article
stringlengths 3
1.8k
| summary
stringlengths 2
141
|
---|---|
एकीकृत नेकपा माओवादीका उपाध्यक्ष पोस्टबहादुर बोगटी हृदयघाट भएर अस्पताल भर्ना भएका छन् । बोगटीलाई बिहीबार राति # बजे हृदयघात भएको थियो । हृृदयघात भएपछि उनलाई राति नै बाँसबारीस्थित गंगालाल हृदय रोग केन्द्र पुर्याइएको थियो । | एमाओवादी उपाध्यक्ष बोगटीलाई हृदयघात , अवस्था खतरामुक्त |
प्रतीतकात्मक तस्वीर# साउन , कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–# कि ## वर्षीया कविता विष्टको हत्याको आरोपमा प्रहरीले थप # जनालाई मंगलबार पक्राउ गरेको छ । कृष्णपुर नगरपालिका–# , वाणीका ## वर्षीय भरत बोहरालाई बेदकोट नगरपालिका–# , लालपुर क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय , कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताए । | युवती हत्याको आशंकामा युवक पक्राउ |
निजामती कर्मचारीको सेवा अवधि दुई वर्ष थपिने भएको छ । संसदको राज्य व्यवस्था समितिले कर्मचारीको अवकास उमेर हद ## वर्ष बनाउने निर्णय गरेको हो । तर यो हरेक वर्ष # / # महिना थपिनेछ र संघीय निजामती सेवा ऐन कार्यान्वयनमा आएको चार वर्षपछि मात्र पूर्ण रुपमा लागू हुने गरी कानूनी व्यवस्था गर्ने समितिको निर्णय छ । | राज्य व्यवस्थाको निर्णयः निजामती कर्मचारीको उमेर हद ## वर्ष |
धनगढी –प्रदेश शभा # मा प्रदेशसभा गठन भएको करिब # महिना हुन लाग्दा पनि प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय दलको नेताचयन गर्न सकेको छैन । संसदमा प्रतिपक्ष दलको नेता चयन नहुदाँ संसदका काम कारवाही प्रभावित भएका छन् । प्रतिपक्ष दलको नेता नचुनिएका कारण संसद् सचिवालय संचालन तथा व्यवस्थापन समितीको बैठक अहिलेसम्म बस्न सकेको छैन । | प्रतिपक्ष दलको नेता नहुदाँ प्रदेशसभाको काम प्रभावित |
रहरले हिमाल चढ्नेका लागि एकपटक साहस जुटाए पुग्छ । हिमाल चढ्ने पेसा बनाउनेका लागि भने बारम्बार साहस जुटाउनुपर्छ । किनकि , पाँच हजार मिटरमाथिको क्षेत्र जुनसुकै समयमा पनि खतरा हुन सक्छ । | चुली चढ्ने चेली |
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ' प्रचण्ड ' ले वर्तमान सरकारको एजेण्डा विकास र समृद्धिभन्दा बाहेक अर्को नभएको बताएका छन् । माडीले नगरपालिकाले विहान आयोजना गरेको अन्तर्क्रिया कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले वाम गठबन्धनको सरकारलाई असफल हुने छुट नभएको बताए । उनले भने , ' अब हामीले पनि गर्न सकिएन भने कसले गर्छ ? न त धरतीबाट कोही उम्रन्छ , नत आकाशबाट कोही झर्छ । | मधेसवादी दललाई समेटेर सरकार दुई तिहाइको बनाउँछौं : प्रचण्ड |
तत्कालीन माओवादीले ' जनयुद्ध ' को नाममा सुरु गरेको सशस्त्र द्वन्द्वको ## वर्ष पूरा हुँदा समेत अझै चाहेजस्तो उपलब्धि हुन नसकेको गुनासो नेता कार्यकर्ताले गरेका छन् । माओवादी युद्धका क्रममा अतिप्रभावित मध्येको गोरखाका नेता कार्यकर्ताले सशस्त्र युद्धको जगमा केही उपलब्धि भए पनि जुन उद्देश्य र सोचले युद्ध सुरु गरिएको थियो सो अनुसार भने अझै नभएको भन्दै चिन्ता व्यक्त गरे । माओवादी केन्द्र गोरखाले आइतबार सदरमुकाममा आयोजना गरेको वनभोज कार्यक्रममा सहभागी नेता कार्यकर्ताले ' जनयुद्ध ' को भावनाअनुसार परिवर्तन ल्याउन अझै लाग्नुपर्ने बताए । | ' चाहेजस्तो उपलब्धि अझै भएको छैन ' |
गलकोट – गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले बागलुङ जिल्लास्थित धवलागिरि अञ्चल अस्पतालको शनिबार छड्के अनुगमन गरेका छन् । ताराखोला गाउँपालिकाको अमरभूमि स्वास्थ्यचौकीको शनिबार उद्घाटन गरेर फर्कर्ने क्रममा सामाजिक विकासमन्त्री पुन सुटुक्क अञ्चल अस्पतालभित्र पस्दा अस्पताल प्रशासनले पत्तै पाएन । मन्त्री पुनले अञ्चल अस्पतालले प्रदान गरिरहेको सेवासुविधाको विषयमा बिरामीलाई सर्वसाधारण भएर जानकारी लिएका थिए । | जब मन्त्रीले सुटुक्क अस्पताल छिरेर छड्के जाँच गरे |
चीनको दक्षिणी शहर सान्यामा सम्पन्न ' मिस वर्ल्ड प्रतियोगिता ' को फाइनलमा सहभागी ' मिस नेपाल ' इभाना मानन्धरले ' जाउँ जाउँ रेलैमा ' बोलको गीतमा नृत्य गरेकी छिन् । उनले नेपाली पोशाकमा सजिएर नेपाली परम्पराको झल्को दिएकी थिइन् । प्रतियोगितामा ' डान्सेज अफ द वर्ल्ड ' भन्दै सहभागी विभिन्न देशका सुन्दरीले नृत्य गर्ने क्रममा इभानाले नेपाली गीतमा नृत्य प्रस्तुत गरेकी थिईन् । | ' मिस वर्ल्ड ' को स्टेजमा नेपाली सुन्दरीको ' जाउँ जाउँ रेलैमा ' |
अवैध विदेशी कामदारलाई बैध बनाउने प्रक्रियामा अनियमिता भएको उजुरी परेपछि मलेसिया एन्टी करप्सन कमिसन ( एमएसीसी ) ले पूर्वगृहमन्त्री दातुक सेरी अहमद जाहिद हमिदीमाथि छानबिन थालेको छ । एमएसीसीले यसबारे प्रमाणहरु मागेको पार्ती इकोनोमी रक्यात मलेसियाका अध्यक्ष मोहम्मद रिज्वान अब्दुल्लाहले बताए । छलफलका लागि एमएसीसीको कार्यालय पुगेका उनले भनेका छन् , ' पूर्वगृहमन्त्रीले विदेशी कामदारहरुको मुद्दामा आफ्नो शक्तिको दुरुपयोग गर्दै गृह मन्त्रालयलाई भष्ट्राचारको अखडा बनाएका थिए र बारिसान नेसनल सरकारको छविलाई बिगारेका थिए । | विदेशी कामदार प्रकरणः मलेसियाका पूर्वगृहमन्त्री छानविनमा तानिए |
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीले विगतमा गरिएका गल्ती नदोहोर्याउने प्रतिवद्धता व्यक्त गरेका छन् । प्रहरी महानिरीक्षक खनालले राष्ट्र र नागरिकको सेवामा मन , बचन र कर्मले समर्पित हुने प्रण समेत गरे । ' नागरिक–प्रहरी जनचेतनामूलक गीत ' को शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच लोकार्पण गर्दै उनले इमान्दारिताका साथ देश र नागरिकको सेवामा लागिरहन नागरिक समाजका अगुवाहरुले नेपाल प्रहरीलाई उत्साहित बनाउने काम गरिरहेको पनि स्मरण गराए । | विगतमा गरिएका गल्ती अब दोहोरिँदैनन् : प्रहरी महानिरीक्षक खनाल |
भक्तपुर– वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले देशमा एक वर्षभित्र सरकार परिवर्तन भइरहने परम्पराको अन्त्य भएको बताएका छन् । भक्तपुर र काठमाडौँको सिमानास्थल मनोहरा पुलबाट गत # गतेदेखि शुरु भएको अरनिको राजमार्ग खण्डको सरसफाइ अभियानको ## औँ दिनको समापन कार्यक्रममा बोल्दै उनले सो धारणा व्यक्त गरेका हुन् । जनताले सोचेजस्तो छिटो काम गर्न सरकारले सकेन भन्ने गुनासो स्वभाविक भएको टिप्पणी गर्दै मन्त्री बस्नेतले भने , ' देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत गर्दै प्रदेश , स्थानीय सरकार व्यवस्थापन गर्नमै सरकारको आठ नौ महिना बित्यो , अब सरकारले तीव्र गतिमा गुनासो नआउने गरी जनताले सोचेजस्तै गरी काम गर्नेछ । | छिटो सरकार फेरिने परम्पराको अन्त्य भएको छ : मन्त्री बस्नेत |
