article
stringlengths
3
1.8k
summary
stringlengths
2
141
' आहा , सफा भएछ पशुपतिनाथ क्षेत्र त ' , शनिबार पशुपतिनाथ दर्शनका लागि पुगेका काठमाडौँको हाँडीगाउँका रामचन्द्र अर्यालले भने । ब्रम्हनालपट्टिबाट मन्दिर उक्लिएका उनले मन्दिरका तामाका पाला परबाटै टल्किएको देखेपछि यस्तो प्रतिक्रिया दिएका हुन् । करिब ## वर्षदेखि प्रायः दैनिक पशुपतिनाथ दर्शनमा जानुहुने ## वर्षीय अर्याल शनिबार भने दुई महिनापछि पुगेका थिए ।
पशुपति सफाइको कुची खेम्स क्लिनिङको हातमा , # महिनामै फेरियो हुलिया
शुक्लाफाँटा नगरपालिका–## का दिनेश विकले सिमेन्ट , सरिया र माटोको प्रयोग गरी मूर्ति बनाई मासिक रु एक लाखसम्म आम्दानी गर्दै आएका छन् । ग्राहकको माग अनुसारका धार्मिक मूर्ति निर्माण गरी विकले स्थानीय झलारी बजारमा सञ्चालनु गर्नुभएको पसलबाट बिक्री गर्दै आएका छन् । उनले ठूला मूर्ति ग्राहकको मागअनुसार मन्दिरमै गएर समेत निर्माण गर्ने गर्छन् ।
मूर्तिबाट मासिक एक लाख कमाइ
नेपालको सरकारलाई अहिंसाको उपदेश दिइरहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहनगरमै हिंसा भड्किएको छ । पटेल समुदायको उग्र आन्दोलनपछि गुजरात राज्यका विभिन्न स्थानमा स्थानमा मंगलबार कर्फ्यू लगाइएको छ । सूरतमा सेना परिचालन गरिएको छ भने अहमदाबाद र मेहसाणासमेत अन्य स्थानमा प्रहरी तथा अर्द्धसैनिक बल तैनाथ गरिएका छन् ।
मोदीको गृहनगरमै चर्कियो हिंसा , कयौं स्थानमा आगजनी
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पनि नयाँ बारुणयन्त्र सञ्चालनमा ल्याएको छ । वार्षिक नीति तथा कार्यक्रम र नगरसभाबाट पारित निर्णय अनुसार ## लाख ## हजार मूल्यको बारुणयन्त्र खरिद गरिएको हो । # हजार # सय लिटर क्षमताको सो बारुणयन्त्रले ## मिटर टाढासम्म पानीको फोर्स फ्यांक्न सक्ने तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्रश्रीले जानकारी दिए ।
तिलोत्तमा नगरपालिकाले ल्यायो दमकल
नेपाली कांग्रेका सांसद मोहम्मद अफताब आलमले ## वर्षअघि बम बिष्फोट गराएर मारेका भनिएका ओसी अख्तर नमारिएको बरू वैदेशिक रोजगारमा गएर नफर्केको भन्दै उनकी पत्नी अमना खातुन निवेदन दिन अदालत पुगेकी छन् । ओसी अख्तर र त्रिलोक सिंह बम बिष्फोटमा घाइते भएपछि जिउँदै इँटाभट्टामा हालेको अनुसन्धानबाट देखिएको भन्दै सरकारी वकिल कार्यालयले आलमविरूद्ध गत साता मुद्दा दायर गरेको थियो । आलमलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्ने , धरौटीमा छोड्ने वा तारेखमा छोड्ने भन्नेबारे रौतहट जिल्ला अदालतमा बहस हुँदै गर्दा मृतक भनिएका मध्ये ओसी अख्तर जिउँदै रहेको निवेदन परेको रौतहट अदालत स्रोतले बताएको छ ।
आलमले इँटाभट्टामा हालेका भनिएका ओसी अख्तर वैदेशिक रोजगारीमा गएको भन्दै पत्नीको निवेदन
नेपाली अनार्थ बालबालिकाको सहयोगार्थ युरोपमा कन्सर्टको आयोजना हुने भएको छ । ललितपुरस्थित सुन्दर र शान्त बाल कल्याणकारी संस्थाले अनार्थ बालबालिकाको सहयोगार्थ युरोपका विभिन्न देशमा सांगीतिक कार्यक्रमको आयोजना गर्दैछ । ' पिस एन्ड युनिटी , अ म्युजिकल टुर ' नामक सांगीतिक कार्यक्रमा आगामी असोज ## देखि कार्तिक # सम्म युरोपको डेनमार्क , बेल्जियम र पोर्चुगलमा आयोजना हुँदैछ ।
अनार्थ बालबालिकाको सहयोगार्थ युरोपमा कन्सर्ट हुने
' सयौँ सम्वन्धको कयौं भावना ' भन्ने नाराका साथ कोकाकोलाले ' मन खोलौँ कोकसँग ' अभियान ल्याएको छ । हजारौं सम्वन्धको अनगिन्ती भावनासँग जोड्ने आसयले यो नारा राखिएको कोकाकोलाले जनाएको छ । कोकाकोलाले साथीभाइ तथा परिवारलाई वर्षभरि कुनै पनि उत्सवको समयमा विशेष रुपमा जोडिएर रहनका लागि प्रोत्साहन समेत गर्ने गरेको कम्पनीको दावी छ ।
कोकाकोलाको ' सयौं सम्वन्धको कयौं भावना '
व्यवस्थापिका संसदअन्तरगतको सुशासन तथा अनुगमन समितिले मन्त्रिपरिषदबाट भएको नीतिगत भ्रष्टाचारबारे छानविन गर्ने भएको छ । अख्तियारलाई छल्न मन्त्री तथा अख्तियार प्राप्त अधिकारीले निर्णय नगरी मन्त्रिपरिषदबाट निर्णयहरु गराएको भन्दै अख्तियार प्रमुख लोकमानसिंह कार्कीले प्रश्न उठाएपछि सुशासन समितिको शुक्रबार बसेको बैठकले यसबारे ' चेक ' गर्ने निर्णय गरेको हो । समितिका सभापति शेरधन राईले भने - ' अख्तियारको कारबाहीबाट जोगाउन मन्त्रिपरिषदमा लगेर निर्णय गराउने प्रवृत्ति छ , त्यसलाई हामीले चेक गर्ने कुरा गरेका छौं ।
मन्त्रालयको नीतिगत भ्रष्टाचारमा सुशासन समितिको चासो
श्रम तथा रोजगार मन्त्रालयबाटै कार्यविधिको फाइल ' हराएपछि ' श्रम सहचारी नियुक्तिमा अन्योल सिर्जना भएको छ । कामका लागि विश्वका विभिन्न मुलुक पुगेका श्रमिकलाई आवश्यक सेवा पुर्‍याउन श्रम सहचारी नियुक्त गर्ने चलन छ । पछिल्लो समयमा श्रम सहचारी को हुने भन्नेबारे कर्मचारीमै विवाद हुन थालेपछि अघिल्लो वर्ष श्रम सहचारी नियुक्तिलाई सहज बनाउन कार्यविधि तयार गरिएको थियो ।
कार्यविधिको फाइल मन्त्रालयबाट गायब
पोखराको मौसममा आएको खराबीले दुई हेलिकप्टरलाई खेल मैदानमा अवतरण गराइएको छ । पर्यटक लिएर अन्नपूर्ण आधार शिविर गएका एयर डाइनेष्टी र सिम्रिक एयरको हेलिकप्टर पोखरा विमानस्थल फर्कने क्रममा मौसममा अकस्मात खराबी आउँदा बुधबार बिहान ## : ## बजेको समयमा पोखरा महानगरपालिका–## लामाचौरस्थित सेती नदी किनारको गोस्तेघाट खेल मैदानमा अवतरण गरिएको छ । बिहान आधार शिविरतर्फ उडानको क्रममा मौसम अनुकूल रहे पनि फर्कने क्रममा विमानस्थल हुस्सुले ढाकेपछि अवतरण हुन नसकेको हो ।
पोखरा विमानस्थलबाट उडेका दुई हेलिकप्टर खेल मैदानमा अवतरण
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पाँचदिने भ्रमणका लागि आज चीन प्रस्थान गर्दैछन् । उनी राति ## बजे त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । चीन उड्नुअघि मन्त्री ज्ञवालीले दिउँसो # बजे पत्रकार सम्मेलन आयोजना गरेका छन् ।
परराष्ट्रमन्त्री ज्ञवाली चीन भ्रमणमा जाँदै
भर्खरै वैदेशिक रोजगारीबाट फर्किनु भएको छ ? केही ब्यापार , व्यवसाय र इलम गर्नेबारे सोच्दै हुनुहुन्छ भने सरकारलाई सूचना दिनुस् । योग्यता पुगेमा ## लाखसम्म सहुलियत ब्याजको ऋण पाउनुहुनेछ । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले ब्याज अनुदान सम्बन्धी कार्यविधि - ####अनुसार विदेशबाट फर्किएकालाई पनि सहुलियत दरमा ब्याज दिन लागेको हो ।
विदेशबाट फर्किएकालाई ## लाखसम्म ऋण दिन दरखास्त आह्वान
## वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा खत्याड गाउँपालिका - # बस्ने ## वर्षीय ऐन बहादुर बुढालाई प्रहरीले पक्राउ गरेको छ । ती महिलालाई शुक्रबार बिहान जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी श्रीकोटबाट खटिएको प्रहरीले बुढालाई नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
## वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा आउने पर्यटकको सुरक्षा र सहजताका लागि पर्यटक प्रहरी खटाइएको छ । पर्यटकमाथि आपराधिक क्रियाकलाप तथा चोरी डकैती नियन्त्रणका लागि लुम्बिनीमा पर्यटक प्रहरीमार्फत सुरक्षा प्रदान गर्नका पर्यटक प्रहरी खटाइएको रुपन्देही प्रहरीले जनाएको छ । लुम्बिनीम्ाा ## जना पर्यटक प्रहरीले सुरक्षा प्रदान गर्ने प्रहरी उपरीक्षक राजेन्द्र ढकालले जानकारी दिए ।
पर्यटकको सुरक्षाका लागि लुम्विनीमा पर्यटक प्रहरी
