article
stringlengths 3
1.8k
| summary
stringlengths 2
141
|
---|---|
नेपाली सेनाले सैनिक कल्याणकारी कोषमा सार मसान्तसम्ममा ## अर्ब ## करोड # लाख रकम रहेको जानकारी दिएको छ । विसं #### मा रु एक करोड ## लाख # हजारबाट कोषको सञ्चालन सुरु भएको थियो । सैनिक ऐन #### तथा नियमावली #### अनुरुप कोष सञ्चालित रहेको छ । | सैनिक कल्याणकारी कोषमा ## अर्ब जम्मा |
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई थप नमुना कानुन उपलब्ध गराउन कार्यदल गठन गरेको छ । मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले स्थानीय तहका कामकारवाही सञ्चालन गर्न थप कानुन निर्माण गर्नुपर्ने भएकाले कार्यदल गठन गरिएको जानकारी गराए । उनका अनुसार ## वटा नमुना कानुन गइसकेका र थप ## वटा नमुना निर्माण गर्न कार्यदल गठन गरिएको हो । | स्थानीय तहका लागि नमुना कानुन बनाउन कार्यदल |
कुनैपनि देशका जनताहरुको सुख र खुसीलाई निर्धारण गर्ने तत्वहरु के के होलान् ? यसका विभिन्नखाले मापदण्ड हुनसक्छन् । आर्थिक विकाश तथा सहयोग संगठन ओइसिडीले विभिन्न तत्वहरुलाई आधार मान्दै धर्तीका सबैभन्दा सुखी तथा खुसी देशहरुको सूचि सार्वजनिक गरेको छ । ओइसिडीले शिक्षा , रोजगारी , जिवनप्रतिको सन्तुष्टि , आय , स्वास्थ्य तथा वातावरण लगायतका सूचकहरुलाई आधार मानेर तयार पारेको राम्रो जिवन सूचकांक अर्थात् बेटर लाइफ इन्डेक्स अनुसार स्विजरल्याण्ड सबैभन्दा खुसी तथा सुखी देशको रुपमा रहेको छन् । | यी हुन् विश्वका सबैभन्दा सुखी र खुसी ## देशहरु |
काठमाडौं - पूर्व माओवादी निकट मजदुरहरुले श्रम ऐन #### र सामाजिक सुरक्षा ऐन कार्यानवयनको माग राख्दै पेट्रोलियम पदार्थ सप्लाई राक्ने चेतवानी दिएका छन् । अखिल नेपाल पेट्रोलियम मजदुर संघले विज्ञप्ती निकाल्दै श्रम ऐन #### र सामाजिक सुरक्षा ऐन कार्यानवयनको माग राख्दै पेट्रोलियम पदार्थ सप्लाई राक्ने चेतवानी दिएका हुन् । अखिल नेपाल पेट्रोलियम मजदुर संघका केन्द्रिय अध्यक्ष शिव पोख्ररेले विज्ञप्ती माफत ## सुत्रे माग राखेर आन्दोलनका घोषणा गरिएको जानकारी गराएका छन् । | पेट्रोलियम सप्लाई रोक्ने चेतावनी दिँदै मजदुरहरुद्वारा आन्दोलनको घोषणा ( विज्ञप्तिसहित ) |
झन्डै एक वर्ष लामो अन्तरिक्ष यात्रापछि बिहीबार कजाकिस्तानको उत्तरी क्षेत्रस्थित हिउँले सेताम्य जमिनमा पाइला टेक्दै गर्दा क्रिस्टिना कोच निकै हर्षित देखिन्थिन् । अन्तरिक्ष यान जमिनमा उत्रेलगत्तै सहयोगीले उनलाई कुर्सीमा राखे र गुरुत्वाकर्षण सन्तुलनका लागि ' मेडिकल टेन्ट ' तर्फ दौडाए । त्यसै क्रममा उनले भनिन् , ' म निकै उत्साहित र निकै खुसी छु । | अन्तरिक्षमा ### दिन |
नेपाल कम्युनिष्ट पार्टी ( मसाल ) ले कालापानीमा भारतीय सेना बसेको विषयलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने निश्कर्ष निकालेको छ । मसालका महामन्त्री मोहनविक्रम सिंहद्वारा राष्ट्रिय परिषद् बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदन यो विषयलाई संयुक्त राष्ट्र संघमा लैजान सरकारले पहल गर्नुपर्ने उल्लेख छ । ' भारतले कालापानी सहितको भूभागमाथि आफ्नो प्रभुत्व कायम गर्न सबै सम्भव तरिकाले प्रयत्न गर्नेछ र कालापानीबाट पनि सजिलैसित आफ्नो आफ्नो सेना नहटाउने प्रष्ट छ ' प्रतिवेदनमा भनिएको छ , ' त्यसकारण उक्त विषयलाई संयुक्त राष्ट्र संघ र अन्तराष्ट्रिय अदालतमा लैजान तथा अन्तराष्ट्रियकरण गर्न समेत सरकारले पहल गर्नुपर्दछ । | कालापानीबाट भारतीय सेना हट्दैन , राष्ट्र संघ गुहारौं : मसाल |
दमक—घुस रकमसहित एक सरकारी अधिकृतलाई आज दिउँसो दमकबाट अख्तियारले नियन्त्रणमा लिएको छ । एक जना सेवाग्राहीको काममा घुस रकम लिँदै गरेको अवस्थामा जिल्ला प्रशासन कार्यालयअन्तर्गतको शरणार्थी समन्वय एकाइका शाखा अधिकृत निर्मलराज खनाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय इटहरीको टोलीले रङ्गेहात पक्राउ गरेको हो । खनालले सेवाग्राहीबाट रु एक लाख घुस लिएको आरोप छ । | घुस रकमसहित शाखा अधिकृत पक्राउ |
काठमाडौं काँडाघारीमा डा . भगवान कोइरालाले निर्माण गर्न लागेका बाल अस्पतालका लागि काँडाघारीस्थित उज्जलतारा स्कुलले पाँच लाख रुपैयाँसहित पन्ध्र लाख सहयोग जुटेको छ । शनिबार आयोजित ' तेस्रो उज्जलतारा दशैं , रन फर गुड हेल्थ ' कार्यक्रममा सो घोषणा गरिएको हो । डा . कोइरालाका उपस्थितिसहित भएको छलफलको क्रममा अन्य सहभागीले ## लाख रुपैयाँ सहयोग दिने घोषणा गरेका छन् । | डा . कोइरालाको बाल अस्पताललाई पन्ध्र लाख |
कर्णाली प्रदेशका भूमि व्यवस्था , कृषि तथा सहकारीमन्त्री विमला केसीले अनुदानको रकम दुरुपयोग गर्ने कृषकलाई कारवाहीको दायरामा ल्याइने चेतावनी दिएकी छन् । सुर्खेतको भेरीगङ्गा नगरपालिका - # लेखपराजुलका कृषकलाई उन्नत जातका बोका वितरणका क्रममा सो कुरा बताउँदै उहाँले अनुदान सदुपयोग भएनभएको निरन्तर अनुगमन गरिने जानकारी दिइन् । सरकार कृषकका पक्षमा रहेकाले अनुदानको रकम सदुपयोग गरी सरकारलाई सहयोग गर्न आग्रह गर्दै मन्त्री केसीले सहकारी क्षेत्र नै समाजवादको मुख्य आधार भएकाले त्यसमार्फत कृषकलाई प्रवद्र्धन र प्रोत्साहन गर्न सरकार सधैँ तयार रहेको बताइन् । | कर्णालीमा अनुदान दुरुपयोग गर्नेलाई कारबाही गर्ने चेतावनी |
प्रधानमन्त्री शेरबहादुर देउवाले राजधानीका सडकका खाल्डा पुर्न निर्देशन दिएको ## दिने समयसीमा सकिए पनि सडकको अवस्थामा खासै सुधार देखिएको छैन । सडकका भ्वाङ झन्झ्न जोखिमपूर्ण बन्दै गएका छन् । खाल्डा पुर्ने जिम्मा पाएका सरकारी अधिकारीले आफ्नो जिम्मेवारीलाई निर्वाह गर्न त परै जाओस् , अहिलेसम्म गरेको कार्यप्रगति विवरण दिनसमेत अटेरी गरेका छन् । | प्रधानमन्त्रीको निर्देशन अलपत्र , पुरिएनन् खाल्डा |
दुई बर्ष अघि स्थानीय एक महिलालाई जवरजस्ती करणी गरी फरार भएका गुल्मी रुरुका विनोद श्रेष्ठ पक्राउ परेका छन् । रुरु गाउँपालिका # थानपतीका सुरज भन्ने विनोद श्रेष्ठलार्इ प्रहरीले विहीवार विशेष सहयोगीको मद्दतमा पक्राउ गरिएकाे जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक दिपक कुमार बस्नेतले जानकारी दिए । #### सालमा स्थानीय एक महिलालाई जवरजस्ती करणी गरी फरार भएका उनलार्इ ## सालकै बैशाख ## गते अदालतले जवरजस्ती करणी मुद्दाको दोषी ठहर गर्दै # बर्ष कैद र ## हजार जरिवाना तोकेको थियाे । | बलात्कारका फरार अभियुक्त जेल चलान |