नुवाकोटको थानाभञ्ज्याङमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या # पुगेको छ । ## जना घाइते भएका छन् । उनीहरुलाई काठमाडौं ल्याइएको छ । | नुवाकोट बस दुर्घटनाः मृतकको संख्या # पुग्यो |
राष्ट्रिय परीक्षा बोर्डले मंगलबार प्रकासित गरेको कक्षा ## को परीक्षाफलमा ए प्लस ग्रेड अर्थात ## प्रतिशत अंक कटाउने विद्यार्थीको संख्या एक प्रतिशत पनि पुगेन । बोर्डले प्रकाशित गरेको परीक्षाको नतिजामा नियमिततर्फ कुल # लाख ## हजार # सय परीक्षार्थी सहभागी थिए । जसमध्ये जिपिए # . ## - जिपिए # प्राप्त गर्ने विद्यार्थीको संख्या # हजार # सय ## मात्र रह्यो । | कक्षा ## को नतिजा सुधार हुन सकेन |
इन्डियन प्रिमियर लिग ( आईपीएल ) मा आज राति भइरहको मुम्बई इन्डियन्सविरुद्धको खेलमा सन्दीप लामिछाने प्लेइङ ## को सेटमा पर्न सफल भएनन् । दिल्ली क्यापिटसँग आबद्ध भएका सन्दीप आईपीएलको पहिलो खेलको सुरुवाती सेटमा पर्न सकेनन् । गत सिजन पनि सन्दीपलाई दिल्लीले अन्तिमका खेलहरुमा मात्र मौका दिएको थियो । | दिल्लीको पहिलो खेलकाे पहिलाे सेटमा परेनन् सन्दीप |
कम्युनिस्ट नेतृत्वको सरकारलाई सेयर बजारले स्वागत गर्दैन । कम्युनिस्टलाई उदार अर्थव्यवस्थाका बाधकका रुपमा लिने गरेका कारण पुँजीवादको एक सशक्त अस्त्रको रुपमा लिइएको सेयर बजारका लगानीकर्ताले उनीहरुको नेतृत्वको सरकारलाई स्वागत नगरेका मान्न सकिन्छ । लोकतान्त्रिक सरकारले धेरै लगानी गर , कमाऊ र कर तिर अनि नाफा खाऊ भन्ने सिद्धान्तमा काम गर्ने भएकाले लगानीकर्ता उत्साहित हुन्छन् । | सरकारप्रति बजार सशंकित |
#### सालमा नेपाल सरकार र चीन सरकारबीच एउटा सम्झौता भयो । जसअनुसार चीनमा निर्माण भएका जहाज नेपाल एयरलाइन्सले ल्याउने सहमति थियो । सोही सहमति अनुसार चिनियाँ पक्ष नेपाल एयरलाइन्सलाई # जहाज अनुदानमा दिन सहमत भयो । | नेपाल एयरलाइन्सलाई महंगो पर्यो चिनियाँ उपहार |
बेलायतमा समयअघि नै निर्वाचन गर्ने प्रधानमन्त्री बोरिस जोनसोनको प्रस्तावमा आउँदो सोमबार पनि संसदमा मतदान हुने भएको छ । सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारीअनुसार राजनीतिक गतिरोध अन्त्यका लागि प्रस्ताव गरिएको निर्वाचनका बारेमा दोस्रो पटक मतदान गराउन लागिएको हो । समयअघि नै निर्वाचन गराउने प्रस्तावमाथि संसदमा मतदान गराइएको थियो । | बेलायतमा निर्वाचन प्रयास : संसदमा सोमबार फेरि मतदान हुने |
मेगा बैंकले त्रिभुवन बिमानस्थलमा एटिएम सेवा संचालनमा ल्याएको छ । बैंकले स्वदेशी तथा विदेशी नागरिकहरुलाई बैंकिङ सुविधा सहज बनाउन बिमानस्थलमा एटिएम सेवा विस्तार गरेको बैंकले जानकारी दिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा बिस्तार भएपछि मेगा बैंकको एटीएम संख्या ## पुगेको छ । | त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा मेगा बैंकको एटिएम |
प्रधानसेनापति राजेन्द्र क्षत्रीले राष्ट्रिय अखण्डता , सार्वभौमिकता र राष्ट्रिय एकता कायम गर्न सेना सधै तत्पर रहेको बताएका छन् । नेपाली सेना दिवसको पूर्वसन्ध्यामा शुभकामना सन्देश जारी गर्दै क्षत्रीले सांस्कृतिक एवं सामाजिक सद्भाव तथा सहिष्णुता कायम राख्न सेनाले सधै अहम भूमिका खेल्ने प्रतिबद्धता जनाएका छन् । ' पुर्खाको रगत पसिनाले सञ्चित मातृभूमिको अस्मितामाथि धावा बोल्ने तत्वहरूको गतिविधिलाई निस्तेज पार्न कुनै कसर बाँकी राखिने छैन ' क्षत्रीले भनेका छन् - ' नेपाली सेना कठिनभन्दा कठिन परिस्थितिमा पनि संविधान निर्दिष्ट कार्यहरूको परिधिभित्र रही राष्ट्रिय अखण्डता , सार्वभौमिकता र राष्ट्रिय एकता कायम गर्न सदैव तत्पर छ । | मातृभूमिको अस्मितामाथि धावा बोल्नेलाई छोड्दैनौं : प्रधानसेनापति |
पाँचथरको मिक्लाजुङ–# , आरुबोटेमा भएको सामूहिक हत्या पारिवारिक विवादका कारण भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । अनुसन्धानले संदिग्ध व्यक्तिको रुपमा देखाएका मानबहादुर माखिमको शव मिक्लाजुङ–# , लुमाङ्दिनमा झुण्डिएको अवस्थामा भेटिएका छन् । अनुसन्धान टोली स्रोतका अनुसार रुखमा झुण्डिएको अवस्थामा भेटिएका माखिम मृतक फियाक परिवारका ज्वाइँ हुन् । | पाँचथर सामूहिक हत्या प्रकरण : संदिग्ध मानिएका ज्वाइँले गरे ' आत्महत्या ' |
मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा विद्यार्थीहरुले अनिश्चितकालिन तालाबन्दी गरेका छन् । विभिन्न माग राख्दै स्ववियुसहित विभिन्न # विद्यार्थी संगठनले सोमबार विश्वविद्यालयमा तालावन्दी गरेका हुन् । शैक्षिक सुधारको माग गर्दै यस अघि ## घण्टे अल्टिमेटम दिएका विद्यार्थी संगठनले बार्ताका नाममा आफूहरुलाई क्याम्पस प्रशासनले धोका दिएको भन्दै अनिश्चितकालिन तालाबन्दी गरेका हुन् । | मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा अनिश्चितकालिन ताला |
काठमाडौंमा सडक विस्तारको काम तीव्र हुँदै गर्दा नयाँ बानेश्वरका रमेश राजथलालाई लागेको थियो , अब त शानदार फुटपाथमा हिँड्न पाइन्छ । तर , घरहरु भत्काएर बनाइएका फुटपाथ सोचेजस्ता त बनेनन् नै बनेकामा हिँड्न पनि उनले कम्ता कष्ट भोग्नुपर्दैन । ' काठमाडौंमा कतै हिँडेर पुग्छु भन्यो भने जाँदा–जाँदै दिक्क लागिसक्छ , ' उनी भन्छन् , ' न हिँड्ने पेटी गतिलो छ , न सडक क्रस गर्दा गाडीले हिँड्नेहरुलाई मान्छे गन्छन् । | ' हिँड्नेलाई मान्छे गन्दैन यो शहर ' |
काठमाडौं महानगरपालिका भित्रको निर्वाचन प्रचार सामग्री हटाउन सम्बन्धित राजनीतिक दलहरुलाई स्थानीयबासीले आग्रह गरेका छन् । स्थानीयबासीले निर्वाचन प्रचार सामग्रीले काठमाडौं महानगरपालिका कुरुप भएको उल्लेख गर्दै तत्काल हटाउन सम्बन्धित राजनीतिक दलहरुलाई आग्रह गरेका हुन् । निर्वाचनका बेला सडकमा टाँसिएका प्रचार सामग्री हटाउने दायित्व सम्बन्धित दलहरुकै भएको पनि महानगरबासीको भनाई छ । | महानगरभित्रका निर्वाचन प्रचार सामग्री हटाउन माग |