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले उपत्यकामा धेरै जाम भएको भन्दै त्यसलाई हटाउन निर्देशन दिएका छन् । ट्राफिक प्रहरी महाशाखामा ट्राफिक इन्चार्जहरुलाई बोलाएर खनालले जाम हटाउन निर्देशन दिएका हुन् । ' जाम हुदाँ सर्वसाधारण धेरै समस्यामा परेका छन् , समय खेर गइरहेको छ , ' खनालले भने , ' सहि ट्राफिक व्यवस्थापन नहुदाँ पनि धेरै जाम भएको मैले पाएको छु ।
सर्वेन्द्र खनालको ध्यान , जाम , घुस लिने प्रहरी , ट्याक्सी र मोटरसाइकल चालकमाथि
इसेवा पसलको औपचारिक रूपमा कारोबार सुरू भएको छ । भाटभटेनी अनलाइन डटकमलाई इसेवा पसल डटकमका रुपमा रि–ब्रान्डिङ गरी एफवान सफ्ट इन्टरनेसनल प्रालिले सुरु गरेको हो । कार्यक्रममा इसेवा पसल डटकमका सिइओ मनिस श्रेष्ठले अनलाइन सपिङको क्षेत्रमा इसेवा पसल एक महŒवपूर्ण कोसेढुंगा हुने विश्वास व्यक्त गरे ।
इसेवा पसलको कारोबार सुरु
सरकारले भूमिको दिगो समाधानको लागि भूमि ऐन ल्याउने जनाएको छ । आज नयाँ बजेट घोषणा गर्दै अर्थमन्त्री युवराज खतिवडाले सो घोषणा गरेका हुन् । बजेटमा अतिक्रमित सरकारी जग्गा आगामी आर्थिक वर्षभित्र सरकारीकरण गरिने जनाइएको छ भने भूमि व्यवस्थापनका लागि छुट जग्गा दर्ता गर्ने जनाइएको छ ।
भूमि बैंकको स्थापना गरिने
भक्तपुर–नेपाल मजदुर किसान पार्टी केन्द्रीय समितिको बैठक भारतीय विस्तारवादविरुद्ध संघर्षलाई कायमै राख्ने निर्णय गर्दै बुधबार भक्तपुरमा सकिएको छ । पार्टी अध्यक्ष नारायणमान बिजुक्छेको अध्यक्षतामा बसेको दुईदिने बैठकले अमेरिकी साम्राज्यवादले नेपालको आर्थिक , सामाजिक , सांस्कृतिक र राजनैतिक क्षेत्रमा गर्दै आएको हस्तक्षेपको विरोधमा पार्टीले चलाउँदै आएको वैदेशिक हस्तक्षेपविरुद्ध सङ्घर्षलाई यथावत राख्ने निर्णय गरेको पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बैठकमा अध्यक्ष बिजुक्छेले अमेरिकाले चीनलाई अन्य देशहरूसँग भिडाउन खोजेको बताउँदै चीनलाई युद्धमा फसाउनु साम्राज्यवादीहरूको दुःस्वप्न भएको बताए ।
नेमकिपाले भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादविरुद्ध संघर्ष गर्ने
गैरआवासीय नेपाली संघ अस्ट्रेलियाले सिड्न वाक फर वेलफेयर कार्यक्रम सम्पन्न गरेको छ । ' कल्याणका लागि यात्रा गरौ , ' भन्ने नाराका साथ यसपटक महिलाको हितमा आयोजना गरिएको सहयोगी यात्रा कुकपार्कबाट सुरु भएर ब्राइटन बिचमा सम्पन्न भएको थियो । सिड्नीका करिब डेढ सय नेपाली मनकारीहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।
सिड्नीमा सकियो कल्याणकारी यात्रा
न्यूयोर्क टाइम्सले नयाँ वर्ष #### मा घुम्नै पर्ने ठाउँहरुको सूची सार्वजनिक गरेको छ । र , त्यो सूचीमा नेपालको लाङटाङ पनि परेको छ । अमेरिकी पत्रिका न्यूयोर्क टाइम्सले #### मा जानु पर्ने ## ठाउँलाई यो सूचीमा राखेको छ ।
#### मा घुम्नै पर्ने ठाउँको सूचीमा नेपालको लाङटाङ पनि
प्रहरीका एकजना वरिष्ठ उपरिक्षकले पुष एक गते गृह मन्त्रालयले गरेको प्रहरी नायब महानिरीक्षक बढुवामा अन्याय भएको दाबीसहित लोकसेवा आयोगमा उजुरी दिएका छन् । प्रहरी वरिष्ठ उपरिक्षक लब बिष्टले बुधबार बढुवा सिफारीसमा आफूलाई अन्याय भएको भन्दै आयोगमा उजुरी दिएका हुन् । गृहमन्त्रालयले प्रहरी प्रधान कार्यालयको सिफारीसमा वरियताक्रममा एक नम्बरमा रहेका वरिष्ठ उपरिक्षक बिष्टबाहेक अन्य तीनजनालाई नायब महानिरीक्षकमा पुष एकमा बढुवा सिफारीस गरेको थियो ।
डिआईजी बढुवाबिरुद्ध लोकसेवामा उजुरी
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आइतबार राति बारा र पर्सामा आएको हावाहुरीको कारण गम्भीर घाइते भएर महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार गराइरहेका घाइतेहरूको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् । उनीहरूलाई सोमबार नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौ ल्याइएको हो । काठमाडौंमा उपचार भइरहेका घाइतेहरूमा गीता देवि , महम्मद मियाँ , समिना खातुन , किशन पटेल , अमन पटेल सुरेश पटेल मनोज अन्सारी रहेका छन् ।
टिचिङ पुगेर घाइते भेटे कांग्रेस नेता पौडेलले
विश्व फुटबल महासंघ ( फिफा ) ले अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष गणेश थापामाथि चार महिने प्रतिबन्ध लगाएको छ । फिफाले एन्फा अध्यक्ष थापालाई ### दिन राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको फुटबल सम्वन्धी कुनै गतिविधिमा संलग्न हुन रोक लगाएको हो । थापाको निलम्बन मंगलबारबाट लागू हुनेछ ।
एन्फा अध्यक्ष गणेश थापामाथि फिफाको प्रतिवन्ध
महानगरीय प्रहरी आयुक्त कार्यालयले परिसरअन्तर्गत रहेका मुद्दा चलाउने वृत्तहरूको मिसिल छड्के जाँच गर्न थालेको छ । महानगरीय प्रहरी आयुक्त कार्यालय रानीपोखरीको टोलीले तीनवटै जिल्लाका परिसर मातहत रहेका कार्यालयले गलत मिसिल बनाएर अदालत प्रस्तुत गर्नसक्ने भन्दै त्यसको छड्के गर्न थालेको हो । आयुक्त कार्यालयका एसपी वसन्त कुवँरको नेतृत्वमा रहेको तीन सदस्यीय टोलीले केही दिनदेखि मिसिल जाँच गरिरहेको छ ।
परिसर मातहतमा आयुक्त कार्यालयमा छड्के
विवाहको प्रसंगमा राजेश पायल राइले सधैं भन्ने गर्छन् ' विवाहका लागि मैले भने जस्तो केटी नै पाइन । ' त्यसो त विवाह गर्नु अघिसम्म अभिनेता राजेश हमालले पनि आफुले भने जस्तो केटी नपाएको गुनासो गर्थे । अहिले अभिनेता हमालको बोली फोरिएको छ ।
राजेश हमालले राजेश पायललाई घुम्टो ओढाइदिएपछि…
रौतहटको कटहरीयामा रहेको लालबकैया नदीको पुलमा बाढीले क्षति पुर्‍याउँदा आवतजावतमा समस्या भएको छ । कटहरीया नगरपालिकाको बहादुरपुरमा रहेको पक्की पुलको दायाँबायाँ बाढीले कटान गरेपछि स्थानीय बासिन्दालाई आवतजावतमा नै कठिनाई हुँदै आएको छ । सितलपुर , बैरगनिया , बिजयपुर , सन्तपुर दोस्तिया , लक्ष्मनिया लगायत गाउँका बासिन्दाहरूलाई कटहरीया बजार तथा सदरमुकाम गौर आउन / जान समस्या भएको छ ।
बाढीले पुल बगाउँदा आवतजावतमा समस्या
काठमाडौँ– नेपाल–भारतमैत्री पशुपति धर्मशाला उद्घाटन भएको डेढ महिनासम्म पनि सञ्चालनमा आउन सकेको छैन । बिम्स्टेक सम्मेलनका अवसरमा गत भदौ ## गते धर्मशाला उद्घाटन भएको थियो । नेपाल र भारतका प्रधानमन्त्री केपी ओली र नरेन्द्र मोदीले संयुक्तरुपमा उद्घाटन गर्नुभएको धर्मशाला त्यसलगत्तै सञ्चालनमा आउने भनिएको थियो ।
ओली र मोदीले संयुक्तरुपमा उद्घाटन गरेको धर्मशाला सञ्चालनमा आएन