सुनसरीको चतराधाम निवासी कृष्णबहादुर गिरी उर्फ सिद्धबाबाविरुद्ध जिल्ला प्रहरी कार्यालय सुनसरीमा बलात्कारको उजुरी परेको छ । तर , गिरी अहिलेसम्म बिराटनगरस्थित बिराट नर्सिङ होमको दोस्रो तल्लास्थित गाइनो वार्डको # नम्बर कोठामा ' मुटुको समस्या ' भन्दै बसिरहेका छन् । नेपाल प्रहरीले उनलाई सुरक्षा गार्डसमेत उपलब्ध गराउँदै आएको हुनाले उनी भीआइपी अभियुक्त हुन् । | सिद्धबाबाको आश्रममा घीनलाग्दो हर्कत– ब्रोसरमा राखेर पत्रकारलाई नगद ! |
दाङको निर्वाचन क्षेत्र नं . # बाट निर्वाचित प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीले क्रिश्चियन धर्मावलम्बीहरूको लागि चर्च निर्माण गर्न दस लाख रुपैयाँ छुट्याएका छन् । पूर्वाधार विकास कोषमार्फत् खर्च गर्नुपर्ने चार करोड बजेटमध्ये क्षेत्र नं . # का निर्वाचित प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीले क्रिश्चियनको चर्च निर्माण गर्नको लागि भनेर बजेट विनियोजन गरेका छन् । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगतको # करोड रकममध्ये चौधरीले छनोट गरेका ## यो जनामध्ये दस लाखको एउटा चर्च निर्माण गर्न बजेट विनियोजन गरिएको छ । | दाङका यी सांसद जसले छुट्याए चर्च बनाउन दस लाख |
नेपाली बजारमा सुनको मुल्य थोरैले बढेको छ । आज तोलामा # सय रुपैयाँले बढेर सुनको मुल्य ## हजार # सय कायम भयो । हिजो सुनको प्रतितोला मुल्य ## हजार # सय थियो । | सुनको मुल्य थोरै बढ्यो |
नेपाल टेलिकमले मनास्लु पदमार्गमा पर्ने गोरखाको माथिल्लो दुर्गम क्षेत्र गमलाडाँडा र ल्होमा जीएसएम मोबाइल सेवा विस्तार गरेको छ । कम्पनीले गोरखाको माथिल्लो क्षेत्र चुमनुर्वी गाउँपालिका गमलाडाँडा र ल्होमा टावर स्थापना गरी सेवा सञ्चालनमा ल्याएको जनाएको छ । गमलाडाडाँमा राखिएको बिटीएस टावरवाट उक्त गाउँपालिकाका लाक्पाल , यारुफाँट , जगत , सल्लेरी , भालुवन , पाती , फिदिम लगायत आसपासका अति दुर्गम गाउँका वासिन्दाहरु मोबाइल सेवाबाट लाभान्वित हुने कम्पनीले जनाएको छ । | नेपाल टेलिकमद्वारा गोरखाका दुर्गम क्षेत्रमा सेवा विस्तार |
दार्जीलिङबाट आफ्ना सृजना प्रस्तुत गर्न काठमाडौं आएकी शान्ति ठटालले पलेँटी श्रृंखलामा पाँचौं प्रस्तुति दिएकी छन् । शुक्रबार र शनिबार साँझ नेपालयको आर - शालामा आयोजित पलेँटीमा उनले पलेँटी गायिका मीना निरौला र दार्जिलिङबाट आएकी गायिका सोनू राईमाफर्फत आफ्नो गायन तथा संगीतका डेढ दर्जन गीत प्रस्तुत गरेकी थिइन् । ## वर्षअघि कलकत्ताबाट गीत रेकर्ड गरेर सांगीतिक यात्रा सुरु गरेकी उनी त्यसको नौ वर्षपछि राजाको जन्मोत्सवका अवसरमा गायिका अरुणा लामा र संगीतकार शरण प्रधानको साथमा नेपाल आउँदा रेडियो नेपालमा गीत रेकर्ड गराएकी थिइन् । | शान्ति ठटालको पाँचौं पलेँटी |
एक किशोरीमाथि भएको बलात्कारको घटनामा संलग्न रहेको भन्दै भारतको सत्तारुढ दलका सांसद पक्राउ परेको केही दिनमै देशको पश्चिमी राज्य गुजरातमा आइतबार अर्की एक बालिकाको निर्ममतापूर्वक बलात्कारपछि हत्या भएको घटना सार्वजनिक भएको छ । गुजरातको सुरतमा अप्रिल # का दिन एक बालिकाको बलात्कारपछि हत्या भएको विवरण आइतबार सार्वजनिक भएको सहरका प्रहरी कमिस्नर सतिस शर्मालाई उद्धृत गर्दै समाचार एजेन्सी रोयटर्सले जनाएको छ । ' ती बालिकाको शव अप्रिल # का दिन राजमार्गमा भेटिएको र पोस्ट मर्टम रिपोर्टका अनुसार अप्रिल # का दिन बलात्कारपछि हत्या गरिएको पाइएको छ , ' प्रहरी कमिस्नर शर्माले बताए । | भारतमा एकपछि अर्को बलात्कारको घटना सार्वजनिक |
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टी विधि र विधानअनुसार चल्न नसकेको बताएका छन् । बिपी कोइराला स्मृति ट्रष्टले ##औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले वर्तमान पार्टी नेतृत्व विधि विधान अनुसार चल्न नसकेको आरोप लगाए । नेता सिंहले अलोकतान्त्रिक तवरले हिँडेको पार्टी नेतृत्वलाई विधि , विधान , पद्दति र अनुशासनमा हिँडाउनका लागि आफूहरु लागि परेको बताए । | पार्टी दुर्घटना हुनबाट जोगाउन सबै एकजुट हुनुपर्छ : नेता सिंह |
न्यायपरिषद्का सचिवको पत्रबाट ' पदमुक्त ' भएका प्रधानन्यायाधीश गोपाल पराजुलीले अवकाश दिने सम्बन्धी पत्रको कुनै महत्व नरहेको बताएका छन् । बिबिसी नेपाली सेवालाई साँझ प्रतिक्रिया दिदैँ पराजुलीले न्यायपरिषद्का सचिव नृपध्वज निरौलाले गरेको निर्णय कायम हुन नसक्ने बताएका हुन् । ' त्यो पत्रको कुनै भ्यालु पनि छैन । | प्रधानन्यायाधीशबाट ' पदमुक्त ' पराजुलीले भने : ' म मेरो काम नियमित गर्नेछु ' |
नवनियुक्त प्रदेश प्रमुखहरुले आज पद तथा गोपनीयताको शपथग्रहण लिने भएका छन् । सरकारले नियुक्त गरेको प्रदेश प्रमुखलाई राष्ट्रपतिले शपथग्रहण गराउने संवैधानिक व्यवस्था अनुसार राष्ट्रपतिले शपथग्रहण गराउन लागेकी हुन् । बुधबार सरकारले # वटै प्रदेशका प्रमुख नियुक्तिका लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो । | प्रदेश प्रमुखको शपथग्रहण आज |
रुपन्देहीका सबै स्थानीय तहले सैनामैनामा अन्तराष्ट्रिय क्रिकेट स्टेडियम बनाउन सहकार्य गर्ने साझा प्रतिबद्धता जनाएका छन् । जिल्ला समन्वय समितिको कार्यालय भैरहवामा बुधबार सम्पन्न संयुक्त बैठकले धुर्मुस सुन्तली फाउण्डेसनले घोषणा गरेको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट स्टेडियम सैनामैनाको लम्टियामा बनाए पूर्ण सहयोग गर्ने साझा प्रतिवद्धता जनाएका हुन् । बैठकले स्टेडियम निर्माणका लागिसहकार्य गर्न फाउण्डेसनलाई औपचारिक रुपमा पत्राचार गर्ने निर्णय गरेको जिल्ला समन्वय समितिका समन्वय अधिकारी हरिप्रसाद ज्ञवालीले जानकारी दिए । | सैनामैनामा रंगशाला बनाए सघाउने ## वटै स्थानीय तहको प्रतिबद्धता |
निर्माणकार्य निक्कै सुस्त हुँदा गुल्मीको रिडीमा बन्न लागेको तीनमुखे पुल निर्धारित समयमा सम्पन्न हुन सकेको छैन । तीन जिल्लाको प्रसिद्ध धार्मिक तीर्थस्थल पाल्पा , गुल्मी , स्याङ्गजा जिल्लालाई जोड्ने कालीगण्डकीको रिडीमा निर्माण हुन लागेको नेपालकै नमूना तीनमुखे पुल गत असार # गतेनै निर्माण भइसक्नुपर्ने थियो । #### मंसिर ## गते तत्कालीन मूख्यसचिव लीलामणि पौडेल र गुल्मीका सांसद चन्द्र भण्डारीले शिलान्यास गरेको पुल #### असार # गते निर्माण सम्पन्न भई हस्तान्तरण हुने सम्झौता भएको थियो । | तीन जिल्ला जोड्ने तीनमुखे पुल निर्माण सुस्त |
## किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा जोडिएका बेनु श्रेष्ठलाई दुबई प्रहरीले काठमाडौं डिपोर्ट गरेको छ । आइतबार साँझ दुबई प्रहरीले ## वर्षीय श्रेष्ठलाई नेपाल प्रहरीको जिम्मा लगाएको हो । महानगरीय प्रहरी गौशाला वृत्तमा राखिएका श्रेष्ठसँग सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिका सदस्यले बयान लिएका छन् । | सुन तस्करीका अभियुक्त श्रेष्ठलाई काठमाडौं ल्याइयो |
पुँजी बजारमा यो साता पछिल्ला तीन कारोबारहरुमा सूचक हरियो देखियो । मंगलबार , बुधबार र बिहीबारका कारोबारहरुमा लगानीकर्ताहरुले केही राहतको महसुस गर्न पाएको देखिन्छ । बिहीबार सूचकसँगै कारोबार रकममा पनि केही सुधार आएको देखिन्छ । | सुधारको संर्घषमा सेयर बजार : आपूर्ति व्यवस्थापन नै मुख्य चुनौति |
सरकारले केन्द्रीय सरकार मातहत रहेका कर्मचारी समायोजन नहुँदासम्म स्थानीय तहमा नयाँ कर्मचारी भर्ना गर्न नमिल्ने व्यवस्था गरेको छ । सामान्य प्रशासन मन्त्रालायले त्यस्तो प्रतिवेदन स्वीकृत गर्न प्रधानमन्त्री कार्यालयमा पठाएको छ । " स्थानीय तह सञ्चालन सम्बन्धी अन्तरिम व्यवस्थापन " शीर्षकको प्रतिवेदनमा मन्त्रालयले यस्तो व्यवस्था प्रस्ताव गरेको हो । | कर्मचारी समायोजन नहुँदासम्म स्थानीय सरकारलाई कर्मचारी भर्ना गर्न अंकुश |
नेपाल स्पाइनल कर्ड इञ्जुरी खेलकुद संघका खेलाडीहरूलाई बुद्ध शान्ति बिमला रेग्मी समाजसेवा पुरस्कार #### तथा श्री बुद्ध शान्ति सम्मान #### प्रदान गरिएको छ । बुद्ध शान्ति फाउन्डेशनद्वारा राजधानीमा आयोजित कार्यक्रममा नगद ## हजार प्रदान गरिएको हो । बुद्ध शान्ति फाउन्डेशनका सन्स्थापक अध्यक्ष , इन्जिनियर , साहित्यकार तथा कलाकार् सन्ध्या रेग्मीले स्थापना गरेको पुरस्कार हरेक वर्ष समाजसेवामा योगदान पुर्याउने सिर्जनशील ब्यक्तित्वलाई प्रदान गरिने भएको छ । | स्पाइनल कर्ड इञ्जुरी खेलकुद संघका खेलाडीहरूलाई बुद्ध शान्ति पुरस्कार |
फाइल तस्वीर## जेठ , काठमाडौं । नेकपा एमाले नेतृत्वको विपक्षी दलहरुको बैठक बसिरहेका बेला राप्रपा अध्यक्ष कमल थापा पुगेका छन् । प्रधानमन्त्री निर्वाचनबारे छलफल गर्न एमालेले विपक्षी दलहरुको बैठक बोलाएको थियो । | विपक्षीको बैठक चलिरहँदा कमल थापा ओलीलाई भेट्न पुगे |
वान प्लस स्मार्टफाने पछिल्ला समयमाय विश्व व्यापी रुपमा चर्चित ब्राण्ड बन्न सफल भएको छ । कम्पनीले बजारमा ल्याउन स्मार्टफोनमा रहेका विशेषताहरुकै कारण ग्राहक माझ लोकपि्रय समेत बनेको छ । वानप्लस स्मार्टफोनको आकर्षक डिजाइनमा आउँछ नै लोकप्रिय बन्न आधार भएको कम्पनीको दाबी छ । | वान प्लस थ्री #### को उत्कृष्ट स्मार्टफोन |
नायिका तथा निर्मात्री श्वेता खड्काले निर्माण गरेको फिल्म ' कान्छी ' को छायांकन सकिएको छ । आकाश अधिकारी निर्देशित फिल्मले ## दिनको समय तालिकामा छायांकन सकेको हो । दयाहाङ राई र श्वेताको प्रमुख भूमिका रहेको फिल्म मुस्ताङ , माथिल्लो मुस्ताङ , जोमसोम र राजधानी वरपर छायांकन गरिएको थियो । | सकियो श्वेताको ' कान्छी ' |
माघ चारबाट प्रदर्शनमा आउने घोषणा भएको निखिल उप्रेती अभिनित फिल्म ' पिंजडा ब्याक अगेन ' को रिलिज मिति परिवर्तन भएको छ । अब माघ चारमा मात्र यो फिल्म उपत्यकाबाहिर मात्रै प्रदर्शन हुनेछ । काठमाडौं उपत्यकामा माघ पाँच गतेबाट फिल्म हलमा लाग्नेछ । | ब्याक भयो ' पिंजडा ब्याक अगेन ' |
राष्ट्रिय जनमोर्चाको राम्रो मत भएको बाग्लुङमा उसले दुईवटा प्रदेशमा अग्रता लिएको छ । वामगठबन्धनसँग मिलेर चुनाव लडेको जनमोर्चाले प्रतिनिधिसभामा उम्मेदवारी दिएको थिएन । क्षेत्रनम्बर # को ( ख ) मा र क्षेत्र नम्बर # को पनि ( ख ) मा जनमोर्चाले अग्रता लिइरहेको छ । | बाग्लुङका दुई प्रदेश सभामा जनमोर्चाको अग्रता |
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक । फाइल फोटो# भदौ , काठमाडौं । ठूलो रस्साकस्सीपछि नेपाल विद्यार्थी संघको महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै सकिएको छ । | नेविसंघको चुनावी परिणामले पौडेल समूहमा किचलो , सिटौला बलियो ! |
बद्रि कृष्ण श्रेष्ठको निर्देशन र लेखनमा फिल्म ' पहिचान ' बन्ने भएको छ । फिल्ममा अभिनेत्री मरिष्का पोखरेल र अभिनेता आकाश श्रेष्ठ मुख्य भूमिकामा देखिने भएका छन् । निर्देशकले फिल्म प्रेम , रोमान्स , द्धन्द र कमेडीमा आधारीत भएको बताएका छन् । | ' चपली हाइट # ' की अभिनेत्री मरिष्का फिल्म ' पहिचान ' मा |
मेयर तारा सुब्बाको मंगलबार असामयिक निधन भएपछि धरान नगर कार्यपालिकाको आकस्मिक बैठकले शोक प्रस्ताव पारित गरेको छ । मंगलबार उपमहानगरपालिकामा बसेको आकस्मिक बैठकले शोक प्रस्ताव पारित गर्नुका साथै दुई दिन धरानमा सावर्जनिक विदा दिने निर्णय पनि गरेको छ । वरिष्ठ प्रशासकीय अधिकृत खगेन्द्र खतिवडाका अनुसार अन्त्येष्टी गरिने दिन र त्यसको भोलीपल्ट गरी दुई दिन धरानमा विदा दिने निर्णय नगर कार्यपालिका बैठकले गरेको हो । | धरानमा दुई दिन विदा |
कम्प्युटर प्रयोगकर्ताको तुलनामा स्मार्टफोन प्रयोगकर्ताहरु विवेकी हुने गरेको एक अध्ययनले देखाएको छ । अध्ययन अनुसार नैतिक द्विविधाको अवस्थामा कम्प्युटर प्रयोगकर्ताको तुलनामा स्मार्टफोन प्रयोगकर्ताहरुले आवेगमा नआइकनै विवेकपूर्ण निर्णय गर्ने गरेका छन् । बेलायतको लण्डनस्थित सिटी युनिभर्सिटीका शोधकर्ताहरुले गरेको अध्ययन अनुसार पर्सनल कम्प्युटर प्रयोगकर्ताहरु पूर्वज्ञान तथा स्थापित नियमहरुमा बढि भर पर्ने र त्यसैलाई प्राथमिकता दिने गर्दछन् । | अध्ययन भन्छ : स्मार्टफोन प्रयोगकर्ता बढी विवेकी |
सिडिएस एण्ड क्लियरिङ लिमिटेडले आफ्नो वार्षिक साधारणसभाको अवसरमा ## प्रतिशत लाभांश पारित गर्ने भएको छ । सिडिएससीको कार्तिक ## गते हुने साधारण सभामा # प्रतिशत नगद लाभांश र ## प्रतिशत बोनश शेयर स्वीकृत गर्ने प्रस्ताव पारित गर्ने निर्णय गरेको छ । सिडिएससीको गत शुक्रबार बसेको सन्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । | सिडिएस एण्ड क्लियरिङले साधारण सभामा ## प्रतिशत लाभांशको प्रस्ताव पारित गर्ने |
मह सञ्चारको ब्यानरमा निर्मित फिल्म ' शत्रु गते ' को पोष्टर सार्वजनिक गरिएको छ । फिल्मको रिलिजको एक महिना अगाडि पोष्टर सार्वजनिक गरिएको हो । पोष्टरमा हरिवंश आचार्य र दीपाश्री निरौला , दीपकराज गिरी र प्रियंका कार्की तथा पल शाह र आंचल शर्माको रोमान्टिक जोडी देखाइएको छ । | ' शत्रु गते ' को पोस्टरमा तीन रोमान्टिक जोडी |