चितवन– नारायणगढ–मुग्लिन सडकखण्ड विहीबार अपरान्ह # बजेबाट सञ्चालनमा आएको छ । बिहीबार बिहान पहिरो खसेर अवरुद्ध भएको सडक पहिरो पन्छाएपछि सञ्चालनमा आएको नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिए । पहिरोका कारण चार किलोमा ## मिटर सडक बगेपछि भित्तापट्टी ढलको क्षेत्रलाई सम्माई दुईतर्फी सडक सञ्चालनमा ल्याइएको उनले बताए । | नारायणगढ–मुग्लिन सडक सञ्चालनमा |
इरानले केही वर्षदेखि एकैपटक सय थान ठूला जहाज खरिद गर्न खोजे पनि अमेरिका र युरोपबाट सकारात्मक जवाफ पाउन सकेको छैन । अमेरिकाले त उसलाई जहाज नबेच्ने घोषणा नै गरिसकेको छ । अमेरिकी जहाज निर्माता कम्पनी बोइङबाट नकारात्मक जवाफ आएपछि इरान बोइङको प्रतिस्पर्धी युरोपको एयरबससँग जहाज खरिद गर्ने उद्देश्यले अगाडि बढेको छ । | इरानले ## अर्ब डलरमा सय जहाज किन्ने घोषणा |
कालीमाटी तरकारी बजार अनुगमन गर्दै आपूर्ति मन्त्री गणेशमान पुन## असार , काठमाडौं । आपूर्ति मन्त्रालयको अनुगमन टोलीलाई आक्रमण गर्ने बल्खु तरकारी बजारका व्यापारीहरुले माफी मागेका छन् । अनुगमन टोलीले मापदण्ड विपरितका ढक , तराजु प्रयोग गर्ने तरकारी पसलहरुमा सिलबन्दी पनि गरेको छ । | अनुगमन टोलीलाई आक्रमण गर्ने तरकारी व्यापारीले माफी मागे |
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान ( नास्टले ) जुम्लामा ऊर्जा क्षेत्रको सम्भाव्यता अध्ययन गर्ने भएको छ । जुम्लामा ' वैकल्पिक ऊर्जा सम्भावना ' विषयक गोष्ठीमा नास्टले यो कुरा सार्वजनिक गरेको हो । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान ( नास्टका ) वरिष्ठ वैज्ञानिक रवीन्द्र ढकालले देशमा भइरहेको ऊर्जा सङ्कटलाई विशेष ध्यान दिएर जुम्लासहित मुलुकका ## जिल्लामा सम्भाव्यता अध्ययनको कार्य थालिएको बताए । | ऊर्जा सम्भाव्यताको अध्ययन गर्न नास्ट जुम्ला पुग्यो |
फूलहरुको पर्व तिहारमा सयपत्रीको मखमलीको माला अत्याधिक माग हुने गर्छ । घना बस्ती भएको काठमाडौंमा फूल खेती न्यून हुन्छ , त्यसैले त उपत्यकाबासीका लागि बाहिरी जिल्ला र काँठ क्षेत्रमा उल्लेख्य रुपमा फूलखेती गर्ने गरिएको छ । राजधानीको पश्चिम भेगमा पर्ने सेतो गुम्बा आसपासको काँठ क्षेत्रमा किसानहरुले व्यवसायिक रुपमा फूल खेती गरेका छन् । | ' काँठ ' मा तयार भयो काठमाडौंबासीका लागि सयपत्री , ## तस्बिरमा हेर्नुहाेस् |
गीतकार तथा संगीतकार निरज सिलवालको ' तिमी हिड्ने बाटो ' बोलको गीत युटुबमा सार्वजनिक भएको छ । यो गीतमा देवेन्द्र नेवाको स्वर तथा संगीत संयोजन छ । निरजको गीतको भिडियोलाई नेत्रजंग पाण्डेले निर्देशन गरेका छन् । | निरजको हिड्ने बाटो पछ्याउँदै आयुषा |
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान ( नाथम ) ले ट्याक्सी चालकहरुलाई पर्यटन तथा यात्रुमैत्री व्यवहार तालिम दिएको छ । नेपाल भ्रमण वर्ष #### को सन्दर्भमा सार्वजनिक सवारी सवारीसाधन चालकहरुले पर्यटकसँग गर्ने व्यवहारमा थप सुधार ल्याउने उद्देश्यले एक हजार ट्याक्सी चालकहरुलाई तालिम दिएको नाथमले जनाएको छ । सोमबार काठमाडौंमा आयोजित उक्त तालिमलाई सम्बोधन गर्दै संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ट्याक्सी चालकहरुको राम्रो व्यवहारले पर्यटकको संख्यामा वृद्धि हुने बताएका थिए । | ट्याक्सी चालकलाई यात्रुमैत्री व्यवहार तालिम |
लागु औषध सेवन गरे नगरेको पत्ता लगाउन वर्षेनी मानिसहरुको परीक्षण गर्ने सरकारी प्रस्ताव विरुद्ध युवाहरुले पिसाब आन्दोलन सुरु गरेका छन् । आन्दोलनमा उत्रिएका युवाहरुले सरकारलाई आफ्नो पिसाबले भरिएका जार पठाइदिएका छन् । सरकार देशका नौजवान युवाहरु विरुद्ध पिसाब आन्दोलनमा उत्रिएको यो अनौठो समाचार हो , हंगेरीको । | सरकार विरुद्ध युवाहरुको पिसाब आन्दोलन |
## वर्षीय एसएस राजामौलीले दुई वर्ष अगाडी ' बाहुबली द बिगिनिङ ' बनाएर देखाए , जसको फिल्ममले सिंगै भारतलाई प्रभावित बनाउन सक्छ । कटप्पाले बाहुबलीलाई किन मारे ? सामाजिक सञ्जालदेखि मिडियामा समेत यहि विषयले चर्चा पायो । त्यसो त भारतका सूचना एवं प्रशारण मन्त्री वेंकैया नायडुले यो फिल्म हेरेपछि भनेका थिए । | को हुन् राजामौली ? जसले तीन खानको रेकर्ड पनि ब्रेक गरिदिए |
गत शुक्रबार बिहान # बजे जिल्ला प्रशासन कार्यालय काठमाडौंले संयोजन गरेको बजार अनुगमन टोली कालीमाटी तरकारी बजारमा पुग्दा बाहिरबाट तरकारी भित्रने र बजारका पठाउने क्रम चलिरहेको थियो । विषादीको परीक्षण सही तरिकाले भएको छ , छैन भनेर अनुगमनमा गएको टोलीले बाहिरबाट भित्रिएका तरकारीमध्येबाट एक दर्जन तरकारीको नमुना लियो । भित्र रहेको विषादी द्रुत विश्लेषण एकाइमा लगेर जाँच गर्दा सबै खानयोग्य नै भेटियो । | तरकारीको मूल्य र गुणस्तरमा विकृति |
गुल्मी– आज बुधबार कार्यालय समय ## देखि ## वजेसम्म गुल्मीको जिल्ला सरकारी वकिलको कार्यालय खुल्ला थियो तर , सवै कोठाका कुर्चिहरु खाली थिए । कुनै चोरले चोर्न चाहे सवै सामान चोरे पनि निकै सजिलो र एकान्त थियो । सेवाग्राही कराउन थालेको भन्ने सुईको पाउनसाथ एकजना कर्मचारी साँढे ## वजेतिर लुत्त कार्यालय छिरेका थिए । | अटेरी वकिलको कार्यलय सधै रित्तो , घरै घेर्न पुगे जनप्रतिनिधि |
काठमाडौँ - वाग्मती अञ्चल यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट सवारी चालक अनुमति पत्र ( लाइसेन्स ) को परीक्षा लिने र परीक्षण गर्ने ( ट्रायल ) लिने काम बन्द भएको छ । कार्यालयका कर्मचारी र सुरक्षाकर्मी दोस्रो चरणअन्तर्गत हुने स्थानीय तहको निर्वाचनमा खटिएकाले दुवै काम बन्द भएको यातायात व्यवस्था विभागका प्रवक्ता डा टोकराज पाण्डेले राससलाई जानकारी दिए । कर्मचारी र सुरक्षाकर्मी निर्वाचनबाट फर्केपछि मात्र कार्यालयबाट लाइसेन्सको काम पुनः सञ्चालन हुने उनले बताए । | सवारी चालक अनुमति पत्रको परीक्षा र परीक्षण चुनावपछि मात्र |
युरोकप - #### छनौट अन्तरगत शनिबार भएको खेलमा पोर्चुगलले सर्वियालाई # - # ले पराजित गरेको छ । सर्वियाको घरेलु मैदानमा भएको खेलमा पोर्चुगलले पहिलो हाफको ## औं मिनेटमा विलियम कार्बाल्होको गोलमा अग्रता लिएको थियो । त्यसपछि खेलको ## औं मिनेटमा गोन्कालो गुइडेजले गोल गर्दै पोर्चुगलको अग्रतालाई दोब्बर पारे । | युरोकप - #### छनौट : सर्वियामाथि पोर्चुगल # - # ले विजयी |