तल्लोस्तरबाट काम गर्दै राष्ट्रिय जीवनमा योगदान पुर्याएका पौरखीहरुको संघर्ष र सफलताको कथा समेटिएको पुस्तक शनिबार सार्वजनिक भएको छ । इटहरीलाई कर्मथलो बनाएका पत्रकार चेतन धमलाद्धारा लिखित पुस्तकको अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले विमोचन गरेका हुन् । पुस्तक विमोचन गर्दै अर्थमन्त्री कार्कीले संघर्षशील र सफल व्यक्तिहरुको पर्दा पछाडीको रहस्य अन्य व्यक्तीका लागि प्रेरणाको स्रोत हुने बताए ।
पत्रकार चेतन धमलाको पुस्तक ' पौरख ' सार्वजनिक
ओखलढुंगा– जिल्ला समन्वय समिति ओखलढुंगाले युवा समिति कार्यालयका सामग्रीहरु फ्याँकिदिएकोे छ । सबिकको जिल्ला प्राविधिक कार्यलयमा सञ्चालन हुँदै आएको युवा समितिको कार्यलय नै हटाउने भन्दै जानकारीविनै कार्यलयका सामग्रीहरु फालिदिएको जिल्ला युवा समिति ओखलढुंगाका अध्यक्ष सुधीर कार्कीले बताए । उनले आफुहरुलाई जानकारीबिनै प्राविधिक कार्यलय खारेज भएको भन्दै आफ्ना सामाग्रीहरु कोठाबाहिर निकालेर फालिदिएको बताए ।
जिल्ला समन्वयले फ्याँकिदियो युवा समितिका सामग्री
वैदेशिक रोजगारीको आवरणमा खाडी मुलुकमा मानव तस्करी गर्ने समूह पक्राउ परिरहे पनि उनीहरूको सक्रियता घटेको छैन । रोजगारीको प्रलोभनमा अवैध रुपमा कुबेत , दुबई पुगेर अलपत्र परेपछि उद्धारका लागि प्रहरीको सम्पर्कमा आउनेको संख्या उस्तै छ । प्रहरी प्रधान कार्यालयको तथ्यांकमा हरेक वर्ष आर्थिक अपराधको संख्या बढ्दो छ ।
इराकको भिसा पनि नक्कली
भारतकी फिल्म मेकर सुरभी देवान अहिले नेपालमा डकुमेन्ट्री ' डटर अफ नेपाल ' लिएर आएकी छिन् । सशस्त्र द्वन्द्वमा भूमिगत भएका अभिभावककी एकमात्र छोरी अस्मिताको कथामा आधारित ' डटर अफ नेपाल ' नामक डकुमेन्ट्री राजधानीको विभिन्न स्थानमा प्रदर्शन भइरहेको छ । सन् #### मा खिचिएको उक्त डकुमेन्ट्री मूख्य पात्र अस्मिता अर्थात मानुषी भट्टराई अहिले नेपाली राजनीतिमा आवद्ध छिन् ।
' डटर अफ नेपाल ' मा भूमिगत अस्मिताको कथा
नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ ( एन्फा ) ले सोमबार आगामी एक वर्षका लागि नयाँ नेतृत्व पाउने भएको छ । अध्यक्ष र एक उपाध्यक्ष पदका लागि हुन लागेको एन्फा निर्वाचनको प्रतिक्षा अहिले फुटबलकर्मीमा सिमित छैन । यसअघि सधै औपचारिकतामा सिमित हुँदै आएको एन्फामा व्यवहारिक रुपमा पहिलो पटक चुनाव हुन लागेको छ ।
एजेन्डा र लिगेसीबीच प्रतिस्पर्धा
इङ्लिस प्रिमियर लिगअन्तर्गत शुक्रबार राति सम्पन्न खेलमा लिभरपुलले चेल्सीलाई पराजित गरेको छ । चेल्सीको घरेलु मैदान स्टामफोर्ड ब्रिजमा सम्पन्न खेलमा लिभरपुलले चेल्सीलाई # - # गोलअन्तरले पराजित गरेको हो । खेलको ##औं मिनेटमा गोल गर्दै लिभरपुलका रक्षक डिजेन लोरनेले टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
लिभरपुलले चेल्सीलाई हरायो
नेकपा एमालेका नेता माधवकुमार नेपालले केपी ओली नेतृत्वको वर्तमान सरकार अझै करिब दुई वर्ष टिक्ने दाबी गरेका छन् । बजेट ल्याएपछि एमाओवादीलाई सत्ता हस्तान्तरण गर्ने चर्चा चलिरहेका बेला पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले सरकार लम्बिने बताएका हुन् । सिन्धुलीको पिपल भञ्ज्याङस्थित एक विद्यालयको भवन शिलान्यास कार्यक्रमलाई बुधबार बिहान सम्बोधन गर्दै नेता नेपालले भने , ' सरकार ढाल्ने र बनाउने खेलमा धेरैले बोत्तल फोडेको सुनेको छु ।
सरकार अझै ## महिना टिक्छः माधव नेपाल
सुभाषप्रसाद साह## कात्तिक , बारा । दिपावली , छठलगायतका चाडपर्वका शुभकामना प्रकाशन - प्रसारण नगर्न संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बाराका सञ्चारमाध्यमहरुलाई चेतावनी दिएको छ । यस्तै मधेस आन्दोलन जारी रहुन्जेल वित्तीय संस्थाहरुलाई कुनै पनि किसिमको किस्ता नउठाउन पनि भनिएको छ ।
चाडपर्वको शुभकामना प्रकाशन - प्रसारण नगर्न मिडिया हाउसलाई मोर्चाको चेतावनी
लोकआस्थाको महत्वपूर्व छठ पर्वको आज तेश्रो दिन वर्तालुहरु भक्तिभावका साथ रौतहट लगायत तराइका विभिन्न जिल्लाहरुमा वर्तालुहरुले अस्ताउदो सुर्यलाई अर्घ दिएका छन् । वर्तालुले शुद्धता तथा पवित्रताप्रति विशेष ध्यान दिनुकासाथै कडा नियमका साथ पूजाको तयारी गरिने यस चाडमा चोखो तथा शुद्धता मथि निकै ध्यान दिइरहेको पाइन्छ । छठको परम्परागत प्रसादको रुपमा चढाइने ठेकुवा र कसारका साथ–साथै विभिन्न प्रकारका मिष्ठान परिकार र पूजा सामग्रिको तयारीमा मंगलबार विहानैदेखि वर्तालुहरु जुटेका थिए ।
रौतहटमा यसरी मनइयो छठ पर्व ( फोटो फिचर )
नेपाल आदिवासी जनाजाती महासंघले संविधानप्रति आफ्नो असन्तुष्टि कायमै रहेको भन्दै असोज # गते संविधान दिवस नमनाउने भएको छ । महासंघका अध्यक्ष जगतबहादुर बरामले शुक्रबार एक विज्ञप्ति जारी राख्दै असोज # लाई आदिवासी जनजातिलगायत सम्पूर्ण उपेक्षित , उत्पीडित जाति समुदायमाथि धोकाधडी , षड्यन्त्र , जालसाजी र पुनः विभेद भएको दिनको रुपमा लिएको जनाएका छन् । ' नेपाल आदिवासी जनजाति महासंघको संविधानप्रतिको अस्वीकार्यता तथा असन्तुष्टि कायमै रहेको छ , तसर्थ , संविधान संशोधनमार्फत आदिवासी जनजाति आन्दोलनको पहिचान र अधिकारका मुद्धाहरू सम्बोधन नहुञ्जेल संविधान जारी भएको दिन असोज # गते कुनै पनि कार्यक्रमहरू गरेर नमनाउन र यदि कुनै कार्यक्रम गर्न गरे ।
संविधानप्रति जनजाति महासंघको असन्तुष्टि
सरकारले सुर्तीजन्य पदार्थ रोकथामका लागि सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई जिम्मेवारी तोकेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को वैठकले गाउँपालिका , नगरपालिका , उपमहानगरपालिका तथा महानगरपालिकाहरुमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतहरुलाई सुर्ती निरीक्षकको जिम्मेवारी तोकेको हो । यसअघि सरकारले ## वटा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई मात्र सुर्ती निरीक्षकको जिम्मेवारी दिएको थियो ।
सुर्ती निरीक्षकको जिम्मेवारी स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई पनि
मलेसियामा जारी आईसीसी विश्वकप टी–## एसिया क्षेत्र छनोट ' बी ' को अन्तिम खेलमा नेपालले आज सिंगापुरको सामना गर्दैछ । नेपाली समय अनुसार दिउँसो ## : ## बजे मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा सुरू हुने खेलमा नेपालले सिंगापुरलाई हराउँदै उपाधि जित्ने लक्ष्य राखेको छ । उपाधिको एक्लो दाबेदारको रुपमा हेरिएको नेपालसहित सिंगापुर पनि प्रतियोगितामा अपराजित रहँदै समान # खेलमा समान ## अंक निकाल्दै छनोट भएका छन् ।
उपाधि यात्रामा नेपाल , आज सिंगापुरसँग खेल्दै
जिल्ला प्रहरी कार्यालय धादिङले पाटे बाघको छालासहित # जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गजुरी - # का ## वर्षीय भाइराम प्रजा , ## वर्षीय ज्ञानबहादुर बि . क . , ## वर्षीय राजेन्द्र तामाङ , वडानम्बर # का ## वर्षीय आशिष तामाङ , बेनिघाट रोराङ गाउँपालिका - # का ## वर्षीय सन्त तामाङ र वडानम्बर # का ## वर्षीय राजकुमार तामाङ रहेका छन् । बाघको छाला बेचबिखन भइरहेको सूचनाको आधारमा खटिएको जिप्रका धादिङ र इप्रका गजुरीको प्रहरी टोलीले उनीहरुलाई गजुरी गाउँपालिका - # चालिसेबाट नियन्त्रणमा लिएको हो ।
पाटे बाघको छालासहित धादिङमा # जना पक्राउ
उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले भारतीय लगानीकर्ताहरुलाइ नेपालमा लगानी बढाउन आग्रह गरेकी छन् । भारत भ्रमणमा रहेका प्रधानमन्त्री के . पी . शर्मा ओलीको सम्मानमा भारतीय निजी क्षेत्रका प्रतिनिधिमुलक संस्थाहरूले नयाँ दिल्लीमा आयोजना गरेको नेपाल–भारत व्यवसायिक फोरम बैठकमा सम्वोधन गर्दै राणाले यस्तो आग्रह गरेकी हुन् । भारतीय निजी क्षेत्रका प्रतिनिधि संस्थाहरू भारतीय उद्योग वाणिज्य महासंघ , भारतीय उद्योग परिसंघ र एसोचेमले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रमा नेपालको निजी क्षेत्रबाट राणाले नेतृत्व गरेकी छन् ।
भारतीय लगानीकर्तालाइ नेपालमा लगानी बढाउन राणाको आग्रह
विश्व उपभोक्ता दिवसको अवसर पारेर महोत्तरीको बर्दिबास नगरपालिकाले शुक्रबारदेखि बजार अनुगमन सुरु गरेकोे छ । बजार अनुगमनमा बजारका अधिकांश पसलको व्यवसाय दर्ता नविकरण नभएको भेटिएको छ । नगरपालिकाका अनुगमन समितिका संयोजक एवं उप - प्रमुख कृष्णमाया गौतमको नेतृत्वमा बर्दिबासको मुख्य बजार क्षेत्रमा गरिएको बजार अनुगमनमा अधिकांश पसलहरुमा अखाद्य , म्याद गुज्रेका सामान बिक्री गरी सञ्चालनमा ल्याइएको छ ।
# दिनभित्र बर्दिबासको सबै पसलमा मुल्य सूची राख्न उपप्रमुख गौतमको निर्देशन
भ्रष्टाचारविरुद्ध सदाचार सन्देश बोकेको फिल्म ' सयकडा दश ' आगामी माघ ## गते रिलिज हुने भएको छ । रामशरण पाठकको निर्देशनमा बनेको फिल्म यतिबेला पोस्ट प्रोडक्सनमा छ । ललितपुरको हात्तीवनमा शनिबार आयोजित स्थानीय मानव सेवा आश्रमका दुई दर्जन वृद्धवृद्धा र अशक्तलाई भोजन र सरसफाइका सामाग्री प्रदान गर्दै फिल्मको मिति घोषणा गरिएको हो ।
माघमा ' सयकडा दश '
मध्यपूर्वी तराईका जिल्लामा पितृपक्ष ( सोह्र श्राद्ध ) शुरु भएसँगै पुत्रवती महिला जितिया पर्वको तयारीमा लागेका छन् । तराईको पौराणिक महत्वको मिथिला क्षेत्रमा पितृपक्ष ( असोज कृष्णपक्ष ) शुरु हुनासाथै पुत्रवती मिथिलानी ( मिथिलाका नारी ) ले जितियाको चर्चा र तयारी थालेका हुन् । पुत्रवती महिलाले असोज कृष्ण अष्टमीका दिन जितिया पर्वको कठोर उपवास बस्ने हिन्दू मैथिल परम्परा छ ।
मिथिलामा जितिया पर्वको तयारी
एकीकृत नेकपा माओवादी सभासद प्रभु साहले संविधान मस्यौदा समितिबाट राजीनामा दिएका छन् । मस्यौदा समिति संविधानको विधेयक बनाउने तयारीमा जुटिरहेका बेला सभासद साहले समिति सदस्यबाट राजीनामा दिएका हुन् । साहले मस्यौदा समितिका सभापति कृष्ण सिटौलाले साहले विगतका सहमति र सम्झौतालाई लत्याएको र मनोमानी ढंगले अघि बढेको आरोप लगाएका छन् ।
मस्यौदा समितिबाट प्रभु साहले दिए राजीनामा
इरानले दुर्घटनामा परेको युक्रेन इन्टरनेशनल एयरलाइन्सको जहाजमा क्षेप्यास्त्र नलागेको दाबी गरेको छ । बुधबार इरानको इमाम खमेनी विमानस्थलबाट उडेको केहीबेरमै ### जना सवार बोइङ ### - ### जहाज दुर्घटनामा परेको थियो । जहाजमा आगलागी भएकाले त्यसमा सवार कोही पनि बाँचेनन् ।
युक्रेनी जहाज क्षेप्यास्त्र लागेर खसेको होइन : इरान
बारा–कलैयामा माघ # गतेदेखि राष्ट्रिय स्तरको टि–## महिला क्रिकेट त्रिकोणीय प्रतियोगिता संचालन हुने भएको छ । कलैया क्रिकेट क्लव र साझेदारी केन्द्र बाराको आयोजनामा सिद्धेश्वर क्रिकेट मैदानमा सोबिज मेडिया ग्रुप बिपी स्मृती टि–## महिला क्रिकेट त्रिकोणीय प्रतियोगिता संचालन गर्न लागिएको आयोजकले आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराएका छन् । त्रिकोणीय क्रिकेट प्रतियोगितमा बारा , सर्लाही र काठमाडौं जिल्लाका महिला क्रिकेट टिमको सहभागिता रहने आयोजकका उदित गुप्ताले जानकारी गराए ।
महिला क्रिकेट त्रिकोणीय प्रतियोगिता माघ # गतेबाट
आफुले फेसबुकमा राखेको स्टाटस वा अपलोड गरेका फोटोहरुमा लाइक तथा कमेन्टको ओइरो लागोस् भन्ने चाहना कसको नहोला ? फेसबुकमा स्टाटस अपडेट गरिसकेपछि धेरैको ध्याउन्न भनेको त्यसमा लाइक र कमेन्टको चियो गर्नुमै हुन्छ । तर एक अध्ययनले चाहीँ यसरी फेसबुकमा लाइक गन्नुको कुनै तुक नरहेको प्रष्ट पारेको छ । फेसबुके पोष्टहरुमा आउने लाइकले प्रयोगकर्तालाई आफ्नो बारेमा राम्रो अनुभुति गर्न वा मूडमा सुधार गर्न कुनै सहयोग नगर्ने एक अध्ययनले ठहर गरेको छ ।
अब फेसबुकमा ' लाइक ' गन्न छाड्नुस् , किनकी…
इच्छाकामना गाउँपालिका–# कुरिनटारमा आज दिउँसो सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पोखराबाट धादिङतर्फ जाँदै गरेको ग # च #### नंको मारुती भ्यानलाई सोही दिशातर्फ जाँदै गरेको बा#झ ### नंको ट्याङ्करले आज दिउँसो ##ः## बजे ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो । मृत्युहुनेमा धादिङ कल्लेरीका अन्दाजी ## वर्षीय चन्द्रबहादुर नेपालीे र नाम नखुलेको एक बालक रहेका छन् ।
चितवनमा ट्यांकरले भ्यानलाई ठक्कर दियो , दुईको मृत्यु
नेपाल परिवार दलको अध्यक्ष एकनाथ ढकालले सार्थक वार्ताको माध्यमबाट तराई मधेसमा भइरेहको आन्दोलनको निकास खोज्न सरकार तथा दलहरूलार्इ आग्रह गरेका छन् । पार्टीको केन्द्रिय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा ढकालले देशका आदिवासी जनजाति , मधेसी , थारू , दलित , मुस्लिम , महिला , अल्यसख्यक , सिमान्तकृत लगाएत उत्पीडित वर्ग र समुदायकोजायज माग सम्वोधन गर्न अनुरोध गरेका हुन् । नभए परिवार दलले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने र संविधान निर्माणबारे अन्य निर्णय गर्न बाध्य हुने उनको चेतावनी छ ।
मधेस र थरुहटको जायज माग सम्बोधन गर : परिवार दल
कावासोती—पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको सुनबल–# मा माइक्रो बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार पूर्वबाट पश्चिमतर्फ गुडिरहेको ना#ख #### नम्बरको माइक्रो बसले विपरित दिशातर्फ गुडिरहेको ना##प ### नम्बरको मोटरसाइकलाई आइतबार साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार नवलपरासी मध्यबिन्दु - # चोरमाराका ## वर्षीय परशुराम ढकाल र ## वर्षीय वैकुष्ठ अर्यालको मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका उनीहरुको उपचारका लागि जिल्लास्थित पृथ्वीचन्द्र अस्पताल परासीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
माइक्रो बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु
प्रधानमन्त्री पुष्पकमल दाहाल ' प्रचण्ड ' ले भ्रष्टाचार नियन्त्रण हुन नसक्नुको कारणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग जवाफ मागेका छन् । आयोग स्थापनाको ## वर्ष पुगिसक्दा पनि भ्रष्टाचार नियन्त्रण हुन नसकेको भन्दै उनले आत्ममूल्यांकन गर्न निर्देशनसमेत दिए । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ## औं स्थापना दिवस कार्यक्रमलाई शुक्रबार राजधानीमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने , ' आयोग स्थापनाको ## वर्ष भनेको लामो अवधि हो ।
प्रचण्डले अख्तियारलाई सोधे - भ्रष्टाचार किन रोकिएन ?
