषद् र खानेपानी मन्त्रालयको अकर्मण्यताकै कारणले संस्थान नेतृत्वविहीन भएको कर्मचारीहरु बताउँछन् ।
दुई महिनाको तलब निकास भएन
प्रहरीले हेटौंडास्थित लागूऔषध सेवन गर्ने अखडामा छापा मारेर # जनालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले हेटौंडा उपमहानगरपालिका–# , शान्तिटोलमा रहेका लागूऔषध अखडामा छापा मारेर # जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा हेटौंडा–## का ## वर्षीय संगीत रायमाझी , ## वर्षीय दीक्षा भट्टाचार्य , निशा कुशवार , हेटौंडा # का ## वर्षीय सन्दीप न्यौपाने , हेटौंडा–# का ## वर्षीय विश्वजंग रायमाझी , हेटौंडा # का ## वर्षीय अभिशेक ठकुरी र हेटौंडा # का ## वर्षीय निखिल लामा छन् ।
हटौंडाको लागूऔषध अखडामा प्रहरी छापा , # पक्राउ
खस सभ्यता खोज्दै महाविकट कर्णाली–#हामी चढेको छ जनामात्र अटाउने प्लेन कालीगण्डकीको खोँचै खोँच उडिरहेको थियो । अग्ला डाँडाहरूको तुलनामा प्लेनले लिइरहेको उचाइ अलि तलै थियो । पहाडहरूसँग लुकामारी खेल्दै उडिरहेजस्तो ।
जुम्लामा विज्ञ टोलीलाई अञ्चलाधीशले भने– ' लुट्छन् , फर्किहाल्नुस् '
उदयपुरलगायत माथिल्लो सगरमाथाका जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदहरूले ' भिजिट नेपाल #### ' लाई सफल पार्न सिद्धिचरण लोकमार्गको स्तरोन्नति र मर्मत गर्नुपर्नेमा जोड दिएका छन् । सिरहाको मिर्चैयादेखि उदयपुरको कटारी , घुर्मी हुँदै ओखलढुंगा , खोटाङ र सोलुखुम्बु जोड्ने जीर्ण सिद्धिचरण सडक तत्काल मर्मत र स्तरोन्नति नगरे भिजिट नेपाल वर्ष सफल हुन बाधा पुग्ने सांसदहरूको ठहर छ । उदयपुर # ( # ) नं . बाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सांसद कला घलेलगायत खोटाङ , ओखलढुंगा र सोलुखुम्बुका # जना प्रदेशसभा सांसदको टोलीले राष्ट्रिय योजना आयोगलाई संयुक्त निवेदन दिँदै सो लोकमार्ग मर्मत र स्तरोन्नति कार्य तत्काल गर्नुपर्ने माग गरेका हुन् ।
भिजिट नेपाल सफल पार्न स्तरोन्नतिमा जोड
तेह्रथुमको आठराई गाउँपालिका–# , संक्रान्तिबजारस्थित निर्माणाधीन घरको सेफ्टी ट्याङ्कीमा एक युवक मृत अवस्थामा फेला परेका छन् । फेदाप गाउँपालिका–# , इसिवुका ## वर्षीय दिपेन फोम्बोलाई ट्याङ्कीमा मृत अवस्थामा फेला पारिएको इलाका प्रहरी कार्यालय संक्रान्तिबजारले जनाएको छ । स्थानीय दलाहाङ माबोको निर्माणाधीन घरको सेफ्टी ट्याङ्कीमा मृत भेटिएका दिपेन मंगलबार देखि नै बेपत्ता भएका थिए ।
सेफ्टी ट्याङ्कीमा डुबेर एक जनाको मृत्यु
सरकारले इटालियन कम्पनी सीएमसीले मेलम्ची आयोजना निर्माणका क्रममा काम लगाएका कामदारहरूको बाँकी भुक्तानी रकम दिने तयारी गरेको छ । गत पुसमा सीएमसीले आयोजना निर्माणबाट हात झिकेपछि करिब # सयभन्दा बढी कामदारले भुक्तानी पाउन सकेका छैनन् । मेलम्ची खानेपानी विकास समिति संविधानअनुसार कामदारको श्रमशोषण गर्नुहुन्न भन्ने आधारमा सीएमसीले दिनुपर्ने कामदारहरूको बाँकी तलबभत्ता दिनुपर्ने निष्कर्षमा पुगेको खानेपानी तथा सरसफाइ मन्त्रालयका एक अधिकारीले कान्तिपुरलाई बताए ।