अण्डा उत्पादक किसानहरुले बिचौलियाका कारण लागत मूल्य पाउन नसकेको गुनासो गरेका छन् । पोल्ट्री क्षेत्रमा विदेशी लगानीका कारण बिचौलीया प्रयोग गरेर किसानलाई माथि उठ्न नदिएको किसानहरुको गुनासो छ । नेपाल अण्डा उत्पादक संघले सातौं राष्ट्रिय पोल्ट्री दिवसको पूर्वसन्ध्यामा बुटवलमा पत्रकार सम्मेलन गरी पोल्ट्री क्षेत्रमा विदेशी लगानी र बिचौलिया तत्वलाई नियन्त्रण गर्न माग गरेको हो । | बिचौलियाका कारण लागत मूल्य नपाएको अण्डा उत्पादक किसानको गुनासो |
अमेरिकाले बेल्ट एण्ड रोड इनिसिएटिभबाट चीनले गर्ने लगानी नेपालको हितमा हुनुपर्ने बताएको छ । नेपाल भ्रमणमा रहेका दक्षिण तथा दक्षिणपूर्वी एसिया मामिलासम्बन्धी अमेरिकी सहायक रक्षामन्त्री जोसेफ फेल्टरले धेरै देशहरूमा चिनियाँ लगानीले फाइदा नपुगेको बताए । ' श्रीलंका , माल्दिभ्स , मलेसियालगायत थुप्रै देशहरू चिनियाँ लगानीका कारण डेट ट्रयापमा परेका छन् , ' सोमबार संवाददाताहरूसँग कुरा गर्दै फेल्टरले भने , ' नेपालमा पनि चीनले गर्ने लगानी पारदर्शी हुनुपर्छ । | चिनियाँ लगानी नेपालको हितमा हुनुपर्छ , चीनको होइन : अमेरिका |
सांकेतिक तस्वीर## साउन , काठमाडौं । एशियाली विकास बैंक ( एडीबी ) को आर्थिक तथा प्राविधिक सहयोगमा जडान हुने ' इन्टेलिजेन्ट ट्राफिक कन्ट्रोल सिस्टम ' काे योजना खारेज भएको छ । यसका लागि एडीबीले सरकारलाई दिएको ## करोड बजेट पनि फ्रिज हुने भएको छ । | एडीबीको ' इन्टेलिजेन्ट ट्राफिक कन्ट्रोल सिस्टम ' योजना खारेज , ## करोड फ्रिज |
स्थानीय तहलाई समन्वय गर्ने जिम्मेवारी लिएका जिल्ला समन्वय समितिले कर्मचारीलाई नियम उल्लंघन गर्दै आफूखुसी तलब भत्ता तथा सुविधा दिने गरेका छन् । यसबाट कर्मचारीलाई दिने तलबभत्तामै जिससमा करोडाैँ रुपैयाँको अनियमता भएको पुष्टि भएको छ । जिसस नवलपरासी ( पश्चिम ) ले ## कर्मचारीलाई # देखि ## महिनाको तलब बराबर # लाख ## हजार विशेष भत्ता र जिल्ला प्राविधिक कार्यालयका # कर्मचारीलाई # महिनादेखि ## महिनासम्मको तलब बराबर ## लाख ## हजार प्रोत्साहन भत्ता दिएको छ । | कर्मचारीलाई आफूखुसी प्रोत्साहन भत्ता |
म्याग्दीमा एक्सप्लोर गरिएको नयाँ पदमार्ग ' करबाकेली इको ट्रेक ' प्रवद्र्धन एवं स्थानीयको क्षमता अभिवृद्धि गर्न होमस्टे व्यवस्थापन तालिम आयोजना गरिएको छ । म्याग्दी भ्रमण वर्ष ####को अवसरमा शुभारम्भ गरिएको ' करबाकेली इको ट्रेक ' का होमस्टे र होटल सञ्चालकसमेत गरी ## जना तालिममा सहभागी भएका थिए । उनीहरुलाई नाथम कलेज काठमाडौंको समूहले होमस्टे व्यवस्थापन , कुकिङ , सरसफाइ , अतिथि सत्कारलगायत आधारभूत तालिम दिएको थियो । | करबाकेलीमा होमस्टे तालिम |
निर्मला पन्तको अनुसन्धानका लागि गठित उच्चस्तरिय अध्ययन समितिको अनुसन्धानप्रति असन्तुष्टि जनाउँदै सात नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उसचिव एवम् समितिका सदस्य बीरेन्द्र केसीले राजीनामा दिएका छन् । रिपोटर्स क्लवमा आज पत्रकार सम्मेलन गर्दै सचिव केसीले राजीनामा दिएको बताएका हुन् । समितिले गरेको छानविनले निर्मलाले न्याय पाउनेमा शंका लागेकाले निर्मलाको न्यायका लागि आफुले राजीनामा दिएको उनले बताए । | अनुसन्धानमा असन्तुष्टि जनाउँदै छानविन समितिका सदस्यले दिए राजीनामा |
जिल्ला प्रशासन कार्यालय काठमाडौंले टंगालस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोग आसपासको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउनुपर्ने मागसहित पछिल्ला दिन अख्तियारअगाडि प्रदर्शन हुँदै आइरहेको थियो । प्रशासनको यो निर्णयपछि अबदेखि अख्तियार अगाडि र आसपासको क्षेत्रमा समेत प्रदर्शन गर्न रोक लागेको छ । | अख्तियार आसपास प्रदर्शन गर्न बन्देज |
नीलकण्ठ नगरपालिकाअन्तर्गतको ## वटा वडा कार्यालय नगरपालिकाको कार्यालय र नगरपालिकाअन्तर्गत निर्माण गरिने चारवटा पार्कसमेत गरी ## स्थानमा आगामी पाँच वर्षका लागि निःशुल्क इन्टरनेट सेवा उपलब्ध हुने भएको छ । नीलकण्ठ नगरपालिकाको पहिरो बैठकबाट नीलकण्ठ नगरपालिकालाई स्मार्ट सिटी बनाउने घोषणा गरेकाले त्यसको पूर्वाधारका लागि माइक्रोसफ्ट इनोमेशन सेन्टरसँगको साझेदारीमा उक्त सेवा उपलब्ध गराउन लागेको हो । शुक्रबार एक समारोहका बीच नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगाना र माइक्रोसफ्ट इनोमेशन सेन्टरका राष्ट्रिय निर्देशक वीरलोचन तुलाधरले सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो । | नगरपालिकाभित्र निःशुल्क इन्टरनेट सेवा |
भारतीय कमेडियन कपिल शर्माले सामाजिक सञ्जालमार्फत आफ्नी श्रीमती सार्वजनिक गरेका छन् । फेसबुकमा श्रीमती गिन्नी चतरथसँगको फोटो राख्दै उनले लेखेका छन् , ' मेरी श्रीमती , जसलाई म दीपिका भन्दा पनि बढी माया गर्छु ' साथै सोही फोटो ट्वीटरमा राखी ' म उनलाई मेरो आधा जिन्दगी त भन्दिन तर उनले मलाई पुरा गर्छिन लभ यू गिन्नी ' भन्दै ट्वीट गरेका छन् । ## वर्षीय शर्माले सन् #### को एउटा अन्तर्वार्तामा जालन्धर की भवनीत चतरथसँग लगन गाँठो गाँस्न चाहेको बताएका थिए । | कमेडियन स्टार कपिल शर्माले गरे विवाह |
नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री भीम रावलले देशभक्त युवाको हत्या गरेर सत्ता जोगिन नसक्ने बताएका छन् । केही दिनअघि मात्रै प्रधानमन्त्री र गृहमन्त्रीले # नम्बर प्रदेशमा भैरहेको आन्दोलन भड्काउने अभिव्यक्ति दिएको रावलको आरोप छ । प्रचण्ड र विमलेन्द्र निधीले त्यस्तो अभिव्यक्ति दिनु र दुर्गा तिवारीको हत्या हुनु संयोग मात्रै नभएको रावलको जिकिर छ । | भीम रावलको प्रश्न - प्रधानमन्त्री र गृहमन्त्रीको भाषणपछि दुर्गा तिवारी हत्या , यो कस्तो संयोग हो ? |
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले चालू आर्थिक वर्षको साउनयता ' स्टिङ अपरेशन ' का क्रममा ## जना कर्मचारी रङ्गेहात फेला पारेको जनाएको छ । भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज आयोजित कार्यक्रममा अख्तियारको हेटौँडा कार्यालयले सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा ती कर्मचारीलाई रङ्गेहात फेला पारेको जनाएको हो । अख्तियारले चालू आवको पहिलो चौमासिक अवधिको विभिन्न मितिमा ' स्टिङ अपरेशन ' चलाएको थियो । | अख्तियारको ' स्टिङ अपरेशन ' मा ## कर्मचारी |
पूर्व पर्यटनमन्त्री एवं एमाले नेता कृपासुर शेर्पाका छोरा गणेश शेर्पाले गाएको गीतको भिडियो सार्वजनिक भएको छ । गणेशकै शब्द , संगीत र स्वर रहेको छाडी गयौ तिमी मलाई…बोलको गीतमा मोडलिङ पनि उनको आफ्नै रहेको छ । सुरबिर पण्डित र सबिता गुरुङले मोडलिङमा साथ दिएका छन् । | कृपासुरका छोरा गणेश भन्दैछन् छाडी गयौ… ( भिडियो सहित ) |