संयुक्त राष्ट्र संघले थालेको सुरक्षित आप्रवासनका लागि विश्वव्यापी साझा अभियान ( जिसिएम ) मा नेपाल पक्ष राष्ट्र भएको छ । आप्रवासी श्रमिकलाई कसरी हक , अधिकारले सुसज्जित गर्न सकिन्छ भन्ने लामो छलफलपछि अघिल्लो साता नेपालसहित विश्वका एक सय ## राष्ट्रले जिसिएमको उद्देश्य स्वीकार गरेका हुन् । मोरक्कोको माराकासमा पहिलोपटक आयोजना गरिएको जिसिएममा श्रम , रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले भाग लिएर नेपालको प्रतिनिधित्व जनाएका थिए ।
कामदारलाई कहिलेदेखि फाइदा ?
प्रहरीको नियन्त्रणको अवस्थामा अनसनमा रहेका डा . सीके राउतले अनसन तोडेका छन् । सरकारको आग्रहमा ## दिनदेखि अनसन बसिरहेका राउतले बुधबार अनुसन तोडेका हुन् । तराईलाई नेपालबाट अलग गरिनुपर्ने विवादास्पद अभिव्यक्तिका कारण फक्राउ गरि हिरासतमा राखिएका राउत अनसनमा बसेका थिए ।
सीके राउतले अनशन तोडे
इरानमा यूक्रेनको विमान दुर्घटना भयो । जसमा सवार सबै # सय ## जनाले ज्यान गुमाए । दुर्घटनामको केही दिनपछि उक्त विमान भुलवश इरान आफैले खसालेको स्वीकार गर्यो ।
इरान विमान दुर्घटनाः ' पाइलटकी श्रीमतीले नउडाउन भनेकी थिइन् , तर मानेनन् '
कर्मचारीको भरमा स्थानीय निकाय संचालन हुदा लक्षित समुदायसम्म सार्वजनिक सेवा पुग्न नसकेको एक कार्यक्रमका सहभागिहरुले औंल्याएका छन् । स्थानीय सरकारको जवाफदेहिता अभिवृद्धि ( एसएएलजिपी ) ले राजधानीमा विहीबार आयोजना गरेको कार्यक्रममा सहभागी संचारकर्मी , सुशासनकर्मी र सरोकारवालाहरुले यस्तो निष्कर्ष निकालेका हुन् । कार्यक्रममा अग्रज पत्रकारहरुले नागरिकलाई सार्वजनिक सेवा दिने निकायलाई जवाफदेहि बनाउन नसके सुशासन अभियान सार्थक नहुने बताए ।
' कर्मचारीलाई स्थानीय निकाय सुम्पदा भ्रष्टाचार मौलायो '
नेकपा एमालेले # नम्बर प्रदेशका प्रायः सबै उम्मेवारहरुको टुंगो लगाएको छ । मोरङ जिल्लाका केही स्थानीय तहमा भने विवादका कारण उम्मदेवारको टुंगो लाग्न सकेको छैन । स्थानीय तह दोस्रो चरणको निर्वाचनका लागि पार्टीले प्रदेश नम्बर # अन्तर्गतका ## जिल्लाका स्थानीय तहमा उम्मेदवाको टुंगो लगाएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए ।
एमालेले टुंग्यायो # नम्बर प्रदेशका उम्मेदवार ( सूचीसहित )
बलिउडका चर्चित अभिनेता अमिताभ बच्चन अस्पताल भर्ना भएका छन् । भारतीय मिडियाहरुका अनुसार उनी पछिल्लो तीन दिनदेखि मुम्बईको नानावती अस्पतालमा उपचार गराईरहेका छन् । स्वास्थ्यमा समस्या आएपछि मंगलबार बिहान # बजे अस्पताल भर्ना गरिएको थियो ।
अमिताभ बच्चन अस्पताल भर्ना , गोप्य स्थानमा राखेर उपचार गरिदैं
जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने हलेसी तुवाचुङ नगरपालिकामा फौजी किराको आतङ्क फैलिएपछि कृषक चिन्तित बनेका छन् । सुख्खाग्रस्त क्षेत्रमा पर्ने नगरपालिकामा लामो समयको खडेरीका कारण सुकेको अन्नबालीको बोट तथा बिरुवा उखेलेर पुनः नयाँ रोपिएका अन्नबालीका बोट तथा बिरुवासमेत फौजी किराले सखाप पारेपछि कृषक चिन्तित बनेका हुन् । फौजी किराले अन्नबालीका बोट तथा बिरुवासँगै वनजङ्गल नै उजाड बनाउन थालेपछि गाईवस्तु र बाख्रालाई घाँस जुटाउनसमेत समस्या भएको दुर्छिमका स्थानीयवासी एवं नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) का युवा नेता तामन राईले बताए ।
फौजी किराले अन्नबाली सखाप
सरकारले सार्वजनिक गरेको एक सयौं नयाँ पर्यटकीय गन्तव्यमा चितवनको पटिहानी पनि परेको छ । नेपाल भ्रमण वर्ष #### का लागि लक्षित गरेर सार्वजनिक गरिएका नयाँ पर्यटकीय गन्तव्यहरुको सूचीमा पहिटानीसँगै माडीको सोमेश्वर डाँडालाई पनि समावेश गरिएको छ । भरतपुर महानगरपालिका–## को पटिहानीमा पर्यटन बढाउन पूर्वाधार निर्माणमा जोड दिइएको छ ।
पटिहानीमा पर्यटन बढाउन पूर्वाधार निर्माण गरिने
काठमाडौं—त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले चिकित्साशास्त्र अध्ययन संस्थान ( आइओएम ) मा # महिनादेखि रिक्त क्याम्पस प्रमुख तथा सहायक डिनको नियुक्ति गरेको छ । डा . प्रताप नारायणलाई क्याम्पस प्रमुखमा नियुक्त गरिएको छ । डा . राजेन्द्र गुरागाइँ , डा . मधु देवकोटा , डा . द्वारिका श्रेष्ठ , र मन्दिरा पन्त सहायक डिनमा नियुक्त भएका छन् ।
आइओएममा क्याम्पस प्रमुख र सहायक डिन नियुक्ति
काभ्रेपलाञ्चोकका विभिन्न नगरपालिका र गाउँपालिकामा दूध उत्पादनको क्षेत्रमा काम गरेका एक दर्जन सहकारी संस्थाले अनुदानबापत कुल ## लाख ## हजार ### पाउने भएका छन् । सरकारले कृषकलाई उत्पादनमा अनुदान दिन प्रतिलिटर एक अनुदान दिने भएपछि जिल्लाबाट ## वटा सहकारी संस्थाले सो रकम पाउने भएका हुन् । गोठ , भकारो सुधारमा गरेको सरकारको लगानी उपलब्धिमूलक नभएकाले यस्तो नीति ल्याइएकोे जिल्ला पशुसेवा कार्यालयका प्रमुख डा नारायणबहादुर श्रेष्ठले बताए ।
एक दर्जन कृषि सहकारीलाई करिब ## लाख अनुदान
संविधानमा व्यवस्था भएअनुसार स्थानीय तहको चुनावमा राजनीतिक दलहरूले आरक्षण कोटामा उम्मेदवार बन्ने दलित महिला नपाउँदा # वटा गाउँपालिका र धेरै वडा उम्मेदवारविहीन भएका छन् । दलित महिला सदस्य कोटामा कुनै पनि पार्टीले उम्मेदवारी नपाएपछि महिलाको कोटा घट्ने देखिएको छ । दलहरु दलित बस्तीमा पुग्न नसकेको र दलितमा राजनीतिक चेतना कम भएका कारण दलित महिलाको कोटा खाली भएको हो ।
## बढी वडामा दलित उम्मेदवारी शून्य
कृषि ज्ञान केन्द्र धनकुटाको समयमै कार्यविधि नबन्दा # करोड बजेट फ्रिज हुने खतरा बढेको छ । प्रदेश सरकार , कृषि निर्देशनालय विराटनगरले कृषि ज्ञान केन्द्रहरूमा बजेट तथा कार्यक्रमहरू सञ्चालन गर्नका लागि समयमै निर्देशिका वा कार्यविधि निर्माण नगरेको कारण धनकुटा र तेह्रथुम जिल्लाको कृषिको व्यावसायिक प्रवद्र्धनको लागि विनियोजित करिब # करोड रकम फ्रिज हुने भएको छ । धनकुटा र तेह्रथुम जिल्लाका लागि चालु आर्थिक वर्ष ### / ### मा विनियोजन भएर प्रदेश सरकारबाट आएको विभिन्न शीर्षकको कृषि व्यवसायीकरण वा प्रवद्ध्र्रनका लागि विनियोजित # करोड , ## लाख रुपयाँ फ्रिज हुन लागेको कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ ।
कार्यविधि नबन्दा # करोड बजेट फ्रिज हुने खतरा