भारतले नेपालको टमाटर निर्यातमा रोक लगाएसँगै टमाटर बिक्री हुन नसकेपछि किसानहरु निरास बन्न थालेका छन् । पूर्वी नाका काकडभिट्टाबाट उत्पादनको मुख्य सिजनमा भारतमा टमाटर निर्यात हुन सकेको छैन । नेपालबाट निर्यात हुने कृषि उपजको सूचीमा टमाटर नपरेकाले निकासी रोकिएको हो । | भारतमा निकासी रोकिँदा गाेलमेंडा किसान निराश |
संघीय सरकार मातहत रहेका पर्यटन कार्यालयहरु खारेज भएको पांच महिनासम्म पनि प्रदेश मातहत यी कार्यालय स्थापना नहुँदा सेवाग्राहीहरु मर्कामा परेका छन् । नयाँ संविधानले गरेको व्यवस्था अनुसार गएको साउनदेखि प्रदेश # का रुपन्देहीको भैरहवा र बाँकेको नेपालगंजमा रहेका पर्यटन कार्यालयहरु बन्द भएका छन् । भवन र पुरानै साइन बोर्ड भएपनि प्रदेश मातहत संचालनका लागि संघीय सरकारबाट कर्मचारी समायोजन नहुँदा कार्यालयहरुबाट सेवाग्राहीले सेवा पाउन पाएका छैनन् । | स्थापना हुन सकेनन् प्रदेश # मा पर्यटन कार्यालय |
संघीय समाजवादी फोरमले प्रदेश नं # मा संसदीय दलको नेतामा लालबाबु राउतलाई चयन गरेको छ । यससँगै राउतलाई प्रदेश नं # को मुख्यमन्त्रीको उम्मेदवारको रूपमा हेरिएको छ । राउत पर्साका स्थानीय बासिन्दा तथा संघीय समाजवादी फोरमको वरिष्ठ उपाध्यक्ष हुन् । | फोरमद्वारा प्रदेश नं # को संसदीय दलको नेतामा राउत चयन |
#### सालमा निर्माण भएको जग्गा बेनी–जोमसोम सडकका लागि अधिग्रहण गरिएको अन्नपूर्ण गाउँपालिका–# दानाका जग्गाधनीले डेढ दशकसम्म पनि मुआब्जा नपाएपनि सडकले अधिग्रहण गरेको जग्गाको तिरो भने तिर्दै आएका छन् । न मुआब्जा , न भोगचलन तर आफ्नो जग्गामा बनेको सडकको समेत कर तिर्नुपर्दा स्थानीय बासिन्दा मर्कामा परेका हुन् । अन्नपूर्ण गाउँपालिका–# दानाका नेत्र गर्बुजाको तीन रोपनी जग्गा सडक विस्तारका लागि अधिग्रहण गरियो । | सडकको लालपूर्जा व्यक्तिको नाममा |
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सिद्धान्तअनुसार पार्टी चल्न नसक्दा निर्वाचनमा पराजय भोग्नुपरेको बताएका छन् । नेपाली काँग्रेस कास्कीद्वारा आज यहाँ आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने , " संविधान निर्माणमा नेतृत्वदायी भूमिका निर्वाह गरेर पनि जनतामाझ त्यसको आवश्यक प्रचारप्रसार गर्न नसक्दा पार्टीले निर्वाचनमा सोचेअनुरुप परिणाम ल्याउन नसकेको हो । " वरिष्ठ नेता पौडेलले पार्टीलाई एकताबद्ध बनाएर लैजानुको विकल्प नभएको बताउँदै पार्टीभित्रको गुट उपगुट हटाउन काँग्रेसले सुधारको अभियान चाल्नुपर्ने धारणा व्यक्त गरे । | पार्टीलाई एकताबद्ध बनाएर लैजानुको विकल्प छैन्ः नेता पौडेल |
चालु आर्थिक वर्षमा मुलुकको कुल वैदेशिक व्यापार वार्षिक बजेटभन्दा झण्डै दुई खर्ब रुपैयाँले बढी हुने देखिएको छ । सरकारले चालु आर्थिक वर्षका लागि ## खर्ब ## अर्ब रुपैयाँको बजेट ल्याएको थियो । यो वर्षको ## महिना ( जेठ ) मै मुलुकको वैदेशिक व्यापार ## खर्ब ## अर्ब रुपैयाँ पुगिसकेको छ । | वैदेशिक व्यापारको आकार बजेटभन्दा ठूलाे |
वीरगन्जको पुरानो मिना बजारमा निर्मित नयाँ व्यवसाययिक भवनको ठेक्का लगाउन उपमहानगरपालिकाले बोलपत्र आह्वान गरेपछि त्यसक्षेत्रमा व्यवसाय गर्दै आएका व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । मिना बजारमा हाल व्यवसाय गर्दै आएका व्यवसायीहरुलाई उक्त नवनिर्मित भवनको स्टल दिन प्राथमिकता दिने पुरानो सहमतिविपरीत उपमहानगरपालिकाले ठेक्का प्रक्रिया अघि बढाएको भन्दै उनीहरुले विरोध जनाएका हुन् । तरकारी तथा फलफूल व्यवसायी संघ र माछामासु व्यवसायी संघमाआबद्ध व्यवसायी आन्दोलनमा उत्रिएका हुन् । | वीरगन्ज उपमाहानगरपालिको निर्णयबिरुद्ध व्यवसायी सडकमा |
सर्वोच्च अदालतले प्रहरीको बढुवामा नगरेका डीआईजीहरु यादव अधिकारी , परशुराम खत्री , सुशीलवर सिंह थापा र विश्वराज सिंह शाहीलाई एआईजीमा बढुवा गर्न आदेश दिएको छ । न्यायाधीश दीपकराज जोशी र ओमप्रकाश मिश्रको इजलासले # जना डीआईजीको बढुवा भएको साउन ## गतेदेखि नै लागू हुने गरी चार जनाको बढुवा गर्न आदेश दिएको छ । अब प्रहरीमा ## इआइजी हुने भएको छ । | चार डीआइजीलाई एआइजीमा बढुवा गर्न सर्वोच्चको आदेश |
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले नेपालको कालापानी , लिपुलेक र लिम्पियाधुरा भूगोललाई समेटेर भारतले हालै सार्वजनिक गरेको नसक्साको विषयमा सरकारले भारत सरकारसँग छलफलका लागि कुनै अग्रसरता नदेखाएको आरोप लगाएको छ । संघीय संसद्को हिउँदे अधिवेशनको पूर्वसन्ध्यामा बिहीबार संसदीय दलको कार्यालय सिंहदबारमा बसेको संसदीय दलको बैठकले सीमा विवादका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको जवाफको माग गरेको हो । कूटनीतिक पहलमार्फत सीमा विवाद समाधान खोज्न सरकारलाई सुझाउँदै कांग्रेसले कालापानी , लिपुलेक र लिम्पियाधुरा नेपालको अविभाज्य भूमि भएको दोहो - याएको छ । | कांग्रेसद्वारा सीमा विवादबारे जवाफ माग |
सर्वोच्च अदालतले लोकसेवा आयोगको विज्ञापन कार्यान्वयन नगर्न अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । यससँगै स्थानीय तहमा # हजार ### कर्मचारी छनोट र भर्ना प्रक्रिया सुरु गर्ने बाटो खुलेको छ । लोकसेवा आयोगले जेठ ## मा स्थानीय तहका लागि विभिन्न पदमा कर्मचारी माग गर्दै विज्ञापन निकालेको थियो । | सर्वोच्चले खोल्यो स्थानीय तहमा कर्मचारी भर्नाको बाटो |
सञ्चारकर्मीले पेशागत मर्यादा बढाउन पत्रकार आचारसंहिता पालनामा जोड दिएका छन् । चलचित्र पत्रकार संघद्वारा आइतबार आयोजित एक दिने कार्यशाला गोष्ठीमा सहभागीहरुले विश्वसनीयता बढाउन संहितामा जोड दिएका हुन् । काठमाडौंमा भएको कार्यक्रममा कला क्षेत्रको समाचार सम्प्रेषणमा संलग्न एक सय ## जना सञ्चारकर्मी सहभागी थिए । | पत्रकार आचारसंहिता पालनामा जोड |
म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा क्रिस्टल प्यालेसलाई पराजित गरेको छ । आइतबार राति भएको खेलमा सिटीले क्रिस्टल प्यालेसलाई उसकै घरेलु भूमिमा #–# गोलअन्तरले पराजित गरेको हो । सिटीको जितमा रहिम स्टर्लिङले दुई गोल गरे । | उपाधि दौडमा रहेको म्यानचेस्टर सिटीको जित |
सिटिजन्स बैंकले काठमाडौँको मध्य बानेश्वरस्थित ग्लोबल कलेज अफ म्यानेजमेन्टको भवनमा एटिएम सेवा सञ्चालनमा ल्याएको छ । यसले गर्दा मध्य बानेश्वर क्षेत्र र वरपरका जनताको बैंकसँगको पहुँच सहज हुने बैंकको भनाइ छ । देशभर बैंकका ## वटा शाखा , ## वटा एटिएम र ## वटा शाखा रहित बैंकिङ्ग सेवा संचालनमा छन् । | सिटिजन्सको मध्य बानेश्वरमा एटिएम |