कप्तान जिसान मक्सुद र उपकप्तान अकिब इल्यासको शतकमा ओमानले क्रिकेट विश्वकप लिग # को खेलमा अमेरिकालाई # सय ## रनको विशाल चुनौती तेर्स्याएको छ । अमेरिकाले टस जितेपछि ब्याटिङमा आएको ओमानले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा निर्धारित ## ओभरमा # विकेट गुमाई # सय ## रन बनायो । मक्सुदले # सय # र इल्यासले # सय # रन बनाए । | अमेरिकाविरुद्ध मक्सुद र इल्यासको शतक , ओमान ' क्लिन स्विप ' नजिक |
मधेसी मोर्चासहितको संघीय गठबन्धनले संविधान संशोधन प्रस्ताव ## दिनभित्र संसद्मा दर्ता गर्न अल्टिमेटम दिएको छ । मोर्चाका नेताहरूले सोमबार प्रधानमन्त्री दाहाललाई भेटेर स्मरणपत्र बुझाउँदै समय सीमा तोकेका हुन् । स्मरणपत्र बुझाउने क्रममा गठबन्धनका नेता र प्रधानमन्त्रीबीच संविधान संशोधन प्रस्तावबारे छलफल भए पनि ठोस निष्कर्ष निस्केन । | संविधान संशोधन गर्न मोर्चाको ## दिने अल्टिमेटम |
भारतको तल्लो सदन लोकसभा निर्वाचनमा राष्ट्रिय सुरक्षा र हिन्दुत्वलाई मुख्य मुद्दा बनाएको भारतीय जनता पार्टी ( भाजपा ) नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन ( एनडीए ) ले भारी बहुमत ल्याएको छ । बिहीबार बिहान # बजे सुरु मतगणनाको पछिल्लो परिणामअनुसार एनडीएले ### सिट जित्न सफल भएको छ । पाँच वर्षअघि उसले ### सिट जितेको थियो । | भारतमा फेरि मोदीकै वर्चस्व , नेपालमा कस्तो असर पर्ला ? |
भारतको कानपुरमा विषाक्त मदिरा सेवन गर्दा ## जनाको मृत्यु भएको छ । भने कयौं बिरामी परेका छन् । मदिरा सेवनबाट धेरै मानिसको मृत्यु भएपछि प्रहरीले मदिरा बिक्री गर्ने एक जनालाई पक्राउ गरेको छ । | भारतमा विषाक्त मदिरा सेवन गर्दा ## जनाको मृत्यु |
केही महिनाअघि सम्म रगत नपाए भक्तपुर जानु भन्ने कथन बोकेको नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाअन्तर्गत रक्तसञ्चार केन्द्रमा रगतको चरम अभाव भएको छ । रक्तदान गर्नेको सङ्ख्यामा अकस्मात कमी आएपछि भक्तपुरमा पनि रगतको अभाव भएको हो । विगतका वर्षमा काठमाडौँमा रगतको अभाव हुँदा पनि भक्तपुरमा पर्याप्त रगत हुने भएकाले रगत नपाए भक्तपुर जानुपर्ने कथन नै बसेको भए पनि यस वर्ष भने भक्तपुरमा पनि रगतको अभाव भएको नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाका सभापति मनोजकुमार थापाले जानकारी दिए । | भक्तपुरमा रगतको चरम अभाव |
विश्वमा प्रेमका लागि विभिन्न त्याग गरिएका कथा सुन्न पाइन्छ । कतिले प्रेम जोगाउनका लागि जन्म दिने आमाबाबु , घर–सम्पत्ति र परिवार छोडेको घटना बेलाबखत सुनिंदै आएका छन् । प्रेमी–प्रेमिकाका लागि कतिपयले त आफ्नो ज्यानैसमेत त्याग गरेका घटनापनि आउने गरेका छन् । | प्रेमीका लागि जापानी राजकुमारीले त्यागिन् शाही हैसियत |
खेलकर्मी हीरारत्न बज्राचार्यको सम्झनामा कबड्डी प्रतियोगिता हुने भएको छ । काठमाडौं जिल्ला कबड्डी संघले हीरा स्मृति अन्तरविद्यालय छात्रछात्रा कबड्डी प्रतियोगिता बिहीबारबाट गर्ने भएको छ । #### सालमा ललितपुरको भट्टेडाँडामा पाकिस्तान एयरवेजको जहाज दुर्घटनामा परी बज्राचार्य र राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान एवं फिफा रेफ्री रुपकराज शर्माको निधन भएको थियो । | हीरा स्मृति छात्रछात्रा कबड्डी हुने |
प्रहरीले धनकुटास्थित छथरको जोरपाटी गाउँपालिका - # बाट दुई किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जथर जोरपाटी - # का ईन्द्रबहादुर अधिकारीको र झपट बहादुर नेपाली छन् । प्रहरी चौकी , सिधुवाबाट खटिएको ग्रामीण गस्ती टोलीले विशेष सूचनाका आधारमा उनीहरूको घरमा छापा मार्दा एक / एक किलो गाँजा बरामद भएको हो । | धनकुटामा दुई किलो गाँजासहित दुई जना समातिए |
नेकपा माओवादीका सचिव नेत्रविक्रम चन्द विप्लवले कपिलवस्तुमा बुधबारदेखि भूमिगतरुपमा दुई दिने राष्ट्रिय भेलाको आयोजना गरेका छन् । छापामार संघर्षको तयारीमा रहेका उनले ' एकीकृत क्रान्ति ' को कार्यदिशा अघि सारेका छन् । विप्लवले अघि सारेको ' एकीकृत क्रान्ति ' सम्बन्धी महत्वपूर्ण दस्तावेज अनलाइनखबरले फेला पारेको छ । | विप्लव भन्छन् – यसरी गर्न सकिन्छ ' एकीकृत क्रान्ति ' |
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको शिखर वार्ताको नेपालले स्वागत गरेको छ । परराष्ट्र मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गरी दुई नेताबीच सिंगापुरमा शिखर वार्ता भइ संयुक्त विज्ञप्ति पनि जारी भएकोमा स्वागत गरेको हो । नेपालले शिखर वार्तामा भएका निर्णय कार्यान्वयन हुने कोरियाली प्रायद्वीपमा स्थायी शान्ति कायम हुने विश्वास पनि व्यक्त गरेको छ । | ट्रम्प र किमको शिखर वार्ता र सहमतिको नेपालद्वारा स्वागत |
बिहान # बजेदेखि बेलुका # बजेसम्म हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य पदको निर्वाचनको लागि दाङमा व्यापक उत्साह देखिएको छ । मतदाता बिहान # नबज्दै मतदान केन्द्रमा गएर प्रतिक्षा गरिरहेका थिए । समय सुरू हुनु पूर्व नै मतदाताहरु लाइनमा बसेर मतदानको लागि व्यग्र प्रतिक्षा गरिरहेको देखिन्थे । | मतदानप्रतिको उत्साह : # नबज्दै मतदाता लाइनमा |
प्रमुख विपक्षी दल नेपाली कांग्रेसले केपी शर्मा ओली सरकारले राष्ट्रियसभामा गरेको तीन सदस्यको सिफारिसमा आपत्ति जनाएको छ । पार्टी कार्यालय सानेपामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकार र राष्ट्रपतिको कदमप्रति आपत्ति जनाएका हुन् । देउवा सरकारले गरेको सिफारिस रद्द गर्दै केपी ओली सरकारले मंगलबार तीन सदस्य सिफारिस गरेको छ । | राष्ट्रपतिलाई कांग्रेसको प्रश्नः देउवा र ओलीलाई बेग्लै चश्मा किन ? |
गएको आर्थिक ### - ## मा रामेछाप जिल्लाको चालु र पुँजीगत दुवैतर्फ गरी ## करोड ## लाख चार हजार आठ सय ## रुपैयाँ फ्रिज भई राज्यकोषमा नै गएको छ । जुन कुल बजेटको # . ## प्रतिशत हुन आउँछ । जिल्लामा आएको बजेटको अख्तियारीलाई हेर्दा ## . ## प्रतिशत मात्र बजेट खर्च भएको देखिन्छ । | रामेछापमा एक अर्ब बजेट फ्रिज |
निर्वाचन कमिटीले घोषणा गर्नु भन्दा ## घण्टा अगाडी सार्वजानकि भएको एनआरएन अमेरिकाको निर्वाचनको परिणाम नै निर्वाचन कमिटीले फेरी सार्वजानकि गर्ने हो भने आफुलाइ स्वीकार्य नभएको अध्यक्षकी उम्मेदवार रविना थापाले बताएकी छन । ' निर्वाचन सकिएको केहि मिनेटमै सार्वजानिक भएको यो परिणाम मलाइ स्वीकार्य छैन । म लगायत मेरा धेरै साथीहरुका लागी यो निर्वाचनको परिणाम मान्य छैन । | ' निर्वाचन कमिटिको परिणाम मलाइ मान्य छैन ' रविना थापा |