नोकियाले नोकिया थ्री , नोयिक फाइभ तथा नोकिया सिक्स स्मार्टफोन लञ्च गरिसकेको छ । नोकियाका उपर्युक्त फोनसेटहरुले प्रयोगकर्ताहरुबाट राम्रै प्रतिक्रिया पाइरहेका छन् । अब चाहीँ नोकियाले उच्च मूल्य तथा गुणस्तरको नोकिया एट ल्याउँदैछ ।
जुलाई ## मा नोकिया एट आउँदै
दुर्गम अजयमेरुबाट भेट्न आएका जयबहादुर ऐर र डोटीको बान्डुग्री सैनका हिक्मत बलायर शुक्रबार दिउँसो डा . गोविन्द केसी अनशन बसेको कोठाबाट आँसु पुछ्दै निस्किए । त्यतिबेला गेटमा पहरा दिइरहेका दुई प्रहरी , कोठामा ब्लड प्रेसर जाँच्न आएकी स्वास्थ्यकर्मी र डडेलधुराकै ईश्वरीप्रसाद भाटका पनि आँखा रसाएका थिए । भेट्न आउनेहरूसँग कुरा गरिरहँदा डा . केसी बेलाबेला भक्कानिन्छन् ।
भक्कानिइरहन्छन् डा . केसी
आइसिसी क्रिकेट विश्वकप #### को अन्तिम तीन खेल बाँकी छदा पाकिस्तान कठीन अवस्थामा थियो । अन्तिम चारमा पुग्न उसलाई सबै खेल जित्नु पर्ने बाध्यता थियो । पाकिस्तानका लागि विश्वकपका अपराजित टिम न्युजिल्यान्डविरुद्ध खेल्न चुनौतीपूर्ण थियो ।
यस्तो समिकरणले पुर्‍याउनेछ पाकिस्तानलाई विश्वकपको सेमिफाइनलमा
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) को केन्द्रीय कमिटी बैठकमा समूहगत छलफलमा उठेका विषय टोली नेताहरुले शुक्रबार प्रस्तुत गर्दैछन् । राष्ट्रियसभागृहमा जारी केन्द्रीय कमिटी बैठकमा ## वटा टोली नेताले रिपोर्टिङ गर्नेछन् । यसअघि बिहीबार समूहगत छलफल नटुंगिएपछि कतिपय समूहको छलफल शुक्रबार पनि चलेको छ ।
नेकपा बैठकमा समूहगत छलफलका सुझाव प्रस्तुत हुँदै
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस र मधेसी जनताहरूको लागि कांग्रेस , एमाले र माओवादी केन्द्र सबै दल उस्तै भएको आरोप लगाएका छन् । सोमबार जनकपुरमा आयोजित विशेष चुनावी साक्षात्कारमा बोल्दै अध्यक्ष यादवले यस्तो बताएका हुन् । उनले भने , ' एमालेले संविधान संशोधन प्रस्तावको विपक्षमा मतदान गरेर गल्ती गरेको छ , हुन त एमालेमात्रै होइन , मधेसका लागि ठूला दलहरूले अहिलेसम्म सिन्को पनि भाँचेका छैनन् , सबै उस्तै हुन् ।
उपेन्द्र यादव भन्छन् : मधेस र मधेसी जनताको लागि एमालेले भोट माग्ने नैतिकता गुमाएको छ
उखु बोकेका सवारी साधनको चापका कारण राजमार्गमा दुर्घटना बढ्ने , राजमार्ग जामहुने लगायत समस्याबढेको छ । उखु बोकेका ट्याक्टरको ट्रेलर , टायरगाढामा पछाडि टल्कने वस्तु वाब्याकलाइट नहुने भएका कारण राती पछाडिबाट आउने अन्य सवारी साधन ठोकिने गर्दा दुर्घटनाको समस्या बढेको छ । पछाडिबाट आउने सवारी साधनकाचालकले ठम्याउन नसक्दा ट्याक्टरको ट्रेलर तथा टायरगाढालाई ठक्कर दिने जस्ता दुर्घटना बढेको हो ।
उखु बोकेका साधनले सवारी आगमनमा समस्या
नागरिक नेटवर्कसँगको सहकार्यमा हाँस्य कलाकार मनोज गजुरेलको कमेडी शो ' ढुक्क हुनुहोस्ः केही नहुन्जेल केही हुन्न ' सुरु भएको छ । गत मंगलबारबाट सुरु भएको शोको पहिलो अतिथि नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) का स्थायी कमिटि सदस्य तथा सांसद योगेश भट्टराई थिए । शोका सञ्चालक गजुरेल ' नेपाल कन्फ्युज पार्टी ' का ' पुष्पकमल गजुरेल ' का रूपमा प्रस्तुत भएका छन् ।
' किचेन क्याबिनेटमा बस्न मन लागेन '
सिरानचोक गाउँपालिका–# केराबारीमा पहाड भासिएर एक्साभेटर र चालक पुरिएका छन् । सडक खन्ने क्रममा एक्कासी पहाड भासिएपछि एक्साभेटरसहित चालक सिन्धुपाल्चोकको मेलम्ची गाउँपालिका–## का अन्दाजी ## बर्षका रमेश तामाङ पुरिएको प्रहरीले जनाएको छ । ' पहरो धेरै नै भासिएको छ , ' जिल्ला प्रहरी प्रमुख एसपी ओम अधिकारीले भने , ' सडक भन्दा करिव ## मिटर तल एक्साभेटर र चालक पुरिएको भएर उद्धारमा कठिनाइ भइरहेको छ ।
पहाड भासिँदा एक्साभेटर र चालक पुरिए
श्रीलंकामा गत आइतबार भएको आत्मघाती हमलामा संलग्न भनिएकी एक महिलाबारे आफूहरूले गलत तस्बिर सार्वजनिक गरेको भन्दै श्रीलंका प्रहरीले माफी मागेको छ । प्रहरीले घटनामा संलग्नमध्ये एक जना अमेरिकी महिला अमारा माजिदको तस्बिर जारी गरेको थियो । आमारा मुश्लिम सम्प्रदायसँग सम्बन्धित अफवाहहरूविरूद्ध काम गरिरहेकी अभियन्ता भएको बिबिसीले लेखेको छ ।
हमलाकारी भन्दै अभियन्ताको तस्बिर सार्वजनिक गरेपछि श्रीलंकाले माग्यो माफी
प्रधानमन्त्री केपी शर्मा ओलीले आज यहाँस्थित विन–विन–मोनुमेण्ट भ्रमण गरेका छन् । चोरी चान्भर जिल्लामा रहेको सो स्मारक सन् #### डिसेम्बर ## मा कम्बोडियाको गृहयुद्ध समाप्त भएको बारे सम्बन्धित छ । सो क्षेत्रमै मारोडोक डेको नेशनल स्पोर्टस कम्प्लेक्स रहेको छ जहाँ सन् #### मा दक्षिणपूर्वी एशियाली खेलकूद हुने र चाँडै नोम पेन्ह सेटलाइट टाउन बन्ने कम्बोडियाका अधिकारीले बताएका छन् ।
प्रधानमन्त्री ओलीबाट विन विन मोनुमेण्ट भ्रमण
पूर्वराष्ट्रपति रामवरण यादव पेटमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । दुई सातादेखि दिसा लाग्ने र पेट दुख्ने भएपछि यादव बिहीबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल , महाराजगन्ज भर्ना भएका हुन् । परीक्षणका लागि अस्पताल पुगेका यादवलाई चिकित्सकले अस्पतालमै बसेर उपचार गराउन सल्लाह दिएको छोरा चन्द्रमोहन यादवले जानकारी दिए ।
पूर्वराष्ट्रपति यादव अस्पताल भर्ना
नयाँ वसपार्क क्षेत्रमा हुने विकृति विसङ्गति अन्त्य गरिने भएको छ । सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्र गोँगबुले आयोजना गरेको कार्यक्रममा महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ( एसएसपी ) उत्तमराज सुवेदीले शान्त , सुरक्षित र सभ्य नयाँ बसपार्क निर्माण गर्न गोँगबु क्षेत्रमा देखिएको विकृति विसङ्गति अन्त्य गर्नुपर्ने बताए । कार्यक्रममा एसएसपी सुवेदीले गोँगबु क्षेत्रको विकृति अन्त्यको लागि स्थानीय समुदायको पनि महत्वपूर्ण भूमिका रहेको बताए ।
' नयाँ बसपार्क क्षेत्रमा हुने अनैतिक क्रियाकलापविरुद्ध प्रहरी कठोर रुपमा उभिन्छ '
राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार–#### को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीको सुख , शान्ति , समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालीबीच आपसी मेलमिलाप , भ्रातृत्व , सामाजिक सद्भाव र सहिष्णुता अझ सुदृढ बनाओस् र समाजमा शान्ति एवं स्थायित्वका साथ देशमा आर्थिक समृद्धिको ढोका खोलेर समुन्नत नेपाल निर्माणको महाअभियानमा अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेकी हुन् । उनले तिहारको अन्तिम दिन मनाइने भाइटीका पर्वले दाजुभाइ र दिदीबहिनीबीचको आपसी स्नेह र ममतालाई अझ प्रगाढ बनाउन मद्दत गर्ने उल्लेख गरेकी छन् ।