बेलायतको संसदीय निर्वाचनमा नेपाली मूलका एकमात्र उम्मेदवार डा . बच्चु कैलाश कैनी पराजित भएका छन् । लेबर पार्टीबाट डार्टफोर्ड क्षेत्रमा उम्मेदवार बनेका कैनीले ## हजार ## मत प्राप्त गरे । उनलाई कन्जरभेटिभ पार्टीका गारेथ जोन्सन्ले ## हजार # सय ## मत ल्याएर पराजित गरेका हुन् । | बेलायतमा नेपालीमुलका उम्मेदवारलाई सम्मानजनक भोट |
खोटाङ—मेवाखोला जलविद्युत् आयोजनाले काम पूरा गरी परीक्षण उत्पादन थालेको छ । दिक्तेल नगरपालिका - ## स्थित मेवाखोलाबाट समुदायको ## प्रतिशत तथा सानिमा बैंकको ## र बैंक अफ काठमाडौँको ## प्रतिशत गरी करिब रु ## करोडको लागतमा सो आयोजना सञ्चालनमा ल्याइएको साप्सु–कालिका हाइड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक अर्जुन राईले जानकारी दिए । विद्युत्भार कटौतीको मार खेपिरहेका खोटाङवासी मेवाखोला सञ्चालनमा आएपछि हर्षित बनेका छन् । | मेवाखोला आयोजना सम्पन्न , विद्युत् उत्पादन सुरु |
र्याप्टिङ्ग सेवा प्रदायक भन्नासाथ पश्चिम नेपालका भोटेकोशी र त्रिशुलीमा र्याप्टिङ्ग गराँउने पोखरा र काठमाण्डौका कम्पनीहरू भन्ने नेपाली बुझाइ छ । पश्चिममा मात्रै हुने र्याप्टिङ्ग सुविधा दिने आधिकारिक कम्पनीहरु पूर्वमै आएपछि पूर्वमा साहसिक पर्यटनका पारखीलाई सहज भएको छ । खास गरी इटहरीको रिभर डीप र धरानको तमोर रिभर र्याप्टिङ्गले पूर्वमा र्याप्टिङ्ग सेवा प्रदान गरिरहेका छन् । | तमोर र अरुणमा र्याप्टिङ्गको रौनक ( # तस्वीर ) |
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संविधान संशोधनको सरकारी प्रस्तावभित्र राजनीतिक संकट निम्त्याउने गम्भीर षड्यन्त्र लुकेको निष्कर्ष निकालेको छ । अध्यक्ष केपी ओलीको निवासमा शुक्रबार साँझ बसेको स्थायी समिति बैठकले संशोधन प्रक्रियामा आफ्नो सहमतिबिना सरकार अघि बढे सशक्त प्रतिकार गर्ने निर्णय पनि गरेको छ । संविधान संशोधनको प्रस्तावविरुद्ध सडक तथा सदनमा संघर्ष गर्ने नीति बनाएको एमालेले सरकारको तयारीले दलहरुबीच दूरी बढाउने र समाजमा गम्भीर द्वन्द्व निम्त्याउने ठहर गरेको छ । | सरकारी प्रस्ताव संकट निम्त्याउने षड्यन्त्र : एमाले |
एमाओवादी नेता गोपाल किरातीले प्रचण्डलाई टेलीफोन गरेर उपराष्ट्रपतिमा आफ्नो दाबी फिर्ता लिएका छन् । माओवादी जनयुद्धबारे एक महिनाभित्र उपन्यास लेख्ने किरातीले प्रचण्डलाई फोनमार्फत जानकारी दिएका छन् । ' एक लघु उपन्यास लेख्ने कठोर पृष्ठभूमि तयार भएको छ , ' किरातीले भने - ' जनयुद्धका विषयमा ' आमाको हत्या ' शीर्षकको उपन्यास एक महिनाभित्र सार्वजनिक गर्नेछु । | उपन्यास लेख्छु भन्दै किरातीले उपराष्ट्रपतिको दाबी छाडे |
म्याग्दी— म्याग्दीको मालिकागाउँपालिका–# रुमको धुलावाङमा एक युवतीले आफ्नै श्रीमानको हत्या गरेकी छन् । मंगलबार राति ## बजे आफ्नै घरमा बसेकी ## बर्षिया रञ्जना जिसीले ## बर्षिया शिव जिसीलाई कोदालोले टाउकोमा प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको इलाकाप्रहरी कार्यालय दरवाङले जनाएको छ । घरायसी झगडा हुँदा रिसको झोँकमा श्रीमतीले कोदालो प्रहार गरेको प्रहरीले जनायो । | कोदालो प्रहार गरी श्रीमानको हत्या |
बंगलादेश भारतसँग # विकेटले पराजित भएको छ । जारी एसिया कपको सुपर # को चरण खेलमा भारतले # सय ## रनको निर्धारित लक्ष्य ## औं ओभरमा # विकेट गुमाउँदै सो जीत हासिल गरेको हो । पहिले ब्याटिङ पाएको बंगलादेशले ## औं ओभरमा अलआउट हुँदै # सय ## रन बनाएको थियो । | बंगलादेश भारतसँग # विकेटले पराजित |
बेरुत—इस्लामिक स्टेटको बलियो प्रभाव रहेको पूर्वीसिरियाको एक इलाकामा भएको हवाई आक्रमणमा कम्तीमा ## व्यक्तिको मृत्यु भएको छ । यस आक्रमणमा परी ## बालबालिकासहित ## सर्वसाधारणको मृत्यु भएको मानवअधिकारवादी समूहले जानकारी दिएको छ । रसिया , अमेरिका , टर्की र सिरियासँग आवद्ध सेनाले आइएसविरुद्ध हवाइ आक्रमण गर्दै आएको छ । | आइएसविरुद्ध हवाई आक्रमण हुँदा ## सर्वसाधारणको मृत्यु |
नेकपाका शीर्ष नेताहरूले सरकारको कामको समीक्षा गर्न माग गरेका छन् । सरकारका कामकारबाहीमा बेखबर रहेको भन्दै केन्द्रीय सदस्य , स्थायी समितिका सदस्य र सांसदहरूले समेत प्रश्न उठाइरहेका बेला सचिवालयकै शीर्ष नेताहरूले पनि त्यस्तै प्रश्न प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहालमाथि गरेका छन् । झन्डै तीन सातापछि बसेको नेकपा सचिवालयको बैठकमा शनिबार वरिष्ठ नेताहरू माधव नेपाल , झलनाथ खनाल र नेता वामदेव गौतमले राम्रो ढंगले पार्टी र सरकार दुवै चल्न नसकेको धारणा राखे । | सरकारको समीक्षा गर्न नेकपाभित्रै माग |
म्यानचेस्टर सिटीका कप्तान भिन्सेन्ट कोम्पनीले आफ्नो निर्णायक गोलमा टोली पुनः इङ्लिस प्रिमिमियर लिगको शीर्ष स्थानमा फर्केपछि आफ्ना लागि सोमबारको दिन जीवनकै उत्कृष्ट दिनमध्येको एक भएको बताएका छन् । घरेलु मैदान इत्तिहाद रंगशालामा भएको खेलमा सिटी अंक बाँढ्ने संघारमा पुगिसकेको थियो । तर खेल सकिन ## मिनेट बाँकी हुँदा कोम्पनीले ## यार्ड टाढाबाट गरेको प्रहार गोलमा परिणत भएसँगै सिटीले लेस्टर सिटीलाई पराजित गर्दै प्रिमियर लिगको उपाधि रक्षा गर्ने लक्ष्यनजिक पुगेको हो । | सिटीको जितमा कोम्पनी नायक |
सदरमुकाम बेनीमा करिब दुई करोड लागतमा कालीगण्डकी नदी नियन्त्रण आयोजना सुरु भएको छ । कालीगण्डकी नदीको कटान नियन्त्रण गरी बेनी बजारलाई सुरक्षित बनाउने उद्देश्यले आयोजना सुरु गरिएको हो । जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय पोखरामार्फत कटान नियन्त्रणका लागि कालीगण्डकी किनारमा पक्की पर्खाल निर्माण सुरु भएको छ । | कालीगण्डकी नदी नियन्त्रण आयोजना सुरु |
पाल्पा—जिल्लाका प्रमुख तीन दलले प्रदेश र प्रतिनिधि सभाका लागि उम्मेदवारको नाम सिफारिस गरेका छन् । नेपाली कांग्रेस , नेकपा एमाले र नेकपा माओवादी केन्द्रले छुट्टाछुट्टै उम्मेदवारको नाम केन्द्रमा पठाएका हुन् । दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा मुख्य तीन दलले प्रत्यक्ष र समानुपातिकतर्फ नाम सिफारिस गरेका हुन् । | एमाले र माओवादीले छुट्टाछुट्टै नाम पठाए |