बिहेको कुरा टुंग्याउनुअघि केटा तथा केटी पक्षले एक अर्कामा सवाल जवाफ गरी कुरा स्पष्ट गराई छिनोफानो गर्नु त स्वभाविकै हो । तर भारतमा भने बिहे गर्ने नगर्ने भन्ने कुरा टुंगाउनका लागि लिखित परीक्षा नै लिइएको छ । भारतको उत्तर प्रदेशस्थित मैनपुरीमा बिहेका लागि लिखित परीक्षा भएको छ । | बिहे गर्न लिखित परीक्षा , केटी पास र केटा फेल भएपछि बिहे रद्द ! |
धेरैलाई दशैंको समयमा नयाँ मोबाइल किन्ने चाहना हुन्छ । वर्षभरि कमाएको रकमबाट केही जोगाड गरेर राम्रै फोन किनौं भन्ने योजना बनाएकाहरुका लागि उचित समय हो , दशैं । त्यसैले यतिबेला मोबाइल पसलहरुमा ग्राहकको घुइँचो छ । | दशैं सपिङः यी हुन् नेपालमा ## हजारमा किन्न सकिने उत्कृष्ट स्मार्टफोन |
मोरङ प्रहरीले भित्री बाटोबाट भारततर्फ तस्करी हुँदै गरेको ## बोरा मरिच नियन्त्रणमा लिएको छ । जहदा गाउँपालिका - # तारिगामाबाट प्रहरीले तीनवटा मोटरसाइकलसहित ## बोरा मरिच नियन्त्रणमा लिएको हो । प्रहरीले नियन्त्रणमा लिएको # सय ## किलो मरिचको बजार मूल्य # लाख ## हजार रुपैयाँ बराबर छ । | तेस्रो मुलुकबाट आयातीत मरिच भारत तस्करी , सीमा नजिकै गोदाम |
रमेश धमला## फागुन , काठमाडौं । विहान करीब साढे ## बजे महानगरीय प्रहरीको कन्ट्रोलमा रहेको ### नम्बरमा फोन आयो । एक सर्वसाधारण व्यक्तिले फोन गरेर आत्तिदै भने - सिंहदरवार अगाडि रहेको सिद्धार्थ इन्सोरेन्सको गेटमा बम छ । | के थियो सिंहदरवार अगाडिको शंकास्पद बस्तु ? |
नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले यामाहाका हरेक स्कुटरको खरिदमा अभुतपूर्व ' रिसेल प्रोमिस ' अर्थात् ' पुनर्विक्रिय वाचा ' घोषणा गरेको छ । यो योजनाअनुसार यामाहा स्कुटर खरिद गर्ने ग्राहकले एक वर्षभित्रमा यामाहा मोटरसाइकल वा स्कुटरसँग एक्सचेन्ज गर्न चाहेमा पुरानो स्कुटरको मूल्यांकन खरिद मूल्यको ## प्रतिशत पक्का पाइने कम्पनीले जनाएको छ । यसका साथै कम्पनीका अनुसार स्कुटर किनेको ## महिनादेखि ## महिनाको अवधिमा एक्सचेन्ज गर्न चाहने ग्राहकले पुरानो स्कुटरको मूल्यांकन पहिलेको खरिद मूल्यको ## प्रतिशत पाउनेछ । | यामाहा स्कुटरमा कम्पनीले ## प्रतिशतसम्म ' रिसेल भ्यालु ' दिने |
एक दशकअघिसम्म चितवनलाई ' साइकलको राजधानी ' भनिन्थ्यो । यहाँ साइकल चलाउनेको जमात ठूलो थियो , सडकभरी साइकलै साइकल देखिन्थ्यो । बालबालिकादेखि वृद्धवृद्धासम्मले साइकल चलाएको देख्दा अन्यत्रबाट आउनेहरु दंग पर्थे । | चितवनको त्यो साइकल युग ! |
प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षालाई कसरी अगाडि बढाउने भन्ने विषयमा सरकारले नयाँ योजना बनाइरहेको बताएका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालयको ## औं सभा बैठकलाई बुधबार बालुवाटारमा सम्बोधन गर्दै ओलीले कुन क्षेत्रमा कति जनशक्ति आवश्यक हुन्छ सो अनुसार शिक्षण संस्था खोल्नुपर्ने बताए । अध्ययन नगरी जथाभावी खोलिएका शिक्षण संस्थाका कारण योग्यताको प्रमाण पत्र व्यक्तिको लागि गौरव भन्दा पनि पीडाको विषय भएको ओलीको भनाइ छ । | शिक्षाको विकासका लागि सरकारले नयाँ योजना ल्याउँछ : प्रम ओली |
मन्त्री पदका लागि एमाओवादी पार्टीभित्र पाखुरा सुर्कासुर्की चलिरहेका बेला एमालेभित्र पनि पदीय झगडा सुरु भएको छ । पार्टीभित्रको आन्तरिक कलहसँगै प्रधानमन्त्री केपी ओली चर्को दबावमा परेका छन् । एमालेभित्र अग्नि खरेललाई कानूनमन्त्री बनाएकोमा ओलीपक्षकै कतिपय नेताहरुले आपत्ति जनाएका छन् । | एमालेभित्र पनि सुरु भयो मन्त्रीको लफडा ! |
व्यवस्थापिका–संसद्ले ' निर्वाचन क्षेत्र निर्धारण विधेयक , #### ' लाई बहुमतले पारित गरेको छ । यसअघि प्रधानमन्त्री पुष्पकमल दाहालको तर्फबाट कानुन , न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले उक्त विधेयकलाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकमा विधेयकमाथिका संशोधनकर्ता भारतबहादुर खड्का , राजेन्द्र पाण्डे , रेवतीरमण भाण्डारी , गुरु बुर्लाकोटी , रामनारायण बिडारी , अग्निप्रसाद खरेलले फिर्ता लिएका थिए भने सांसद प्रेम सुवाल , अनुराधा थापा र मीना पुनको संशोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिएकोमा सदनको बहुमतले अस्वीकार गरेको थियो । | निर्वाचन क्षेत्र निर्धारण विधेयक संसदबाट पारित |
जिल्लाको दुई स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक भएको छ । मत परिणाम सार्वजनिक भएको इस्मा र मदाने दुवै गाउँपालिकामा एमालेको पल्लाभारी भएको छ । इस्मा प्रमुखमा लक्ष्मण बिष्ट # हजार ## मतका साथ विजयी भएका छन् । | गुल्मीको इस्मा र मदाने गाउँपालिका एमाले पोल्टामा |
वैशाख ## गते गएको भूकम्पका कारण ज्यान गुमाउनेहरु प्रति समर्पण गर्दै काठमाण्डौमा म्यूजिक फेस्टिबलको आयोजना हुने भएको छ । ' लभ नेपाल इन्टरनेशनल म्यूजिक फेस्टिबल - #### ' नाम दिइएको यो कार्यक्रम काठमाण्डौको टुडिखेलमा हुनेछ । जनवरी ## देखि ## जनवरीसम्म आयोजना हुने यो फेस्टिबलमा नेपालका चर्चित गायक , हाँस्य कलाकार सहभागी हुनेछन् । | म्यूजिक फेस्टिबलमा जीतुदेखि प्रमोद खरेलको प्रस्तुती |
उत्तर कोरियाली सर्बोच्च नेता किम जोङ उनले दक्षिण कोरियासँग सम्बादका लागि कम्युनिकेसन च्यानल पुनः खोल्न आदेश दिएसँगै दक्षिण कोरियाले पनि च्यालन खोल्ने निर्णय गरेको छ । दक्षिण कोरियाले भनेको छ कि उसले उत्तर कोरियासँग सीमा पार सञ्चार प्रणालीमार्फत प्रारम्भिक सम्पर्क सुरु गरेको छ । दक्षिण कोरियाको एकीकरण मन्त्रालयका अनुसार दुई कोरियाबीच बुधबार सीमावर्ती गाउँ पनमुनजोममा सञ्चार च्यानलको माध्यमबाट सम्बादमा भएको छ । | दुई कोरियाबीच सम्बादका लागि हटलाइन सुरु |
पर्यटकीय शहर पोखरा प्रवेशको मुख्यद्वार विजयपुर खोलामाथि अस्थायीरूपमा सञ्चालनमा ल्याइएको डाइभर्सन बाढीले बगाएको छ । पृथ्वीराजमार्गको पोखरा महानगरपालिका वडा नं ## चाउथे र वडा नं ## विजयपुर जोड्ने विजयपुर खोलामाथि एक दशकअघि निर्माण गरिएको पक्की मोटरेवल पुलको स्टिल बीम चर्किँदा ठूला भार क्षमताका यातायातका साधन आवतजावतमा रोक लगाइएको थियो । ठूला यातायातका साधनलाई नदीमा ह्युमपाइप राखेर वारपार गरिएकामा आइतबार रातिको बाढीले ह्युमपाइप बगाएको हो । | बाढीले विजयपुर खोलाको डाइभर्सन बगाएपछि पोखरा जाने मालवाहक गाडी ठप्प |