मेलम्चीका कामदारलाई भुक्तानी दिने तयारी
बलिउडको प्रतिक्षित फिल्म ' पद्मावती ' को मूख्य पात्र शाहिद कपूरको भूमिका पद्मावतीको श्रीमान्को छ । उनी रानी पद्मावतीका श्रीमान् महारावल रतन सिंहको भूमिकामा छन् । शाहिद कपुरको फिल्मको फर्स्ट लुक सार्वजनिक भएको छ ।
यस्तो देखियो ' पद्मावती ' मा शाहिद कपुरलाई
स्टार फुटबलर लिओनल मेस्सीले अर्जेन्टिनाको राष्ट्रिय टिममा र्फकने घोषणा गरेका छन् । ## वर्षे मेस्सीले झण्डै दुई महिना अघि सन्यासको घोषणा गरेका थिए । कोपा अमेरिकाको फाइनलमा चिलीसँग पेनाल्टीमा हार्ने क्रममा आफैंले पेनाल्टी मिस गरेपछि मेस्सीले अप्रत्यासित रुपमा सन्यास घोषणा गरेका थिए ।
मेस्सीले सन्यास घोषणा फिर्ता लिए
## कात्तिक , रत्ननगर ( चितवन ) । लामो समयदेखि बन्द रहेको चितवनको दोस्रो विमानस्थल मेघौली विमानस्थल पुनः सञ्चालनमा आएको छ । विसं #### देखि बन्द रहेको विमानस्थलमा अहिले पुनः विमान अवतरण हुन थालेपछि स्थानीय खुसी भएका छन् ।
मेघौली विमानस्थल पुनः सञ्चालनमा
एउटै फिल्मबाट सयौं करोडको कमाई गर्ने शाहरुख खानले अहिलेसम्म एक पैसा बचत नगरेको दावी गरेका छन् । साथै उनले आफू मरेपछि छोराछोरीका लागि शिक्षा र एउटा घरबाहेक केही पनि नछोड्ने बताए । हालै एउटा न्यूज च्यानललाई दिएको अन्तरवार्तामा शाहरुखले भने , ' हामी मिडल क्लासका मानिस हौं ।
एक पैसा जोगाएको छैन , म मरेपछि छोराछोरीले केही पाउँदैनन्ः शाहरुख
परराष्ट्रमन्त्री डा . प्रकाशशरण महतले भारतीय समकक्षी सुस्मा स्वराजसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको पूर्वसन्ध्यामा आइतबार नयाँ दिल्ली पुगेका उनले केही समयअघि भारतीय परराष्ट्रमन्त्रालयकाे जहवार भवनमा स्वराजसँग भेटवार्ता गरेका हुन् । ' परराष्ट्रमन्त्रीले भारतीय पक्षसँग कुराकानी गरिरहनु भएको छ ।
परराष्ट्रमन्त्री महतद्वारा भारतीय विदेशमन्त्री स्वराजसँग भेटवार्ता
सरकारले नेपाल वायु सेवा निगमको वाइडबडी विमान खरिद प्रकरणको अनियमितता सन्दर्भमा छानबिन गर्न बनाएको उच्चस्तरीय जाँचबुझ आयोगका एक सदस्य नरेन्द्र पाठकले आयोगका बसेर काम गर्न नभ्याउने प्रष्ट पारेका छन् । उच्च अदालतका पूर्वमुख्यन्यायाधीश गोविन्द पराजुलीको अध्यक्षताको जाँचबुझ आयोगमा पूर्वनायव महान्यायाधिवक्ता नरेन्द्र पाठक पनि सदस्य तोकिएका थिए । झापा जिल्लाका बासिन्दा पाठक प्रधानमन्त्री केपी शर्मा ओलीका नातेदार पनि पर्छन् ।
वाइडबडी जाँचबुझ आयोगका सदस्यले भने–निर्मला काण्डको जाँचबुझ गर्दैछु , विमान काण्ड बुझ्न भ्याउँदिन
प्रमुख विपक्षी एमालेको असहमति र नेपाल मजदूर किसान पार्टीका सांसदहरुको नाराबाजीका बीच संविधान संशोधन विधेयक व्यवस्थापिका संसदमा पेश भएको छ । कानुनमन्त्री अजय शंकर नायकले संविधान संशोधन बिधेयक पेश गर्दा मजदूर किसान पार्टीका तीन सांसदले बिरोधमा नारा लगाएका थिए । तर , प्रमुख विपक्षी एमालेले पनि कुनै अवरोध वा बिरोध जनाएन ।
संविधान संशोधन विधेयक संसदमा पेशः एमाले मौन , नेमकिपाको नाराबाजी