नेपालमा हुने ##औं दक्षिण एसियाली खेलकुद ( साग ) को तयारी प्रशिक्षणका लागि नेपाली जुडो टोली जापान र मंगोलिया जाने भएको छ । जापान जाने टोली # खेलाडीसहित # सदस्यीय रहेको छ । खेलाडीमा सोनिया भट्ट , मनीता श्रेष्ठ प्रधान , इन्द्रबहादुर श्रेष्ठ र सन्जित डंगोल छन् । | नेपाली जुडो टोली वैदेशिक प्रशिक्षणमा |
सरकारले आगामी जेठको पहिलो हप्ताबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल ## घण्टा संचालनमा ल्याउने घोषणा गरेको छ । संस्कृति , पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले आगामी जेठको पहिलो हप्ताबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ## घण्टा सञ्चालनमा ल्याउने घोषणा गरेका हन् । उनले सो विमानस्थल ## घण्टा नै सञ्चालन गर्ने आफ्नो लक्ष्य रहेपनि तत्कालका लागि सम्भव नदेखिएको पनि स्पष्ट पारे । | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ## घण्टा सञ्चालन हुने |
नेपाली कांग्रेसले रमेश रिजालको नेतृत्वमा अनुशासन समिति गठन गरेको छ । प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले भारत भ्रमणमा जानु अघि अनुशासन समिति गठन गरेका हुन् । समितिमा उमाकान्त चौधरी , कमला पन्त , सुरेन्द्रराज पाण्डे र हृदयराम थानी सदस्य छन् । | कांग्रेसले अनुशासन समिति बनायो , रमेश रिजाल संयोजक |
राष्ट्रिय प्रजातन्त्र पार्टी ( संयुक्त ) ले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको आदर्श राष्ट्रिय एकताको मूलमन्त्र हो भन्ने मान्यता मन , वचन र कर्मले आत्मसात गर्नुपर्ने बताएको छ । राप्रपा ( संयुक्त ) ले पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउदै सार्वजनिक विदा दिनुपर्ने माग समेत सरकारसँग गरेको छ । ' गोरखा जस्तो सानो देशबाट आरम्भ भएको एकीकरणको अभियान सानो दुखले सम्पन्न भएको होइन । | पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउँदै सार्वजनिक विदा दिनुपर्ने माग |
असार ## गते अर्थात धान दिवसमा गृहजिल्ला गोरखा आएका पूर्वप्रधानमन्त्री डा . बाबुराम भट्टराई रोपाईंमा सहभागी भएका छन् । शुक्रबार उनी सिरानचोक गाउँपालिका - # जरेबरस्थित कृष्ण कुमालको खेतमा रोपाईमा सहभागी भए । त्यहाँ उनले बीउ काड्ने , गोरु जोत्ने , हिल्याउने र बाउसे गर्ने कामसमेत गरे । | बाउसे बने बाबुराम : गोरखामा हलो जोते , बीउ काढे |
हामी सबैले आफ्नो मोबाइल फोनबाट एस एम एस पठाएकै हुन्छौँ र हामीलाई पनि एस एम एस आएका हुन्छन् । कहिलेकाहीँ तपाइँलाई लाग्दो हो यस्तो छोटो सन्देश सेवा अर्थात् एस एम एसको चलन कसले ल्याएको होला ? तपाइँलाई त्यो समयको याद पनि होला जब कुनै विशेष पर्वहरुमा कति धेरै एस एम एसहरु मोबाइलमा आदान प्रदान गरिन्छन् की मोबाइल नेटवर्क नै ठप्प हुन बेर लाग्दैन । साँच्चीकै मोबाइल प्रयोगकर्ताका लागि निकै उपयोगी यो छोटो सन्देश सेवा अर्थात् शर्ट मेसेजिंग सर्भिस , एस एम एसको पहिलोपटक आविष्कार भने फिनल्याण्डका म्याटी मेक्ननले गरेका हुन् । | यसरी भयो एसएमएसको सुरूवात |
विश्व अर्थतन्त्रमा शक्तिराष्ट्रका रुपमा उदीयमान चीनका शक्तिशाली राष्ट्रपति सी जिन पिङ यतिबेला दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कूटनीतिक पाहुना बनेका छन् । नेपालका दुई छिमेकीवीच भइरहेको भइरहेको छलफल र सहकार्यले विश्व राजनीति र दक्षिण एशियाका साथै नेपाललाई पनि प्रभाव नपारी रहन सक्दैन । भारतीय पत्रकार सिद्धार्थ वरदाजनले सीको भारत भ्रमणबारे विश्लेषण गर्दै नेपालको सन्दर्भ उल्लेख गरेका छन् । | दिल्लीमा नेपालका दुई ठूला छिमेकीको गठबन्धन |
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ' एक्सन रुम ' नाम दिएर हालै एउटा आधुनिक प्रविधियुक्त कक्ष बनाइएको छ । प्रधानमन्त्री केपी शार्म ओलीले प्रदेशका मुख्यमन्त्रीहरुसँग यस कक्षबाट ' लाइभ ' कुराकानी गर्न सक्छन् । जेठ ## गतेबाट सञ्चालनमा आएको एक्सन रुममा तीन वटा ठूला मनिटर जडान गरिएको छ । | गौरवका आयोजनाको ' लाइभ फुटेज ' प्रधानमन्त्रीको मोबाइलमै |
भिजिट नेपाल #### लाई मध्येनजर गरि ट्राफिक प्रहरीले विभिन्न ट्राफिक नियमहरु बनाएको छ । ट्राफिक नियमसँग जोडिएका पक्षहरुमा सुधार तर्फ तत्काल लाग्ने ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताए । भाडाका सवारीसाधनमा क्षमता भन्दा बढी यात्रु बोक्ने र गाडीभित्र फोहोर गर्नेलाई नियमअनुसार कारबाही गर्ने जनाइएको छ । | जथाभावी बाटो काट्नेलाई पनि ट्राफिकको कक्षा ( भिडीयोसहित ) |
लिग अन्तर्गत अवे मैदानमा भएको खेलमा रियल मड्रिडले लेभान्टेमाथि #–# को जित हासिल गरेको छ । स्पेनिस ला लिगा अन्तरगत आइतबार राती भएको खेलमा मड्रिडको जितमा भिडियो असिस्ट रेफ्री ( भिएआर ) महत्वपूर्ण रह्यो । # - # को जित निकाल्ने क्रममा उसले दुई गोल पेनाल्टीबाट गरेको हो । | भिएआर रियल मड्रिडको पक्षमा जाँदा लेभान्टे # - # ले पराजित |
पोखरामा एक व्यक्तिले परिवारका सदस्यको हत्या गरी आफूले पनि आत्महत्याको प्रयास गरेका छन् । पोखरा लेखनाथ महानगरपालिका ## रामबजारस्थित कालिका मार्गका रामजी घलेले घरेलु हतियार प्रहार गर्दा छोराको मृत्यु भएको छ भने श्रीमती गम्भीर घाइते भएकी छन् । त्यसपछि आत्महत्याको प्रयास गरेका रामजी पनि गम्भीर घाइते छन् । | छोरा र श्रीमतीलाई चक्कु हानेपछि आत्महत्याको प्रयास |
नेपाल राष्ट्र बैंकले ## लाख रुपैयाँ भन्दा बढीको कारोबार नगदमा गर्न नपाउने व्यवस्था गर्ने तयारी गरिरहेको छ । यो व्यवस्था लागू भएपछि ## लाखभन्दा बढीको कारोबार गर्नु परे अनिवार्यरूपमा बैंकबाटै गर्नुपर्ने छ । ' हामी नगद कारोबारलाई क्रमश : घटाउँदै लैजाने सोचमा छौं , अब ## लाखसम्मको कारोबार मात्र नगदमा गर्न सकिने व्यवस्था गर्ने तयारी गर्दैछौं , ' राष्ट्र बैंकका गभर्नर डा . चिरञ्जीवी नेपालले भने । | राष्ट्र बैंकको तयारीः ## लाखमाथिको कारोबार नगदमा गर्न नपाइने ! |
साहित्यकार रामचन्द्र दाहालद्वारा लिखितसंस्मरण ' हाँडीघोप्टे ' राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा लोकार्पण गरिएको छ । पुस्तकको शनिबार रमेश खकुरेल भुवनहरि सिग्देल , प्रा . डा . माधव पोखरेल , मित्रलाल पंगेनी र पुष्पराज पौडेले बिमोचन गरे । कवि रमेश खकुरेलले यो ' हाँडीघोप्टे ' लाई आफ्नै आँखाले बारम्बार सडकमा देखेको अद्भूत पात्र भएको बताउँदै पुस्तक भावी पुस्ताका लागि पनि प्रेरणाको स्रोत हुने बताए । | रामचन्द्रको ' हाँडीघोप्टे ' सार्वजनिक |