यतिबेला सिनेमा घरमा ' कबीर सिंह ' ले धुमधाम व्यापार गरिरहेको छ । लामो विश्रामपछि शाहिदले यही चलचित्रमार्फत अभिनयमा प्राण भरेका छन् । विवाह गरेर दुई सन्तान हुर्काइरहेका साहिद गृहस्थीमा रमाइरहेका थिए । | कबिर सिंहअघि पनि शाहिदले गरेका थिए कमाल |
नेपाली कांग्रेसको महासमिति बैठक चलिरहेको रामशाहपथस्थित यगम्बर पार्टी प्यालेस परिसरमा हिन्दु राष्ट्रका लागि हस्ताक्षर संकलन गरिएको छ । कांग्रेसको विधान र संविधानमै सनातन हिन्दु राष्ट्र लेख्न दबाब दिन भन्दै हस्ताक्षर संकलन गरिएको हो । काठमाडौं क्षेत्र नम्बर # बाट महाधिवेशन प्रतिनिधि रहेका प्रशान्तमान सिंह नेतृत्वको एक समूहले संकलन गरेको हस्ताक्षर सभापति शेरबहादुर देउवालाई आइतबार बुझाउने तयारी गरेका छन् । | कांग्रेस महासमिति बैठक परिसरमा हिन्दु राष्ट्रका लागि हस्ताक्षर संकलन |
फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोंले अमेरिकी संसद्का दुवै सदनलाई गरेको सम्बोधनको क्रममा आफ्ना समकक्षी डोनाल्ड ट्रम्पका केही नीतिहरूलाई सशक्त रूपमा चुनौती दिएका छन् । उनले पेरिस सम्भौताबाट अमेरिका अलग हुन नमिल्ने र सो सम्झौतामा अमेरिका फर्किनेमा आफू विश्वस्त रहेको बताए । सम्बोधनका क्रममा उपस्थित सांसदहरूबाट माक्रोंलाई धेरै पटक सम्मान ताली बजाएर सम्मान गरेका थिए । | ट्रम्पका नीतिमाथि फ्रान्सका राष्ट्रपतिको चुनौती |
कोहलपुरमा शनिबार भएका छुट्टाछुटै दुर्घटनामा एक जनाको मृत्यु र तीन जना घाईते भएका छन् । दिउँसो दुई बजे कोहलपुर–## रोहिणिखोला नजिकै मोटरसाईकल र मिनी ट्रक ठोकिँदा एक जनाको मृत्यु भएको छ । कोहलपुरबाट पूर्वतर्फ जाँदै गरेको भे#प #### नम्बरको मोटरसाईकल र विपरित दिशाबाट आउँदै गरेको ना # ख ### नम्बरको मिनिट्रक एक आपसमा ठोकिँदा फत्तेपुर–# का दिलिप थारुको मृत्यु भएको हो । | दुर्घटनामा एकको मृत्यु , तीन घाईते |
अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले सप्तरीको रुपनी गाउँपालिकाका इञ्जिनियर विकास श्रेष्ठलाई घूससहित आज बिहान रंगेहात पक्राउ गरेको छ । आयोग इटहरीबाट प्रहरी नायब उपरीक्षक श्याम सारुख मगरको नेतृत्वमा खटिएको टोलीले झोलुङ्गेपुल निर्माण सम्पन्न भइसकेको पुलको बिल भुक्तानी गर्ने विषयमा रु एक लाख घूस लिएको आरोपमा उनलाई पक्राउ गरिएको आयोगका प्रमुख महेश आचार्यले जानकारी दिए । कुन ठाउँको झोलुङ्गेपुल रहेको भने खुलाइएको छैन । | इञ्जिनियर एक लाख घूससहित पक्राउ |
तुलसीपुरस्थित पातुखोलामा डुवेर दुई जना बालकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं . # स्थित रानी जरूवा नजिकैको खाल्डोमा डुवेर ## वर्षीय राज कुमार कुवर र उनका ## वर्षीय भाइ कुमार कवरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बुधबार दिउँसो नुहाउन भनि गएका उनीहरु गहिरो खाडलमा डुब्न पुग्दा मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश सापकोटाले जानकारी दिए । | डुवेर दाजुभाइको मृत्यु |
सायद यस्तो क्षण जिन्दगीकै सबैभन्दा लज्जाजनक तथा अप्ठेरो क्षण हुन्छ होला । निकै गोप्य , अश्लील तथा आफ्नै पार्टनरका लागि लक्षित गरिएका चिजहरु अन्य व्यक्ति अझ आफ्नै बाउआमाको साथमा पुगे भने त्यसपछि छोराछोरीको हालत के होला ? छोराछेरीको त्यस्तो कृत्य देख्दा बाउआमाको प्रतिक्रिया के होला ? आफ्नै केटा साथीका लागि मोबाइलबाट पठाएको आफ्नो नांगो तस्वीर यदि भुलबस बुवाको मोबाइलमा गयो भने परिणाम के होला ? यस्तै भोगेकी छिन् एकजना युवतीले । आफ्नो नाम तथा वतन नखुलाएकी ती युवतीले टि्वटर मार्फत यो भयावह क्षणको खुलासा गरिन् । | ब्वायफ्रेण्डलाई पठाएको आफ्नै नग्न तस्वीर बाउको मोबाइलमा गएपछि… |
मौसम पूर्वानुमान महाशाखाले यस वर्षको मनसुन सुरु भएयता सबैभन्दा ठूलो र फराकिलो वर्षा सोमबार भएको जनाएको छ । पानी धेरै परेपछि देशभरका अधिकांश नदी र खोलाको पानीको सतह बढेको तथा ठुल्ठूला पहिरो जाने क्रम सुरु भएको छ । ' सोमबार देशका अधिकांश क्षेत्रमा मनसुन सबैभन्दा सक्रिय भयो । | मनसुनकै ठूलो र फराकिलो वर्षा |
दाङको बखरियामा करेन्ट लागेर दुवै हात गुमाएका रुकुमका कृष्ण ओलीलाई कतारमा रहेका नेपालीहरूले सहयोग गरेका छन् । कतारमा रहेका मदन पौडेलको अगुवाइमा संकलन भएको एक लाख ## हजार एक सय ## रुपैयाँ नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले ओलीलाई हस्तान्तरण गरेको नेविसंघ केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए । | करेन्टले हात गुमाएका कृष्ण ओलीलाई कतारमा रहेका नेपालीको सहयोग |
असारको चौथो सातामा आएको भीषण वर्षाको कारण उदयपुर जिल्लाको मध्य उत्तरी पहाडी क्षेत्रको सडक पहिरो र बाढीको कारण भत्किएपछि लाखौं मूल्यका आलु कुहिन थालेको छ । जिल्लाको पहाडी क्षेत्र रौतामाई गाउँपालिकाको डिल्लीबर , माझखर्क , इनामे , नामेटार र लिम्चुङबुङ गाउँपालिकाको सातदोबाटे , बराह क्षेत्रमा उत्पादन भएको आलु यातायात सञ्चालन हुन नसक्दा अन्यत्र पैठारी गर्न नसकेपछि कुहिन थालेको हो । रौतामाई गाउँपालिका–# माझखर्क टाट्नेका आलु उत्पादक कृषक गोम्बु शेर्पा भन्छन् , ' वैशाख , जेठमा नै उत्पादन गरेको आलु असार लाग्ना साथ बिक्री गर्ने तयारीमा रहेका थियौं , अचानक वर्षासँगै बाढी पहिरोले सडक भत्कन पुग्यो , अहिलेसम्म पनि सडक सञ्चालन हुन नसक्दा अन्यत्र बिक्री गर्न लागेको आफूहरुको आलु कुहिन थाल्यो । | पहिरोले सडक अवरुद्ध हुँदा लाखौं मूल्यको आलु कुहियो |
बढ्दो बिमान सेवाको माग र पर्यटकीय सिजन सुरु भएसँगै यति एयरलाइन्सले ठूलो आकारका जहाजबाट काठमाण्डौं पोखरा - काठमाण्डौं उडान थालेको छ । यतिले पछिल्लो पटक ल्याएको ## सिट क्षमताको एटिआर ## - ### जहाजबाट बुधबारदेखि काठमाण्डौं - पोखरा - काठमाण्डौं रुटमा उडानको तालिका बनाएको छ । यतिका सञ्चार अधिकृत भीमराज राईका अनुसार बुधबारदेखि दैनिक दुईवटा उडान एटिआर ## - ### बाट सुरू गरेको बताए । | यतिको ## सिटे एटिआरबाट पोखरा - काठमाडौं उडान |
गोरखा - भूकम्पले क्षति पुगेको ऐतिहासिक महत्व बोकेको गोरखा दरबार भत्काइएको छ । करिब चार सय वर्ष पुरानो गोरखा दरबार भत्काएर जगदेखि नै पुनःनिर्माण गर्न लागिएको हो । विसं #### को भूकम्पले क्षति नपुगेको दरबार बारपाक केन्द्र रहेर #### बैशाख ## मा गएको गोरखा भूकम्पले क्षति पुगेको थियो । | पुनःनिर्माणका लागि गोरखा दरबार भत्काइयो |