राष्ट्रपति भण्डारीद्वारा तिहारको शुभकामना
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोग–उनसँगको शिखर वार्ता अागामी जुन ## मा हुन पनि सक्ने बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकतर्फी रुपमा वार्ता स्थगित गरिएको सूचना एकाएक सार्वजनिक गरेका थिए । उत्तर कोरियाली नेता किमको आक्रोसका कारण उक्त वार्ता स्थगन गर्नुपरेको ट्रम्पले बताएका थिए ।
उत्तर काेरियासँगकाे वार्ता जुन ## मा हुन पनि सक्छः ट्रम्प
द्वितिय विश्वयुद्धको अवधिमा ## लाखभन्दा बढी यहुदी ( जेविस ) हरूको नरसंहार भएको स्मृतिमा नेपालस्थित इजरायल दुतावासले बिहीबार काठमाडौं विश्वविद्यालय ( केयू ) मा वृत्तचित्र र फ्लायरहरूको प्रदर्शनी गरेको छ । कार्यक्रममा इजरायलस्थित द वल्र्ड होलोकस्ट रिमेम्बरेन्स सेन्टरले तयार पारेको ' द डेभेलपमेन्ट अफ फाइनल सोलुसन ' नामक डकुमेन्ट्री प्रदर्शन गरिएको थियो । त्यस्तै केयू कर्नरस्थित प्रदर्शनीकक्षमा होलोकस्ट नरसंहारबाट बाँचेकाहरूको संस्मरणहरू रहेका ' बियोण्ड ड््युटी ' शीर्षकमा फ्लायरहरूको प्रदर्शनी पनि गरिएको थियो ।
' द होलोकस्ट ' को सम्झना
उपप्रधान तथा संघीय मामिला एवम् स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेसले आफ्नो वाचा अनुसार काम गर्ने दाबी गरेका छन् । विगतमा गरेका सहमतिबाट कांग्रेस पछि नहट्ने भन्दै सिंहले आफूहरुले विगतमा गरेको प्रतिबद्धता कायम गर्न बलिदानी दिन तयार रहेको बताए । रिपोर्टर्स क्लब नेपालले सोमबार गरेको साक्षात्कारमा उपप्रधानमन्त्री सिंहले शान्ति प्रक्रियालाई निष्कर्समा पुर्याउन काग्रेस जिम्मेवार र प्रतिबद्ध भएको बताए ।
कांग्रेसले आफ्नो बाचा पूरा गर्छ : प्रकाशमान सिंह
साझा यातायात र अनलाइनबाट बस टिकट काट्ने सुविधा प्रदान गर्दै आएको बससेवा डटकमबीच अनलाइन टिकटिङ सम्झौता भएको छ । सम्झौतासँगै अबदेखि यात्रुहरूले साझा यातायातका टिकट अनलाइनबाटै काट्न सक्नेछन् । अनलाइन टिकटिङ सम्बन्धि सम्झौतापत्रमा साझा यातायातका तर्फबाट कार्यकारी सञ्चालक भूषण तुलाधर र दियालो टेक्नोलोजिज प्रा . लि . का तर्फबाट प्रमुख कार्यकारी अधिकृत पि . आर . खनालले हस्ताक्षर गरे ।
अब साझा यातायातको टिकट घरबाटै काट्न सकिने
सिओल– आणविक हतियार परीक्षणको क्षेत्रमा ठूलो लगानी गरेको मुलुक उत्तर कोरियाका अधिंकाश सैनिक कुपोषणको शिकार भएको दक्षिण कोरियाली चिकित्सकको एक टोलीले बताएको छ । दक्षिण कोरियाली चिकित्सकको एक टोलीले उत्तर कोरियाको सैनिक क्षेत्रमा कार्यरत्त व्यक्तिको आन्द्राबाट विभिन्न प्रकारका परजीविहरू निकालेका छन् । आन्द्रामा किरा हुनु कुपोषणको लक्षण भएको उक्त चिकित्सक टोलीले दाबी गरेको छ ।
कुपोषणको शिकारमा उत्तर कोरियाली सैनिक
प्रहरीले सुर्खेतको भेरीगंगा नगरपालिका–# मालनेटाबाट बाबुको हत्या आशंकामा आमा–छोरालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छिन्चुका अनुसार सोही ठाउँका ## वर्षीय लोकबहादुर बिसीको हत्या आशंकामा श्रीमती सुमित्रा र छोरा कमल बिसीलाई मंगलबार साँझ पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक निरोज चौलागाईंले लोकबहादुरको शव घरदेखि ## मिटर टाढा गोरेटो नजिक सोमबार फेला परेको जानकारी दिए ।
बाबुको हत्या आशंकामा आमा–छोरा पक्राउ
युरोपेली जहाज निर्माता कम्पनी एयरबसले यो वर्ष पहिलो त्रैमासिकमा ## अर्ब युरो आम्दानी गरेको छ । गत वर्ष यही त्रैमासिकको दाँजोमा यो आम्दानी ## प्रतिशतले कम हो । जहाज खरिद अर्डर उल्लेख्य भए पनि तिनलाई आवश्यक इन्जिन पर्याप्त पाउन नसकेका कारण आम्दानी घटेको एयरबसले जनाएको छ ।
एयरबसको पहिलो त्रैमासिकको आम्दानी ## अर्ब युरो
गोरखा अश्राङ - # स्थायी घर भएका लक्ष्मण भन्तना ' शिरीष ' ले रोजगारीका लागि घर छाडेको एक दशकभन्दा बढी नै भएको छ । यो अवधिमा उनले के कमाए ? के गुमाए ? कति खुशी बटुले ? अथवा के कति दु : खको सागरमा डुबे ? नेपाली साहित्यको गीत र गजल विधामा रुचि राख्ने शिरीष यो अवधिमा रोजगारीसँगै साहित्य र गीत लेखनको क्षेत्रमा भने आफूलाई अब्बल सावित गराइसकेका छन् । उनको कुनै एकल कृति वा सङ्ग्रह सार्वजनिक नभए पनि उनी भाग्यमानी सर्जक मानिन्छन् यूएईको परिवेशमा ।
शिरीषको ' खुसी मात्रै ' …
गुलरिया ( बर्दिया ) —राजापुरस्थित ## र ## नं . सीमा स्तम्भको ## मिटर उत्तर नेपाली भूभागमा तारबार लगाउँदा भारतीय सुरक्षाकर्मी एसएसबीले अवरोध गरेको छ । चैत ## र ## गते नेपाल–भारत सीमा छुट्याउने अन्तर्राष्ट्रिय सिमानामा पर्ने दशगजाबाट करिब ## मिटर उत्तरको नेपाली भूमिमा तारबार लगाउँदा एसएसबीले अवरोधको प्रयास गरेको हो । स्थानीयवासीको प्रतिवादपछि एसएसबीको अवरोध तोड्दै नेपाली भूभागमा तारबार लगाउने काम भइरहेको छ ।
नेपाली भूभागमा तारबार लगाउँदा एसएसबीको अवरोध
उत्तर र दक्षिण कोरियाका उच्च नेताहरु ## वर्ष लामो कोरियाली युद्ध अन्त्य गर्न सहमत भएका छन् । उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन मुन जे - इनको ऐतिहासिक वार्तापछि शान्ति सम्झौता गर्ने घोषणा गरेका हुन् । किम जोङ उन ## वर्षमा पहिलो पटक दक्षिण कोरियाली भूमिमा पाइला टेक्ने पहिलो उत्तर कोरियाली नेता हुन् ।
उत्तर - दक्षिण कोरिया ऐतिहासिक वार्ता : शान्ति सम्झौता गर्ने घोषणा
एकीकृत नेकपा माओवादीले आत्मालोचना सहमतिमा आए नेपाली कांग्रेसलाई राष्ट्रपति दिन सकिने बताएको छ । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले पार्टी उपाध्यक्ष विद्या भण्डारीले उम्मेदवार बनाएपनि सत्ता साझेदार एमाओवादीले अझै पनि सहमतिको पहल गर्ने निर्णय गरेको हो । प्रचण्ड निवास लाजिम्पाटमा बसेको बैठकले संविधान कार्यान्वयनका लागि सकारात्मक भूमिका खेल्ने व्यक्ति आए कांग्रेसलाई राष्ट्रपति दिएर जान सकिने निष्कर्ष निकालेको छ ।
सहमतिमा आए कांग्रेसलाई राष्ट्रपति दिन सकिन्छ : एमाओवादी