चेकजाँचका क्रममा नियन्त्रणमा लिइएका मोटरसाइकल लिन कोही नआएको प्रहरीले बताएको छ । दाङको वडा प्रहरी कार्यालय गढवाले चेकजाँचका क्रममा फेला परेका दुइटा ### सिसीका पल्सर मोटरसाइकल लिन कोही नआएको प्रहरीले बताएको छ । रा # प #### नम्बर र लु ## प #### नम्बरको ### सिसीको मोटरसाइकल लिन कोही नआएको जिल्ला प्रहरी प्रवक्ता विनोद विक्रम शाह जानकारी दिए । | नियन्त्रणमा लिइएका मोटरसाइकलको दाबी गर्न कोही आएन |
सप्तरीका अग्निपीडित र सुर्खेतका बाढीपीडितले बस्ने झुप्रो नपाइरहेका बेला सरकारले कांग्रेस नेता तथा यातायात व्यवसायीहरुलाई # वर्ष अघिदेखिको हिसाब गरेर लाखौं रुपैयाँ क्षतिपूर्ति बापत राज्यकोषबाट बाँडेको छ । कांग्रेस नेता तथा पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कँडेलले ### सालको पहिलो संविधानसभा निर्वाचनका क्रममा मधेसी मोर्चाले गरेको घर तोडफोड वापतको क्षतिपूर्ति भन्दै आफ्नो सरकार भएको मौका छोपेर # वर्षपछि ## लाख रुपैयाँ लिएका छन् । मन्त्रिपरिषदको बैठकबाटै निर्णय गराएर कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री सुशील कोइरालाले कँडेललाई ## लाख ## हजार # सय ## रुपैयाँ क्षतिपूर्ति भराएका छन् । | अग्निपीडितलाई झुपडीे छैन , कांग्रेस नेतालाई ## लाख राहत ! |
मलेसियामा भएको पाँचौ विश्व गोजुरियो कराते डो च्याम्पियनसिपमा नेपालका कमल ओलीले शनिबार रजत पदक हात पारेका छन् । नेपालबाट सहभागिता जनाएका कमलले ## केजीमुनिको तौलसमूहमा रोमानियाका खेलाडीसँग सामान्य अन्तरले पराजित हुँदा रजत पदक हात लागेको हो । यसअघि समूहचरणको पहिलो खेलमा कमलले चाइनिज ताइपेईका खेलाडी , दोस्रो चरणमा भारतका खेलाडी र सेमिफाइनलमा फ्रान्सका खेलाडीलाई पराजित गरेका थिए । | ओलीलाई मलेसियामा रजत |
पर्यटन मन्त्री रविन्द्र अधिकारीले वाइड बडी जहाजमा आफ्नो संलग्नताबारे अहिले केही नबोल्ने प्रतिक्रिया दिएका छन् । भैरहवामा रहेका मन्त्री अधिकारीले भ्रष्टाचारमा उनको संलग्नता किटान गरिएपछि यस्तो प्रतिक्रिया दिएका हुन् । ' अहिले म यसबारे केही बोल्दिनँ , ' उनले सेतोपाटीसँग भने , ' आवश्यक परेपछि म संगठित रूपमा भन्छु । | वाइड बडीमा भ्रष्टाचार आरोपबारे अहिले बोल्दिनँः पर्यटनमन्त्री अधिकारी |
नेपाल प्रहरीले वरिष्ठ संगीतकार अम्बर गुरूङलाई नगद # लाखसहित सम्मान गरेको छ । बुढानिलकण्ठ नगरपालिका–# स्थित उहाँकै निवासमा पुगेर प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले गुरुङलाई नगद # लाखसहित सम्मानपत्र प्रदान गरे । गुरुङले नेपाली संगीत क्षेत्रमा योगदानको तुलना हुन नसक्ने भन्दै प्रहरी महानिरीक्षक अर्यालले उनको पूर्ण स्वास्थ्य लाभको कामना गरे । | वरिष्ठ संगीतकार अम्बर गुरुङलाई प्रहरीको सम्मान , # लाख प्रदान |
कलाकारको स्वास्थ्य कोष स्थापनाका लागि नेपाल भाषाकी गायिका दीपा महर्जन नयाँ वर्षको अवसर पार्दै राजधानीमा ' एकल लाइभ म्युजिक इभेन्ट ' मा गुञ्जिने भएकी छन् । आगामी वैशाख ## गते होटेल याक एण्ड यतिमा हुने कार्यक्रममा उनले आफ्ना चलेका नेपाल भाषाका गीत सुनाउनेछिन् । आयोजक सुखावती मल्टी प्रोडक्शनले पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार कार्यक्रममा हास्य कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठले पनि केही गीत प्रस्तुत गर्नेछन् । | नेपाल भाषा संगीत साँझ हुने |
बरुण नदीमा आएको बाढीले संखुवासभाको भोटखोला गाउँपालिकाको स्याक्सीला गोलामा अरुण नदी थुनिएको छ । नदी थुनिएपछि कारण झण्डै # किलोमिटरको ताल बनेको छ भने बरुण बजारको # वटा घरमा क्षति पुगेको छ । बजारको सिंगो बस्ती जोखिममा छ । | बरुणमा आएको बाढीले अरुण नदी थुन्यो , बन्यो # किलोमिटरको ताल |
ओखलढुङ्गाको कालिका गाविसमा बिहीबार दिउँसो चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । वर्षासँगै खसेको चट्याङ लागेर दिउँसो # बजे घरमै बसिरहेकी कालिका # का ## वर्षीया बिष्णु माया श्रेष्ठ र सोही गाविस - # का ## वर्षीय निरबहादुर श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी पलापुलाई उदृत गर्दै पुर्व क्षेत्रिय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । चट्याङका कारण कालिका # का सुमिता श्रेष्ठको एक वटा भैसी समेत मरेको प्रहरीको भनाई छ । | ओखलढुङ्गामा चट्याङ लागेर दुई जनाको मृत्यु |
प्रधानमन्त्री केपी शर्मा ओलीले नेवाः समुदायको भाइटीका ( किजा पूजा ) का लागि यही कात्तिक ## मा सार्वजानिक बिदा दिन आफू सकारात्मक रहेको जनाएका छन् । पञ्चाङ्ग निर्णायक समितिको सिफारिसमा सरकारले कात्तिक ## , ## र ## गते मात्र बिदा दिने निर्णय गरेका सङ्घीय सांसद कृष्णगोपाल श्रेष्ठ , प्रदेश नं # का सांसद डा अजयक्रान्ति शाक्य , राजेश शाक्यलगायतको टोलीले आइतबार प्रधानमन्त्री ओलीलाई उक्त दिन पनि बिदा दिन आग्रह गरेको थियो । भेटपछि सांसद श्रेष्ठले मन्त्रिपरिषद्बाट निर्णय गराएर माग सम्बोधनका लागि सकारात्मक जवाफ दिएको जानकारी दिए । | भाइटीकाको भोलिपल्ट बिदा ! |
मलेसियास्थित नेपाली दूतावास मलेसियामा कार्यरत कर्मचारी नै म्यानपावर व्यवसायमा संलग्न रेको खुलेको छ । दूतावासका सवारी चालक प्रविन प्रधान ' उत्सव एच आर सोलुसन प्रालि ' पिङ्गलास्थान - # गौसलाको कार्यकारी निर्देशक रहेको पाइएको हो । प्रधान नेपाली दूतावास मलेसियाको प्रशासन विभागतर्फको सवारी चलाउँछन् । | मलेसियाको नेपाली दूतावासका कर्मचारी नै म्यानपावर व्यवसायमा |
समालोचक ज्ञाननिष्ठ ज्ञवालीका दुई कृति ' शाकुन्तल महाकाव्यमा पूर्वीय दर्शन ' र ' शिव एक रूप अनेक ' माथि परिचर्चा गरिएको छ । सिसार साहित्य प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा लेखक कमल रिजाल , समालोचक रामप्रसाद ज्ञवालीले दुवै कृति पूर्वीय दर्शनका कसीमा तयार पारिएको धारणा व्यक्त गरे । पूर्वसचिव कृष्ण ज्ञवाली , आख्यानकार भागिरथी श्रेष्ठ र गीता केशरीले लेखक ज्ञवालीलाई शुभकामना दिए । | ज्ञवालीका दुई कृतिमाथि परिचर्चा |
वीरगन्ज अलौं सिर्सियास्थित ' आइसिपी ' ( इन्टरगेटेड चेक प्वाइन्ट ) अर्थात एकीकृत जाँच चौकीबाट निकासको लागि बनाउन थालिएको सडक निर्माण ठप्प भएको छ । भारत र भारत भएर हुने तेस्रो मुलुकसंगको नेपालको व्यापार सहज , ब्यवस्थित र आधुनिक बनाउने यो योजना संचालनका लागि प्रधानमन्त्री केपी शर्मा ओली र उनका समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी गत चैत ## का दिन दिल्लीबाट अनलाइन माध्यमले उद्घाटन यसलाई उद्घाटन गरेका थिए । त्यहाँबाट निकास हुने सडकको करिब # सय मिटर खण्ड निकै साघुँरो रहेकोले त्यसबाट सवारी चाप धान्न नसकेर आइसिपीको संचालन नाम मात्रको हुन पाएको छ । | ' आइसिपी ' सञ्चालन गर्ने सडकको निर्माण ठप्प |