नायिका रेखा थापालाई दर्शकले चलचित्रको पर्दामा आइटम नृत्य गर्दै गरेको कमै मात्र देखेका छन् । झन् , चलचित्र क्षेत्रमा हिट भएपछि रेखाले आइटम नृत्यमा रहर नै देखाइनन् । हिट नायिकाले म्यूजिक भिडियोदेखि आइटम नृत्य समेत गरिरहँदा रेखा त्यो बाट पर नै बसिन् ।
' पिंकु मिस ' बनेकी रेखाको जवानीले बबाल बनाएपछि…
मासु खाँदा घाँटीमा अड्किएपछि कञ्चनपुरको कृष्णपुर– # वाणीका ## वर्षीय बहादुर रावलको मृत्यु भएको छ । गुलरियास्थित इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक भरतसिंह धामीले मासु खाने क्रममा घाँटीमा अड्किएर रावलको मङ्गलबार राति मृत्यु भएको जानकारी दिए । उनलाई उपचारका लागि भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पताल पुर्याउँदा बाटोमै मृत्यु भएको थियो ।
मासु खाँदा घाँटीमा अड्किएपछि एकको मृत्यु
सिटिजन लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगार अन्तर्गत यस आर्थिक वर्षको सातौं मृत्यु दाबी भुक्तानी वापत ## लाख बराबरको रकम भुक्तानी गरेको छ । माल्दिभ्समा बसी काम गर्दै आएकी रमिता बिकको मृत्यु भएपछि उनका # वर्षिया छोरा सिमन बिकलाई सिटिजनका सिइओ दशरथमणी खड्काले बीमांक वापतको रकम जम्मा ## लाखको चेक हस्तान्तरण गरेका हुन् ।
सिटिजन लाइफको मृत्यु दाबी भुक्तानी
निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले बुधबारबाट अवकाश पाएका छन् । नेपाल सरकारको कर्मचारीको हैसियतमा ## वर्ष भन्दा बढी समय काम गरेका शर्माले उमेर हदका कारण बुधबारबाट अवकाश पाएका हुन् । पछिल्लो समय स्थानीय तह निर्वाचनकाबेला शर्माले निर्वाचन आयोगको प्रवक्ता तथा आयोगको निर्वाचन सञ्चालन महाशाखा प्रमुख ( सहसचिव ) को हैसियतमा काम गर्ने मौका पाएका थिए ।
निर्वाचन आयोगका प्रवक्ता शर्माको अवकाश , आजैबाट पाए ढकालले जिम्मेवारी
प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा रहेको भूमिसम्बन्धी समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताएका छन् । मोरङ जिल्लाका जनप्रतिनिधिहरूसँग आज सिंहदरबारमा छलफल गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले जनताको सरकार भएकोले यसले जनताकै हितमा काम गर्ने बताए ।
भूमि समस्या समाधान गर्न सरकार गम्भीर : प्रधानमन्त्री
काठमाडौँ – छुट्टाछुट्टै स्थानमा भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु , तीन गम्भीर घाइते भएका छन् । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–# मलिवारामा गए राति नेपाल–भारत बस सेवा लेखिएको बसले मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार एक जनाको मृत्यु हुनाका साथै अन्य तीनजना घाइते भएका छन् । उक्त घटनामा बारा जिल्लाको देवताल गाउँपालिका–# बस्ने ## वर्षीय राजकुमार साहको मृत्यु भएको र भारत बिहारको सीतामढी जिल्लाको सुतिहारा बस्ने ## वर्षीय सोनुकुमार ठाकुर , ## वर्षीया चुनचुनदेवी ठाकुर र ## वर्षीय मेघनाथ ठाकुर गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए ।
छुट्टाछुट्टै स्थानमा भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु , तीन गम्भीर घाइते