अभिनेता खगेन्द्र लामिछानेको लेखनमा फिल्म ' डमरुको डण्डीबियो ' निर्माण हुने भएको छ । शुक्रबार एक कार्यक्रमबीच छेतेन गुरुङले निर्देशन गर्ने फिल्म ' डमरुको डण्डीबियो ' को औपचारिक घोषणा भएको हो । फिल्ममा खगेन्द्रको लेखन र अभिनय रहनेछ भने खगेन्द्रलाई अभिनेत्री मेनुका प्रधानले साथ दिनेछिन् ।
खगेन्द्र लामिछानेको लेखनमा फिल्म ' डमरुको डण्डीबियो ' बन्ने
प्रदेश नं # अन्तर्गत रहेको आन्तरिक राजश्व कार्यालय मकवानपुरले चालु आर्थिक वर्षको प्रथम छ महीनामा विभिन्न स्रोतको राजश्वतर्फ कूल दुई अर्ब ## करोड ## लाख र ## हजार रूपैयाँ राजश्व असुली गरेको छ । सो कार्यालयले अन्तःशुल्कतर्फको राजश्वमा सबैभन्दा बढी एक अर्ब ## करोड ## लाख ## हजार राजश्व असुली गरेको छ । यसैगरी आयकरतर्फ ## करोड चार लाख ## हजार , मूल्य अभिवृद्धि करतर्फ ## करोड ## लाख ## हजार , ब्याज करतर्फ ## लाख ## हजार ### , घर बहालतर्फ ## लाख ## हजार असुली भएको छ ।
मकवानपुरले उठायो दुई अर्ब राजश्व
अमेरिकामा रहेका प्रधानमन्त्री सुशील कोइरालाले ' नेपाल - भारत उर्जा सहयोगसम्बन्धी सहमति ' को प्रस्ताव स्वीकार गर्न नसकिने बताएका छन् । भारतीय योजनामा ठेस लागेपछि आगामी शुक्रबार हुने भनिएको भारतीय विदेशमन्त्री सुस्मा स्वराजको नेपाल भ्रमण खल्लो हुने भएको छ । नेपालको उर्जामा भारतले मात्रै लगानी गर्न सक्ने गरी तयार पारिएको भन्दै उक्त प्रस्तावबारे कांग्रेस नेताले अमेरिकामै रहेका प्रधानमन्त्रीलाई विस्तृत व्याख्या गरेपछि प्रधानमन्त्री कोइरालाले त्यसलाई मान्न नसकिने बताएको एक कांग्रेस नेताले अनलाइनखबरलाई जानकारी दिए ।
नेपाललाई भुटान बनाउन खोजिएको प्रधानमन्त्रीलाई ब्रिफिङ
अठारौं सार्क शिखर सम्मेलनमा सहभागी हुन काठमाडौं आएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विभिन्न कार्यक्रममा व्यस्त भएका छन् । विशेष विमानबाट अपरान्ह त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएका मोदी उनी आफैंले ल्याएको बुलेट प्रुफ कार चढेर सोल्टी होटल गएका थिए । सोल्टीमा केहीबेर आराम गरेपछि उनी काठमाण्डौका विभिन्न कार्यक्रममा सरिक भए ।
काठमाण्डौ ओर्लेलगत्तै मोदीको व्यस्तता
प्रेम सुनार , बुटवल– रुपन्देहीको गैडहवा गाउँपालिकामा मृत फेला परेकी एक किशोरीलाई आफ्नै प्रेमीले हत्या गरेको प्रहरीको प्रारिम्भक अनुसन्धानले देखाएको छ । गौडहवा गाउँपालिका # , साविक साँडीका गाविस भुझाउलीकी ## वर्षीया किशोरी सवनाम निशा बैशाख # गते ( बुधवार ) विहान कुलोमा मृत भेटिएकी थिईन् । रुपन्देही जिल्ला प्रहरी प्रमुख एसपी ह्दय थापाका अनुसार हत्या आशंका गरिएका र प्रेमी भनिएका एक युवा घटनालगत्तै फरार छन् ।
प्रेमीद्वारा प्रेमिकाको हत्या !
निर्वाचन आयोगले अहिले विहान ## बजेदेखि दिउँसो # बजेसम्म कुनै उम्मेदवार विरुद्ध दावी विरोध भए उजुरी दिन आहृवान गरेको छ । ## जिल्लाका स्थानीय तहमा मंगलबार उम्मेदवारी मनोनयन गरेकाहरु निर्वाचन ऐनले गरेको व्यवस्थाअनुसार अयोग्य भएमा उजुरी दिन आयोगले आहृवान गरेको हो । कस्तो व्यक्ति उम्मेदवार हुन पाउँदैन ? निर्वाचन आयोगले व्यक्ति हत्या , भ्रष्टाचार जस्ता अपराधमा संलग्न भई कारबाही प्रक्रियामा रहेको वा कारबाही भोगेका नागरिकलाई उम्मेदवार हुन रोक लगाएको छ ।
कस्ता उम्मेदवारविरुद्ध उजुरी दिन पाइन्छ ? आयोगले दियो एक बजेसम्मको समय
नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) का स्थायी कमिटी सदस्य जनार्दन शर्माले राष्ट्रिय गौरवका आयोजना स्थानीय तहले नै अनुगमन गर्नुपर्ने बताएका छन् । मध्यपहाडी लोकमार्गको अनुगमनका क्रममा बागलुङ आइपुगेका उनले राष्ट्रिय गौरवका आयोजनाले पहिलो फाइदा स्थानीय तहलाई हुने भएकाले आफ्नो क्षेत्रभित्र पर्ने आयोजनाहरु अनुगमन गर्न पाउनुपर्ने बताए । राष्ट्रिय गौरवका आयोजना कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गले बागलुङ जिल्लालाई समृद्ध बनाउन ठूलो भूमिका निर्वाह गर्ने भन्दै उनले बजेटको चिन्ता नगर्न आग्रह गरे ।
जनार्दन भन्छन्–राष्ट्रिय गौरवका आयोजना स्थानीय तहले अनुगमन गर्नुपर्छ
उर्लाबारी ( मोरङ ) —मोरङको कोसीहरैचा - ## स्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना # ख #### नं को बसले विपरीत दिशातर्फ जाँदै गरेको को # प ### नं को मोटरसाइकललाई ठक्कर दिँदा चालक सुनसरी मधेस–# का ## वर्षीय अर्जुन घिमिरेको मृत्यु भएको छ । बसको ठक्करबाट गम्भीर घाइते भएका घिमिरेको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
आपूर्ति मन्त्रालयले नेपाल आयल निगमका कार्यकारी निर्देशकमा निगमकै निर्देशक सुशील भट्टराईलाई जिम्मेवारी दिएको छ । आपूर्ति मन्त्रिस्तरीय निर्णयका आधारमा भट्टराईलाई सो जिम्मेवारी दिइएको हो । निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई भने मन्त्रालयमा नै कामकाज गर्ने गरी व्यवस्था मिलाइएको आपूर्ति मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले जानकारी दिए ।
निगम प्रमुखको जिम्मेवारी भट्टराईलाई
आफ्नो प्रदेशका प्रहरी आयुक्तलाई केन्द्रीय अनुसन्धान ब्युरो ( सिबिआई ) ले सोधपुछ गर्न खोजेको विरोधमा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जी धर्नामा बसेकी छन् । चिट फन्ड घोटालाको अनुसन्धानका क्रममा सिबिआईले कलकत्ता प्रहरीका आयुक्त राजीवकुमारलाई प्रमाण नष्ट गरेको आरोप लगाएको छ । आइतबार साँझ सिबिआई टोली सोधपुछ गर्न राजीवकुमारको घर गएको थियो ।
मोदी सरकारविरूद्ध पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जी धर्नामा
लोक तथा दोहोरी गायक पुरुषोत्तम न्यौपानेलाई ' अनुपम म्युजिक अवार्ड ' प्रदान गरिएको छ । यहाँ आयोजित ' छैटौं अनुपम सांगीतिक साँझ #### ' मा गायक न्यौपानेलाई अवार्ड प्रदान गरिएको हो । उनलाई नेपाली लोक संगीतका क्षेत्रमा महŒवपूर्ण योगदान पु¥याएको भन्दै नगद # हजार # सय ## रुपैयाँ , दोसल्ला , सम्मानपत्रसहितको अवार्ड प्रदान गरिएको हो ।
लोकगायक न्यौपानेलाई ' अनुपम म्युजिक अवार्ड '
राजधानीमा बस्दै आएका थारु समुदायले माघी पर्व मनाएका छन् । विभिन्न थारु संस्थाहरुले संयुक्त रुपमा टुँडिखेलमा माघी महोत्सव गरेका छन् । # . थारु समुदायका युवा युवतीहरु परम्परागत भेषभुषामा सजिएर टुँडिखेल पुगेका थिए ।
टुँडिखेलमा माघीको रौनक , हेर्नुस् # तस्वीर