# दशकसम्म नेपाली क्रिकेट हाकेका जयकुमारनाथ शाहको बुधबार बिहान निधन भएको छ । पूर्वराष्ट्रिय क्रिकेट खेलाडी तथा नेपाल क्रिकेट संघ क्यानका पूर्वअध्यक्ष शाहको ## वर्षको उमेरमा निधन भएको हो । नर्भिक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । | क्यानका पूर्वअध्यक्ष शाहको निधन |
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरूद्ध ## जिल्लामा आन्दोलन गर्ने भएको छ । माघ ## गते सबै जिल्लामा विरोध प्रदर्शन , भेला र कोण सभा गर्ने आइतबार बसेको केन्द्रीय कार्यसमिति बैठकले निर्णय गरेको हो । प्रतिपक्षीको विरोधका बाबजुद सरकारले चिकित्सा शिक्षा विधेयक पारित गरेको , कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई छ महिना हुँदा पनि कारबाही नगरेको , डाक्टर गोविन्द केसीका माग पूरा नगरेकोमा विरोध गर्दै जिल्लामा विरोध सभा गर्न लागेको कांग्रेसले जनाएको छ । | कांग्रेसले सरकारविरूद्ध ## जिल्लामै आन्दोलन गर्ने |
शुटिंगमा ढिलो आएको भन्दै दक्षिण भारतीय फिल्मका एक अभिनेतामाथि निर्देशकले जरिवाना लगाएका छन् । प्रदर्शनरत साउथ फिल्म ' बैलून ' का अभिनेता जयलाई निर्देशकद्वय नन्दकुमार र अरुण बालाजीले डेढ करोड जरिवाना मागेका हुन् । भारतीय सञ्चार माध्यमका अनुसार फिल्म ' बैलून ' ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ । | शुटिंगमा ढिलो आएको भन्दै अभिनेतालाई जरिवाना |
शान्ति सेनामा बीरगति पाउने दुई नेपालीहरुलाई संयुक्त राष्ट्रसंघले सम्मान गर्ने भएको छ । शान्ति सेना दिवसको अवसरमा राष्ट्रसंघ मुख्यालय न्यूयोर्कमा आयोजना हुने विशेष कार्यक्रममा दुई नेपालीसहित ### जनालाई सम्मान गर्न लागिएको हो । सम्मानित हुनेहरुले पाउने मेडल । | शान्ति सेनामा बीरगति पाउने # नेपालीलाई राष्ट्रसंघको सम्मान |
लुटेराको गोली लागेर घाइते बैंकका सुरक्षा गार्ड टेकबहादुर कार्कीगौतम श्रेष्ठ# मंसिर , रौतहट । चन्द्रनिगाहपुरस्थित मेनरोडमा रहेको नेपाल एसबीआई बैंकबाट लुटेराहरुले दिउँसै ## लाख रुपैयाँ लुटेका छन् । लुटिएको रकम इन्फास्ट्रक्चर डेभलपमेन्ट बैंक ( आईडी ) को हो । | गार्डलाई गोली हानेर एसबीआई बैंकबाट ## लाख लुटपाट |
नेपाल कम्युनिष्ट पार्टीका ### केन्द्रीय सदस्यको नाम सार्वजनिक गरिएको छ । तत्कालिन एमाले र माओवादी केन्द्रबीच जेठ # गते एकीकरणपछि मंगलबार नेकपाका महासचिव विष्णु पौडेलले सार्वजनिक गरेको सूचीमा ### केन्द्रीय सदस्य तथा # जनालाई स्थायी आमन्त्रित सदस्यका रुपमा उल्लेख गरिएको छ । केन्द्रीय सदस्यको एक नम्बरमा अईन्द्र सुन्दर नेम्वाङ र अन्तिममा ज्ञानु बस्नेतको नाम रहेको छ । | नेकपाका केन्द्रीय सदस्यको नाम सार्वजनिक , को को परे ? ( सूचीसहित ) |
दुःखका मुजाले प्रायः खुम्चिइरहने हुम्ली किसानका रसिला अनुहारमा अचेल खुसीका लहर दौडिरहेका देखिन्छन् । मिहिनेतले दिलाएको यो खुसी सम्हाल्दै उनीहरु अचेल स्याउ बगैचामा भेटिन्छन् । किनकि , यो स्याउ टिप्ने मौसम हो । | स्याउले भरिला जुम्ली अनुहार |
पाँच वटा प्रदेशका # नाटक मञ्चन गर्दै तीनदिने नेसनल स्कुल थिएटर फेस्टिभल शुक्रबार सकिएको छ । राजधानीको बानेश्वरस्थित कुञ्ज थिएटरमा जारी फेस्टिभलको अन्तिम दिन आहाल भञ्ज्याङ मावि गोर्खाको प्रस्तुतिमा रंगकर्मी सुरज तमुले निर्देशन रहेको नाटक ' चालिसे भीर ' र आरङ्ग नेपाल , सुर्खेतका कलाकार समूहको प्रस्तुतिमा ' तुसारोभित्रका मुनाहरू ' मञ्चन गरिएको थियो । नाटक ' चालिसे भीर ' मा मरेको मान्छेको आत्मालाई जिउँदो मान्छेको आङमा बोलाउने परम्परा देखाइएको थियो । | नाटकमय तीन दिन |
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले अबैध हातहतियार स्वेच्छाले प्रहरी कार्यालयमा बुझाउन सर्वसाधारणलाई आह्वान गरेको छ । पछिल्लो समय गोली प्रहारबाट दुई व्यक्ति घाइते भएपछि प्रहरीले अवैध हात हतियार जफत गर्ने प्रक्रिया अघि बढाएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पूर्वसन्ध्यामा सोलुखम्बु प्रहरीले हतियार बुझाउन आग्रह गरेको हो । | गोली चल्न थालेपछि सोलु प्रहरीले थाल्यो अवैध हतियार सर्च अपरेशन |
भीष्म महाभारतमा आदिदेखि अन्तसम्म उपस्थित छन् । व्यासले बडो मनोयोगले उनको व्यक्तित्व निर्माणको थालनी गरेका छन् । सामान्यतः उपन्यास—पुराणमा वयोवृद्ध पात्रहरू उपस्थित रहँदैनन् । | के भीष्मको अवचेतनमा सत्यवती थिइन् ? |
सभामुख कृष्णबहादुर महराले नेपाललाई खेलकुदको हब बनाउन सम्भाव्यता अध्ययन हुनुपर्ने बताएका छन् । दाङको बेलझुण्डीमा निर्माण गर्न लागिएको रंगशाला बुधबार शिलान्यास तथा तुलसीपुर उपमहानगरपालिकालाई ' स्पोर्ट सिटी ' घोषणा कार्यक्रममा यो युग युवा र खेलकुदको युग भएको बताउँदै उनले राज्यलाई दक्ष जनशक्ति खेलकुदलेनै प्रदान गर्छ भने । यस रंगशाला निर्माणले राष्ट्रिय खेलकुद परिषद्को परिकल्पनालाई साकार पार्न योगदान पुर्याउने सभामुख महराले बताए । | नेपाललाई खेलकुदको हब बनाउन सम्भाव्यता अध्यन हुनुपर्छ : सभामुख महरा |
दुर्गम स्थानमा अस्पताल भवन निर्माणमा सहयोग जुटाउने उद्देश्यले धावक रामसुन्दर कार्की खुर्कोटदेखि सिन्धुलीगढीसम्म दौड्ने भएका छन् । खुर्कोटदेखि सिन्धुलीगढीसम्म करिब ## किलोमिटर दूरीको दौड कार्कीले कात्तिक ## गते तय गर्नेछन् । ' दुर्गमको कुन ठाउँमा अस्पताल बनाउन सहयोग गर्ने भन्ने विषयमा साथीभाइहरुसँग सल्लाह भइरहेको छ ' , उनले भने , ' साथीभाइहरुकै सल्लाह बमोजिम उचित ठाउँमा अस्पताल बनाउन खर्च कटाएर दौडबाट उठेको रकम सहयोग गर्छु । | दुर्गम क्षेत्रमा अस्पताल बनाउन कार्कीको दौड |
संविधान संशोधनको तयारीमा रहेको सरकारले # वटा प्रमुख संवैधानिक पदहरुमा अंगीकृत नागरिकलाई अधिकार नदिने गरी संविधान संशोधनको ड्राफ्ट तयार पारेको छ । सीमांकनमा भने # नम्बर प्रदेशलाई चलाउने गरी पुरानै प्रस्ताव अघि सारिएको छ । वर्तमान संविधानमा अंगीकृत नागरिकलाई विभिन्न # वटा पदहरुमा रोक लगाएको छ । | अंगीकृतलाई चार पदमा मात्र बञ्देज , मुख्यमन्त्री र सभामुख चुनिन पाउने |
Subsets and Splits