आइसीसी विश्व क्रिकेट लिग–# अन्तर्गत घरेलु मैदानमा आयोजना हुने पहिलो एक दिवसीय शृङ्खला खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल , ओमान र अमेरिकासँग हुुने त्रिकोणात्मक शृङ्खलाका लागि नेपाल क्रिकेट सङ्घ ( क्यान ) ले आज ज्ञानेन्द्र मल्लको कप्तानीमा ## सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । बन्द प्रशिक्षणमा रहेका ## खेलाडीबाट ## सदस्यीय टोलीको घोषणा भएको हो । | विश्व क्रिकेट लिग खेल्ने नेपाली टोलीको घोषणा |
पथलैया वीरगन्ज औद्योगिक करिडोर उद्योगहरुबाट डर धम्की दिएर अवैध असुली गर्ने आरोपमा चार जना पक्राउ परेका छन् । बारा प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी वीरगन्ज–पथलैया औद्योगिक कोरिडोरका उद्योगहरुमा बम विष्फोट गर्ने भन्दै डर धम्की देखाई अवैध रकम असुली गर्ने आरोपमा चार जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा बारा जिल्ला परवानीपुर गाउँपालिका # का प्रमोद साह गोढ , देवशंकर राम , जीतपुरसिमरा उपमहानगरपालिका ## का अच्छेलाल गोसाई र फेटा गाउँपालिका # का दिपेन्द्र कुमार धानुक रहेका पत्रकार सम्मेलनमा बाराका प्रहरी उपरीक्षक विकाशराज खनालले बताएका छन् । | उद्योगहरुबाट अवैध असुली गर्ने आरोपमा # पक्राउ |
पहिलो चरणको निर्वाचन आउन चार दिनमात्र बाँकी रहँदा क्षेत्रभर सुरक्षा व्यवस्था संयोजन गर्ने मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय शाखा अधिकृतको भरमा चलिरहेको छ । विशिष्ट श्रेणी ( सचिव ) प्रशासक रहने कार्यालय दुई सातादेखि प्रमुखविहीन छ । सुर्खेतस्थित क्षेत्रीय प्रशासन कार्यालयले # नम्बर प्रदेशका पूरै ## जिल्ला र # नम्बर प्रदेशका # जिल्लाको सुरक्षा संयोजन गर्दै आएको छ । | सुरक्षामा खेलाँची |
एलेक्स हल्सको # सय ## रन बनाएको खेलमा इङ्ल्यान्डले एकदिवसीय क्रिकेटमा # सय ## रनको कीर्तिमान बनाउँदै लगातार तेस्रो खेलमा पाकिस्तानलाई हराएको छ । इङ्ल्यान्डका लागि उच्च स्कोर बनाएका हल्सले भने यो कीर्तिमान लामो कायम नरहने बताएका छन् । घरेलु मैदान ट्रेन्ट ब्रिज हल्सले सर्वाधिक रन जोडेपछि पाकिस्तानलाई # सय ## रनको फराकिलो अन्तरले हराउँदै इङ्ल्यान्डले पाँच एकदिवसीय शृंखलामा #–# को अग्रता लिएको छ । | इङ्ल्यान्डको कीर्तिमानी प्रदर्शन |
विगत एक हप्तादेखि सप्तरी जिल्लामा एक्कासी बढेको जाडो र चिसो हावाका कारण यहाँको जनजीवन प्रभावित भएको छ । राजविराजलगायत सप्तरी शहरी तथा ग्रामीण भेगमा जाडोका कारण निमोनिया रुघाखोकी , कोल्ड डायरिया , टाउको दुख्ने , दमजस्ता विभिन्न किसिमका रोग सर्वसाधारणमा बढ्दै गएको छ । खासगरी बालबालिका र वृद्धवृद्धामा उक्त रोग अत्याधिक देखिएको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ । | सप्तरीमा चिसो बढ्यो , विद्यालय बन्द |
प्रधानन्यायाधीश गोपाल पराजुलीले उच्च अदालतका नवनियुक्त चार मुख्य न्यायाधीशलाई विहीबार पद तथा गोपनीयताको शपथ गराएका छन् । सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीश पराजुलीले सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नहकुल सुवेदी उच्च अदालत तुल्सीपुरका मुख्य न्यायाधीशमा , उच्च अदालत जनकपुरका न्यायाधीश उदयप्रकाश चापागाईं जनकपुरको मुख्य न्यायाधीशमा , उच्च अदालत जनकपुरका न्यायाधीश यज्ञप्रसाद बस्याल दिपायलको मुख्य न्यायाधीश र उच्च अदालत तुल्सीपुर बुटवलका न्यायाधीश हरिकुमार पोखरेललाई सुर्खेतको मुख्य न्यायाधीशमा सपथ गराएका हुन । न्याय परिषद्को सिफारिसमा उनीहरूलाई उक्त पदमा नियुक्त गरिएको सर्वाेच्च अदालतले जनाएको छ । | उच्च अदालतका चार मुख्य न्यायाधीशलाई शपथ |
मुलुकको पुरानो सरकारी बैंकमध्येको एउटा हो राष्ट्रिय वाणिज्य बैंक । #### माघ ## मा स्थापना भएको यो बैंक आज ( शुक्रबार ) देखि ## औं वर्षमा लागेको छ । बैंक विगतमा ठूलो समस्यामा परेको थियो । | मेरो कार्यकालमा वित्तीय सूचकमा उच्च सुधार |
पर्साको कालिकामाई गाउँपालिका - # को वडा कार्यालयमा स्थानीयवासीले तालाबन्दी गरेका छन् । वडाअध्यक्ष गाउँमा नबस्ने गरेको र वृद्धभत्ता समेत वितरण नगरेको भन्दै उनीहरुले तालाबन्दी गरेका हुन् । वडाअध्यक्ष हरिओम साह कलवार वडाअध्यक्षमा निर्वाचित भएपछि केही दिन मात्रै कार्यालयमा गएको र अधिकांश समय वीरगञ्जमा नै रहने गरेको आरोप स्थानीयले लगाएका छन् । | सामाजिक सुरक्षाभत्ता नदिएको भन्दै वडा कार्यालयमा तालाबन्दी |
बिहिबार र शुक्रबार काठमाडौंमा हुने बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास ( बिमस्टेक ) को चौथो शिखर सम्मेलनका लागि उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ । सम्मेलनमा सहभागी हुन आउने प्रत्येक भीभीआईपीको सुरक्षाका लागि चार जना अधिकारीलाई जिम्मा दिने भएको छ । सोल्टी होटलमा हुने शिखर सम्मेलनमा बिमस्टेकमा सदस्य राष्ट्रहरूमा नेपालसहित भारत , भुटान , बंगलादेश , श्रीलंका , थाइल्याण्ड र म्यानमारका राष्ट्रप्रमुख तथा कार्यकारी प्रमुखहरू नेपाल आउँदैछन् । | बिमस्टेक सम्मेलनमा सेनाको नेतृत्वमा यस्तो हुनेछ सुरक्षा रणनीति |
हिन्दु राज्यको माग गर्दै आन्दोलनमा उत्रिएका हिन्दु धर्मावलम्वीहरुले बुधबार बन्द आव्हान गरेका छन् । बन्दकर्ताहरु कावासोतीको फलफूल चोकमा सडकमा ओमकार लेखेर प्रदर्शनमा उत्रिएका छन् । बन्दका क्रममा पसलहरु खुल्न सकेको छैन । | हिन्दु राज्यको माग गर्दै नवलपरासी , चितवन र रुपन्देही बन्द आव्हान |
गुल्मीको तुराङबाट पनि मालपोत र नापी कार्यालयले शाखा बिस्तार गरेका छन् । यससँगै जग्गा सम्बन्धी कामका लागि सदरमुकाम तम्घास पुग्नुपर्ने बाध्यता हटेको छ । सदरमुकामबाट दिँदै आएको सेवालाई जिल्ला मालपोत कार्यालय गुल्मीको शाखा कार्यालय स्थापना गरी तुराङको मजुवाबाट मालपोत र नापी सम्बन्धी कामहरु शुरु भएको छ । | गुल्मी मालपोत र नापीको काम तुराङबाट |
सानो सौर्य मण्डल पत्ता लगाएको अन्तरिक्ष वैज्ञानिकहरुले दाबी गरेका छन् । यसलाई सूर्य र ग्रहको अध्ययनमा महत्वपूर्ण उपलब्धी मानिएको छ । एक अन्तराष्ट्रिय समूहले अन्तरिक्षमा तस्वीर लिनका लागि जेमिनी साउथ दुरबीन प्रयोग गर्दा सूर्यजस्तै देखिने ताराको नजिक चमकदार चक्र देखिएको थियो । | वैज्ञानिकले पत्ता लगाए सानो सौर्यमण्डल ! |
Subsets and Splits